विकासन्युज

सुर्खेतमा देवः विकास बैंकको नयाँ शाखा

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरिचोकमा देवः विकास बैंक लि.को नयाँ शाखा बिस्तार भएको छ । असार २ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सुवेदीले शाखा उद्घाटन गरेका हुन् । उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए । कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन स्थानीय श्रोत परिचालन गरी बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र कर्णाली प्रदेशमा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरिने जानकारी गराए ।

‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ आयोजना, १ लाखसम्म नगद पुरस्कार जित्ने मौका

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक आयोजन हुन गइरहेको विषेश किसिमको मेला हो । असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता रु.५,५००÷बाट सुरु हुनेछ । ग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु.३०,०००÷सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्राच कार्ड मार्फत रु. ७,०००/-देखि रु.१,००,०००/-सम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौकापनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् टिभिएसले आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ ।

सुनसरीमा वाइवाइले थप्यो १ अर्बको प्लान्ट, ५ सयलाई रोजगारी

काठमाडौं । चौधरी ग्रुपले प्रदेश १ को सुनसरीमा १ अर्ब रुपैयाँको लागतमा वाइवाइ चाउचाउ उत्पादन प्लान्ट जडान गरेको छ । मंगलबारदेखि संचालनमा आएको उक्त प्लान्टबाट दैनिक साढे ५ लाख प्याकेट चाउचाउ उत्पादन हुने ग्रुपका जनरल म्यानेजर मधुसुदन पौडलले बताए । उद्योगमा ५ सय जनाले रोजगारी पाउने छन् । सुनसरीमा नवनिर्मित प्लान्टबाट वाइवाइको व्यावसायिक उत्पादन आजबाट शुरु भएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने-‘वाइवाइले दशकौंदेखि तपाईंहरूको माया र साथ पाएको छ,’ उनले भने ‘नयाँ स्थानबाट उत्पादन शुरु गर्न पाउँदा हर्षित छु । वाइवाइको यो प्लान्ट सहित अन्य उत्पादन पनि सातै प्रदेशमा विस्तार गर्ने ग्रुपको योजना रहेको छ । देश संघीय संरचना गइसकेपछि ग्रुपले सातै प्रदेशमा इन्भेष्टपार्क बनाउने योजना बनाएको छ । हालसम्म वाइवाइको नेपालमा आठ वटा र विदेशमा १२ वटा गरी २० वटा प्लान्ट संचालनमा रहेका छन् । ‘वाइवाइ युरोपमा समेत उत्पादन भएर सातै महादेशमा विक्रि वितरण भइरहेको छ,’ जनरल म्यानेजर पौडलले थपे । विश्व नुडल्स बजारमा वाइवाइले ३ प्रतिशत हिस्सा ओगटेको छ भने भारतीय बजारमा दोस्रो स्थान वाइवाइको रहेको छ ।

