सुनसरीको देवानगञ्जमा नेपाल इन्भेष्टमेण्टको शाखा बिस्तार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुनसरीको देवानगञ्ज गाउँ पालिकामा ८०औं शाखाविस्तार गरेको छ । देवानगञ्ज गाँउपालिका वडा नं. २ मा शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ । केही समयपछि एटिएम सेवापनि संचालन गर्ने बैंकले जनाएको छ । शाखाको गाउँ पालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
पनौती र बेथानमा सेञ्चुरी बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तिय साक्षरताको महत्वलाई साथ दिंदै सेञ्चुरी कमर्सियल बैंकले गाउंगाउंमा साक्षरता अभियान सुरु गरेको हो । यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउं पालिकालाई लक्षित गरेर बैंकले पनौतीमा बैशाख २८ गते, शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९ विधुतीय वित्त ० सम्बन्धी जानकारीका दिएको थियो । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सो कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागी थियो । कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान शुरु गरिरहेको बताए । स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए, बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले स्थानीयका सहुलियतपूर्ण कर्जा सम्बन्धी जिज्ञासाहरु बारे प्रकाश पारे ।
चेक बाउन्समा १२ वर्षको कैद सजाय ६ महिनामा झारिँदै, पैसा नभएको चेक काट्नेबित्तिकै कारबाही नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्ससम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन गृहकार्य अघि बढाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खातामा पैसा नहुँदानहुँदै चेक काट्दा हुने सजायसम्बन्धी व्यवस्थालाई थप परिष्कृत गर्न हालको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधन गर्न लागेको हो । यो ऐन राष्ट्र बैंक बोर्डबाट पारित भई अर्थ मन्त्रालयमा पठाउने तयारी गरिएको छ । प्रस्तावित ऐनअनुसार कुनै खातावालाले आफ्नो बैंक खातामा पैसा छैन भन्ने थाहा हुँदाहुँदै चेक काटी कुनै अर्को व्यक्तिलाई दियो र बैंकमा जाँदा चेकवाहकले भुक्तानी पाएन भने पनि तत्कालै सजाय हुनेछैन । यस्तो अवस्थामा बैंकले चेक वाहकले ल्याएको चेकलाई अभिलेख प्रमाणित गरि राख्ने र खातावालालाई सो चेकबमोजिमको रकम १५ दिनभित्र जम्मा गर्न सूचना जारी गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सो अवधिभित्र पनि खातावालाले सो रकम जम्मा नगरेमा मात्रै उसलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था प्रस्तावित विधेयकमा छ । हाल सो ऐनले खातामा पैसा छैन भन्ने जानीजानी कुनै चेक चेक काटिदिन नहुने र त्यसो गरे तत्कालै सजाय हुने व्यवस्था गरको छ । तर खातामा कति पैसा छ भन्ने जानकारी नहुँदा नियत खराब नहुँदा नहुँदै पनि कहिलेकाँही भुक्तानी हुन नसक्ने व्यवहारिक अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले त्यस्तो खुकुलो नीति ल्याउन लागेको हो । विद्यमान कानूनले जे भने पनि हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रस्तावित ऐनमा रहेको व्यवस्थाबमोजिम नै त्यस्ता व्यवहारिक समस्या समाधान गर्दै आएका थिए । अब भने कानूनी रुपमा नै त्यसलाई पहिचान गर्न खोजिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘अहिले व्यवहारमा लागु भएको विषयलाई नै कानूनी रुप लिइएको हो, विद्यमान् कानूनअन्तर्गत रहेको व्यवस्थालाई व्याख्या गर्ने हिसाबले मात्रै त्यस्तो व्यवस्था गरिएको हो, अहिलेको कानूनमा कुनै व्यक्तिले काटेको चेक उसले खातामा पैसा छैन भन्ने जानीजानी काटेको हो कि होइन भन्ने अन्यौलता थियो, प्रस्तावित संशोधन विधेयकले यसलाई सम्बोधन गर्नसक्छ’ राष्ट्र बैंक स्रोतले विकासन्यूजसँग भन्यो । प्रस्तावित विधेयकमा त्यस्तो सजायसम्बन्धी व्यवस्था समेत संशोधन गर्ने प्रस्ताव गरिएको छ । हाल चेक बाउन्ससम्बन्धी कसुरमा बिगो र बिगो बराबर जरिवाना बाहेक १० लाखसम्मको लागि एक वर्ष, ५० लाखका लागि २ देखि ३ वर्ष, एक करोडसम्मको बाउन्समा ३ देखि ४ वर्ष, १० करोडसम्म ४ देखि ६ वर्षसम्म, ५० करोडसम्मका लागि ६ देखि ८ वर्ष, १ अर्बसम्मका लागि ८ देखि १० अर्ब तथा सोभन्दा बढीका लागि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था गरिएको छ । तर प्रस्तावित ऐनमा बढीमा १२ वर्षसम्मको कैद सजायको अवधिलाई बढीमा ६ महिनामा झारिएको छ जसअन्तर्गत ३ लाख रुपैंयासम्मको लागि एक महिना, १० लाखसम्मको लागि एक लाखसम्म जरिवाना र एक महिनासम्म कैद, ५० लाख रुपैंयासम्म भए ५ लाख रुपैंयासम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद सजायको प्रस्ताव गरिएको छ ।
सारा ग्रुपले भित्र्यायो १०० प्लस आइसोटनिक ड्रिंक, ३२५ एमएलको मूल्य १२५ रुपैयाँ
काठमाडौं । सारा ग्रुपले मलेसियाको आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्र्याएको छ । मलेसिया र सिंगापुर लगाएत २० देशमा लोकप्रिय रहेको पेय पदार्थलाई नेपालमा सार्वजनिक गरेको हो । १०० प्लस मलेसियाको एफ एन्ड एन कम्पनीको उत्पादन हो । नेपालमा १०० प्लस आइसोटनिक ड्रिंक ३२५ एमएलको १२५ मूल्य तोकेको छ । सारा ग्रुपका म्यानेजर विनोद देबकोटाले १०० प्लस ड्रिंकमा लो सुगर भएको बताए । काम गर्ने मजदुर र खेलाडीहरुका लागि अति उत्तम रहेको र ज्वरो र पखाला लाग्दा प्रयोग गर्न सकिने बताए । उनले १०० प्लस ड्रिंकको काठमाडौंमा १४ वटा र उपत्यका बाहिर ५३ वटा डिष्ट्रिव्यटर्स रहेको देबकोटाले बताए । किरण चम्जोङ ब्रान्ड एम्बेसडर नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडर बनाएको छ । सारा ग्रुपका अध्यक्ष दिपक केसी र नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । १०० प्लस मलेसियाको एफ एण्ड एन समुहभित्रको प्रमुख ब्राण्ड हो । यसलाई एफ एण्ड एन बेभरेजेज मार्केटिङले उत्पादन र बजारिकरण गर्दछ । जुन मलेशियाको सबैभन्दा ठुलो सफ्ट ड्रिंक उत्पादक र वितरक हो ।
१ अर्ब माथिका ४६ मध्ये ५ वटा निजी कम्पनी ‘पब्लिक’ भए, कुन कुन ?
