विकासन्युज

आन्तरिक राजश्वको अनलाइनमा समस्या, करदातालाई सास्ती, विभाग भन्छ- समाधानको कोशिस गर्दैछौं

काठमाडौँ । नेपाल सरकार अर्थमन्त्रालय अन्तरगत आन्तरिक राजश्व विभागको अनलाइन सिस्टममा समस्या भएपछि करदाता सेवाग्राहीहरु समस्यामा परेका छन् । आफ्नो संघसंस्था र व्यवसायिक प्रतिष्ठानको कर बुझाउन अनलाइन सिस्टम भएपछि सजिलो हुनु पर्नेमा अहिले सेवाग्राहीलाई झनै झन्झट भएको छ । अनलाइनमा घण्टौँ बस्दापनि साइट नखुल्ने, खुलेपनि एकैछिनमा ह्याङ हुने र कर इन्ट्रि गर्न सक्ने सहज अवस्था हुँदैन । अनलाइनबाट काम नभएपछि कार्यालय मै धाउनु पर्ने अवस्था सिर्जना भइरहेको छ । विभागको साइटमा हिजो र आजपनि उस्तै समस्या दोहोरिरहेको छ । एक सेवाग्राहीले भने-विभागको अनलाइनमा समस्या आउने रोग विगतदेखि कै हो, खै किन समाधानतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ? यसले गर्दा सेवाग्राहीले निकै दुःख पाएका छन् । महिनाको अन्तिममा साइट नचल्ने र जरिवाना तिर्नु पर्ने अवस्था आउने गरेको करदाताहरुको गुनासो छ । यस सम्बन्धमा अन्तरगत आन्तरिक राजश्व विभागको सूचना प्रणाली शाखाका निर्देशक चुडामणी ढुंगानाले साइटमा समस्या आएको स्वीकार गर्दै समाधानको कोशिस भइरहेको बताए । विगतमा आउने गरेका समस्या समाधान गरेका छौं, हिजो र आजको समस्या अलि फरक खालको छ । नयाँ नयाँ समस्या आउँदा समाधानका लागि अलि गाह्रो भएको छ- निर्देशक ढुंगानाले भने । करदाता सेवाग्राहीबाट गुनासो आएको छ, काममा केही असहजता आएको पक्कै हो, तर हामीपनि चुप लागेर बसेका छैनौं । उनले भने-प्राबिधिक समस्या समाधान गरी काम सहज बनाउने कोशिसमा विभाग जुटेको छ । नयाँ नयाँ प्रबिधि थपेर भएपनि समस्या समाधान छिटो भन्दा छिटो गर्छौँ ।

सवारी साधन जथाभावी पार्किङ गर्ने होसियार ! घण्टौँ ‘ह्वील लक’मा परिएला

काठमाडौं । तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन शुरु गरिएको बताए । मंगलबारदेखि शुरु गरिएको उक्त अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत शुरु गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ । यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही शुरु गरेको हो । रासस

निर्माण लागतमा ३० प्रतिशत घटाउने एएसी ब्लक नेपाली बजारमा

काठमाडौं । भारतीय कम्पनी कृष ह्वाइट ब्रिक्स एलएलपीले संरचनाको लागत ३० प्रतिशत भन्दा बढीले कटौती गर्ने भएकाे छ । परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ । यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिनेछ । संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिन्छ । यो ब्लक उत्पादनको क्रममा निकै थोरै परिमाणमा ऊर्जा आवश्यक पर्ने हुँदा हानिकारक ग्यास उत्सर्जन नहुने भएकोले यसलाई वातावरणमैत्री मानिएको हो । मेल्टिङ प्वाइन्ट २९सय फरेनहाइट हुन्छ, जुन भवनमा आगलागी हुँदा निस्कने ताप १२ सय फरेनहाइटको तुलनामा दोब्बर भन्दा पनि धेरै हुनेछ । ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु नपर्ने  हुँदा लाग्ने सामान र श्रमिक खर्चको बचत हुने जानकारी  बाहिर १० एमएम मात्र प्लास्टर गरे पुग्नेछ । गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुन्छन् । उक्त ब्लक प्रयोग गर्दा भवनको भार २० प्रतिशत कम हुने पुष्टि भएको छ । स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ । कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसावले सुरक्षित मानिएको छ । एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एमसी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिजुलीको बिल ३० प्रतिशतले घटाउन सकिनेछ ।

नेपालमा न्याय पाउने आशा मरेपछी गंगामाया अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आवाज उठाउँदै

