विकासन्युज

हुण्डाई मनसुन योजना सार्वजनिक, स्क्राच कार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट

काठमाडौँ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले स्क्राच कार्ड मार्फत रु १ लाखसम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिनेछ । सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ्ग तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

ज्योति लाईफ र ईसेवाबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका हुन् । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै इन्स्योरेन्स् प्रदान हुने सेवालाई प्रविधि मैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको हो । आफ्नो कार्य व्यस्तताको कारण नविकरण गर्न कम्पनीको काउन्टरमा गई नविकरण गर्ने झन्झटबाट मुक्तभई सम्पूर्ण वीमितहरुको समयको बचत, सहज भुक्तानी रप्रविधिको उच्चतम प्रयोगबाट कुनै अतिरिक्त शुल्कविना लाभलिन सकिने छ । सम्झौतासँगै ज्योति लाईफबाट जारी गरिएका सबै बीमालेखहरुको नविकरण शुल्कभुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट गर्न सक्नेछन् । सम्झौता संगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षण पश्चात छिटो सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्ने छन् । मुलुकभर इसेवाका ५० हजार बढि जोन पोइन्ट रहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका २५सय भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

असार तीन गतेदेखि एनसीसी बैंकको भिसा क्रेडिट कार्ड शुरु

काठमाडौं । एनसीसी बैंक अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु गर्ने भएको छ । २०७६ साल आषाढ ३ गतेबाट एनसीसी बैंकको भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो । बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एटिएमरपिओएस् मेशिन मार्फत सामान वा सेवा लिन सकिने, इएमभि मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुविधा रहेको छ । एनसीसी बैंकको भिसा क्रेडिट कार्डको शुरुमा नै बैंकले असार महिना भरि नयाँ एसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी बैंकको भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ । देशभरि बैंकको १ सय २० वटा शाखा कार्यालय, ८१ वटा एटिएम मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ । साथै एनसीसी डेविड कार्ड, एनसीसी अस् ट्राभल भिसा कार्ड, एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएस्बिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको पनि बैंकले जनाएको छ ।

अनुदान सम्झौता नगरे वा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीहरुलाई सूचीबाट हटाउने भएको छ । यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र प्राधिकरणले उल्लेखित समयसीमा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत गराएको हो । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए । सोमबार अपरान्हसम्मको तथ्यांक अनुसार ८ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्नेछ । त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन् । लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई कार्यमा स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको छ ।

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबंधक एस.के तमोटले हस्ताक्षर गरेका हुन् । एक समारोहबीच सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुनभद्र खनालले आगामी दिनहरुमा, जनरल इन्स्योरेन्स कमपनीमा बीमा गर्ने ग्राहक वर्गहरुलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए । बैंकले देशका सबै क्षेत्र तथा वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १सय शाखारहित बैंकिङ्ग सेवा, १सय ६९वटा एटिएम र १ हजार ३सय भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

‘दुई लिटर पेट्रोलको लागि कहिलेसम्म लाइन बस्ने ?’- विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले देशमा लगानी अभिबृद्धि गर्न लगानी मैत्री वातावरण तयार गर्नु पर्ने बताए । प्रतिनिधिसभामा विनियोजन विधेयक माथिको छलफलमा भाग लिदैं सांसद चौधरीले भने- ‘यस्तो व्यवस्था मिलाउन हामीले धेरै पटक कानून बनाउने कोसिस गर्यौ“ तर किन सफल भईरहेको छैन ?’ उनले भने, ‘दुई लिटर पेट्रोलका लागि उपभोक्ताले कहिलेसम्म लाईनमा लाग्ने ? आपूर्तिका साधनमा उपभोक्ताको सहज पँहुच हुनुपर्छ ।’ नेपाल आयल निगम जस्ता संस्थानहरूको एकाधिकार कायमै राखेर उपभोक्ताको अधिकार हनन् भईरहेको भन्दै सांसद चौधरीले पेट्रोलियम प्रोडक्ट जस्ता वस्तुहरूको कारोबारमा निजी क्षेत्रलाई खुला गरिनुपर्ने बताए । उनका भने -‘पुँजी पानी जस्तै तरल हुन्छ, जता वातावरण बन्यो त्यतै बग्छ, त्यो वातावरण हामीले नेपालमा बनाउनु परेको छ । आर्थिक समृद्धिका लागि हामीलाई धेरै लगानीको खाँचो छ ।’  लगानी अभिवृद्धिका लागि विशेष आर्थिक क्षेत्रको अवधारणालाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको भन्दै उनले भैरहवामा स्थापना गरिएको सेजमा लगानीकर्ता किन आकर्षित भइरहेका छैनन् भन्ने बारेमा गम्भिर बन्न आग्रह गरेका छन् । भारत र चीनले अवलम्बन गरेका नीतिहरूबाट सिक्नु राम्रो हुन्छ’ सांसद चौधरीले भने, ‘यी बिषयमा हामीले छलफलमै धेरै समय गुजारी सक्यौं अब व्यवहारिक कार्यान्वयनमा जानुपर्छ ।’अर्थतन्त्रका लागि व्यापार घाटा चिन्ताजनक बिषय रहेको भन्दै सांसद चौधरीले निर्यातमा अनुदान दिएर र आयात नियन्त्रण गरेर मात्रै यो समस्याको समाधान नहुने धारणा राख्दै भने‘ब्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई भारतीय र चिनियाँ उत्पादनसँग प्रतिस्पर्धी बनाउन आवश्यक छ ।’ नेपालस्थित राजदूतहरूले आ– आफ्ना देशका निजी क्षेत्रको प्रवर्धनका लागि नेपालमा तिब्र लबिङ गरिरहेका हुन्छन् । तर, हाम्रा राजदूतावासहरू किन यस्तो लबिङ गर्न सकिरहेका छैनन् । नेपालका ३९ वटा कुटनीतिक नियोगले महिनामा एउटा वैदेशिक लगानीका लागि वातावरण बनाउने गरि काम गरे भने राम्रो उपलब्धी हासिल गर्न सकिन्छ भन्दै यस तर्फ हामी गम्भिर हुनु आवश्यक भएको बताएका छन् ।

होटल हायात अनिश्चितकालका लागि बन्द

काठमाडौं। होटल हायत अनिस्चितकालको लागि बन्द भएको छ। मजदुर आन्दोलनको कारण देखाउँदै होटल हायत व्यवस्थापना समुहले अनिश्चितकालका लागि होटल बन्द गरेको हो। सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो। होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ।  

कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी विएफआईएन र सिपिएससीबीच सम्झौता

काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा.रामहरि लामिछाने हस्ताक्षर गरेका हुन् । सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमामनिला, फिलिपिन्समा हस्ताक्षर भएको छ । संयुक्त आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने इग्जेक्यटिभ् लिडरशिप डिपलभमेन प्रोग्राम उद्घाटन समारोहमा उक्त पत्रमा हस्ताक्षर भएको हो ।