विकासन्युज

पाँचथरमा तीनै भाषामा शैक्षणिक शब्दकोष निर्माण हुँदै

काठमाडौं । मातृभाषा शिक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ ।शब्दकोष निर्माण भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा  बन्न लागेको हो । उक्त शब्दकोष निर्माणका लागि पहिलो चरणको शब्द सङ्कलन कार्यसम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञfसभा सदस्य हरिचन्द्र लावती संयोजक रहेको टोलीले पहिलोचरणको शब्द सङ्कलन कार्यसम्पन्न गरेको हो । लावतीसँगै लिम्बू भाषा–साहित्यको क्षेत्रमा क्रियाशील राजेन्द्रकुमार जबेगू, लछामीकुमार शेर्मा पापो, दीलेन्द्र कुरुम्बाङ, लक्ष्मण लाओती, साम्जिरी शेर्मा र सन्देश सुब्बा सम्मिलित टोलीले शब्द सङ्कलन गरेको हो । त्यस्तैगरी, शिक्षण, किराँत धर्मग्रन्थ मुन्धुम, साहित्य, संस्कृति, गणित, प्रविधि, विधि, इतिहास, भाषा, विज्ञान, पेशा र सञ्चार क्षेत्रका शब्द सङ्कलन गरिएको संयोजक लावतीले बताएका छन् । शब्दकोषलाई चाँडै अन्तिम रुप दिएर प्रकाशनमा ल्याइने तयारी गरिएको र उक्त शब्दकोष शैक्षणिकसँगै अन्य प्रयोजनका लागि समेत उपयोगी हुनसक्ने टोलीको विश्वास छ ।यसरी, पाँचथरमा लिम्बू मातृभाषामा शिक्षण गराउने क्रम बढिरहेको छ भने लिम्बू भाषामा विधागत साहित्य लेखन समेत भइरहेको छ ।रासस काठमाडौं । मातृभाषा शिक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ । शब्दकोष निर्माणका लागि प्रारम्भिक कार्य शुरु भएको छ । भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोष बन्न लागेको हो । शब्दकोष निर्माणका लागि पहिलो चरणको शब्द सङ्कलन कार्यसम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लावती संयोजक रहेको टोलीले पहिलोचरणको शब्द सङ्कलन कार्यसम्पन्न गरेको हो । लावतीसँगै लिम्बू भाषा–साहित्यको क्षेत्रमा क्रियाशील राजेन्द्रकुमार जबेगू, लछामीकुमार शेर्मा पापो, दीलेन्द्र कुरुम्बाङ, लक्ष्मण लाओती, साम्जिरी शेर्मा र सन्देश सुब्बा सम्मिलित टोलीले शब्द सङ्कलन गरेको हो । त्यस्तैगरी, शिक्षण, किरात धर्मग्रन्थ मुन्धुम, साहित्य, संस्कृति, गणित, प्रविधि, विधि, इतिहास, भाषा, विज्ञान, पेशा र सञ्चार क्षेत्रका शब्द सङ्कलन गरिएको संयोजक लावतीले बताएका छन् । शब्दकोषलाई चाँडै अन्तिम रुप दिएर प्रकाशनमा ल्याइने तयारी गरिएको र उक्त शब्दकोष शैक्षणिकसँगै अन्य प्रयोजनका लागि समेत उपयोगी हुनसक्ने टोलीको विश्वास छ । यसरी, पाँचथरमा लिम्बू मातृभाषामा शिक्षण गराउने क्रम बढिरहेको छ भने लिम्बू भाषामा विधागत साहित्य लेखन समेत भइरहेको छ ।रासस

विदेशीले ५ करोडभन्दा कम लगानी गर्न नपाउने निश्चित, लगानी गर्नेलाई आवासीय भिषा

