काठमाडौंमा भुकम्पको धक्का महसुस
काठमाडौं। काठमाडौँमा मंगलवार बिहान भुकम्पको सानो धक्का महसुस गरिएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार, थापथलीलाई केन्द्र पार्दै ११:२६ मा ३.३ रेक्टर स्केलको भूकम्प रेकर्ड गरिएको छ।
डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै बैंकको अधिकृतस्तरको कर्मचारीसमेत आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले दुई वर्षसम्म कुनै पनि वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ । यस्तै बैंकले ‘घ’ वर्गका वित्तीय संस्थालाई समेत केन्द्रीय बैंकले सोहीअनुसार गर्नु गराउनसमेत आग्रह गरेको छ । तर तोकिएको समयावधि पूरा भएपछि कुनै पनि वाणिज्य बैंक तथा वित्तीय संस्थामा कुनैपनि हैसियतमा काम गर्न पनि केन्द्रीय बैंकको स्वीकृति लिनु पर्नेछ । तोकिएको समयावधि पूरा भएपछि राष्ट्र बैंकबाट अवकाश पाएका र पदबाट हटेका डेपुटी गभर्नर, पूर्वकार्यकारी निर्देशक वा पूर्वअधिकृतस्तरका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थामा नियुक्ति गर्दा यस बैंकको पूर्वस्वीकृति लिए वा नलिएको यकिन गरेर मात्र नियुक्ति गर्ने व्यवस्था गर्न परिपत्र गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिए ।
साधना लघुवित्तले सदस्य कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कर्जा कारोबार तथा बीमादाबी रकम भुक्तानी गर्दै आएको छ । शाखा कार्यालय घ्याम्पेशालबाट कर्जा कारोबार गरेका जुनामाया सर्कीनीको निधन पछि ३३,८०७ कर्जा मिनाहा वापत रकम भुक्तानी गरेको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मृतकका श्रीमान सुसुरके दमाईलाई बीमादाबी रकम वापत १ लाख ५ हजार रकम भुक्तानी गरिएको वित्तिय संस्थाका घ्याम्पेशाल शाखा प्रमुख पदम दहालले जानकारी दिएका थिए । सोही अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी गराउँदै सामाजिक उत्तरदायित्वको क्षेत्रमा वित्तीय संस्थाले भविष्यमा थप योगदान गर्ने बताएको छ ।
मेलम्चीको कामबारे एडिबीसँग छलफल, माघ १९ पछि कसरी अघि बढ्ला ?
काठमाडौँ । सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम ‘फिनिसिङ’ हुन बाँकी छ । यसैगरी ८८५ मिटरमा ढलान गर्नु पर्नेछ । सुरुङभित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भ्यान्टिलेसन’ मध्ये दुई बनाउनु पर्नेछ । ग्याल्थुमबाट अम्बाथानबीचको ‘भ्यान्टिलेसन’ यसअघि नै छेडिएको छ । सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए । यसैगरी सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठूलो जिआइ पाइप राख्न बाँकी रहेको समितिले जनाएको छ । अनलाइनका माध्यमबाट दैनिक अनुगमन प्रणालीको उपकरण राख्नसमेत बाँकी छ । बाँकी कामका लागि कसरी अघि बढ्ने भन्ने विषयमा सरोकार भएका निकायसँग थप छलफल जारी रहनेछ । आइतबार इटालियन निर्माण व्यवसायी सिएमसीलाई ठेक्का तोड्ने विषयमा लेखिएको पत्रका लागि १४ दिन कुरिनेछ । यही माघ १९ गतेपछि अर्को प्रक्रियाबाट कामलाई निरन्तरता दिइने समितिले जनाएको छ । रासस
लेवनानी सरकारको ५० करोड डलर बराबरको ऋणपत्र कतारले किन्ने
काठमाडौं । आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने भएको छ । कतारी इमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरूत पुगेको कतारले लेवनानको उक्त रकम बराबरको ऋणपत्र किनेर सहयोग गर्ने कतारको भनाई रहेको छ । कतार सरकारले लेवनानी सरकारको ५० करोड बराबरको ऋणपत्र किनेर आर्थिक सङ्कटबाट गुज्रिरहेको अरब मुलुकलाई सहयोग गर्ने निर्णय गरेको हो । कतारका इमिर शेख तामिम विन हमाद अल–थानी र लेबनानी राष्ट्रपति मिसेल आउनबीच सोमबार भएको भेटवार्तापछि ‘लेबनानको अर्थतन्त्रलाई मजबुत’ पार्ने विश्वाससहित कतारले ऋणपत्र खरिद गर्ने निर्णय लिएको कतारी विदेशमन्त्रीले बताएका छन् । कतारले सधैँ गणतन्त्र लेबनान र त्यहाँका