विकासन्युज

आशलाग्दा दुई जलविद्युतकाे आईपीओ बैशाख ६ गतेदेखि; सस्तो लागत, तत्कालै सूचीकरण

काठमाडौं । राम्रो प्रतिफल र शेयरमूल्यको आशा गरिएका दुई जलविद्युत् कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बैशाख ६ गतेदेखि खुला हुने भएको छ । केही दिनअघि मात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समेटिएको साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको आईपीओ खुल्न लागेको हो । सान्जेन जलविद्युत्को ४९ लाख ८२ हजार २५० कित्ता तथा रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता समेत गरी १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयर निष्कासनका लागि मंगलबार आह्वानपत्र प्रकाशन गरिएको छ । उल्लेखित दुवै कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक लगानी छ । हाल रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत १४ करोड ५७ लाख रुपैंया प्रतिमेगावाट छ भने यसले आगामी फागुनदेखि व्यवसायिक विद्युत् उत्पादन गर्ने जनाइएको छ । त्यस्तै, सान्जेन जलविद्युत् कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताकाको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यी आयोगनाहरु आगामी पुस मध्यसम्म सञ्चालनमा आउने प्रक्षेपण गरिएको छ । यी आयोजनाहरुसँग नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् खरिद सम्झौता अनुसार उनीहरुले न्यूनतम ४.८० रुपैंयादेखि १०.६४ रुपैंया प्रतियुनिट रमक प्राप्त गर्नेछन् । सुरुको अवस्थामा भने वर्षायाममा प्रतिमेगावाट ४.८० रुपैंया र हिउँदमा ८.४० रुपैंया पीपीए दर तोकिएको छ । उक्त आयोजनाहरुका लागि न्यूनतम प्रतिकित्ता ५० कित्ता र अधिकतम ५००० कित्ता शेयरका लागि आवेदन दिन सकिन्छ । जनताको जलविद्युत् आयोजना अन्तर्गत समेटिए पनि यी कम्पनीहरुको भौतिक प्रगति ५० प्रतिशत नाघिसकेको कारणले यसको भने प्रतिकित्ता १०० रुपैंयाका दरले नै भुक्तानी गर्नुपर्ने छ । आयोजनाको छिटोमा माघ १० गते र ढिलोमा जेठ ५ गते बन्द हुनेछ । सान्जेन जलविद्युत्को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल र एनएमबि क्यापिटललाई तोकिएको छ । त्यस्तै, रसुवागढीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल छन् । सस्तो लागत, तत्कालै सूचीकरण यी कम्पनीहरुको शेयरकोे विशेषता भनेकै अन्य आयोजनाहरु भन्दा सस्तो र जनताको जलविद्युत् आयोजना अन्तर्गतकै अरु कम्पनीहरुको भन्दा छिटो सूचीकरण हुने हो । हालसालै जारी भएका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा सस्तो र राम्रो आयोजनामध्यकै सस्तो आयोजनाको रुपमा यी दुई कम्पनीहरुलाई लिइन्छ । द्रुत गतिमा काम भइरहेको र समयमै आयोजना निर्माण हुने अपेक्षा गरिएका कारण यी दुवै आयोजनाहरुको लागत प्रतिमेगावाट १५ करोड भन्दा कम नै पर्ने अपेक्षा गरिएको छ । जबकी ९८ प्रतिशत भौतिक प्रगति सकिएको माथिल्लो तामाकोशी आयोजनाको लागत प्रतिमेगावाट १५ करोड माथि पुग्ने निश्चित भइसकेको छ । निजी क्षेत्रका आयोजनाहरुको प्रतिमेगावाट लागत तुलनात्मक रुपमा यी आयोजना भन्दा बढी छ । आँखुखोला जलविद्युत् आयोजनाको लागत त २९ करोड रुपैंया माथि थियो । जनताको जलविद्युत् आयोजनामा समेटिएका अन्य कम्पनीहरुले कल इन एड्भान्स बापत १० प्रतिशत रकम संकलन गर्ने भए पनि ती आयोजनाहरुको शेयर प्राग्त गर्न बर्षौसम्म कुर्नुपर्ने अवस्था रहन्छ । ५० प्रतिशत भौतिक प्रगतिबिना आईपीओ जारी गर्न नपाउने कारणले शेयर पाउन ढिला हुने अवस्थामा जनताको जलविद्युत् अन्तर्गत नै समेटिएका यी दुई कम्पनीहरुको शेयर भने तत्कालै सूचीकरण हुन्छ ।

निगमको जापान उडान सुनिश्चित, जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ । जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ । जापान उडानका लागि सम्पूर्ण कागजात आज जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिए । श्रोतका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समयअनुसार) बजेको उडान पाएको छ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो । निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ । वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताकोे सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ । ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाइसकेको छ । नारिताका लागि पनि साताकोे तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने योजना बनाइएको छ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौँ उडान समयावधि साढे सात घण्टाको हुनेछ । निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको जनाएको छ । रासस

धरानमा बस दुर्घटन हुँदा चालक सहित चारको मृत्यु

धरान । धरान–१३ जिरोप्वाइन्ट नजिकमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ । ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नंको यात्रुबाहक बस जिरोप्वाइन्ट नजिकैको विजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर गुरुङको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । धरान उपमहानगरपालिका ८ का चालक गुरुङ लामो समयदेखि पहाडी रुटमा बस चलाउदै आएको थियो । गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ । यसैगरी दुर्घटनामा धनकुटा चौबिसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनको ८ वर्षीया छोरी डेनी मगरको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । ‘ड्राइभरले सके सम्म क्षति कम गराउन खोजेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले भने ‘चालकको घटनास्थलमा नै मृत्यु भयो ।’ जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो । दुर्घटनामा घाइते हुनेको सङ्ख्या ३९ पुगेको छ । उनीहरुकोे उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । रासस