बुढीगण्डकी जलविद्युत आयोजना बनाउने पैसा छैन्ः उर्जामन्त्री वर्षमान पुन

काठमाडौं । ‘धन हामीसँग छैन्, ३ खर्ब जति यसको लागत छ । पब्लिकलाई आव्हान गर्दा पनि आएन् । हामीसँग पैसा नभएकाले हुनाले अहिले इपिसिएफ लगायतका बिभिन्न मोडलबारे कुरा गरिरहेका छौं ।’, यो भनाई उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनको । संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै उनले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि सरकारसँग पैसा नभएको स्पष्ट पारेका हुन् । आयोजनाको उत्पादन लागत समेत महंगो भएकाले पनि निजी लगानी भित्र्याएर बनाउन कठिन हुने बताउँदै उनले थपे–‘यो आयोजना महंगो छ भन्ने कुरामा संका रहेन् । अहिले हामीले जलासययुक्त आयोजनाबाट उत्पादित विद्युतको खरिद मूल्य १२.५ रुपैंयाँ प्रति युनिट तोकेका छौं । यसको त उत्पादन लागत तै प्रति युनिट १९ देखि २० रुपैंयाँ प्रति युनिट देखिईरहेको छ । त्यसकारण कमर्सियल्ली प्राइभेट सेक्टरले यो आयोजना बनाउन सक्दैन् ।’ उनले निजी क्षेत्रले व्यवसायीक रुपले आयोजना बनाउन नसक्ने भएकैले मुआब्जा र पुनस्थापना लगायतका काम सरकारले नै सम्पन्न गरेर निर्माणका लागि बिभिन्न मोडलबारे छलफल अघि बढाएको पनि बताए । ‘कमर्सियल्ली भायबल नभएकाले नै सरकार आफैंले बनाउने भनेको हो । भारतमा भारु २१ रुपैंयासम्म मूल्यमा राति विद्युत बेच्न सक्ने सम्भावना छ । बंगलादेशसँग पनि कुरा भैरहेको छ ।’, मन्त्री पुनले भने । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि श्रोत जुटाउन भन्दै सरकारले आर्थिक बर्ष २०७२/७३ को बजेट मार्फत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रति लिटर ५ रुपैंयाँ पूर्वाधार शुल्क उठाईरहेको छ । सो शुल्क वापत हालसम्म ३० अर्ब संकलन भएको छ । सरकारले हालसम्म २५ अर्ब भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । ‘जनताबाट उठेको पैसाले कम्तिमा मुआब्जासम्म वितरण गर्न सकियो भने पनि आयोजनालाई भायबल बनाउन सकिन्छ ।’, मन्त्री पुनले भने ।

एनआईसी र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । हाल बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।

एकैदिनमा कामना सेवाको दुई शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिनमा प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा आफ्नो ९०औंर ९१औशाखा कार्यालय स्थापना गरि कारोबारको सुरुवात गरे । बैंकका संचालक देवकृष्ण काफ्ले र प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार सुरु गरेका हुन् । सोही क्रममा संचालक देवकृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवद्र्धनमा पनि गति मिल्ने बैंकले विश्वास रहेको बताए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ । बैंकले हाल देशभरि ९१ वटा शाखा कार्यालयहरु तथा ४० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवाप्रदान गर्ने गर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट व्याकिङ्ग, मोबाईल व्याकिङ्ग, सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

असार १२ गतेदेखि नेपाल लोक स्टार प्रसारण हुने, मुख्य प्रायोजक आइएमई

काठमाडौं । आगामी असार १२ गतेदेखि हुने नेपाल लोक स्टारको मुख्य प्रायोजक आइएमई ग्रुप रहेको छ । प्रत्येक विहीबार र शुक्रबार हुने उक्त कार्याक्रम बेलुकी ८ बजे एपिवान एचडीबाट प्रसारण हुने भएको छ । ३६ श्रृखला निर्माण गरिने सर्वाधिक चर्चित सो कार्यक्रमको लागत १० करोड अनुमान गरिएको छ । सम्झौता अन्तर्गत आइएमई नेपाल लोक स्टोरको भोटिङ्ग राउड एप मार्फत गरिने सबै भोटिङ्ग आइएमई पे को एपमा हुनेछ । नेपाल लोक स्टारका आयोजक सुदिप थापा भन्छन् “नेपाली लोक संगीतका लागि आइएमई नेपाल लोक स्टोर कोसे ढुङ्गा साबित हुनेछ र यसले लोक मात्रनभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने हामीले विश्वास लिएका छौं । नेपाली माटोललाई सुहाउदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझउकास्ने निश्चित छ । यस कार्यक्रमको प्रमुखप्रायोजकको रुपमा आबद्ध भई यसको निर्माणलाई सार्थक तुल्याइदिनु भएकोमा आइएमई ग्रुपलाई धेरै धन्यवाद दिन चाहन्छौ ।” त्यस्तै आइएमई ग्रुपका प्रमुख कार्यकारी निर्देशक सुमन पोखरेलले भने “नेपालको आफ्नो आयोजना हुन लाएको आइएमई नेपाल लोक स्टोरसगै जोडिन पाएकोमा गौरवान्वीत छौं । नेपाली लोक संगीत प्रवंधन र जर्गेनाको निम्ति यो हाम्रो तर्फबाट सानो प्रयास समेत हो ।” उक्त लोक स्टारमा तीन जना विजेता छनौट गरिएको छ । यसमा प्रथम विजेतालाई ५० लाख, द्धितीय विजेतालाई २५ हजार र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार प्रदान गरेका छन् । नेपालको मौलिक संगीत प्रस्तुत गर्ने सो रियालिटीमा सातैवटा प्रदेशमा अडिशन आयोजना गरि हजारौं संख्यामा आएका लोक दोहोरी गायक गायिका मध्ये सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी छनोट गरिन्छ । फागुन १६ गते शुरु भई चैत्र २५ गते ओपन अडिशन समाप्त भएको छ । शुरुवातको अडिशनबाट ३५० प्रतिस्पर्धी रहेका थिए, जर्ज अडिशनबाट १०९ प्रतिस्पर्धी छनोट भई मेगा अडिशनबाट २५ जना छनोट भएका छन् । नेपाल लोक स्टारको जर्जहरुमा जयनन्द लामा,बि.बि. अनुरागी, सुनीता दुलाल र रामजी खाँड रहेका छन् ।

