विकासन्युज

वनजंगल संरक्षणका लागि २९ लाख घरधुरी सक्रिय

काठमाडौं । नेपालमा वनजंगलको संरक्षणका लागि २२ हजार ३ यस सामुदायिक वन उपभोक्ता समूह क्रियाशील रहेका छन् । यी समूहमा आवद्ध २९ लाख ६१ हजार घरधुरी वनसंरक्षणका लागि क्रियाशील हुँदै आएका छन् । नेपालका ७ वटै प्रदेशमा सामुदायिक वन उपभोक्ता समूह क्रियाशील रहेका छन् । वन संरक्षणका लागि नेपालमा सामुदायिक वन उपभोक्ता समूह मार्फत भएको काम विश्व स्तर मै उदाहरणीय रुपमा लिइन्छ । सामुदायिक वन उपभोक्ता समूह वन संरक्षण र संवद्धनको हिसावले, सामाजिक विकास र नेतृत्व विकासको हिसावले अगाडि बढी रहेको सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले बताए । वातावरण संरक्षणका लागि २०४६ सालमा पहिलो पटक वन क्षेत्रमा पनि ३३ प्रतिशत महिला सहभागी हुनु पर्ने, वनको वरपर बस्ने मानिसलाई शासन गरेर होइन मालिकको रुपमा संरक्षण, सम्बद्र्धन गर्नका लागि नीति नियमको बारेमा निर्णयका भई स्थानीय स्तरका मानिसले सो सम्बन्धी हक प्रदान गर्न पाउने व्यवस्था लागु भएको थियो । सामुदायिक वनलाई नीति नियम निर्माणकर्ताहरुले बैंक, सहकारी तथा बित्तीय संस्थाको रुपमा हेर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले बताए । सामुदायिक वनबाट कर लिने विषयलाई लिएर सामुदायिक वन उपभोक्ता महासंघले विरोध जनाएको छ ।

डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्णः मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुन्छ भने । उनले सरकारले दूरसञ्चार क्षेत्रको लागि छुट्टै पूर्वाधार कम्पनी खोल्ने तयारी गरेको बताउँदै सरकारले नेतृत्व गरेका कुनै पनि दूरसञ्चारसम्बन्धी कम्पनि वा संस्थाहरु कमजोर नहुने दाबी गरे । मन्त्री बाँस्कोटाले निजी क्षेत्रप्रति नकारात्मक धारणा राख्ने भन्दा पनि समान व्यवहार गर्न आग्रह गरे । “मुलुकमा राजनीतिक स्थिरता भएन भने नीतिगत अस्थिरता पैदा हुन्छ, नीतिगत अस्थिरताले विकास निर्माणको सम्पूर्ण कामलाई ध्वस्त बनाइदिन्छ, सरकारले देश विकास गर्ने सङ्कल्प गरेकोले त्यो पूरा गर्छ”,उनले भने । मन्त्री बाँस्कोटाले परिणाम आउने गरी र जनतालाई प्रत्यक्ष लाभ हुने गरी उत्सुकताका साथ इमानदारीपूर्वक काम गरेको खण्डमा सरकारले सकारात्मक ढङ्गबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले आफ्नै स्याटलाइन राख्ने तयारी गरिरहेको र त्यसको अर्को कानून नबन्दासम्मको लागि सञ्चालनको जिम्मा प्राधिकरणलाई दिने बताए । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकारले केही पनि गरेको छैन भन्नेभन्दा पनि केही न केही सुरुआत गरेको छ भनेर सकारात्मक ढङ्गबाट लिन आग्रह गरे । “प्राधिकरणसँग धेरै अवसर छन् तर फ्रिक्वेन्सी लिने काम नगर्ने, ठेक्का लिने काम नगर्ने, कागजको रिपोर्ट मात्र हाल्ने जनतालाई झुक्याउने, सरकारलाई झुक्याउने र संस्थालाई बदनाम बनाउनेलाई प्राधिकरणले टुलुटुलु हेरेर बस्न मिल्दैन ”, मन्त्री बाँस्कोटाले भने । प्राधिकरण कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले खुल्ला बजार नीतिलाई आत्मसात गर्दै राज्यका शहरी र ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सर्वसुलभ र भरपर्दो बनाउन प्राधिकरण प्रयत्नरत छ भने । राजेन्द्र थापालाई ‘प्राधिकरण सेवा पुरस्कार’ प्राधिकरणले यो वर्षको ‘प्राधिकरण सेवा पुरस्कार’ कर्मचारी राजेन्द्र थापालाई प्रदान गरेको छ । पुरस्कारको राशि १५ हजार छ । कार्यक्रममा नेपाल दुरसञ्चार स्वतन्त्र कर्मचारी यूनियनका अध्यक्ष विजय यादवले धन्यवाद ज्ञापन गरेका थिए । यस्तै, प्राधिकरणले आयोजना गरेको हट पोट्याटो, हाजिर जवाफ तथा फुटसलका विजेतालाई सम्मान पत्र प्रदान गरिएको थियो । दूरसञ्चार सेवालाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा विसं २०५४ फागुन २० गते प्राधिकरणको स्थापना भएको थियो ।

