विकासन्युज

बाराको कोल्हवीमा आशा लघुवित्तले दियो सीपमूलक तालिम

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७५ फागुन ३०, चैत्र १ र २ गते ३ दिनको सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय कोल्हवी, बारामा आबद्ध सदस्यहरु मध्ये६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सञ्जीत चौधरीले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २०० विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

आईईएलटिएस परीक्षाको शुल्क भुक्तानी अब इसेवाबाटै, लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य

काठमाडौँ । आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस परीक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो । कार्यक्रममा बोल्दै आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटिएस परीक्षार्थीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन प्रक्रियामा सहजता ल्याउनेछ भन्ने विश्वास प्रकट गरे । १९ हजार ५०० रुपैयाँ परीक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।

बैतडीको मेलौलीमा एनसीसी बैंकको नयाँ शाखा संचालन

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले शनिबार संयुक्त रुपमा उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक महेन्द्रबहादुर चन्दले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रचण्ड आज अमेरिका जाँदै, श्रीमती सीता दाहालको जोन हकिङ्स् अस्पतालमा हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्ने भएका छन् । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनीहरु आज साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन् । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।

डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

काठमाडौं। विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा आज प्रहरीको रोहवरमा ताला खोलेका हुन् । कानूनी प्रक्रियामा आफ्ना मागहरु प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित भएको उनीहरुले बताएका छन् । शैक्षिक एवम् अस्पतालको सेवा सञ्चालनमा कुनै पनि अवरोध नरहेको विद्यार्थी अनित सिन्हाले बताए। एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि शुरु हुने भएकाले पनि परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरुद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए । विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेर छन् भने बाँकी फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ पुर्जीविरुद्ध कलेजका अध्यक्ष अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेश माग गरी रिट दायर गरेकामा अदालते फागुन ३० गते अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको थियो ।

साहसिक पर्यटनको नयाँ गन्तव्य ‘धुलिखेल’, चरा झै उडेर डाँडा वारिपारि

काठमाडौं । राम्रा लज/रिसोर्ट, हरियो पर्यवरण, स्वच्छ हावा र लोकप्रिय पिकनिक गन्तव्यका रुपमा धुलिखेलको पहिचान स्थापित छ । उच्च हिम श्रृंखलाहरुको दृश्यावलोकन पनि धुलिखेलले उपलब्ध गराएको अर्काे उपहार हो । अब त्यहि धुलिखेलमा थपिएको छ पर्यटकका लागि अर्काे नयाँ प्रडक्ट ‘जिप फ्लाईङ’ । पछिल्लो समय साहसिक पर्यटनको आकर्षण बढिरहेको छ । बञ्जी, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाईडिङ जस्ता साहसिक पर्यटनका प्रडक्टहरु लोकप्रिय छन् । तर यी अधिकांश प्रडक्टहरु उपत्यका नजिकै उपलब्ध छैनन् । तर अब यी सबैलाई टक्कर दिन सक्ने नयाँ प्रडक्ट धुलिखेलमा भित्रिएको छ ‘जीप फ्लाईङ’ । मोटो लठ्ठामा करिब २ मिनेट झुण्डिएर एउटा डाँडोबाट अर्काे डाँडामा पुगिन्छ । करिब ११ सय मिटरको दुरी पार गर्दा धुलिखेल नगरपालिका छिचोलेर पाँचखाल पुग्न सकिन्छ । राजधानीकाट ३३ किलोमिटरको दुरी पार परेपछि पुगिन्छ धुलिखेल जिप फ्लाईङमा । साहसिक पर्यटनका पारखीहरुले अब धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्न सक्छन् । हावामा उडिरहँदा काभ्रेका हरिया फाँट, हरियो वन र उच्च हिमश्रृंखलाको छुट्टै आनन्द लिन पाइन्छ । फलामको लठ्ठा (डोरी) मा जोडिएको घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर माथिबाट तल झर्न पाइन्छ । ‘साहसिक पर्यटनका लागि उपत्यका नजिकै नयाँ प्रडक्ट ल्याएका छौं, पर्यटन वर्ष सन २०२० लाई मध्य नजर गरेर सञ्चालनमा ल्याएका हौं’, सञ्चालक केदार बहादुर थापाले भने । उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ । यस्ता छन् विशेषता ११ सय मिटर लामो जिप लाइन समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुन्छ । २५ सय रुपैंयाँ तिरेर जिप फ्लाङ गर्न सकिन्छ भने ३५ सय रुपैंयाँ तिरेर सुपर म्यान गर्न सकिन्छ । सिंगल लाइन मात्रै भएपछि दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक भुपेश श्रेष्ठले बताए ।युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित जिफलाइनमा दुई जना भारतीय प्राविधिक कार्यरत छन् । कति भयो लगानी ? वल्ड वाइड एड्भेन्चर प्रालिले लगानी गरेको जिप लाइनमा हालसम्म ४ करोड खर्च भैसकेको छ । अर्काे एउटा लाइन थप्दा ७ करोड लगानी पुग्ने उनीहरुको भनाई छ । औचारिक सेवा आरम्भ नगर्दै स्वदेशी र विदेशी पर्यटकहरुको समेत आकर्षण खिच्न सफल भएको सञ्चालक बताउँछन् । यसबीचमा चीन, कोरिया, हङकङ, अमेरिका र स्वीट्जरल्याण्डका पर्यटकले यो खेलको मजा लिइसकेका छन् । कसले पाउँछन खेल्न ? तेह्र वर्षदेखि ७० वर्ष बीचको उमेर समूहका जो कोहीले जिपलाइन खेल्न सक्छन् । दीर्घ रोगीका लागि भने यो प्रतिबन्धित छ । कम्पनीले १३ वर्ष कम उमेरका अण्डर टिन समूहलाई खावास्थित तल्लो स्टेशनमा जिप लाइनको व्यवस्था गरेको छ । कसरी बन्यो पूर्वाधार ? कम्पनीले १५ वर्षका लागि २० रोपनी जमिन लिजमा लिएर पूर्वाधार निर्माण गरेको हो । शुल्क र सुविधा ? साधारण जिप फ्लाईङको शुल्क २५ सय रुपैंयाँ तोकिएको छ । सुपर म्यानको ३५ सय रुपैंयाँ र जोडीको ४५ सय रुपैंया शुल्क निर्धारण गरिएको छ । तस्विर भिडियोका लागि भने छुट्टै शुल्क तिर्नुपर्नेछ । धुलिखेलमा सुरु भएको जिप फ्लाङले सो क्षेत्रको पर्यटन विकासमा समेत नयाँ आयाम थपिएको सञ्चालकहरुको दावी छ ।