काठमाडौं। नेपाल सरकारले आफ्नो छोरालाई न्याय नदिने देखेपछी गंगामायाले अब आफ्नो छोराको न्यायको लागि अन्तरराष्ट्रिय स्तरमा आवाज उठाउने भएकी छिन्। पौस २०६९ देखी २०७५ असारको अवधीमा चार पटक मृत्युको मुखमा पुगिसकेकी गंगामाया मंगलबार काठमाडौ, जिल्ला प्रशासन कार्यालयमा मंगलबार व्हीलचेयरमा देखा परेकी थिईन्। उनी त्यहाँ उनको पासपोर्ट प्राप्त गर्न पुगेकी थिईन्। उनको अहिलेसम्म विदेश भ्रमणको कार्यक्रम तयार नभएता पनि उनको वकिलको अनुसार उनी बेलायत र न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २०६१ साल असारमा भएको आफ्नो छोराको हत्याको विवरण बुझाउन जानेछिन्। आफुले धैर्यपूर्वक नेपाल सरकारको तर्फबाट न्यायको लागि पर्खिरहेपनि सरकारले सधैं आफुलाई निराश पारिरहेको हुनाले अब आफुले आफ्नो कथा विश्वसामु सुनाउने, गंगामायाले बताईन्। गंगामायाका १८ वर्षीय छोरा कृष्णा प्रसाद कोइराला २०६१ साल जेठ २४ गते माओवादीद्वारा मारिएको थिए। अपराधीहरुलाई बाहिर ल्याउन मात्र कृष्णा प्रसाद को आमाबाबुले लगभग सात वर्ष कुर्नपरेको थियो। तर हत्याराहरु पत्ता लागे पनि पक्राउ गर्न राज्यले पहल नगरेपछि, उनिहरुले २०६९ पौषमा भोक हड़ताल सुरु गरेका थिए। हड्ताल सुरु गएको ४७ दिन पछि सरकारको न्याय दिने प्रतिबद्धता जनाएपछि पौडेल दम्पतीको हड्ताल समाप्त भएको थियो। तर मुख्य अभियुक्त छविलाल पौडेललाई तारिखमा जेलबाट रिहा गरेपछी अधिकारी जोडीले आफ्नो भोक हड़ताल पूर्ण सुरु गरेका थिए। भोक हड्ताल ३३४ दिनमा पुग्दा गंगामायाका श्रीमानले आफ्नो अन्तिम सास फेरे। उनको शरीर अझै पनि टिचिङ अस्पातलमा लावारीसे रुपमा छ। सरकारले आफ्ना सबै मागहरू पूरा गर्न प्रतिबद्धता व्यक्त गरेपछि २०७५ असारमा गंगामायाले आफ्नो भोक हड़ताल तोडेकी थिईन्।

स्वदेशी र नागबेली लघुवित्तको हकप्रद सेयर सूचिकृत

काठमाडौं । बुधबार स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन दुई संस्थाको कूल १९ लाख १६ हजार ५३१ कित्ता सेयर सूचिकृत भएको हो । सो मध्ये स्वदेशीको ११ लाख ५० हजार र नागबेलीको ७ लाख ६६ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।

युनाइटेड फाइनान्सको सञ्चालक समिति सदस्यमा अधिकारी नियुक्त

काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा रोशन अधिकारी नियुक्त भएका छन् । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले राहुल इन्फ्रास्ट्रक्चर(नेपाल) प्रालिको तर्फबाट अधिकारीलाई सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य सञ्जु अधिकारीले दिएको राजीनामा बैठकले स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव शेषकुमार ढुंगानाले जनाएका छन् ।

