विकासन्युज

९ करोड ३० लाखको आईपीओ आउँदै, दुई लघुवित्तले मागे बोर्डको अनुमति

काठमाडौं । पुँजी बजारमा दुई लघुवित्तले झण्डै ९ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सबैको लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले गरी कूल ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । सोमध्ये सबैको लघुवित्तले सबैभन्दा बढी आईपीओ जारी गर्ने भएको छ । संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ५ लाख ३० हजार कित्ता बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको हो । त्यस्तै, आँधीखोला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलबाटै ४ लाख कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । पाइपलाइनमा रहेका यी दुबै संस्थाले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको साधारण सेयर बजारमा बिक्रीमा आउनेछन् ।

रुपन्देहीमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । रुपन्देहीमा माछापुच्छ्रे बैंकले शाखा रहित बैंकिङ्ग  सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जानकारी दिएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड तुरुन्त उपलब्ध गराएको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना एक सय शाखाहरु लगायत ९८ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

शुक्रबारदेखि जेम एण्ड ज्वेलरी एक्स्पो सुरु, ६० वटा स्टल

काठमाडौं । नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आज देखि  ५ गतेसम्म खानी विभाग परिसरमा सुरु भएको छ । खानी तथा भुगर्भ विभाग र नेपाल सुनचाँदी रत्न आभुषण महासंघको संयुक्त ब्यवस्थामा विभागकै कम्पाउन्डमा उक्त एक्स्पो शुक्रबार देखी सञ्चालन भएको हो । शुक्रबार देखि सुरु भएको अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्राकृतिक रुपमा धनी भएको र जसको प्रशोधन, उत्खनन गरी निर्यात क्षमता बृद्धि गर्ने बताए । उनले भने प्राकृतिक रुपमा धनी रहेको हाम्रो देश नेपालले जेम एण्ड ज्वेलरी रत्न आभुषणहरुमा आत्मनिर्भर हुनु पर्छ । ओलीले यस्ता बहुमूल्य बस्तुहरुको प्रवर्द्धन तथा निर्यात गर्न चालु आर्थिक बर्षको बजेटले समेत सम्बोधन गरेको जानकारी दिएका छन । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना भएको बताए । एक्स्पोमा सुन, चाँदीका ३६, लुज जेम्सका ४, सिल्भर ज्वेलरीका २, ल्यापीडरी (जेम्स कटिङका) २, रक एण्ड मिनेरल्सका १२ तथा एजुकेसनका ४ गरी जम्मा ६० ओटा स्टल रहनेछन ।

ताईवानले समलिंगी विवाहलाई दियो मान्यता, कानुन बनाउनेमा एसियाकै पहिलो

  काठमाडौं। ताईवानका कानुन निर्माणकर्ताले समलिंगी विवाहलाई शुक्रबारबाट वैधानिकरण गरेको छ। यस एतिहासिक निर्णय गरेको ताईवान यहि सँगै समलिंगी विवाहालाई कानुनु रुपमा मान्यता दिने एसियाको पहिलो राष्ट्र बनेको छ। दुई बर्ष अघी ताईवानको सरकारले विवाह भनेको महिला र पुरुषबिच मात्र हुन्छ भन्ने कानुन असान्दर्भिक भएको बताउँदै यसलाई बदल्न आदेश दिएको थियो। यसका लागि ताईवान टापुका न्यायाधीशहरूको प्यानलले नयाँ कानुन संशोधन गर्न सांसदहरुलाई दुई बर्षको समय दिएको थियो। नयाँ कानुन बनाउनु दिईएको २ बर्षको समयको अन्तिम १ हप्ता शुक्रबार अघि अघी कानुनु निर्माता युवानले समलिंगी विवाह सम्भव छ भन्ने भनेर बिल संसोधन गरेको हो। उक्त कानुन जेठ १० गते शुक्रबार अर्थात मे २४, २०१९ देखी लागु हुने बताईएको छ। यधापी उक्त आईल्यान्डमा ठुलो संख्यामा समलिंगीको समुदाय रहेको र यसको वार्षिक समलैंगिक परेड एशियामा सबैभन्दा ठूलो रहेको भएता पनि समलिंगी विवाहलाई लिएर ताईवानी समुदाय नराम्रोसँग विभाजन भएको थियो। गत सालको नोभेम्बरमा भएको मत गणनामा ६७ प्रतिसतले समालिङी विवाहको विरोधमा भोट हालेका थिए।

नेपाल बङ्गलादेश बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्दै, वार्षिक १०.२५ प्रतिशत व्याज पाइने

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आगामी जेठ १० गतेदेखि एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालले उक्त ऋणपत्रलाई न्युन कर्जा जोखिम जनाउने “इक्रा एनपी ए एलबीबी प्लस” रेटिङ्ग प्रदान गरेको छ । बैंकले १० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याज पाइने छ । साथै, यस ऋणपत्र नेप्सेमा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी रहेको छ । त्यस्तै, अधिकृत पुँजी १० अर्ब र जारी पुँजी ८ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर शुरू, शून्य व्याजदरमै पाइने

काठमाडौं । सुनधारा स्थित सिटिसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु भएको छ ।  शून्य प्रतिशत व्याजदरमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ। सिटिसी मोबाइल एक्सचेन्ज मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुटमा पाउने मोबाइल हबले जनाएको छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । मोबाइल हबमा मोबाइल किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ । साे मेलामा एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध रहेको जानकारी दिएका छन् ।

बिओके क्यापिटलले ल्यायो सित्तैमा डिम्याट खाताको अफर, जुनसुकै शाखाबाट खोल्न सकिने

काठमाडौं । बिओके क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट खाताको अफर ल्याएको छ । क्यापिटलले चालु आर्थिक वर्षको जेठ र असार महिनाभरि डिम्याट खाता निशुल्क खोल्ने सुविधा ल्याएको हो । अब इच्छुक ग्राहकले अगामी असारसम्म सित्तैमा डिम्याट खाता खोल्न सक्नेछन् । उक्त खाता क्यापिटलको कमलादी कार्यालय तथार बैंकको सम्पूर्ण शाखाबाट खोल्न सकिने छ ।

मेरो सेयर र डिम्याटको शुल्क तिर्न क्यापिटल धाउनै नपर्ने, अब इसेवाबाटै गर्न मिल्ने

काठमाडौं । सेयर कारोबार गर्ने व्यक्तिहरूले डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानी गर्न क्यापिटलमा धाउनु नपर्ने भएको छ । अबदेखि मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न मिल्ने भएकाले उक्त झण्झट हटेको हो । यस सेवासँगै ग्राहकहरूले आफ्नो मोबाईलबाटै भुक्तानी गर्न सक्ने भएका छन् । इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सकिनेछ । हालसम्म १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी इसेवामा आबद्ध भइसकेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५४ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका एजेन्ट नेटवर्क तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।