विकासन्युज

अब सेयर खरिदमा प्यान नम्बर अनिवार्य, लगानीकर्ता भन्छन्: समय कम भयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर खरिद बिक्रिमा स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेको छ । नेप्सेले बुधबार परिपत्र जारी गरेर बैशाख १ गतेदेखि सेयर खरिद बिक्रिमा प्यान अनिवार्य गरेको हो । लगानीकर्तालाई प्यान नम्बर दिलाउन नेप्सेले कार्यालयमा सहजीकरण डेस्क सञ्चालन गर्नेछ । नेपाल धितोपत्र बोर्डले २०७५ कात्तिक १२ नै सेयर बजारका लागनी कर्तालाई प्यान नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बोर्डले कात्तिक १५ गते नै तयारी गर्न नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नेप्सेले आवश्यक तयारी पुरा गरेर बैशाख १ गतेदेखि दोश्रो बजारको सेयर खरिद बिक्रिमा प्यान अनिवार्य गरेको हो । लगानीकर्ता भन्छनः समय कम भयो सेयर लगानी कर्ता संघका उपाध्याक्ष तारा प्रसाद फुल्लेलले प्यान ल्याउने कुरा राम्रो भएपनि बैशाखसम्मको अनिवार्य सर्त पनि परिमार्जन हुनुपर्ने बताए । उनले डिम्याट र मेरो सेयर जस्तै केहि समय प्यानमा आउन आव्हान गरेर मात्रै अनिवार्य गरिनुपर्ने धारणा राखे । हाल पनि १० लाख भन्दा ठुला सेयर कारोबारमा प्यान अनिवार्य रहेको छ । उनले बैशाख भित्रै दुर दराजका लगानीकर्ताले प्यान लिन सम्भव नहुने भएकाले केहि समय थपिदिनु उपयुक्त हुने उनको भनाई छ । नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले लगानीकर्तालाई प्यानले कुनै असर नपार्ने बताए । उनले लगानीकर्ता मनोबल गिरेका अवस्थामा प्यान ल्याएपछि बजार सुधारका आरम्भ भएसँगै लगानीकर्ताको मनोबल उकासिने बताए ।  

एनएमबी बैंक सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल

काठमाडौँ । एनएमबी बैंक विदेशी संस्था सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल नेपालको पहिलो बैंक भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी विदेशी लगानी भित्र्याउन सफल भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा एनएनबी बैंकका सिइओ सुनिल केसीले बताए । एनएमबी बैंकले सीडीसी ग्रुप सहित ३ वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लगानी भित्र्याइसकेको छ । यस्तो कर्जा लगानी भित्र्याउने एनएमबी बैंक नेपालको पहिलो भएको सिइओ केसीले बताए । सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । एनएमबी बैंकले बेलायत स्थित फाइनान्सियल टाइम्सबाट लगातार यसवर्ष पनि बैंक अफ दी इयर २०१८ को सम्मान प्राप्त गर्न सफल भएको छ ।

कामना सेवा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा बस्नेत नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंककोे २६५औं सञ्चालक समितिको बैंठकको निर्णयले बैंककोे प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेतलाई नियुक्त गरिएको छ । विगत १८ वर्ष कार्यनुभव मध्ये १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए । कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आउनु भएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए । हाल देशभरि ६४ वटा शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

एलआइसीले ल्यायो जीवन साथी बीमा योजना, महिलालाई समेट्ने प्रयास

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेश(एलआइसी नेपाल) लिमिटेडले जीवन साथी नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । फागुन १ गते एक समारोहका बीच बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सो बीमा योजना सार्वजनिक गरेका हुन् । १८ देखि ६० वर्षसम्मका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको कम्पनी सचिव विनोदकुमार भुजेलले बताए । अधिकतम बिमाङ्क सीमा बीमा अण्डरराइटिङ नियमअनुसार जतिपनि लिन सकिनेछ । यस योजनामा बीमा अवधि १० वर्षको हुने कम्पनीले जनाएको छ । बीमा अवधिमा बिमितको निधन भएमा बिमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिको लागि निजको श्रीमान्/ श्रीमतीलाई बीमाङ्कको अधिकतम ७५ लाखसम्म दुर्घटना लाभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध गराइने छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) एलपी दासले यस बीमा योजना मार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउँदै परिवारमा वित्तीय सुरक्षा प्रदान गर्न सकिने बताए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष खस्तिदारले नयाँ बीमा योजनाका बारेमा प्रकाश पारेका थिए । नेपालमा प्रायः पुरुषहरुले मात्र जीवन बीमा लिने गरेको र महिलाहरुको ठूलो हिस्सा जीवन बीमाबाट बञ्चित रहने चर्चा गर्दै उनले त्यस्ता महिलाहरुलाई पनि निःशुल्क रुपमा बीमा जोखिम प्राप्त होस् भनेर कम्पनीले जीवन साथी योजना बजारमा ल्याएको बताए ।

सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिज्नेस अफिसर सुजितकुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सानीमा लाइफ इन्स्योरेन्सले जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताएका छन् । सिभिल बैंकले यस अघि जीवनवीमा कम्पनीहरु त्था निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवनवीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

राजकुमारीलाई उम्मेदवार बनाउन खोजेको आरोपमा थाईल्याण्डको एक पार्टी विघटन गर्ने तयारी

बैंकक । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो । आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडी प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए । उनको घोषणाप्रति उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए भने उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो । राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्विकार गर्दै क्षमा याचना गरेकी छन् । उनले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो । शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरुको भनाई छ । आउदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडी नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ । अदालतले विघटन गर्ने निर्णय गरेमा यसले शिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन । सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताईरहनु भएका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडी सारेको टिप्पणी गरिएको छ । रासस/एएफपी

मेलम्ची ग्यारेन्टीको रकम फिर्ता गराउन बैंक अफ काठमाण्डूको पहल

काठमाडौं । बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाईको लागि कानुनी परामर्श दाताहरुको टोली चाइना पठाएको छ । उक्त मुद्दाको सुनुवाई चीनको न्यायलयमा फागुन ३ गते हुने भएको छ । बैंकले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनीया ठेकेदार चाइना रेल्वे १५ ब्युरो ग्रुपको चाइना कन्सट्रक्सन बैंक मार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरी उक्त काउन्टर ग्यारेन्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई ६६लाख २० हजार अमेरिकी डलर तथा १४लाख युरो बराबरको ग्यारेन्टी जारी गरेको थियो । मेलम्ची र चिनीँया ठेकेदार कम्पनीबीच करार सम्झौताभंग भएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाण्डूलाई दिन नपर्ने आदेश जारी गरेको थियो । अन्र्तराष्ट्रिय नियम र अभ्यास अनुसार चाइना कन्सट्रक्सन बैंकले बीओकेलाई जारी गरेको काउन्टर ग्यारेन्टी एउटा स्वतन्त्र र शर्तहीन दायित्व हो । चीनस्थित अदालतबाट काउन्टर ग्यारेन्टीको भुक्तानी बन्द गर्दा सर्वसाधारणको निक्षेपमा क्षति पुगेको हुँदा यस मुद्दाप्रति नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकमफिर्ता गर्ने प्रकृयाको सहजीकरण हुनेछ ।