नयाँ टाटा एनआरजी कार सिल्भर ओरेन्ज र ह्वाइट कलरमा, मूल्य २९ लाख ५५ हजार

काठमाडाैं । टाटा मोटर्सले नेपाली बजारमा टाटा एनआरजी ल्याएको छ । टाटा मोटर्सले एसयुभीबाट सवारी साधन शुरू गरेसँगै योङ्गगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल सीयुभीको रूपमा नेपाली बजार भित्र्याएको हो । सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक बिक्रेताको अधिकार लिदैं नयाँ कार टाटा एनआरजी सार्वजनिक गरेको हो । टाटा एनआरजी काठमाडौंको शोरूममा पेट्रोल संस्करण २९ लाख ५५ हजारको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ । १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो कार नेपाली बजारमा रुचाइने इन्टरनेसनल बिजिनेस, प्यासेन्जर भेइकल्सका प्रमुख सुजन रोयले बताए । रोयका अनुसार कार कठीन सडकमा पनि राम्रोसँग गुड्न सक्छ । कारो अगाडि डिजाइन बलियो, साइड प्रोफाइल अद्वितीय वृत्ताकार ह्विल आर्कले हाइलाईट गरिएकोले ग्राहकहरुले मन पराउने कम्पनीले दाबी गरेको छ ।। कार तीनवटा रंगमा उपलब्ध हुनेछ र मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ । सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले, केही फरकको खोजीले टाटा एनआरजी निस्किएको बताए । उनले कारको डिजाइन, प्रविधि एसयूभी प्रेरित साधनलाई ग्राहकहरूले धेरै मन पराउने र यसले बजार हिस्सा बढाउन सहयोग गर्ने विस्वास व्यक्त गरे ।    

उद्यमशीलता विकासमा बैंकको भूमिकाः ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा दिन शुरु

