विकासन्युज

चिकित्सा शिक्षा विधेयक ११ गते जसरीपनि पास हुन्छः योगेश भट्टराई

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने जनाए । उनले भने,‘माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ । मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर चाहीँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाईसक्नुभएको छ ।’ यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको, तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन् । उनले भने,‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्नेपनि योगेश भट्टराई नै हो । रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता । त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा पुग्नुभएको हो । नेपाली कांग्रेसका युवा नेताहरु केही पछि पुग्नुभएको हो । तर, केसीका माग ठीक छन् भनेर एक नम्बर हस्ताक्षरकर्ता योगेश भट्टराई हुन् ।’उनले योगेश भट्टराईले सत्ताको कभर लगाएपछि विवेक गुमाएको पनि आरोप लगाए ।

प्रोस्टाइल म्यानहन्टका प्रतियोगीहरू बनेपाको डाबर नेपाल नर्सरी भ्रमणमा

काठमाडौं । प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९को १५प्रतियोगीहरु डाबर नेपालको बनेपास्थित नर्सरी भ्रमण गरेका छन् । यो भ्रमणमा प्रतियोगीहरूले ग्रिनहाउस भित्रको कामका साथै डाबर नेपालले गर्दै आएको सामाजिक कार्यका बारेमा पनि जानकारी लिएका थिए । डाबर नेपाल समाज, वातावरण, खेलकुद, शिक्षा, संस्कृति, संरचना, स्वास्थ्य, सफाइ, र संरक्षणका विषयमा सजग छ । नेपालमा बलियो पहिचान स्थापित गर्न सफल डाबर प्राकृतिक, हर्बल र शुद्धताको परिपूरकको रुपमा रहेको छ । विगत २५ वर्षदेखि डाबरको प्रगति देखिएको छ । यसको ग्रान्ड फिनाले माघ १८ मा हुन गइरहेको छ र यसको प्रत्यक्ष प्रसारण कान्तिपुर एच.डी. टेलिभिजनमा हेर्न सकिने जानकारी दिएका छन् । डाबर नेपालको नर्सरीका प्रमुख डा. पङ्कज राठुरीले डाबर नेपालले इको प्रणालीलाई संरक्षण र कायम गर्नका लागि विलुप्त हुन लागेका र दुर्लभ वनस्पतिहरूको खेती कसरी हुन्छ भन्ने जानकारी प्रदान गरेका छन् । दुर्लभ तथा विलुप्त हुन लागेका औषधिजन्य बोटबिरूवाको संरक्षण गर्नका लागि डाबर नेपालले चालेको कदमका विषयमा पनि प्रतियोगीहरूले ग्रिनहाउस सुविधाबाट जानकारी दिए । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रमुख अनुप सक्सेनाले प्रतियोगीहरूले संरक्षणका विषयमा साथै नेपालले समाजका लागि पु‍र्याएकाे योगदान बारे जानकारी दिएका थिए ।

को बन्ला ग्लोबल आइएमई बैंकको सिइओ ? यस्ता छन् विकल्प

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) जनकराज शर्माले राजीनामा दिएपछि सञ्चालक समितिले डेपुटी सिइओ महेश प्रसाद ढकाललाई कामु सिइओ बनाएको छ । र ढकालले बुधबारबाटै जिम्मेवारी पनि सम्हालिसकेका छन् । चार बर्षका लागि नियुक्त भएका सिइओले बिचमै राजीनामा गरेर हिडेपछि अब बैंकको नेतृत्व कस्ले गर्ला भन्ने प्रश्न उठ्न थालेको छ । बैंकको सिइओ बन्नका लागि यतिबेला आधा दर्जन व्यक्तिहरु दौडमा देखिएका छन् । सञ्चालक समितिले पनि उनीहरुमध्येबाटै एक जनालाई सिइओ बनाउनुपर्ने बाध्यता छ । ६ महिने कुलिङ पिरियडका कारण अहिले काम गरिरहेका बाणिज्य बैंकका सिइओमध्ये कसैलाई पनि ल्याउन पाउने सुबिधा बैंकसँग छैन् । ३ महिना भन्दा बढी समय कामु सिइओबाट बैंक चलाउन पाउने व्यवस्था पनि छैन् । त्यसकारण अबको ३ महिना भन्दा अगावै ग्लोबल आईएमई बैंकले प्रमुख कार्यकारी अधिकृतमा कसै न कसैलाई नियुक्त गर्नैपर्ने अवस्था छ । बैंक सञ्चालक समिति सामु आधा दर्जन छनौटका सुबिधा छन् । त्यसमध्येको पहिलो विकल्प भनेको कामु सिइओ बनाईएका महेश प्रसाद ढकाल नै हुन् । टुरिजम डेभलपमेन्ट बैंकको सिइओ रहिसकेका उनी चाटर्ड एकाउन्टेन्ट हुन् । नयाँ पुस्ताका सिइओ मार्फत बैंकलाई एग्रेसिभ मुभमा लैजान सञ्चालक समितिका लागि उनी एक विकल्प हुन सक्छन् । तर उनले भने आफु अर्काे व्यवस्था नभएसम्मका लागि मात्रै आएको बताएका छन् । ‘अर्काे व्यवस्था नभएसम्मका लागि भनेर मलाई कामु सिइओ बर्नाइएको हो, अहिले नै अरु केहि भन्नु हतारो हुन्छ’, कामु सिइओ ढकालले भने । बैंकका लागि दोश्रो विकल्पका रुपमा नविल बैंक छाडेर हिमालयन डिष्टिलरी पुगेका शशिन जोशी हुन सक्छन् । स्थापित तथा परिपक्क बैंकर जोशी मार्फत बैंकले नयाँ उचाई प्राप्त गर्न सक्छ । बैंकका लागि तेश्रो विकल्पका रुपमा नेपाल इन्स्योरेन्स कम्पनीका सिइओ विजय बहादुर शाह हुन सक्छन् । राम्रा इन्स्योरेन्स कम्पनीहरुको सफल नेतृत्व गरिसकेका शाह र बैंकका अध्यक्ष ढकालको सम्बन्ध समेत राम्रो रहेको बताइन्छ । कर्मचारी सञ्चय कोषका पुर्व प्रशासक कृष्ण आचार्य पनि बैंक सञ्चालक समितिका लागि चौथो विकल्प हुन सक्छन् । उनले संस्थागत सुशासन अभिवृद्धि र सरकारी बिजनेश ल्याउन बिशेष भूमिका निर्वाह गर्न सक्ने बताइन्छ । बैंक सञ्चालक समिति सामु रहेको पाचौं विकल्प भनेको राष्ट्रिय बाणिज्य बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा हुन् । त्यसो त छैठौ विकल्पका रुपमा पूर्व बैंकर अनलराज भट्टराई पनि छन् । ‘हामी विकल्पहरुका बारेमा गहन छलफलमा छौं, उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्छाै’, बैंकका एक सञ्चालकले भने ।  

