प्रतिष्ठा र प्रतिफल बढाउँदै एनएमबि बैंक, पुराना बैंकलाई उछिन्दै बढी लाभांश दिनेमा तेस्राे
काठमाडौं । एकै बर्षमा ३ वटा अन्तराष्ट्रियस्तरका सम्मान, त्यो पनि प्रतिष्ठित ‘द बैंक अफ द एयर २०१७–द फाइनान्सीयल टाईम्स, ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’, लण्डन र सर्टीफीकेट अफ मेरिट–फष्ट एण्ड सुलिभान अवार्ड । यस्तो सौभाग्य पाउने बैंक हो एनएमबि बैंक । नेदरल्याण्डको एफएमओ मार्फत बैंकले अन्तराष्ट्रिय पूँजी, प्रबिधि र वर्किङ कल्चर समेत प्राप्त गरिरहेको छ । बैंकको प्रतिफल पनि राम्रै छ । एनएमबिले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्दैछ । जसमा १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ । पुस २६ गतेको साधारण सभाबाट पारित भएपछि एनएमबिका लगानीकर्ताले ३० प्रतिशत लाभांश पाउने छन् । ८ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकले ३० प्रतिशत नगद लाभांश दिनुलाई चानचुने भन्न मिल्दैन । वाणिज्य बैंकहरूमा बढी लाभांश दिनेमा एनएमबि यस वर्ष तेस्राे स्थानमा छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट र दाेस्राेमा नविल बैंक रहेका छन् । यसवर्ष प्रस्ताव गरिएको ३० प्रतिशत लाभांशमा एफपिओ बिक्रीबाट प्राप्त गरेको आम्दानीको हिस्सा पनि जोडिएको छ । एनएमबि बैंकले गत जेठमा प्रिमियम मूल्यमा प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार कित्ता फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गरेको थियो । जसबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गरेको थियो । एफपीओमा सेयर पाउनेले अघिल्ले आर्थिक बर्षकाे नाफाबाट १५ प्रतिशत बोनस सेयर पाएका छन् । १५ प्रतिशत बाेनस सेयर लिएकाे छ महिना नवित्दै फेरी १० प्रतिशत बाेनस सेयर र २० प्रतिशत नगद लाभांश पाउँदैछन् । ११० वटा शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर र ९६ वटा एटीएम नेटवर्कले बैंकको पहुँच र व्यवसायलाई फराकिलो बनाईरहेको छ । बाणिज्य बैंकका शाखाहरु नपुगेका स्थानीय तहरुमा केन्द्रिय बैंकको निर्देशनपछि पुगेको बैंकले आक्रामक बजार विस्तारको रणनीति बनाएको देखिन्छ । बैंकले चालु आर्थिक वर्षकाे पहिलो त्रैमासमा आफ्नो नाफा ५५ करोड पुर्याएको छ । उक्त रकम अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा करिब २० प्रतिशतले बढी हाे । चालु आर्थिको वर्षको असोज मसान्तसम्म बैंकको जगेडा कोषमा ८ अर्ब ७२ करोड रुपैयाँ संचित भएको छ । त्यस्तै, निष्क्रिय कर्जा(एनपीएल) ०.७६, कस्ट अफ फण्ड ७.३८ र कर्जा निक्षेप अनुपात(सिसिडी) ७८.३१ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.६८ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा छ । बैंककाे पर्फमेन्स राम्राे भएपनि सेयर मूल्य भने घटेकाे छ । २०१८ जनवरी १० मा प्रतिकित्ता ४५४ रुपैयाँ रहेको बैंकको सेयर मूल्य २०१९ जनवरी ९ मा प्रतिकित्ता ३२६ रुपैयाँमा झरेको छ । तर याे घटाइ समग्र बजारकाे घटाइकाे तुलनामा खराव हाेइन । हाल बैंकको अध्यक्षमा पवनकुमार गाल्यान रहेका छन् । बैंकको संचालक समितिमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट निको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट हरिश्चन्द्र सुबेदी, हरिबाबु न्यौपाने, स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डे र वैकल्पिक सञ्चालकमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट नन्दकिशोर रथी रहेका छन् । प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् ।
डिएभि कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच सम्झौता
काठमाडौं । डिएभि कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच “यूवा उद्यमी विकास कार्यक्रमका ” लागि सम्झौता भएको छ । उक्त सम्झौतामा डिएभि कलेजका अध्यक्ष अनिल केडिया र ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णलाल महर्जनले हस्ताक्षर गरिएको थिए । उक्त औपचारिक सम्झौता दक्ष तथा बौद्विक यूवा उद्यमी विकास गर्ने अभिप्रायले गरिएको छ । डिएभि कलेजले ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा एमबिएस, बिबिए, बिबिएम तथा बिबिएसका विद्यार्थीहरुका लागि “यूवा उद्यमी विकास कार्यक्रम्”आयोजना गर्न गई रहेको छ । दुबै पक्ष बीच कार्यक्रमको प्रभावकारीता सुनिश्चित गर्नका लागि व्यवस्थापन तथा व्यवसायिक प्रशिक्षक छनौट गर्नका लागि संचार तथा सूचना आदान प्रदानका लागि सहमत भएका छन् । ललितपुर चेम्बरले डिएभिका विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त गर्नका लागि दुई महिने प्रशिक्षार्थी कार्यक्रम् तथा औद्योगिक भ्रमणको प्रदान गर्ने भएको छ । उक्त सम्झौताको अवधि एक वर्षको रहनेछ जानकारी दिएका छन् ।
