‘बजाज एक्सचेन्जसँगै अपग्रेड’ अफर सार्वजनिक, पुराना साधनको न्यूनतम मूल्याङ्कन ३० हजार
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज एक्सचेन्जसँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ । वैशाख २९ गतेबाट जेठ ३ गतेसँग लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि टेकु रोड, काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याङ्कन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् । ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम “बजाज उल्टो अफर” को लाभ लिन सक्नेछन्, जसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि रु १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
धनुषामा सहयोगी विकास बैंकको महिला शाखा सञ्चालन, ‘सीता बचत खाता’ शुरू
काठमाडौं । सहयोगी विकास बैंकले धनुषा जिल्लाको जनकपुरमा रहेको रामानन्द चौकमा १४औँ शाखा अर्थात महिला शाखा सञ्चालनमा ल्याएको छ । सो शाखालाई महिलाहरुले व्यवस्थापन र संचालन गर्ने गरी प्रारम्भिक रुपमा संचालनमा ल्याउने भएका छन् । सो शाखामा हाल कार्यरत कर्मचारीहरु शाखा प्रवन्धकदेखि मेस्तरसम्म महिलाले नै कार्य गर्दछन् । यस शाखामा जम्मा ६ जना महिला आवद्ध छन् । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको “बेटी बचाओ, बेटी पढाओ” नारालाई सार्थक बनाउँदै उदारणको रुपमा यो शाखा स्थापना गरीएको हो । यो शाखा सञ्चालनसँगै प्रदेश नं २ मा महिला शाखा खोल्ने सहयोगी सम्भवत प्रथम विकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । महिलाहरु पनि बैंकिङ्ग श्रेत्रमा अब्वल हुन सक्छन् र राम्रो व्यवस्थापकको रुपमा प्रस्तुत हुन्छन् भने भनाईमा थप आयाम यस बैंकले दिएको जनाएको छ । बैंकले यस क्षेत्रका महिलाहरुको पहँुच बैंकिङ्ग क्षेत्रमा बढी भन्दा बढी होस् र महिलाहरुको सुविधामा थप सहयोग पुगोस् भन्ने दृष्टिकोणले यस बैंकले यस प्रदेश नं. २ मा नयाँ अवधारणालाई प्रस्तुत गरेको हो । उक्त शाखामा हाल २५० जनाको खाता सञ्चालनमा ल्याइएको तथा करिब ३ करोड रूपैयाँ निक्षेप जम्मा भइसकेको छ । खाता संख्या र निक्षेप क्रमशः वृद्धि गर्दै लगेको छ । धेरै महिलाहरूले यसै शाखामा बैंकिङ्ग कारोवार गर्न रूचाएको रिजालले बताए । त्यसैबीच नेपाल सरकारद्वारा ‘एक व्यक्ति एक खाता” को अवधारणा सार्थक तुल्याउन बैंकले ‘सीता बचत खाता’ सञ्चालन गरेको छ । उक्त खातामा बैंकले आफ्नो तर्फबाट प्रत्येक खातामा १०० रुपैयाँ जम्मा गरिदिने व्यवस्था पनि गरेको छ । उक्त खातामा शुन्य मौज्दातमै खाता खोल्न सकिने र मोवाइल बैंकिङ्ग सेवा, एटिएम सुविधा जस्ता बैंकिङ्ग सुविधाहरु उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए । हाल यस बैंकको सिन्धुली, महोत्तरी र धनुषा गरी १४ वटा शाखा रहेका छन् ।
ग्रीन डेभलपमेन्ट बैंङ्कको शाखा बाग्लुङ्ग बसपार्कमा
काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल, बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । सो अवसरमा वडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठले बैंङ्कको भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।
बाँकेको खजुरामा सिद्धार्थ बैंकको शाखा बिस्तार