काठमाडौं । चालु आर्थिक वर्षमा १ अर्बभन्दा धेरै चुक्ता पूँजी भएका ४६ निजी कम्पनी मध्ये ५ वटा पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार निजीबाट पब्लिकमा रुपान्तरित हुनेमा स्वदेशी निजी कम्पनी रहेका छन् । निजीबाट पब्लिकमा गएका ५ वटा कम्पनी मध्ये २ वटा शिक्षा क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन् । नामी कलेज, जनज्योति एजुकेशन फाउण्डेशन, नेपाल ओएर हाउजिङग कम्पनी, सारस इन्भेष्टमेन्ट र सफा लुगा नामक कम्पनी निजीबाट पब्लिक भएका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार २०७५ साउनदेखि २०७६ बैशाखसम्म दर्ता भएका एक अर्बभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीको संख्या १५६ वटा छ । जसमा निजी कम्पनी ४६ वटा, पब्लिक कम्पनी १०५ वटा र विदेशी कम्पनी ४ वटा छन् । सरकारले एक अर्बभन्दा बढीको चुक्तापूँजी भएका निजी कम्पनीलाई पब्लिकमा जान सकिने प्रावधान राखेपनि निजीबाट पब्लिकमा जाने कम्पनीको संख्या बढ्न सकेको छैन ।
डर्ट बाइक रेस प्रतियोगितामा राजकुमार भए पहिलो, ३० हजार पुरस्कार पाए
काठमाडौँ । धुलिखेलमा डर्ट बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की बनेका छन् । शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम होना सेकेन्ड रनर अप भए । मोटर स्पोर्ट्स नेपालको मूख्य आयोजनामा भएको सो प्रतियोगितामा २५० सिसी सम्मका डर्ट बाइक कुदाइएका थिए । प्रतियोगितामा २२ जना राइडरहरुको सहभागिता थियो । सो प्रतियोगितालाई नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत प्राविधिक सहयोग रहेको थियो । पहिलो, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै हेलमेट र अन्य गिफ्ट ह्याम्पर प्राप्त गरे । मोटर स्पोर्ट्स नेपालले गत वर्षपनि मोटो ट्रयाक प्रतियोगिताको आयोजना गरेको थियो ।
८४ करोडको सेयर कारोबार, सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर सेयर बिक्री
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कूल १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको १६ करोड ४५ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबारको नेप्से परिसूचक ३.०७ अंकले बढेर १२९५.०३ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.२४ प्रतिशत बढी हो । त्यस्तै, बजारमा ४ समूह बाहेक बाँकी समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १०० अंकले बढेको छ । उत्पादन मूलक ९८, निर्जीवन बीमा ७६ र फाइनान्स समूह ०.४१ अंकले उकालो लागेको हो । जीवन बीमा समूह १० अंकले घटेको छ भने बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् । त्यसैगरी, शिवम् सिमेन्टको सेयर मूल्य ९.९८ र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।
काठमाडौंका ११ वटा सरकारी अस्पताल नजिकै शुर्तिजन्य वस्तुको व्यापार निषेध
काठमाडौं। उपत्यकका ११ वटा अस्पताल नजिकै शुर्तिजन्य वस्तु खाने तथा बेचबिखन निषेध गरिएको छ। प्रहरीले काठमाडौंको सरकारी अस्पतालमा आजबाट यो नियम लागु गरेको हो। प्रहरीले काठमाडौंको विर अस्पताल, कान्ति बाल अस्पताल, किर्तिपुर अस्पताल, सिभिल अस्प्ताल, थापथली प्रसुती गृह, टिचिङ अस्पताल, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगलाल अस्पताल र शुक्रराज ट्रपिकल अस्पताल को १०० मिटर वरपर सुर्तिजन्य वस्तुको सेवन र बेचबिखन बन्द गरेको हो। यदी कसैले नियम उल्लङघन गरेको पाईएमा पहिलो पटकमा सम्झाई बुझाई गर्ने र गल्ती दोहोरिएको पाईएमा १०० रुपैंया जरिवना तिराउने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए। जरिवाना स्वोरुप उठाईएको उक्त रकम सरकारको राज्स्वोमा संकलन हुने बताईएको छ।