विकासन्युज

राष्ट्रिय बाणिज्य बैंकबाट सिटी एक्सप्रेसको रेमिटेन्स भुक्तानी पाइने

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटेन्स राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जेठ ६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष(ट्र्ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरे ।

सिटिजन्स म्युचुअल फण्डको इकाई खुला, एक हजारदेखि २० कराेडसम्मको आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को ८५ करोड रुपैंया बराबरका ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिहीबारदेखि खुला गरिएको हो । यसको आवेदन मिति छिटोमा १३ गते बैंकिङ समयमा बन्द हुनेछ । १ अर्बको फण्डमध्ये १५ प्रतिशत अर्थात् १५ करोड रुपैंया बराबरका १ करोड ५० लाख ईकाई भने इकाई कोष प्रवद्र्धक श्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखिएको छ । उक्त इकाईका लागि अन्य आईपीओजस्तै आफ्नो डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंकका शाखा कार्यालयमार्फत् तथा मेरो शेयरका प्रयोगकर्ताले सो एपमार्फत् समेत आवेदन दिन सक्नेछन् । यो म्युचुअल फण्ड क्लोज बाउन्डेड प्रकृतिको योजना हो । यसको परिपक्व अवधि ७ वर्षको हुनेछ । आवेदकले न्यूनतम १०० इकाईदेखि २ करोड इकाईसम्म आवेदन गर्नसक्ने कोष व्यवस्थापक सिआईबीएल क्यापिटलले जनाएको छ । यस फण्डको प्रवद्र्धक भने सिटिजन्स बैंक हो ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले शुरु गर्यो कनेक्ट आइपीएस सेवा

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले कनेक्ट आइपीएस सेवा शुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवा शुभारम्भ गरेको फाइनान्सले जनाएको छ । डेविट कार्ड, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सेफ डिपोजिट लकर, डीपी, सीएएसबीए र आईपीएस सेवा प्रदान गर्दै आएकोमा थप सेवाका रुपमा कनेक्ट आईपीएस सेवा सञ्चालन गरेको हो । फाइनान्सले मोबाइल बैंकिङ सेवा पनि शुरु गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

सुनको मूल्य घट्दो क्रममा, प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार

काठमाडौं । यो साता सुनको मूल्य घट्दो क्रममा रहेको छ । साताको पाँचौं दिन बिहीबार सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार सुन बिहीबार सो मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन बुधबारको तुलनामा प्रतितोला २ सय रुपैयाँ घटेर ५८ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । भने चाँदी प्रतितोलामा पाँच रुपैयाँ घटेर ७ सय रुपैयाँमा विक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । साताको पहिलो दिन छापावाला सुन प्रतितोला ६० हजारमा कारोबार भएको थियो भने साताको पाँचौं दिनसम्म आईपुग्दा क्रमश ५९ हजार २ सयमा कारोबार भईरहेको छ ।

बाध्यताकोे वैदेशिक रोजगारी अन्त्य हुन्छः मन्त्री विष्ट

रुपन्देही । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताएका छन् । मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्न तीनवटै तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा बुटवलमा आज आयोजना गरेको प्रदेशस्तरीय अन्तक्र्रियामा उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनपछि काम गरेर बाँच्न पाउने अवसर सिर्जना हुने बताए । मन्त्री विष्टले सो कार्यक्रम कार्यान्वयनका लागि ७५३ वटा स्थानमा रोजगार संयोजक छनोट भएको जानकारी दिए । “नेपालको इतिहासमै पहिलोपटक निष्पक्ष ढङ्गले परीक्षा प्रणाली बनाएर रोजगार संयोजक छनोट गर्यौँ”, उनले भने । रोजगारी र सामाजिक न्याय नपाएका जनतालाई केन्द्रित गरी कार्यक्रम कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री विष्टको भनाइ थियो । तीनै तहका सरकार र निजी क्षेत्रबीचको समन्वय र साझेदारीमा रोजगारीका नयाँ अवसर सिर्जना गरी यो वर्ष झण्डै ५० हजार र अर्को वर्ष थप पाँच लाख व्यक्तिलाई रोजगारी दिने मन्त्री विष्टले प्रतिबद्धता जनाए । शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना बनेकाले वर्षेनी झण्डै पाँच लाख युवा जनशक्ति बाहिरिएको बताउँदै उनले यो जनशक्ति रोक्न रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रधानमन्त्री रोजगार कार्यक्रमले युवामा आशा जगाएको बताए । उनले नेपालको श्रम बजारमा हरेक वर्ष तयार हुने पाँच लाख युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नका लागि रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रदेशकोतर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिको सहभागिता छ । रासस

लोकसभा अपडेट : भाजपा १३३, कँग्रेस ४१ सिटमा अगाडी, अरुलाई कति ? (सूचीसहित)

भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा सत्तारुढ भारतीय जनता पार्टी निकै अगाडी देखिएको छ । २३५ सिटको मतगणना सुरु हुँदा भाजपाले १३३ सिटमा अग्रता कायम गर्दा प्रमुख प्रतिपक्षी कँग्रेस आईले ४१ सिटमा अग्रता कायम गरेको भारतीन निर्वाचन आयोगले जनाएको छ ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेग्मी पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

चितवन । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार अध्यक्ष रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । रेग्मीसहित प्रदेशसभा सदस्य कृष्ण खनालको टोलीले सङ्कलन केन्द्रमा तोडफोडसहित आगजनी गरेका आरोपमा फरार रहेका रेग्मीलाई बुधबार साँझ रत्ननगरबाट पक्राउ गरेको हो । नीसँगै फरार रहेका अन्यको खोजीकार्य जारी रहेको प्रनाउ रेग्मीले बताए । आगलागीका क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर, ‘वातावरण प्रदूषणमा सुधार गर्ने’

काठमाडौँ । काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । कामपाले बुधबार आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषयक गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा सुधार आउने हुँदा त्यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी गराए । काठमाडौँ उपत्यकामा उत्पादन भएको घरेलु फोहरलाई दिगोरूपमा व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पर्ने असर रोक्न सामूहिक सहकार्य आवश्यक हुने पनि प्रमुख शाक्यले बताए । प्रमुख शाक्यले भने, “शहरमा रहेका समस्या पहिचान गर्नेभन्दा पनि समाधानको उपाय खोज्ने व्यक्तिको आवश्यक रहेको हुँदा आम नागरिकसँग जोडिएका समस्या समाधानमा विकल्प दिने जोकोहीलाई पनि स्वागत छ ।” गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले फोहरमैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर नहुने भन्दै यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्ने बताइन् । गोष्ठीमा वातावरणविद् भूषण तुलाधरले कामपामा उत्पादन हुने फोहरले जलवायु परिवर्तनमा पारेको प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राखे । रासस