काठमाडौँ । सिद्धार्थ बैंकले आइतबार बाँकेको खजुरामा शाखा बिस्तार गरेको छ । बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रपन्न निरौलालाई दिइएको छ । नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेल नियमित अवकाशका लागि बिदामा बसेसँगै निरौलालाई उक्त जिम्मेवारी दिइएको हो । निरौला हाल मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक छन् । हाल नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकहरु अवकाशअघि बिदामा बसेका छन् । उनीहरुमध्ये जनकबहादुर अधिकारीको जेठ ४ गते र बाँकी ४ जनाको जेठ २५ गते कार्यकाल सकिँदैछ । त्यसपछि रिक्त कार्यकालमा हालका निर्देशकहरुमध्येबाट बढुवा गरिनेछ भने बढुवासँगै जिम्मेवारी हेरफेर हुने राष्ट्र बैंक स्रोतको दाबी छ । सामान्यतया नियमन विभागका प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहे पनि उक्त पद रिक्त भएपछि निरौलालाई उक्त जिम्मेवारी तोकिएको हो । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक तहलाई प्रवक्ता र निर्देशक तहका व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी दिँदै आएको छ ।
लाईसेन्स प्राप्त नर्सलाई निशुल्क काम गराउनु सरकार माथि ठुलो प्रश्न : अध्यक्ष तारा पोखरेल
काठमाडौं। नर्सिङ काउन्सिलबाट लाईसेन्स प्राप्त नर्सलाई समेत निशुल्क काम गराउनु काउन्सिलको लाईसेन्स माथि ठुलो प्रश्न रहेको भन्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल आक्रोश पोखेकी छिन्। उनले सरकारबाट मान्यता प्राप्त लाईसेन्स हुँदा हुँदै पनि परीक्षणको नाममा बिना शुल्क काम लगाउनु नर्सिङ पेशा माथिको ठुलो घात भएको बताईन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोद्धन गर्दै पोखरेल १० लाख देखी २० लाख खर्च गरेर नर्सिङ तथा बिएस्सी नर्सिङका नर्सहरुले ५००० तलब खानु परेको अवस्थाको बारेमा जानकारी दिंदै यस बिषयलाई बिशेष ध्यान दिन सरकारलाई आग्रह गरिन्। उनले अस्पतालहरुले कागजमा २० हजार लेखेर ५ हजार तलब दिदै आएको जानकारी दिईन्। कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले नर्सलेको कुरालाई ध्यानमा राख्दै डेढ महिना भित्र सबै अस्पतालमा श्रम अडिट गराउने बताएका छन् । उनले अस्पतालका कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढिरहेको भन्दै सो समस्या समधानका लागि श्रम अडिट गराउने प्रतिबद्धता जनाएका हुन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोद्धन गर्दै मन्त्री विष्टले न्यूनतम पारिश्रमिक नदिने अस्पताल वा संस्थाहरुलाई कारबाही गर्ने बताएका हुन् ।
सनराइज बैंकबाट रिलायबल नेपाल लाईफको बीमा सेवा पाइने
काठमाडौं । सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एभरेष्ट बैंकको अफर : मासिक ९५९९ तिरेर आफ्नै घर बनाउनुस्
काठमाडौं । एभरेष्ट बैंकले घरभाडा तिर्ने पैसाले आफ्नै घर किनेर किस्ता बुझाउन सक्नेगरी नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । एभरेष्टले मध्यम तथा निम्नवर्गीय परिवारलाई लक्षित गर्दै यस्तो होम लोन स्किम सार्वजनिक गरेको हो । “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित मासिक न्यूनतम ९५९९ को किस्ता तिर्नेगरी १० लाखदेखि ४० लाखसम्म २५ वर्ष अवधिसम्मको होमलोनको योजना ल्याएको हो । यस योजनामा सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ । बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नै घर बनाउने सपनालाई साकार पार्न समेत आग्रह गरेको छ । “सर्भिस विथ स्माईल” लक्ष्यसहित सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै बैंकले दाबी समेत गरेको छ । १० लाख भन्दा बढी ग्राहक भएको एभरेष्ट बैंकले यो संख्या बैंकिङ क्षेत्रकै सर्वाधिक रहेको समेत दाबी गरेको छ । हालै गरिएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न एभरेष्ट बैंक सफल भएको छ । एभरेष्ट बैंकका हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम सञ्चालनमा छन् ।