काठमाडौं । अब विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँभन्दा कम लगानी गर्न नपाउने भएको छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५ को दफा ३, उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित गरेर उक्त मापदण्ड तोकेको हो । नयाँ ऐनअनुसार अधिकारभित्र रहेर प्रकाशित गरिएको सूचनामा विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता ५ करोड रुपैयाँ तोकेको हो । सरकारले यहि जेठ १५ मा यो संशोधित व्यवस्था लागू गरेको हो । यस अघि उद्योगमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले न्यूनतम ५० लाखबाटै लगानी गर्न पाउने व्यवस्था थियो । ऐन पारित भएसँगै सरकारले उद्योग दर्ताको लागि एकल बिन्दुबाट सम्पूर्ण सेवा दिने थालेको छ । उद्योग दर्तादेखि लगानी गर्नसम्म झन्झटिलो प्रक्रियाका कारण विदेशी लगानी आउन सकेको थिएन । ऐनमा लगानी, सञ्चालन र फिर्तासम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । लगानी प्रक्रिया खुकुलो बनाइएको छ । यसले विदेशी लगानी भित्रन सहयोग गर्ने उद्योग सचिव यामकुमारी खतिवडाले बताइन् । सरकारले कालोधनलाई निरुत्साहित गर्न नेपालमा भित्रने वैदेशिक लगानी स्वीकृत गर्दा शर्तसमेत तोक्न सक्ने प्रावधान राखेको छ । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले आफ्नो लगानीको वैध स्रोत घोषणा गर्नुपर्छ । यस्तो स्रोतको वैधता पुष्टि भएको अवस्थामा मात्रै वैदेशिक लगानी नेपालमा भित्र्याउन पाउने व्यवस्था ऐनले गरेको छ । ऐनमा औद्योगिक प्रतिष्ठानको नियमित अनुगमन गर्ने उल्लेख छ । उद्योगमा हुने अनियमितता, कर छलीलगायत समस्या निराकरण गर्न अनुगमनलाई प्रभावकारी बनाउने भनिएको छ । ऐनले धितोपत्रमा लगानी गर्न, उद्योग खरिद गरी विदेशी लगानी गर्न, प्रविधि हस्तान्तरण तथा शाखा विस्तार, पुँजी लगानी कोष खडा गरी लगानी गर्न सकिने व्यवस्था गरेको छ । अब बैंकिङ च्यानलबाटै लगानी ल्याउनु पर्नेछ । ऐनमा विदेशी लगानीलाई प्रदान गरिने छुट, सुविधा र सहुलियतको व्यवस्था गरिएको छ । यसअघिको ऐनमा जग्गा प्राप्ति, छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति हुन नसकेकाले विदेशी लगानी भित्रिन सकेको छैन । ऐन आएसँगै विदेशी लगानी बढ्ने र देशमा उद्योग तथा कलकारखाना खुल्ने सरकारको अपेक्षा छ । लगानीकर्ताले नेपालमा गैरपर्यटक, व्यावसायिक र आवासीय माध्यमबाट विदेशी लगानीकर्ताले प्रवेश पाउनेछन् । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले ६ महिनासम्मको गैर पर्यटकीय भिसा पाउने व्यवस्था ऐनले गरेको छ । विदेशी लगानीकर्तालाई जग्गा प्राप्ति र भोगचलन सम्बन्धी सुविधा पनि दिएको छ ।

टिकुलीगढका तीन सय ४३ कृषकले पाए प्रदेश सरकारको प्रोत्साहन