गैरकानुनी रुपमा रजिस्ट्रेसन गराउँदै कृषि तथा वन विज्ञानका निजी कलेज

काठमाडौं । गैर कानुनी रुपमा संचालन हुदै आएका निजी कृषि तथा वन विज्ञान कलेजहरुले नियमविपरित गएर रजिस्ट्रेसनको निमित्त दबाब दिएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट कुनै पनि प्रकारको सम्बन्ध प्राप्त नगरेका ७ वटा निजी कलेजहरुले नियम बिपरित गएर विद्यार्थी भर्ना गराई विश्वविद्यालयलाईलाई रजिस्ट्रेसनको लागि दबाब दिएको हो। विश्वविद्यालयले बारम्बार सुचना जारी गरी भर्ना प्रकृया तथा कक्षा संचालन नगर्न निर्देशन दिईसकेको भएता पनि निजी विद्यालयले अटेरी गर्दै विश्वविद्यालय भित्रका केही पदाधिकारीसँगको मिलेमतोमा केही कागजात बनाई रजिस्ट्रेसनको लागि गैर कानुनु रुपमा काम अगाडि बढाईरहेको विश्वविद्यालयका प्राध्यापक संगठनहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन्।  विश्वविद्यालयले उक्त निजी कलेजहरुलाई २०७५ साल असार २० गते अस्थाइ सम्बन्धन दिएको थियो। अस्थाई सम्बन्ध प्राप्त गरेपछी कलेजमा केन्द्रबाट अनुगमन टोली आएर जाँच गरेपछी मात्र सम्बन्धन प्राप्त हुने नियम थियो। त्यसको केही समय नबित्दै साउन १४ गए मन्त्रीपरिशदले उक्त सम्बन्धन खारेज गरिदियो। तर निजी कलेजहरुले विश्वविद्यालयलाई प्रतिबादी बनाएर आफुहरुले सम्बन्ध प्राप्त गर्नुपर्ने भन्दै मुद्दा दायर गरे। मुद्द प्रति फैसला सुनाउदै अदालतले सम्बन्ध प्रकृया अगाडी पनि नबढाउन र खारेज पनि नगर्न आदेश दियो। तर कलेजहरु भने सरासर भर्ना गर्दै अहिले आएर विद्यार्थी देखाउँदै आफुहरुलाई रस्जिस्ट्रेसन दिन दबाब दिएका छन्।  प्रस्तावित कलेजहरुको सम्बन्धनको प्रकृया टुंगिसके पस्चात पनि विश्वविद्याअयले पुन: अनुगमन गरेर त्यस पछिको स्विकृतिको आधारमा विद्यार्थी भर्नाको लागि अगाडि प्रावधान छ। तर हालसम्म सर्वाच्चमा विचारधिन मुद्दाको अन्तिम फैसला पनि आईनसकेको र विश्वविद्यालयको तर्फबाट समेत कुनै पनि प्रकारको अनुगमन, निरिक्षण नभएको नेपाल प्रगतिशिल प्राध्यापक संगठनका अधयक्ष उदितप्रकाश सिग्देलले बताए। सर्वाच्च अदालतबाट अन्तिम फैसला नआउँदासम्म विश्वविद्यालय प्रशासन मार्फत हुने गतिविधी अगाडि बढाए आफुहरु आन्दोलनमा उत्रिने सिग्देलले बताए।