बागमतीमा साढे ४ अर्ब कुम्ल्याउने प्रपञ्च

काठमाडौँ । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे ४ अर्ब रुपैयाँ व्यवभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रमा पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ । राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालय समक्ष शिफारिस गरेको छ । यही समति अन्तरगत बागमती विकास आयोजना सञ्चालित छ । मुआब्जा दिन शिफारिस गरिएको गोकर्णेश्वर देखि गुह्यश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ–आजको नागरिक दैनिकमा समाचार छ ।

लगानी सम्मेलनमा ६३ वटा विकास आयोजना प्रस्ताव गरिने, ३० खर्बको विद्युतीय रेलमार्गमा लगानी आउँला ?

काठमाडौँ । आर्थिक समृद्धिको अभियानलाई अझै सन्तुलित बनाउने गरी सरकारलेआयोजना गर्न लागेको लगानी सम्मेलनमा ६३ वटा विकास आयोजनाको प्रस्ताव सूची पेश गर्ने भएको छ । लगानी बोर्डले र निजीक्षेत्रसमेतले पूर्वसम्भाव्यता अध्ययन गरी तयार परिएका यी आयोजना देशका सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित विकासको अवधारणामा आाधारित छन् । यही चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा लगानी बोर्डले आफ्नै पहलमा ४६ वटा र निजीक्षेत्रका १७ वटा परियोजना लगानीकर्ता माझ राख्दैछ । पूर्वी र पश्चिम नेपाल समेट्ने गरी बोर्डले झन्डै ३० खर्ब रुपियाँलगातअनुमानसहित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको प्रस्ताव तयार गरेको छ । काठमाडौँलाई पोखरासँंग जोड्ने विद्युतीय रेलमार्गको प्रस्ताव पनि बोर्डले तयार पारेको छ । पूर्वाधार विकासका आयोजनामा जोड दिँदै बोर्डले छानेका योजनाहरु यातायात, पर्यटन, कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सबैखाले योजना यसमा परेका देखिन्छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार आयोजनाहरु राष्ट्रिय आवश्यकता, संभाव्यता र लगानीकर्ताको संभावित आर्कषणजस्ता पक्षलाई हेरेर चयन गरिएको छ । सकेसम्म हिमाल पहाड तराईदेखि सबै प्रदेशका संभावित आयोजनाहरुमा लगानी भित्रयाउने गरी हामीले तयारी गरेका हौँ,” उनले भने, यसका लागि हामी सबै प्रदेश सरकारलगायत सरोकारवाला निकायसँग छलफलसमेत गरेका थियो,” उनले भने । बोर्डले तयार गरेको आयोजना सुदूरपश्चिम परिवहन परियोजना सभावेश छन् । त्यस्तै प्रदेश १ मा एक हजार ११० मेगावाटको सुनकोसी जलविद्युत् परियोजा परेका छन् । काठमाडौ उपत्यकामा काठमाडौंमा मेट्रो परियोजना तथा रिङरोड बस र्यापिड ट्रन्जिट परियोजना समेत समेटिएको छ । त्यस्तै प्रदेश २ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थाल र प्रदेश १ को विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव पनि बोर्डले सम्मेलनमा राख्ने भएको छ । रुपन्देहीको तिलोत्तमा, मोरङको उर्लाबारी, कैलालीको अत्तरिया, कास्कीको हेम्जामा एकीकृत कृषि पूर्वाधार परियोजना सञ्चालन गर्ने सोचसहित बोर्ड कार्यालयले परियोजना खाका तयार गरेको छ । पर्यटनका क्षेत्रमा मनाङमा स्कि रिसोर्ट, शे–फोक्सुन्डो लक्जरी रिसोर्ट, रोल्वालिङ साहसिक खेल शिक्षालयको योजना पनि बोर्डले तयार पारेको छ । उता, निजीक्षेत्रले पनि विभिन्न परियोजना तयार पारेका छन् । एघारवटा अयोजना जलविद्युत्का छन् । नामालाङ खोला जलविद्युत् परियोजनादेखि माथिल्लो बलेफी,त्रिशूली गल्छी, माथिल्लो चमेलियालगायतका जलविद्युत् आयोजनामा निजीक्षेत्रको प्रस्ताव छ । जालपादेवी, अन्नपूर्ण र स्वर्गद्वारी केबलकार तथा पर्यटन परियोजना, आईएमई सिमेन्टजस्ता परियोजना निजीक्षेत्रले पेश गरेका छन्, आजको गोरखापत्रमा समाचार छ ।