जनताको स्थायित्व र सम्वृद्धि चाहन्छ, र लेबनानको अर्थतन्त्र छिट्टै सुदृढ हुँदै पूर्व अवस्थामा आउनेमा विश्वास गरेको छ । लेबनानी सरकारले कठिन एवम् ठूलो आर्थिक सङ्कट व्यहोरेका समय कतारले यो निर्णय लिएको हो । लेबनानका अर्थमन्त्रीले यसै महिना राज्यको सार्वजनिक ऋणबारे दिएको अभिव्यक्तिले यहाँको बजारलाई त्रसित तुल्याएको थियो । उक्त घोषणाले लेवनानलाई विश्वका खराब अर्थतन्त्र भएका मुलुकहरूको सूचीमा रहेको पुष्टि गरेको छ । गत बर्षको अप्रिलमा पेरिसमा भएको लेबनानको सहयोग र विकासका लागि अन्तराष्ट्रिय सम्मेलन (सीइडीआरइ) मा फ्रान्सले ११ अर्ब अमेरिकी डलर बराबरको सहयोग घोषणा गरिएको थियो । तर लेवनानमा करिब आठ महिना पहिले भएको निर्वाचनपछि पनि राजनीतिक विवादका कारण नयाँ सरकार स्थापना हुन नसक्दा सरकारविहीन अवस्था रहेको भन्दै राजनीतिक विवाद जारी रहेमा सहयोग रोकिने गत महिना चेतावनी दिएको थियो । रासस/एएफपी
भद्रगोल बागबजार
काठमाडौं । बागबजार स्थीत गल्लीहरुमा ढल व्यवस्थापनमा समस्या आएको छ । विभीन्न गल्लीहरुमा ढल व्यवस्थापन नहुँदा यात्री तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् । ढल व्यवस्थापनको लागि बनिरहेका काममा पनि ठेकदारहरुले चरम लापारबाहि गरेका छन् । गल्लीका विभिन्न स्थानहरुमा सेफ्टीको प्रयोग नै नगरी १० फिट सम्मको खाल्डो यतिकै राखिएको छ । यसले सवारी, पैदल यात्री र बालबालिकालाई निकै असुरक्षित पारिरहेको स्थानीय बासिन्दाले बताएका छन् । याे पनि हेर्नुहाेस् बागबजारका घरघरमा ढल पस्यो, स्थानीयवासीको विचल्ली
नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले वित्तिय संस्थाहरु आफनो अस्तित्वका लागि न्यायोचित मुनाफाका साथै समाज र देशको आर्थिक सामाजिक विकासका लागि इन्स्योरेन्ससंग बैकको सहकार्यबाट दुबै संस्था र समग्र देश लाभान्वित हुने अपेक्षा गरेका छन् । सो अवसरमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले दुर्गम स्थानमा समेत कृषि वीमामार्फत सर्वसाधारण किसानको आर्थिक हीत रक्षामा उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको अग्रणी बैकसंग सहकार्य गर्न पाउंदा शिखर इन्स्योरेन्स गौरवान्वित भएको बताए । धर्मपथस्थित बैकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी, संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनी उप प्रवन्धक अन्जन ढकाल लगायतको उपस्थिति थियो ।
घर बास नभएका डा. केसी समाजवादी हुन की महलमा बस्नेहरु ?
भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । नेपालमा हरिकंगाल न घर, न बासको ठेगाना, न गाडी न मोबाईल भएका डा गोबिन्द केसी कम्युनिष्ट हुन् कि अलिशान बंगला, गाडी, तलब, भत्ता, तेल लिने समाजवादी हुन की महलमा बस्ने कम्युनिष्टहरु ? कम्युनिष्टहरुले नै पीएको तलब पनि आफैं लिन, करोडौ औषधी खर्च हत्याउने, आफ्ना छोराछोरीलाई राजदूताबासको छात्रवृत्तिमा पढाउन बिदेशीको तलुवा चाट्ने, महिनै पिच्छे बिदेश धाउने, बिदेश भ्रमण गरेर आएको धनलाई कालो धन सेतो बनाउने धूनका कथित समाजबादी/कम्युनिष्ट नेताहरू कसरी कम्युनिष्ट हुन सक्छन् ? ३५ वर्ष जागिर खाएर , सुप्रशिद्ध हाडजोर्नी बिज्ञ, डाक्टर उत्पादन गर्ने प्राध्यापक जस्तो बिशिष्ट श्रेणीमा काम गरेर पनि खुट्टामा चप्पलै लगाएर हिड्ने कम्युनिष्ट कि शुटटाई कोट र चम्किलो जुत्ता नभई नहिड्ने, टल्कने चिल्लो करोडौंको गाडीमा हात हल्लाउदै हिड्ने सोसलिष्ट।कम्युनिष्ट हुन् कि चप्पल लगाएर राजनीति सुरूगरी ५ वर्षमैं धनाढ्य ब्यापारीलाई माथ गर्ने महल बनाई राज गर्ने नेताहरू कम्युनिष्ट/सोसलिष्ट हुन् ? डा. केसीसंग नेपालका तोरि लाउरे नेताहरूको त के, अरू डाक्टरहरूको समेत पनि तुलना हुन सक्दैन । ३ करोड नेपाली डा. केसी जस्ता व्यक्तित्व र भविष्यका ईतिहासमा श्रद्धाले नाम जप्न मिल्ने महान व्यक्तिको अगाडी साष्टांग गरे पनि कमै हुन्छ ।