सरकारबाट जटिल रोगको उपचार खर्च कसरी पाउने ? यस्ता छन् प्रकृया
काठमाडौं। नेपालमा जटिल रोग लागेर उपचारको खोजीमा रहेका मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। आर्थिक रुपमा सम्पन्न नागरिकहरुले त्यस्ता रोगको सजिलै उपचार गर्न सक्ने अवस्था भएपनि बहुसंख्यक मध्यम तथा न्युन आय भएका नागरिकहरुलाई यस्तो रोगको उपचार नै गर्न नसक्ने अवस्था समेत रहन्छ। यही कुरालाई मध्यनजर गर्दै सरकारले विपन्न वर्गका नागरिकलाई जटिल खालका आठ प्रकारका रोग लागेको खण्डमा उपचार सहयोग बापत एक लाख दिँदै आएको छ । कस्तोलाई विपन्न नागरिक भनेर सरकारले खुलस्त रुपमा तय भने गरेको छैन यद्यपि हुनेखानेले नै विपन्न बनेर यो सेवा पनि लिएको देखिन्छ। मुटु रोग, मृगौला रोग, क्यान्सर, हेड ईन्जुरी, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल ईन्जुरी र सिकेलसेल एनिमिया रोग लागेका बिरामीको उपचारमा सरकारले एक लाख उपचार खर्च प्रदान गर्छ । सरकारले उपलब्ध गराउने सहयोग कसरी पाइन्छ र कहाँ कहाँ पाइन्छ भन्ने कुराको ज्ञानको अभावमा कतिपय नागरिकले यो सुबिधा लिन सकिरहेका छैनन् । यता, सरकारले भने उपचार सहयोगका लागि आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ११ करोड रुपैयाँ बिनियोजना गरेको थियो । तर, आव ०७५/०७६ मा भने १ अर्ब १० करोड, २२ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसमध्ये ६ महिनाको अवधिमा अब ६ करोड मात्र बाँकी छ । अहिले स्वास्थ्य मन्त्रालयले १ अर्ब २५ करोड अर्थ मन्त्रालयमा माग गरिएको छ । सरकारबाट सहयोग दिनका लागि ‘विपन्न वर्ग’ हुनपर्छ । सम्बन्धित वडा तथा गाउँ पालिकामा ‘विपन्न भएकाले आर्थिक सहयोग पाउँ’ भनी निवेदन दिनुपर्छ। तोकिएका कडा रोग लागेको नेपाली बिरामीहरु, जसले आफ्नो खर्चले उपचार गर्न सक्दैनन्, ती व्यक्तिहरु सूचीकृत अस्पताल मार्फत सहुलियत प्राप्त गर्न सक्दछन्। बिरामीलाई नगद दिइदैन, विदेशमा गई उपचार गरेका बिरामीलाई उपचार खर्च दिने ब्यवस्था छैन । सहुलियत प्राप्त गर्ने के के चाहिन्छ ? गरीबीको परिचय पत्र वाला बिरामी ब्यक्ति हुनु पर्नेछ । स्थानीय पालिकाले अस्पताललाई उपचार सहुलियताका लागि गरेको सिफारिस पत्र। यस भन्दा पहिला जिल्ला जन स्वास्थ्य मार्फत सिफारिस हुँदै आएको थियो। सहयोग उपलब्ध गराउनका लागि विपन्न नागरिक औषधी उपचार सिफारिस समिति गठन गरिएको हुन्छ । – सम्बन्धित स्थानीय तहको अध्यक्ष वा प्रमुख, अध्यक्ष – सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, सदस्य – सम्बन्धित स्थानीय तहको स्वास्थ्य संयोजक, सदस्य सचिव कुन रोगका बिरामीले कुन अस्पतालबाट पाउँछन् सहुलियत ? क्यान्सर रोग १) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं ३) बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन ४) भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर ५) परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं ६) बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ७) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ८) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं ९) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं १०) क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर तथा मन्त्रालयको छनौटमा पर्ने अन्य निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू । मिर्गाैला रोग १) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं ३) वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ४) कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं ५) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज, पर्सा ६) कोशी अंचल अस्पताल, विराटनगर, मोरङ ७) जनकपुर अञ्चल अस्पताल, धनुषा ८) मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर ९) राष्ट्रिय मिर्गाैला उपचार केन्द्र, वनस्थली, काठमाडौं १०) नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, बाँके ११) नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं १२) यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, पक्लिहवा, रुपन्देही १३) चितवन मेडिकल कलेज, चितवन १४) कलेज अफ मेडिकल साइन्सेस, चितवन १५) मणिपाल मेडिकल कलेज, पोखरा, कास्की १६) बि एण्ड बि अस्पताल, ग्वार्को, ललितपुर १७) नेशनल डायलाइसिस सेन्टर, एकान्तकुना, ललितपुर १८) गोल्डेन अस्पताल, विराटनगर, मोरङ १९) धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक २०) गण्डकी मेडिकल कलेज, पोखरा, कास्की २१) आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर २२) विराट अस्पताल, विराटनगर, मोरङ २३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान २४) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा यी रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताल तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू । डायलिसिस : नि:शुल्क संक्रमित बिरामीलाई डायलसिस गरे बापत ४ हजार र असंक्रमित बिरामीको प्रति सेसन २५ सय प्रति सेसन सोध भर्ना भुक्तानी अस्पताललाई गर्ने गरिएको छ। मिर्गाैलाप्रतियारोपण ४ लाख सम्म उपचार सहुलियत दिईन्छ। प्रत्यारोपण पस्चात औषधी सेवानको लागि १ लाख सहुलियत दिईन्छ। प्रत्यारोपण पुर्व अंग ग्रहणकर्ता तथा अंगदाताको प्रयोगशालामा प्ररिक्षणको लागि ५० हजार सम्म प्रदान गरिन्छ। मुटु रोग १) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं ३) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौं ४) वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ५) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ६) मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लाण्ट केन्द्र, महाराजगंज, काठमाडौं ७) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं ८) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं ९) मुटु रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय, अन्चल अस्पतालहरु तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू । पार्किन्सस तथा अल्जाईमर्स रोग १) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं ३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर । स्पाईनल ईन्जुरी तथा हेड ईन्जुरी रोग १) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं २) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं ३) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर । सिकलसेल एनिमिया रोग १) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं २) उपक्षेत्रीय अस्पताल, घोराही, दाङ ३) महाकाली अंचल अस्पताल, महेन्द्रनगर, कञ्चनपुर ४) सेती अंचल अस्पताल, धनगढी, कैलाली ५) भेरी अंचल अस्पताल, नेपालगञ्ज, बाँके ६) लुम्बिनी अञ्चल अस्पताल, वुटवल, रुपन्देही ७) जिल्ला अस्पताल कपिलवस्तु ८) जिल्ला अस्पताल बर्दिया ९) जिल्ला अस्पताल नवलपरासी ।
चितवनमा ७ औं नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुँदै
काठमाडौं । फागुन १७ गते देखि चितवनमा मरणेपरान्त अंगदानको लागि सामाजिक अभियानसहित ७ औं नेपाल फर्मा र हेल्थ एक्स्पो २०१९ शुरु हुने भएको छ । नेपालको औषधी उत्पादनलाई ध्यानमा राखि एक्स्पोमा २ सय वटा स्टल राख्ने आयोजकको भनाई रहेको छ । उक्त एक्स्पोमा कम्तिमा १ हजारले अंगदान गर्ने अनुमान आयोजक समितिको रहेको छ । चितवनमा हुने उक्त एक्स्पोमा करिब साढे १ करोड खर्च हुने जानकारी दिएका छन् । नेपाल औषधी उत्पादन संघका अध्यक्ष दिपकप्रसाद दाहालले आधारभुत संरक्षण दिने भए ७० प्रतिशत औषधीको उत्पादन गर्न सक्ने बताएका छन् । हाल नेपालमा करिब २० अर्ब औषधी उत्पादन भएपनि २५ अर्बको बाहिरी आयात हुँदै आएको हुँदा नेपाली बजार आयातमूखी बजारको कारण नेपाली बजार अन्योलमा रहेको अध्यक्ष दाहालको भनाई रहेको छ । एक्स्पोमा १० वटा निजि क्षेत्रका अस्पताल, ३०वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय कम्पनी र १० चिनीयाँ कम्पनीको सहभागिता रहने भएको छ । काठमाडौं बाहिर पहिलोपटक हुने उक्त एक्स्पोमा ५० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने अनुमान संघको रहेको छ ।
ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता
काठमाडाैं । ओम डेभलपमेन्ट बैंक लि. र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशबीच सहयोग गर्ने गराउने सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका तर्फकाट डा. रबिन्द्र घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मानव संसाधन लगायत विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा पोखरा विश्वबिधालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा गराउने तथा बैंकद्धारा प्रबाह गरिने सेवा सुविधाका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।
डलर सटही सुविधामा ६० प्रतिशतले कटाैती, विदेश जाने कामदारलाई अब २०० डलर मात्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाई गर्दै पहिले ब्यवस्था भएकाे भन्दा ६० प्रतिशत कममात्र डलर साट्न पाउने ब्यवस्था गरेकाे छ । इ.प्रा. परिपत्र ७/२०७४ लार्इ संशाेधन गर्दै राष्ट्र बैंकले मंगलबार त्यस्ताे व्यवस्था गरेपछि नेपाल सरकारसँग सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेश जाने नागरिकले २०० डलरसम्म मात्रै साट्न पाउने भएका हुन् । बैंकले मंगलबार सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै त्यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । यसअघि काम गर्न विदेश जानेले ५०० डलरसम्म सटही गर्ने सुविधा थियो । अत्यधिक व्यापार घाटाका कारण भुक्तानी प्रणालीमा असन्तुलन आएर बैदेशिक मुद्राको सञ्चय घट्दै गएपछि राष्ट्र बैंकले सटहीमा कडाई गरिदिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले श्रम स्वीकृति लिएर विदेश जाने कामदारलाई डलर सटहीको खासै आवश्यकता नपर्ने र परे पनि १/२ सय डलर भए पनि पुग्ने अवस्थामा बाँकी डलर यतै बेच्ने गरेको पाइएपछि त्यस्तो ब्यवस्था गरेको बताए । ‘ढुकुटीमा पर्याप्त डलर हुँदा हामी उदार भएका थियौं तर अहिले डलर सिञ्चितिमा कमी आउन थालेसँगै कडाई गरेका हौं,’ कार्यकारी निर्देशक ढुङ्गानाले भने ।
स्वदेशी उत्पादनलाई प्राथामिकता दिनु पर्छ: मुख्यमन्त्री पौडेल
चितवन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वदेशी सामाग्रीहरुलाई प्राथामिकता दिनुपर्ने बताएका छन् । चितवनमा खिचरा महोत्सबको समापन गर्दै मुख्यमन्त्री पौडेलले बाहिरबाट नभई स्थानीय उत्पादनलाई प्राथमिकता दिए मुलुक आत्मनिर्भरता तर्फ जाने बताए । महोत्सवका क्रियाकलाप देशको आर्थिक समृद्धिसंग जोडिनुपर्ने उनको भनाई थियो । मेलाका आर्थिक क्रियाकलापले आर्थिक कारोबार समृद्धिको आधार बनाउन समेत उनले आग्रह गरे । यस्ता महोत्सवले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने समेत बताए । उनले भने–‘ केहि बर्ष अगाडि हामी खाद्यान्न बाहिर पठाउँथ्यौं अब हामीले बाहिरबाट ल्याउनु पर्ने भईसकेको छ, अब हामी आत्मनिर्भर बन्नुपर्छ ।’ चितवन पर्यटन, धार्मिक, स्वास्थ तथा कृषिमा समेत उत्कृष्ट भएकोले यसमा नै धेरै सम्भावना खोज्नुपर्ने धारणा राखे । यो महोत्सवले थारु समुदायको सस्कृती झल्काउने देखिएकोले सस्कृति बचाउन सहयोग गर्ने बताए । थारु सस्कृति जोगाउन पूर्बी र पश्चिम क्षेत्रमा थारु संग्रहालय बनाउन प्रदेश सरकारले सहयोग गर्ने समेत जानकारी दिए । कार्यक्रममा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाको समेत सहभागिता रहेको थियो ।
२४ लाख ४६ हजार आर्थिक चलखेल गर्ने लेखापाल शिवहरी ढकाल बिरुद्ध मुद्दा दायर
काठमाडौं । न्याय परिषद सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाल विरुद्ध मुद्दा दायर भएको छ । आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगले ढकाल बिरुद्ध मुद्दा दायर गरेको हो । ढकालमाथी परिषदमा रहँदा तलबी भरपाईको जोडजम्मामा फरक पारी खर्च लेखेको अरोप लागेको छ । आर्थिक वर्ष २०७२ ०७३ को लेखापरीक्षण हुँदा लेखापरीक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार राजस्व दाखिला भएको महालेखापरीक्षकको प्रतिवेदन प्राप्त भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा २४ लाख ४६ हजार रुपैंया रकम निकासा गरेका थिए । आयोगले ढकालसँग २४ ला ४६ हजार रुपैंया नै माग दाबी गरेको छ । ढकाल हाल खनियावास गाँउपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत रहेका छन् । उनी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सकियो, वैशाखदेखि सञ्चालन
चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको बन्दरगाह आगामी २०७६ वैशाख तेस्रो साता अर्थात सन् २०१९ मे १ मा चीन सरकारद्वारा नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्टर मोडेल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिए । सुख्खा बन्दरगाहको सम्पूर्ण भवन निर्माण कार्य, जमीन ढलान, रंगरोगन लगायतका काम सम्पन्न भइसकको छ । भोटेकोशी नदीमा निर्माण गरिने ११२ मिटर लामो पक्की पुलको दाँयाबायाँको पिलर तयार भई पुलमाथि फलाम राख्ने काम अन्तिमचरणमा पुगेकाले अबको ३८ दिनभित्र सकिने लक्ष्य रहेको त्यहाँ कार्यरत मिलना शेर्पाले जानकारी दिए । मितेरी पुलस्थित लिपिङमा रहेको साविक भन्सार कार्यलय भन्दा छ किलोमिटरयता रहेको सो बन्दरगाहा सुविधायुक्त अत्याधुनिक हुनेछ । ५०० रोपनी क्षेत्रफल ओगटेको बन्दरगाहामा १५८ वटा ठूलो कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । त्यस्तै ६० देखि १०० मेट्रिकटन सामग्री एकै पटक तौलिनेयन्त्र बन्दरगाहमा राखिनेछ । बन्दरगाह परिसरमा भन्सार कार्यालय, पशु तथा कृषि क्वारेन्टाइन, गोदामघर, जाँचपास यार्ड, चेकपोष्ट, बैंक तथा कर्मचारी आवास गृह सहितको संरचना तयार भएको छ । सिआरसिसीले २०७५ वैशाख २० गते एक वर्षमा सक्ने गरी इन्टर मोडेल यातायात विकास समितिसँग दुई अर्ब ३५ करोडमा सम्झौता गरेको थियो । शुरुमा २०६९ पुसमा २६ महीनामा सक्ने गरी एक अर्ब २० करोड ६८ लाखमा निर्माण गर्ने गरी बेइजिङ रियल स्टेट ग्रुपले सम्झौता गरेको थियो । विसं २०७१ र ०७३ को बाढी तथा २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएपछि काम रोकिएको थियो । रासस
खानी खोला हाईड्रोपावरको साधारणसभा फागुन ३ गते, कहिले देखि बुक क्लोज ?
काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको छैठौँ वार्षिक साधारणसभा फागुन ३ गते बस्ने भएको छ । उक्त प्रयोजनको लागि आगामी २० गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।