काठमाडौं । तिलोत्तमा–१३ र १४स्थित टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् । श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिडमिटेमा आवद्ध कृषकहरुलाई संस्था मार्फत वितरण गरिएको प्रदेश सरकारको उक्त प्रोत्साहन कार्यक्रमले कृषकहरुमा एक खालको उर्जा उत्पन्न भएको छ भने, कृषि पेशामा युवा आकर्षण बढ्न सक्ने पूर्वानुमान पनि गरिएको छ । उक्त दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा शनिबार तिलोत्तमा–१३ बनकट्टीमा एक कार्यक्रम गरेर प्रदेश सरकारको उक्त प्रोत्साहन रकम वितरण गरिएको संस्थाका व्यवस्थापक रामहरी शर्माले जानकारी गराएका हुन् । शर्माका अनुसार २०७४ साउन १ गते देखि २०७५ असार ३२ गते सम्म सहकारीमा दुध बिक्री वितरणको लागि लैजाने तीन सय ४३ दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले छ लाख लिटर दुधको ११ लाख ५२ हजार प्रोत्साहन वापतको रकम दुग्ध उत्पादक कृषकलाई उपलब्ध गराईएको हो ।  

रोग नियन्त्रण महाशाखाको देशलाई स्वस्थ बनाउने प्रयास जारी छ: निर्देशक डा. विवेककुमार लाल

डा. विवेककुमार लाल १ बर्ष देखी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको रुपमा कार्यरत छन् । महाशाखाले पहिला सरुवा रोगहरुको क्षेत्रमा मात्र काम गथ्र्यो भने अहिले आएर एचआईभी र टिभी बाहेकका सबै सरुवा रोग, मानसिक स्वास्थ्य, कुष्ठरोग, अपांगता र कुनैपनि प्रकोपहरु जिम्मेवारी भित्र पर्दछ। विं स २०३१ मा स्थापना भएको महाशाखाको २ बर्ष देखी क्षेत्र बिस्तार भई काम गरिरहेको छ । महाशाखाले देशभरको सबै ठाउँबाट रोगहरुको डाटा संकलन गरी राज्यलाई स्वास्थ्य क्षेत्रमा भएका कमि कमजोरीलाई सुधार गर्न मद्त गर्दछ । ईपिडिमियोलोजी महाशाखाको काम र नेपालमा सरुवा रोगको अवस्थाको बिषयमा महाशाखाका निर्देशक लालसँग डोमी शेर्पाले गरेको कुराकानीः ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सरकारले सरुवा रोगका क्षेत्रमा कसरी काम गरिरहेको छ ? सरकारले कति रोगहरु नियन्त्रणका लागि राष्ट्रिय अभियानको रुपमा काम गर्छ । यसमा मलेरिया तथा औलो रोग नियन्त्रण, कालाजार नियन्त्रण कार्यक्रम, हात्तीपाईले, लेप्रोसी रोग नियन्त्रण कार्यक्रमहरु रहेका छन् । अन्य रोगहरुको राष्ट्रिय रुपमा कार्यक्रम नभए पनि त्यसलाई कसरी नियनत्रण गर्ने भन्ने आधारमा पनि काम भईरहेको छ। साथसाथै महाशाखा सजिलै आवतजावत हुने विमानस्थल र देशको सिमा क्षेत्रबाट सजिलै नेपाल प्रस्थान गर्ने मानिसको पनि रोग परीक्षण गर्दछ। हाल एक देशदेखी अर्को देश जानलाई सजिलो भएको कारण रोग पनि सजिलै एकदेखी अर्को देशमा सर्न थालेको छ । यही अवस्थालाई देशमा आउन नदिनको लागी पनि ईपिडिमियोलोजी महाशाखाले निगरानी गर्दै आएको छ। हाल नेपालमा सरुवा रोगको अवस्था के छ ? प्रभावको हिसाबले हेर्ने हो भने डेगुको संख्या सबैभन्दा बढी रहेको छ, यानिक पहिलाको भन्दा यसको बिरामीको संख्या बढ्दै गएको छ । गत बर्षको तथ्यांकमा २१०० को हारहारिमा यसका बिरामी थिए । औलोंको कुरा गर्नुपर्दा पोहोर साल ११८७ को हारहारिमा यसका बिरामीहरु थिए। यस वर्षको असार अन्तिमसम्ममा हामी सबै तथ्यांक संकलन गरेर पूरा डाटा प्रस्तुत गर्छौं । यस्तै विभिन्न जिल्लामा कालाजार पनि फैलिएको छ । हात्तीपाईले रोग सुरुमा देखिएको ६३ जिल्लाबाट नियन्त्रण हुँदै आएर १५ वटा जिल्लामा सीमित भएको छ । स्क्रब टाईफस रोग चाँही २०७२ सालको भूकम्प पश्चात देखिने थालेको हो, यो सानो मात्रामा धेरै ठाउँमा देखिएको छ । यस्ता कति पुराना रोगहरु नियन्त्रणमा छन् भने नयाँ रोगहरु देखिन थालेका छन् । मलेरिया र कालाजार जस्ता रोगहरु झन्डै ५० वटा जिल्लामै देखिएको छ । पहिला पहिला तराई क्षेत्रमा मात्र देखिने रोगहरु हिमाली जिल्लाहरुमा पनि देखिन थालेका छन् । डेगु रोगको प्रत्येक पटक जिल्ला फरक हुने गरेको छ । कुनै जिल्लामा ३.८ वटा रोग देखिएको छ भने कुनै जिल्लामा १ वटा मात्र रोग देखिएको छ । सरुवा रोग लाग्नुको मुख्य कारण के हुन् ? रोग लाग्नुको कारण हरेक रोग पिछे फरक–फरक हुने गर्दछ । यस्तै सरुवा रोगपनि विभिन्न प्रकारका छन्, जुन विभिन्न कारणले हुने गर्दछ । जस्तै उदाहरणको लागि किटजन्य रोगहरु जस्तै मलेरिया, कालाजार, स्क्रब टाईफस, हात्तीपाईले, लामखुट्टे, भुसुनाको टोकाइबाट सर्ने गर्दछ । त्यस्तै एउटा व्यक्तीले अर्कोलाई हाच्छिउँ गर्दापनि सर्ने रोग छ, जस्तै उदाहरणको लागि बर्सेनी रुघाखोकी, सिजनल ईन्फ्ल्युन्जा रहेका छन् । यस्तै कुष्टरोग लागेको व्यक्तीसँग लामो समयसम्म सम्पर्क रहँदा यो रोग सर्ने गर्छ । त्यसैले रोग पिच्छे सर्ने माध्यम फरक छन् । कुनै सरुवा रोग एक संक्रमित व्यक्तीबाट दोस्रो संक्रमित व्यक्तीमा सिधै सर्ने गर्छ भने कुनै किरा, कुकुरहरुको टोकाइबाट सर्ने गर्दछ । कुन सरुवा रोगको छोटो समयमा उपचार नगरे भयानक रुप लिन्छ ? मलेरिया रोग जुन केही दिनको उपचार गरेको खण्डमा निको भएर जान्छ। यस्तै कालाजार रोगको अहिले एक मात्र ईन्जेक्सन दियौं भने अधिकांशमा यसको उपचार हुन सक्छ । त्यस्तै, हाम्रो हात्तीपाईले रोगको पनि आमा औषधी सेवन सम्बन्धी कार्यक्रम सञ्चालन गरी मानिसहरुलाई बर्षको एक पटक ६ बर्ष सम्म खुवाउँछौं । त्यस्तै रेबिजबाट बच्नको लागि रेबिज लागेका कुकुरले टोकेको खण्डमा हामीले ३ पटक डोज दिन्छौं अनी त्यसको डोज पूरा हुन्छ। तर, यो रोगहरु केही दिन भन्दा ढिलो उपचार गरे यसले भयानक रुप लिन सक्ने सम्भावना बढेर जान्छ । सरुवा रोग बिशेष गरेर कुन मौसममा बढी देखिन्छ ? कुनै सरुवा रोग मौसम परिवर्तन हुँदा हुन्छन् जस्तै मौसमी रुघाखोकी । त्यस्ता केही रोगहरु छन्, जुन वर्षाको समयमा लाग्ने गर्दछ जस्तै मलेरिया, कालाजार, डेङु । पानी पर्न थालेपछी लामखुट्टेहरुको बिकास पनि बढी हुन्छ र सजिलै यो रोग सर्ने हुन्छ । यसका सावधानी के कस्तो रहेका छन् ? सावधानीको कुरा गर्नुपर्दा हामीले त्यस्तो साह्रो सावधानी अप्नाउनु पर्छ भन्ने छैन । हामीले सानो सानो कुरामा शतर्क भएरपनि स्वस्थ रहन सक्छौं । जस्तै धेरै मानिसहरु फोहोर पानीको सेवनको कारण बिरामी भएर आउँछन् । झाडापखला, टाईफाईड, हैजा जस्ता रोगहरु फोहोर पानीको कारण सर्ने गर्दछन् । बर्खायाममा पानी बढेपछी पानीको श्रोतहरु दुषित हुनेगर्दछ र यसलाई शुद्दीकरण नगरी खाएको अवस्थामा स्वास्थ्यमा समस्या