पियरसनले गर्याे काठमाडौंमा ‘पीटिई एकेडेमिक सेन्टर’को शुरुवात

काठमाडौं । अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इन्लिस एकेडेमिक ‘पीटिई एकेडेमिक’को उद्घाटन गरेको छ । कम्प्यूटर आधारित भाषा परिक्षण रहेको यसले सटीक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियता प्राप्त गरिरहेको छ । परीक्षण स्कोर वैधता प्रदान गर्नका लागि पियरसन परीक्षण केन्द्रहरुले स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपायहरु जस्तै पाल्म–स्क्यानिङ, सुरक्षित पेपरलेस परिणमहरु, अनियमित परिक्षण ढाँचा र सीसीटिभी समावेश गर्ने जस्ता प्रयोय गरेर आकांक्षा अनुसार परिक्षण वातावरणलाई नियन्त्रण गर्छ । उद्घाटन कार्यक्रममा बोल्दै पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले अंग्रेजीभाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको सफलताका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाउनका साथै विदेशमा अवसर सिर्जना गर्न सहयोग पुग्ने जानकारी दिए । ब्रिटिश कलेजका सीईओ राजेन कडेलका अनुसार पीटिई एकेडेमिक आप्रवासी र विदेशमा अध्ययन गर्न चाहानेहरुका लागि शुरु भएको पीटिई एकेडेमिकका लागि पियरसनसँग सहकार्य गर्न सक्ने बताए ।

शेयर बजारमा सामान्य सुधार, २४ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर १ हजार १ सय ७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बीमा ५८.०६, अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् । स्टकका अनुसार आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले गुमाएका छन् ।

पोखरामा टाटाको एनआरजी सार्वजनिक

काठमाडौं । टाटा मोटर्सको नयाँ उत्पादन एनआरजी पोखरामा सार्वजनिक भएको छ । टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा एनआरजी दिप मोटर्समार्फत पोखरामा सार्वजनिक गरेको हो । २९ लाख ५५ हजार मूल्यमा उपलव्ध उक्त टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको छ । जसलाई नेपालको योङ्गगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी)को रूपमा राखिएको छ । १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलव्ध हुनेछ । तीनवटा आकर्षक रंगमा उपलव्ध टाटाको मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ । टाटा एनआरजी सार्वजनिक संगै २ वटा गाडी बिक्रि र ४ वटा गाडि बुकिङ भएको छ।  सिप्रदी ट्रेडिङ, प्यासेन्जर भेइकल्सका प्रमुख सावंतजंग शिजापतीले भने– हाम्रो ब्रान्ड प्रतिज्ञा, आकांक्षाहरू जोड्दै (कनेक्टिङ एस्पिरेसन्स) सँग मिल्ने गरी, हामीले एसयूभीजस्तो सवारी साधन बजारमा ल्याउने बढ्दो ट्रेन्डसँग अगाडि बढ्न चाहिरहेका छौं।

फुल्चोकीमा हिउँ खेल्न जानेहरुको बिचल्ली

काठमाडौं। फुल्चोकीमा हिउँ खेल्न जानेहरुको बिचल्ली भएको छ। खराब बाटो, मानिसको घुईँचो र जामको कारण हिउँ खेल्न जानेहरुको बिचबाटैमा अड्किएर बसेका छन्। मंगलबार राती देखीको वर्षादले काठमाडौंको फुल्चोकी, चन्द्रागिरीमा बुधबार क्षेत्रमा हिउँ परेको हो। उपत्यका नजिकै भएकोले यि दुवै स्थानमा हिउँ खेल्न जाने मानिसहरुको घुँईचो लागेको छ। तस्विर – शिशिर कार्की  

महेश ढकाल बने ग्लोबल आईएमई बैंकको कामु सिइओ

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा थिए । सिइओले राजीनामा दिएपछि अर्काे व्यवस्था नहुदासम्मका लागि आफुले कामुको जिम्मेवारी पाएको ढकालले विकासन्युजसँग बताए ।  तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ बनेका थिए ।