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा चर्चित नाम हो । उमेरका हिसावले वाणिज्य बैंकका सीईओहरुमा सबैभन्दा कान्छो भएपनि वासलातको हिसावले निजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको सीईओ हुन् । १४६ अर्ब कर्जा प्रवाह गरेको यो बैंकले करिब ४० प्रतिशत कर्जा साना तथा मझ्यौला उद्यमीलाई प्रवाह गरेको छ, जसले उद्यमशीताको विकासमा महत्वपूर्ण टेवा मिलेको छ ।  कुनैपनि उद्योग व्यवसाय गर्न पूँजी नभई हुँदैन । व्यवसायीहरुले पूँजी परिचालन तीन किसिमबाट गर्न सक्छन् । पहिलो र सबैले प्रयोग गर्ने विधि भनेको सेयर पूँजी नै हो । नेपालको सन्दर्भमा प्राइभेट कम्पनीहरुमा एकल वा सीमित व्यक्तिले सेयर पूँजी लगानी गरेर प्रारम्भिक पूँजी जुटाएका हुन्छन् । पब्लिक कम्पनीमा प्रवद्र्धक र सर्वसाधारणमा सेयर बिक्री गरेर पूँजी जुटाएका हुन्छन् । पूँजी जुटाउने दोस्रो विकल्प भनेको ऋणपत्र जारी गर्ने, भेन्चर क्यापिटल, स्टार्टअपबाट हो । दोस्रो विधिबाट पूँजी जुटाउने अभ्यास नेपालमा ज्यादै कम छ । तेस्रो विधि भनेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्ने । नेपालमा सबैभन्दा बढी पूँजी परिचालन हुने बैंकको ऋण लिएर नै हो । उद्यमशीलताको विकासमा बैंकहरु धेरै सजग भईरहेका छन् । एनआईसी एशिया बैंकको कुरा गर्ने हो भने ‘धनी झन् धनी बन्नु भन्दा गरिब कम गरिब’ बन्दा अर्थतन्त्रको हित हुन्छ भन्ने मान्यतामा काम गरिरहेका छौं । एनआईसी एशिया बैंकले १४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसको ४० प्रतिशत साना तथा मझ्यौला कर्जा छन् । १० करोड रुपैयाँसम्मको कर्जालाई हामीले साना तथा मझ्यौला (एसएमई)मा राखेका छौं । कूल कर्जाको १० प्रतिशत विपन्न वर्गमा लगानी गरेका छौं । कूल कर्जाको ५० प्रतिशत कर्जा विपन्न र साना तथा मझ्यौला व्यवसायमा प्रवाह हुनु भनेको धेरै राम्रो संकेत हो । यसले उद्यमशीलताको विकासमा ठूलो टेवा पुर्याएको छ । नयाँ उद्यमीको जन्म भईरहेको छ । यस्तो कर्जाको असुली पनि राम्रो छ । कूल बैंकिङ क्षेत्रले करिब २६ खर्ब कर्जा लगानी छ । त्यसको २५ प्रतिशत साना तथा मझ्यौला व्यवसायीलाई नै प्रवाह भएको छ । कर्जा प्रवाह गर्ने सम्बन्धमा सरकारले लिएको नीति पनि राम्रो छ । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने, विपन्न वर्ग, महिला वर्गलाई कर्जा दिने सरकारको नीतिलाई अनुशरण गर्दै हामीले खास गरी कृषि र पर्यटन क्षेत्रमा बढी कर्जा प्रवाह गरिरहेका छौं । सहयोगी बैंक समयअनुसार बैंकहरुमा परिवर्तन आएको छ । कर्जा मात्र दिने होइन, उद्यमीको सोच, योजना र रणनीतिलाई बैंकहरुले थप परिस्कृत बनाउन सहयोग गरिरहेका छन् । पहिला बैंकहरुमा एउटा कर्जा विभाग हुन्थ्यो । सबै प्रकारका कर्जाको फाइल एउटै व्यक्ति वा एउटा विभागले हेर्ने गरिन्थ्यो । अहिले एनआईसी एशिया बैंकले कृषि कर्जाको लागि अलग्गै, हाइड्रो कर्जाको लागि अलग्गै, औद्योगिक कर्जाको लागि अलग्गै, व्यापारिक कर्जाको लागि अलग्गै, पर्यटन क्षेत्रमा जाने कर्जाको लागि अलग्गै विभागहरु गठन गरेको छ । विस्तारै स्पेशलाईजेशन हुँदै गएको छ । यसले उद्यमीहरुको जोखिमलाई कम गर्न, राम्रो काउन्सिलिङ गर्ने काम भईरहेको छ । अनुभवमा भरोसा अनुभवी उद्यमीहरुलाई बैंकहरुले कर्जा दिँदा लचिलो नीति लिन्छन् । व्यवसायमा अनुभव निकै ठूलो कुरा हो । एउटा व्यवसायमा सफल भएको उद्यमीले अर्को व्यवसाय सञ्चालन गर्दा धेरै हदसम्म सफलता मिलेको देखिन्छ । तर, नयाँ उद्यमीहरु असफल भएको उदाहरण प्रशस्त देखिन्छन् । कम्तिमा दुई वर्षको व्यवसायिक यात्रा सफल भएपछि बैंकले कर्जाको लागि विश्वास गर्छ । त्यसैले कुनै व्यवसायीसँग लामो अनुभव छ र उसले नयाँ काम गर्न चाहेमा बैंकहरुले कम धितोमा पनि बढी कर्जा दिएका हुन्छन् । बढी जोखिम देखिएको कर्जामा बैंकले २०० रुपैयाँ बराबरको धितो राखेर १०० रुपैयाँ मात्र कर्जा लगानी गर्छ । कम जोखिम देखिएको परियोजनामा १०० रुपैयाँको धितोमा १०० रुपैयाँ नै कर्जा प्रवाह भएको हुन्छ । अझै सुरक्षित मानिएको कर्जामा ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा प्रवाह भएका पनि