आउने गर्दछ । यस्तै भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, हाच्छ्यु गर्दा, खोकी लाग्दा मुख छोपेर खोक्ने । त्यस्तै, मलेरिया(कालाजार) भएका ठाउँहरुमा जाँदा सावधानीको लागि झुल लगाएर सुत्ने, घरबाहिर निस्कँदा लामो वाउला भएका कपडाको प्रयोग गर्ने सक्छौं । तपाईहरु कसरी डाटा संकलन गर्नुहुन्छ ? हाम्रो यसको लागि २–३ वटा माध्यमहरु छन् । एउटा त समग्रस्वास्थ्य क्षेत्रको सूचना व्यवस्था प्रणाली भनिन्छ, त्यसबाट महिनाको अन्तिममा सबै सरकारी तथा गैरसरकारी सामुदायिक स्वास्थ्य संस्थाहरुबाट रिपोर्ट संकलन हुन्छ, यो पहिलो माध्यम हो । अर्को हामीले बिशेष गरेर सरुवा रोगको लागि छिटो रिपोर्ट आउने गरेर ८२ वटा सरकारी अस्पतालहरुबाट साप्ताहिक सूचना आउने एउटा रिपोर्टिङ सिस्टम बनाएका छौं । यस्तै गैरसरकारी संस्था र मेडिकल कलेजलाई समेटेर त्यस ठाउँबाट पनि रिपोर्ट आउने सिस्टम बनाएका छौं । त्यस्तै कुनैपनि ठाउँमा महामारी(प्रकोप) फैलियो भने ती ठाउँहरुबाट सिधै हामीलाई फोन अथवा ईमेलबाट वा अन्य सूचनाको माध्यमबाट सोझै खबर आउने हुन्छ । डाटा संकलनले तपाईहरुलाई कसरी सहयोग पुर्याएको छ ? डाटा संकलनको दुईवटा फाईदा छन् । पहिलो त कुन रोग को के छ अवस्था भनेर हामी तथ्यांक नहेरी भन्न सक्दैनौं र अर्को रोगको व्यवस्थापनको लागि जे सामाग्रीहरु उपलब्ध गराउँछौं त्यसको लागि पनि रोगको अवस्था हेर्न जरुरी छ । डाटाकै आधारमा कार्यक्रम कुन दिशामा लैजाने पनि तय हुने गर्दछ । यसरी हामीलाई डाटा संकलनले सहयोग पुर्याउँदै आएको छ । सरकारले कुन-कुन सरुवा रोगको उपचार निशुल्क प्रदान गर्दै आएको छ ? औलो रोग(मलेरिया)को लागि सरकारले निशुल्क उपचार खर्च प्रदान गर्दै आएको छ । हात्तीपाईले रोग बिरुद्कोद्ध औषधी निशुल्क उपलब्ध गराउँछ, सर्पदंशको औषधी उपचार खर्च, मौसमी रुघाखोकीमा प्रयोग हुने एन्टी भाईरल औषधीहरु निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाउँछ र कुनै ठाउँमा प्रकोपहरु आएको अवस्थामा उपचार गर्न जाँदा सरकारले सम्भव भएसम्म निःशुल्क खर्च उपलब्ध गराउँछ । सरकारले कति कति बजेट छुट्याएको छ ? अहिले अवस्थामा हामीले जति पनि मात्रामा श्रोतसाधनहरु प्रभावकारी रुपमा बिस्तार गर्नुपर्ने हो त्यति भएको छैन किनभने बजेटको पनि कमी भएको छ । बजेट पनि पहिलाको भन्दा कम छ । यो बर्ष हामीलाई कुल बजेट ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि १ करोड ६६ लाख, जुनोटिक रोग नियन्त्रणको लागि १५ करोड ६६ लाख, हात्तीपाईले रोग नियन्त्रणको लागि ५ करोड ७२ लाख, प्राकृतिक प्रकोप व्यवस्थापनको लागि ७१ लाख, कालाजार नियन्त्रणको लागि ५ करोड ४ लाख, औलों नियन्त्रणको लागि ५ करोड ३५ लाख र महामारी नियन्त्रणको लागि ७ करोड ६१ लाख छुट्टाईएको छ । गत बर्ष हामीसँग ४६ करोड बजेट छुट्टिएको थियो ।

भारत र पाकिस्तानको बहुप्रतिक्षित म्याच, टिकटकै १ लाख भारु पर्ने खेल कसले जित्ला ?