मकवानपुरको रजैयामा सिटिजन्स बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाअन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । बैंकले यस अघि नै मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा कार्यालयहरु स्थापना गरिसकेको छ । उक्त रजैया एक्सटेन्सन काउन्टरबाट बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबिबिएस सुविधा लगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने जनाएको छ ।

सोलुखुम्बुको पासाङ ल्हामु गाउँमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तीय साक्षरतापनि अभिबृद्धि हुने कुरा प्रकाश पारे । बैंकले खुम्बुपासाङ ल्हामुगाउँपालिकाअन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवाप्रदानगरिसकेको र सोहीगाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमापनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ । एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्यदुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा बित्तीय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।

‘एनसेल सुपर सेलर’ योजना, उपहारमा कार र युरोप भ्रमणको अवसर

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ । यस योजना अन्तर्गत खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न सक्छन् । यो योजना चैत्र १ गतेबाट लागु भएको छ र १० महिना सम्म संचालनमा रहने कम्पनीले जनाएको छ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ । यो योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वाशिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् । ‘एनसेल सुपर सेलर’ योजना लागु भएको ६ महिना पश्चात खुद्रा बिक्रेताहरुले आफुले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् । यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा बिक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एप बाट खरिद गरेको हुनुपर्नेछ । यस योजनाको चार समुह अन्तर्गत खुद्रा बिक्रेताहरुले ३,७०० भन्दा बढी उपहारहरु जित्नेछन् । साथै योजनामा सहभागी मध्ये उत्कृष्ट १०,००० खुद्रा बिक्रेताहरुलाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।

लक्ष्मी बैंकले शुरु गर्यो लक्ष्मी आरोग्य स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सेवामा ३० % सम्म छुट

काठमाडौँ । लक्ष्मी बैंकले ग्राहकहरुलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य स्वास्थ  सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ । लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न ख्यातिप्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २०% सम्म तथा आरोग्य केन्द्रहरुमा ३०% छुट प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएका छन् ।

काठमाडौंका सडकमा ८ हजार सौर्य वत्ति, १५ करोडमा झिलिमिली महानगर

काठमाडौँ । रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ । आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो बत्ती जडान गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । “सबै वडाबाट १६ हजार बत्ती जडान गर्नका लागि माग आएको छ”, उनले भने, “माग अनुसार बत्ती जडान गर्ने हो भने १० देखि १५ करोड खर्च हुने अनुमान छ ।” रातिको समयमा हुने सडक दुर्घटना, चोरी र यात्रुलाई आवतजावत गर्नका लागि सहज होस् भनेर बत्ती राख्न लागिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । आगामी वैशाखदेखि शुरु गरी यसै आर्थिक वर्षभरीमा सक्ने लक्ष्यका साथ काम अघि बढाइने पनि कामपाले जनाएको छ । सिसीटिभी जडान महानगरीय प्रहरी परिसर काठमाडौँले महानगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । त्यसका लागि कामपाले परिसरलाई तीन करोड रकम उपलब्ध गराएको छ । महानगरपालिकाभित्र शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण र प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउनका लागि सो सहयोग गरेको हो ।

सानिमा लाईफ र सिन्धु विकास बैैंकबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु वीकाश बैंक लि.बीच बैंकास्योरेन्स संझौता भएको छ । सानिमा लाइफका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले सो संझौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बनेपा शाखाका प्रमुख कृष्ण ढोडारी समेतको उपस्थिति रहेको थियो । संझौता अनुसार ग्राहकहरुले सिन्धु विकास बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।