छन् । ठूलो परियोजनामा जाने कर्जाको लागि बैंकले चाहेरपनि उद्यमीले पर्याप्त धितो दिन सक्दैनन् । त्यस्तो अवस्थामा परियोजना धितो मानेर कर्जा लगानी भएका छन् । तर, परियोजना धितोमा जाने कर्जाको प्रर्फमेन्स पनि धेरै राम्रो छैन । बैंकहरुले धितो नलिई कर्जा दिंदैनन् । यो पनि भुल्नु हुन्न कि बैंकहरुले धितो लिलामी नै गरेर कति कर्जा असुल गरेका छन् ? एनआईसी एशिया बैंकको कुरा गर्ने हो भने शुन्य दशमलव ५ प्रतिशत कर्जामा पनि बैंकले धितो लिलामी गर्नु पर्दैन । बैंकप्रतिका गुनासा बैंकहरुले कर्जा प्रवाह गर्दा धितो अनिवार्य गरे, नविनतम सोच, सम्भावना बोकेका योजनामा बिनाधितो कर्जा प्रवाह गरेनन् भन्ने गुनासा सञ्चार माध्यममा, सार्वजनिक मञ्चहरुमा उठिरहेका छन् । नविनतम सोच, राम्रा योजना भएका मानिसहरु पूँजीको अभावमा अगाडि बढ्न सकेनन् कि भन्ने तर्कहरुपनि उठ्ने गरेका छन् । नेपाल जस्तो देश जहाँ बैंकको कर्जा जोखिममा पर्दा असुल गर्नको लागि पर्याप्त कानून, नीति नियम, आवश्यक संरचना छैनन्, त्यस्तो देशमा बिनाधितो कर्जा प्रवाह गर्न बढी जोखिमपूर्ण हुन्छ । बिनाधितो गरिएको लगानी उठेन भने ऋणीलाई कालोसूचिमा राख्ने बाहेक ऋण असुलीका लागि अरु उपाय छैनन् । बैंकहरुले सर्वसाधारणको निक्षेप लिएर व्यवसायीलाई कर्जा दिने हो । कर्जा असुली नहुँदा निक्षेपकर्तालाई पैसा फिर्ता दिन सकिंदैन । राम्रो क्रेडिट रेटिङ सिस्टम, एसेट म्यानेजमेन्ट कम्पनी, बैंकप्रति लचिलो अदालती प्रणाली, कर्जाको इन्स्योरेन्स जस्ता बैकिङ क्षेत्रलाई सुरक्षित बनाउने प्रणालीहरुको विकास र असल कर्जा अभ्यासपछि क्रमशः धितोमाथिको निर्भरता घट्दै जानेछ । उद्यमीप्रति बैंकहरुले अविश्वास गरेर धितो मागेका होइनन् । व्यवसाय संकटमा पर्यो, व्यवसायीले बैंकको कर्जा भुक्तानी गर्न सकेन भने उसलाई सहयोग गर्ने अन्य संरचना र प्रणालीगत विकास नभएकोले बैंकहरुले उच्च जोखिम लिएर बिनाधितो लगानी गर्न नमानेका हुन् । महँगो ब्याजदर किन ? बैंकहरुले ऋणीसँग उच्चदरको ब्याज लिए, त्यसले उद्यमीहरुलाई गाह्रो भयो भन्ने आवाजपनि उठिरहेको हुन्छ । पछिल्लो दुई वर्षमा त यस्तो आवाज धेरै नै सुनिन्छ । तर, हामीले वित्तीय क्षेत्रका सबै पक्षको हितलाई हेर्नु पर्छ । बैंकमा सबैभन्दा धेरै निक्षेपकर्ता हुन्छन् । त्यसपछि ऋणी हुन्छन् । त्यसपछि सेयरधनी हुन्छन् । बैंक सञ्चालनमा कर्मचारी हुन्छन् । उनीहरु सबैको हितलाई सन्तुलन गर्दै जानुपर्छ । बैंकले एउटा ग्राहकसँग निक्षेप लिएर अर्को ग्राहकलाई कर्जा दिने हो । बैंकहरुले ९५ प्रतिशत सर्वसाधारणसँग निक्षेप लिएर ५ प्रतिशत उद्यमीलाई कर्जा प्रवाह गरेका हुन्छन् । निक्षेपकर्ताको हितमा काम गर्दा, कर्जाको माग अनुसार निक्षेपको वृद्धिका लागि बेलाबखत निक्षेपको ब्याज बढाउनु पर्ने हुन्छ । त्यतिबेला कर्जाको ब्याजपनि माथि जान्छ । जतिबेला निक्षेपको ब्याजकम हुन्छ, बैंकले कर्जाको ब्याजदर पनि घटाएका नै हुन्छन् । आर्थिक चक्र झंै व्याजदरको चक्रमा देखिने उतारचढावको क्रममा ब्याजदर कम हुँदा निक्षेपकर्तालाई मर्का परेको हुन्छ, ऋणीलाई लाभ हुन्छ । ब्याजदर बढी हुँदा निक्षेपकर्तालाई लाभ पुग्छ, तर ऋणको ब्याज वृद्धि हुन जान्छ । कच्चा पदार्थको मूल्य वृद्धि भएपछि उत्पादित तयारी बस्तुको मूल्य बढाउनु उद्यमीको वाध्यता जस्तै निक्षेपको ब्याज वृद्धिपछि कर्जाको ब्याज वृद्धि गर्नु बैंकहरुको बाध्यता हो । बैंकहरुको लागि निक्षेप र कर्जा सन्तुलन कायम राख्न पनि कठिन छ । कर्जाको माग १५ वर्ष, २० वर्षको हुन्छ । सोहीअनुसार बैंकहरुले लामो अवधिको कर्जा लगानी गरेका हुन्छन् । तर, निक्षेप १५ वर्षको लागि वा २० वर्षको लागि बैंकले लिन चाहेमा निक्षेपकर्ताहरु त्यति लामो अवधिका लागि निक्षेप राख्न तयार देखिदैनन् । उद्यमशीलताकाे विकास र वातावरण सम्बन्धि स्टाेरीहरू उद्यमीका व्यवस्थापकीय चुनाैती; पूँजी, जनशक्ति र जमिनको आकाशिंदो मूल्य -उद्यमी अन्जन श्रेष्ठकाे विचार सफल उद्यमी बन्न चन्द्र ढकालको सूत्रः उपभोक्तालाई हीत, सरकारलाई राजश्व, उद्यमीलाई नाफा नेपालमा उद्यमशीलता विकासका चुनौतीः अर्थशास्त्री डा. अच्युत वाग्लेको विचार