काठमाडौं । भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित क्रिकेट म्याच केही समयपछि सुरु हुँदैछ । आईसीसी वल्र्डकप क्रिकेटअन्तर्गत आइतबार नेपाली समयअनुसार ३ः१५ बजे संयुक्त अधिराज्यको लन्डनस्थित म्यान्चेस्टर रंगशालामा त्यस्तो खेल हुन लागेको हो । पछिल्लो समय भारत र पाकिस्तानबीच चिसिँदै गएको सम्बन्धका कारण क्रिकेटमा समेत पाकिस्तानलाई एक्ल्याउने भारतीय प्रयास असफल भएसँगै भारतीय टीम आफैं पाकिस्तानसँग खेल्न लागेको हो । हालसम्म पाकिस्तानले विश्वकपमा भारतसँग कुनै पनि खेल जितेको छैन । तर भारत र पाकिस्तानबीच यसअघि भएका १३२ राष्ट्रिय खेलमा भने पाकिस्तानले ७४ पटक भारतलाई पछारेको छ । आजको खेलमा भारतीय टिमका चर्चित खेलाडी शेखर धवन मैदानमा उत्रने छैनन् । भारत र पाकिस्तानका नागरिकहरु नागरिक स्तरमै एक अर्काप्रति असहिष्णु छन् । त्यसैले पनि दुवै देशका दर्शकहरुले आफ्नो टीमले जित्नैपर्ने मनोविज्ञानमा हुनेछन् । सम्पूर्ण दर्शकको मनोविज्ञानकै प्रतिविम्ब खेलाडीहरुमा पनि देखिन्छ । वर्षाका कारण खेल रद्द भएन भने भारतसँग विश्वकपमै जीतको पहिलो अनुभव गर्ने कि फेरि हार व्यहोर्ने भन्ने निर्णय आजको खेलले गर्नेछ । ६० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा टिकट बिक्रीका क्रममा २ मिनेटमै सबै टिकट सकिएको थियो । टिकट खरिदका लागि १ लाख भारुसम्म तिर्न दर्शकहरु तयार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बैंकहरूले कर्जा प्रवाह गर्ने छाडे, ‘ठूला र नयाँ परियोजनालाई कर्जा दिन सक्ने अवस्था छैन’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असार महिनामा कर्जा प्रवाह नगर्ने भएका छन् । असार महिना बैंकहरूको प्राथमिकता कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रीत हुने र एक प्रतिशत प्रोभिजनका कारण प्राथमिकतामा नपरेको नेपाल बैंकर्स एशोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘कर्जा प्रवाह नै रोक्ने त होइन, उनले भने ‘यद्यपी हाम्रो प्राथमिकता भने रिकभरिमा हुन्छ ।’ राष्ट्र बैंकले असल कर्जामा एक प्रतिशत प्रोभिजन राख्नु पर्ने व्यवस्था गरेको छ । असारमा कर्जा प्रवाह गर्दा राख्नु पर्ने प्रोभिजनले गर्दा हाम्रो ध्यान कर्जा असुली र वित्तीय विवरणमा हुने ढुंगानाले बताए । आर्थिक वर्षको अन्त्यमा प्राय: बैक तथा वित्तीय संस्थाको ध्यान कर्जा प्रवाहमा भन्द पनि असुलीमा बढी हुने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । ‘हाम्रो टिम नै यो महिनामा असुलीमा केन्द्रीत हुन्छ,’ उनले भने ‘हामी यो महिनामा बढीभन्दा बढी निक्षेप संकलन गर्नेतिर लाग्छौं ।’ अर्यालका अनुसार असार निक्षेप संकलन गर्ने महिना हो भने साउन आक्रमक कर्जा प्रभाव गर्ने महिना हो । वित्तीय बजारमा जेठदेखि नै लगानी योग्य पुँजी केही सहज भएपनि ठूला र नयाँ परियोजनामा लगानी गर्ने सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए । ‘साना र कर्जा प्रवाह गर्न सम्झौता गरिएका परियोजनलाई मात्र केही कर्जा दिइरहेका छौं,’ उनले भने ‘ हामी यो समयमा प्रोभिजनका कारण पनि त्यति कर्जा प्रवाह गर्ने सोचमा हुँदैनौ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) भुवन दाहालले बैंकहरू पछिल्लो समय केही सहज अवस्थामा भएपनि बैंकको ध्यान भने रिकभरीमा हुने बताए । ‘हाम्रो टिम नै यसमा केन्द्रीत हुन्छ,’ आर्थिक वर्षको अन्त्यमा यस वर्षमात्र होइन जहिले पनि यस्तै हो । कर्जा नै रोकेको अवस्था भने होइन ।’ यतिबेला बैंक तथा वित्तीय संस्थाहरूले आगामी आवको योजना बनाउन समय खर्चने गरेको दाहालले बताए । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले एक त बैंकहरू असारमा कर्जा प्रवाह गर्न त्यति उत्साहित हुँदैनन् भने अर्कोतर्फ बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन् । कर्जा तथा प्राथमिक पुँजी र निक्षेपको योग अनुपात(सीसीडी रेसियो) कसिएको छ । ८० प्रतिशतको हाराहारीमा रहेका छन्,’ उनले भने ‘धेरै बैंकको यो रेसियो ७८ प्रतिशतभन्दा माथि छ । विद्यमान व्यवस्थाअनुसार एक सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । आज आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३२ खर्ब तीन अर्ब निक्षेप संकलन गरेका छन् भने २८ खर्ब ६८ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । जेठदेखि नै दैनिक चार अर्बको हाराहारीमा सरकारी खर्च भएपनि बैंकहरूले भने माग अनुसारको कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।

सगरमाथा इन्स्योरेन्स र कामना सेवाको शेयरमूल्य समायोजन, कस्को कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१.७२ रुपैयाँ शेयरमूल्य समायोजन गर्दै १०१५.८६ पैसा निर्धारण भएको छ । यता, कामना सेवा विकास बैंकको १.५० प्रतिशत बोनसपछि प्रतिशेयर १६२ रुपैयाँ ५६ पैसा समायोजित गर्दै १६९ रुपैयाँ २८ पैसा कायम गरेको नेप्सेले जनाएको छ ।

अनिसा महर्जनले जितिन् २ लाख नगदसहित डोपर चेन्जमेकर च्यालेन्जको उपाधि

काठमाडौं । नेपालमा प्रत्येक दिन २,७०० केजी प्लाष्टिक फोहोरको उत्पादन हुन्छ, जसमध्ये ८०५ डम्पिङ साइटहरुमा अरु जताततै फालिन्छ जसले हाम्रो पर्यावरणमा छरिएर माटो तथा पानीको श्रोतहरुलाई प्रदुषित गर्दछ । नयां सोच र अवधारणाहरुमार्फत युवाहरुले नेतृत्व लिई यस्ता वातावरणीय समस्याहरु समाधान गर्नमा महत्वपूर्ण भुमिका खेल्न सक्छन् । यहि सोचका साथ नेपालमा दिगो विकास प्रवर्धन गर्दै प्लाष्टिक झोला प्रतिबन्ध गर्ने अभियानलाई सफलतापुर्वक नेतृत्व गरेको हिमालयन क्लाईमेट इनिसिइटिभले डोपर नामक डच फाउन्डेसनसंगको सहकार्यमा यो च्यालेन्जको आयोजना गरेको हो । यसैक्रममा, पानी व्यवस्थापनको मौलिक संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले पाटन दरबार स्क्वयारको हिटी (ढुंगेधारा)मा पनि डोपर चेन्जमेकर च्यालेन्ज २०१९ को फाइनल प्रतियोगिता आयोजना भयो । जसमा २५० भन्दा बढी प्रतियोगीबाट छानिएर आएका फाइनलमा पुगेका १० युवाहरुले प्लाष्टिक तथा पानी प्रदुषणको समस्या कम गर्ने आफ्नो समाधान प्रस्तुत गरेका थिए । ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले सो अवसरमा भनिन्, युवाहरू र उनीहरुसँगै नयाँ सोच र नयाँ समाधानमा काम गर्ने जनशक्ति नेपालबाट दिनदिनै पलायन भईरहेको अवस्थामा नेपालका प्रमुख वातावरणीय समस्याहरु समाधान गर्न लागिपरेका युवाहरुको दृढ अठोटबाट म निकै प्रभावित भएको छु । यी समाधानहरुलाई व्यवहारमा, कानुनमा लागु गर्नका लागि म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’ हिमालयन क्लाईमेट इनिसिइटिभकी प्रमुख कार्यकारी शिलशिला आचार्यले भनिन्, ‘प्लाष्टिकको अत्याधिक प्रयोगका कारण निम्त्याएको विकराल समस्या र जलवायु परिवर्तनको कारण बढ्दै गएको पानीको संकट र त्यसका नकारात्मक असरहरुबाट उत्पन्न समस्या समाधान गर्ने काम हाम्रो पुस्ताको सबैभन्दा ठुलो लडाइँ हो र यो लडाइँ जित्नका लागि हामी हरेक युवाहरुलाई तयार पार्न कटिबद्ध छौं ।’ निर्णायक समितिमा हिमालयन क्लाईमेट इनिसिइटिभकी प्रमुख कार्यकारी शिलशिला आचार्य, हिमालयन क्लाईमेट इनिसिइटिभका सहसंस्थापक अनिल चित्रकार, पानी तथा माटो विशेषज्ञ डा. रोशन मान बज्राचार्य, स्मार्टपानीका सहसंस्थापक सुमन शाक्य, र डोपर फाउन्डेसनका रोज स्पेकमेन र लेनी हावर्टले आइडियाहरुलाई नयाँपन, उनीहरुको आइडियाले समाजमा पार्न सक्ने सकारात्मक प्रभावको आधारमा मुल्यांकन गरिएको थियो । काठमाडौंको सहरी क्षेत्रमा प्रत्येक वर्ष मनसुनमा हुने बाढीको समस्या समाधान गर्ने अवधारणासहित अनिसा महर्जनले रु. २ लाख नगदसहित डोपर चेन्जमेकर च्यालेन्जको उपाधि जितिन् भने प्लाष्टिकको कुहिन सक्ने विकल्प उत्पादन गर्ने अवधारणासहित दोस्रो हुने अमृता सिग्देल र तेस्रो हुने गौरव ढुंगाना, सन्देश राजभण्डारी र आस्रफ प्रधानाको समुहलाई १ लाख २५ हजार र उत्कृष्ट १० का बाँकी बिजेताहरुलाई ७५ हजारका दरले पुरस्कार प्रदान गरियो । उक्त दिन विश्वका अन्य ३ सहरहरु लन्डन, एम्सटरड्याम, बर्लिनमा पनि एकैसाथ यो च्यालेन्जको फाइनल प्रतियोगिता आयोजना गरिएको थियो । उत्कृष्ट १० प्रतियोगिहरुलाई पुरस्कार राशिका साथै विज्ञहरुसंग सहकार्य गर्न, आफ्नो समाधानको बारेमा प्रचार प्रसार गर्न र यसलाई अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन हिमालयन क्लाईमेट इनिसियटिभ, डोपर फाउन्डेसन तथा साझेदार संस्थाहरु स्मार्ट पानी, सेराड, ब्लिंक भेन्चर्सद्वारा सहयोग प्रदान गरिनेछ । डोपर फाउन्डेसनकी संस्थापक मेरिन ईभार्टस्ले भनिन्, ‘हाम्रो यो विश्वास छ कि आजको युवाहरुले ल्याउने नयाँ सोच र खोजहरुसहितका समाधानले हामी सबैलाई अचम्मित पार्न सक्छन् । यो च्यालेन्जमार्फत हामी युवाहरुलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाउन चाहन्छौं । डोपर तथा हिमालयन क्लाईमेट इनिसिइटिभ दुवैको यो मान्यता छ कि अहिलेको दुई प्रमुख वातावरणीय समस्या भएर पनि खानेपानी तथा प्लाष्टिक प्रदुषणको समस्या तथा समाधानको बारेमा पर्याप्त खोज तथा अनुसन्धान भएको छैन । यस च्यालेन्जमार्फत विद्यार्थीहरुलाई खानेपानी तथा प्लाष्टिक प्रदुषण गरी दुई प्रमुख वातावरणीय समस्या समाधान गर्नेबारे अनुसन्धान गर्नमा युवाहरुलाई सहभागी गराउनाले यी दुई समस्याहरुबारे युवाहरुलाई सचेत बनाउन तथा उनीहरुकै नेतृत्वमा यी समस्याको छिटो समाधान खोज्न मदत पुग्नेछ भन्ने विश्वास दुवै संस्थाले लिएका छन् । विद्यार्थीहरुलाई खानेपानी या प्लाष्टिक प्रदुषणको क्षेत्रमा आफ्नो करियर सुरुवात गर्न प्रेरित गर्ने उदेश्यले स्नातक वा स्नातकोत्तर तहका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई यो सहयोग प्रदान गरिन्छ ।