महासंघका उपाध्यक्ष ढकालले भने-‘चितवन समृद्धिको आधार कृषि पर्यटन’
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका छन् । अध्यक्ष ढकालले चितवनलाई पहिला ७६ औं जिल्लाको रुपमा लिइने गरिएको बताउँदैे स्थानीय उत्पादनलाई चिनाई नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने बताएका छन् । देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरु रहेको बताएका छन् । चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरि यहाँका स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबको रुपमा समेत विकसित हुँदै गएको बताएका छन् । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश नं ३ का माननीय मन्त्रीज्युहरु, स्थानीय जनप्रतिनिधिहरु, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल लगायत विभिन्न उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन संचालन हुने १२ औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सह–प्रायोजन गरेका छन् । सन् २००१ मा स्थापना भएको आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।
नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न गर्ने भएको छ । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको आरम्भ देखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने देखिएको छ ।
सरकारले फेरि धोका दिएको भन्दै डा. केसीले शुरु गरे १६ औं अनशन
काठमाडौं। सरकारले फेरि धोका दिएको भन्दै डा. केसिले आफ्नो १६ औं अनसन सुरु गरेका छन्। सरकारसँग गरेको सहमति विपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसिले अनसन सुरु गरेका हुन्। डा केसीले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा बुधबार साँझ ५ बजे अनसन सुरु गरेका हुन्। सत्याग्रहका मागहरुः १) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् । २) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् । ३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममा; सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा; सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् । ४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। ५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् । ६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियास् ।
उदयपुरको ताप्ली गाँउपालिकामा प्राइम कमर्सियल बैंकको शाखा
काठमाडौं । प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको उद्घाटन गरेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालय ताप्लीको उद्घाटन गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकले जानकारी दिएको छ ।
नेपालगञ्जमा सुजुकी वर्गम्यान १२५ स्कूटरको र्याली सम्पन्न
काठमाडौं । नेपालगञ्जमा सुजुकी वर्गम्यान १२५ स्कूटरको भब्य र्याली सम्पन्न भएको छ । सुजुकी टु ह्वीलर्सको नेपालगञ्जका लागी आधिकारीक विक्रेता नेपाल ट्रेड इंटरनेशनलले सुजुकी वर्गम्यान १२५ सी सी को भब्य र्याली सम्पन्न गरेसँगै, केही दिन अगाडी एउटा कार्यक्रमबीच बिक्री शुभारम्भ गरेसँगै उक्त र्याली गरेका हुन् । नेपाल ट्रेड इंटरनेशनलले सेल्स, सर्भिस र स्पियर्स सजिलो संग उपलब्ध गराउदै आएको छ । सानिमा बैंकका नेपालगञ्ज ब्रान्च म्यानेजर प्रमुख अतिथि मौसम केसीबाट सुजुकी वर्गम्यान १२५ सीसीको र्यालीको शुभारम्भ भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि पत्रकार महासंघ निवर्तमान अध्यक्ष झलक गैरेको उपस्थिति थियो । साथै अतिथिमा नेपालको लागी भी जी सुजुकी कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइराला ले पनि दैनिक जीवनमा मानवको लागी स्कूटर जीवन साथी जस्तै भएको छ । सबैलाई समयमा पुर्याउने सुजुकी ब्राण्ड जापनिज कम्पनिको भएकोले ५ बर्षको वारन्टी दिएके छ । सुजुकी बर्गम्यान नेपालगंज परिक्रमा हुने गरी ¥याली पनि सम्पन्न भएको थियो । हाल नेपालमा उपलब्ध स्कुटरहरु मध्य १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी वर्गम्यान १२५ मा ७ हजार ५ सय आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रह भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको कुरा नेपाल ट्रेड इंटरनेशनलका संचालक पुष्कल नेपालले जानकारी गराएका थिए । हाल यसको बजार मूल्य रु.२ लाख २९ हजार ९०० रहेको छ । नेपालभर ८३ ठाउबाट एउटै छाना मुनि सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री वितरण नेपालको ठुलो घराना भी जी अटोमोबाइलसले गर्दै आएको छ ।