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउने, नेपाली व्यवसायीसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डल नेपाल आउने भएको छ । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरु सम्मिलित सो प्रतिनिधिमण्डलले यही बैशाख ५ गते विहिवारका दिन काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलको दरबार हलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आयोजकको तर्फबाट उक्त अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्ताहरुलाई आव्हान गरिएको छ । यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यवसायीहरुका लागि ताइवानी उत्पादक तथा आपुर्तिकर्ताहरुसँग आफ्नो व्यापार विस्तार गर्ने राम्रो अवसर हुन सक्ने आयोजकको विश्वास छ । उक्त प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेशिन, खाद्य पदार्थ तथा जुस, स्टील पाता तथा कोइला, एलईडी बत्ती तथा संख्यात्मक डिस्प्ले, सीसीटीभि क्यामेरा तथा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका बिषयमा छलफल गर्न सकिने कुरा आयोजकका तर्फबाट नेपालका लागी सम्पर्क व्यक्ति दर्शन न्यौपानेले जानकारी दिए ।

एनबीआई र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौँ । नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनबीआई) र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि आइतबार सम्झौता भएको छ । उक्त सम्झौतामा नेशनल बैंकिङ ईन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका छन् । यस सम्झौता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाईल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै, बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

हिमालय उर्जाको सेयरमा करिब ४ गुणा बढी आवेदन

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले सर्वधारणका लागि जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयरका लागि ४ गुणा बढी आवेदन परेको छ । कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सोमबार अन्तिम दिन सम्म साँझ ५ बजे सम्ममा करिब ७२ हजार जना आवेदकहरुले ५१ लाख ३७ हजार ५५० कित्ता सेयरको लागि रु. ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन गरेका छन् । लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले सेयर निष्काशन भएर माग भए भन्दा४ गुणा बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमाभएर बहने खिम्तिखोलामाकम्पनीले १२ मेवाको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाखमात्र रहेको छ भने दुवै आयोजना २०७६ आसार मसान्तमा सम्पन्न हुने जनाइएको छ ।

टिच फर नेपाललाई नेपाल बङ्गलादेश बैँकले गर्यो १० लाख सहयोग

काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत टिच फर नेपाल काठमाडौँलाई १० लाखकोे रकम हस्तान्तरण गरेको छ । सोमबार बैंकका प्रतिनिधि, कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिंह र टिच फर नेपाल काठमाडौँको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर खनालद्वारा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको भयो । सो रकम संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु सार्वजनिक विद्यालयमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ ।

नेशनल माइक्रो फाइनान्सद्धारा कुखुरा पालन तालिम संचालन

काठमाडौं । नेशनल माइक्रोफाइनान्सकाे शाखा कार्यालय सुडाद्धारा २ दिने व्यवसायी कुखुरा पालन तालिम’ को शुरुवात गरेको छ । कंचनपुरमा रहेकाे साे शाखा फाइनान्सबाट  समुहमा आवद्ध व्यवसायिक कुखुरापालक कृषकहरुको लागी २ दिने सिपमुलक तालिम शुरुवात गरेको हो । महिला कृषकहरुको ज्ञान,सिप र क्षमताअभिबृद्धिगदै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिकालागी सुदा फार्मको निजि कोठामा तालिमको आयोजना गरेको छ । संस्थाका शाखा प्रमुख उन्नती बांस्तोलाको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि बेदकोट नगरपालिका प्रमुख अशोक कुमारचन्द र बरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले पानसमा वत्ती बालेर संयुक्त रुपमा कार्याक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा बोल्दै नगर प्रमुखचन्दले छोटो समयमानै यस क्षेत्रको बिकास र समृद्दिका निमित्त साथै उत्पादन-ब्यवसायमा महिला सहभागीताका लागि संस्थाले गरेको प्रयास तथा कार्यका लागी नेशनल माइक्रोफाइनान्सलाई व्यवसायको विस्तार र त्यसले देशमा पुयाउन सक्ने योगदान र नगरपालिका लगायत सम्पुर्ण साझेदार निकायको सहयोग र योजनाकालागी कृषक चनाखो हुनुपर्ने र कृषिको विकास र विस्तारीकरणका लागीनगरपालीका पुर्ण सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै बरिष्ठ पशु चिकित्सक डा.पानसिह ७ गुन्नाले कृषि क्षेत्रको भुमिका योगदान सम्भावना र कुखुरा पालनमा आउने अवसर एवम् जोखिम र यसले कृषि क्षेत्रमाल्याउने आकर्षण तथा व्यवसायीकता र स्वरोजगारीमा महिलाहरु कसरी लान सकिन्छ र भेटनरी कार्यालयले महिला तथा अन्य किसानलाई कसरी सहयोग तथा परिचालित गर्ने भन्ने वारे धारणा राखे । तालिम १५ र १६गते संन्चालन हुने र यो तालिम लगायत यस्ता कार्यक्रम नेशनल माइक्रोफाइनासले आगामी दिनमा सदस्यहरुलाई प्रदानगर्ने र सदस्यहरुले लधुउधम द्धारा जिविको पार्जनलाई व्यवस्थीत योजना संगै कार्यान्वयन गर्ने जानकारी दिएको छ । चालु आर्थिक वर्षको २०७५फाल्गुन मसान्त सम्ममा हिमाल, पहाड र तराईका गरीकुल ५० बटा शाखा कार्यालयहरु मार्फत संस्थाले देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका आफ्ना ७० हजार भन्दा वढी विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा रु ३ अर्व ३० करोड र बचत रु १अर्ब १७ करोडभन्दा वढी रकम सदस्यहरुवाट वचत गर्न सफल भएको संस्थाले जानकारी दिएकाे छ ।