नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य चयन
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका छन् । त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ । नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट एक-एक जनाप्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।
सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । उक्त कर्जाको कार्यान्वयनको लागि सिद्धार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरी टेक्नोलोजि कलेजबीच बैंकिङ सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरी टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २% मात्र प्रिमियम जोडी हुन आउने ब्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिने छ । उक्त ब्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५% सहुलियत प्रदान गरिनेछ । बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेश मै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको छ ।
काठमाडौंमा घर हुनेले कति तिर्नुपर्छ कर ? १ करोडको घरलाई हजारमात्रै, अर्ब भए साढे ५ लाख
काठमाडौं । काठमाडौंमा घर किन्ने सपना सबैको हुन्छ । एउटा घर, एउटा गाडी, छोराछोरीको राम्रो शिक्षा र विवाह नै धेरैजसो आमाबुबाको जीवनकाे मुख्य उद्देश्य पनि हुने गर्छ । कतिपयले त जीवनकाे सफलतालाई नै यही घरसँग तुलना गरेका पनि हुन्छन् । अधिकांश मान्छेको त्यही सपनाको घरलाई तपाईँको स्थानीय सरकारले कति कर लगाउँछ ? काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र घर तथा जग्गा हुनेले महानगरलाई भुक्तानी गर्नुपर्ने सम्पत्ति करको दर सार्वजनिक गरेको छ । काठमाडाैं महानगरकाे पाँचाै नगरसभामा नयाँ आर्थिक वर्षकाे बजेट तथा राजश्व र आर्थिक विधेयक प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले साे दर प्रस्ताव गरेकी हुन् । महानगर नगरसभाले उपमेयर खड्गीले प्रस्ताव गरेकाे उक्त आर्थिक विधेयक पारित गरेपछि नयाँ आवदेखि साे दर लागु हुन्छ । महानगरले प्रस्ताव गरेकाे सम्पत्ति करमा सम्पत्तिकाे मूल्यअनुसार प्रगतिशील कर प्रस्ताव गरिएकाे छ । त्यस्तो मूल्य जग्गाको मूल्याङ्कन अनुसार हुने र जग्गाको मूल्याङ्कन ठाउँअनुसार फरकफरक हुने व्यवस्था काठमाडौं महानगरपालिकाले गरेको छ । महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्रको लोकेसन र घरले छोएको बाटो चाैडाको आधारमा जग्गाको प्रतिआना मूल्य तोकेको छ सोही दरअनुसार जग्गाको कूल मूल्याङ्कन हुनेछ । यस्तो दर महानगरले प्रतिआना अधिकतम ५० लाख रुपैंयासम्म तोकेको छ । त्यस्तै, घरको प्रकार र बनोटअनुसार भवनको मूल्य प्रतिवर्गफिटका आधारमा निर्धारण गरिएको छ जसको ह्रासकट्टि दर र रासकट्टि गर्ने समयसमेत महानगरपालिकाले तोकिदिएको छ । सो दरअनुसार भवनको समेत मूल्याङ्कन गरी कुल सम्पत्ति मूल्याङ्कन गरिन्छ । जग्गा र भवनको कुल सम्पत्ति समेत जोडेर कुल सम्पत्ति करको दर मूल्याङ्कन गरिन्छ ।
केबल टिभी सेवा प्रदायकहरुको एकै स्वर, ‘क्लिन फिड अव्यवहारिक छ, लागु भए व्यवसाय बन्द गर्छौं’
काठमाडौँ । सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । नेपालका केवल टिभी सेवा प्रदायकहरुले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सामूहिक रुपमा यस्तो चिन्ता व्यक्त गरेका हुन् । छन् । कार्यक्रममा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए । उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो ।’ फाइल तश्वीर उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे । डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताएका छन् । क्लिन फिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने,‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’ नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताएका छन् । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे । उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अरवौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’ उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे । कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए । उनले आफूहरुले सरकारको विरोध नगरेको जिकिर गरे । तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल वन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो । उनले भने,‘यी च्यानलहरु बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर हामीले फिडब्याकमात्रै लिएका हौं । अरु केही पनि होईन ।’
दक्षिण कोरियाको लोट्टे र हिमालय एनकेबीच सम्झौता, फ्रेन्चाईज रेष्टुरेण्ट ‘लोट्टेरिया’ अब नेपालमा
काठमाडौ । दक्षिण कोरियाको लोट्टे जीआरएस र हिमालय एनकेबीच फ्रेन्चाईज सम्झौता सम्पन्न भएको छ । बहुराष्ट्रिय कम्पनी लोट्टे गु्रप अन्तर्गतको फास्टफुड फ्रेन्चाईज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा सञ्चालन गर्ने उद्देश्यका साथ सो सम्झौता गरिएको हो । सम्झौता गर्न मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उद्योग मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यता थियो । उक्त सम्झौताका निम्ती लोट्टेका ग्लोबल सिईओ ‘नाम इक उ’ र ग्लोबल बिजनेश टीम प्रमुख ‘किम कि छल’ सोमबार नै काठमाडौँ प्रवेश गरेको कार्यक्रममा बताईयो । हिमालय एनके का अध्यक्ष बिनोद कुँवरले भने-‘नेपालमा लोट्टेरिया आगमनले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लागि सहयोग गर्नेछ ।’ कुँवरले विश्वव्यापीकरणको प्रभावसँगै नयाँ खालका खानपान र संस्कृती नेपालमा समेत विकास हुँदै गएकोमा जोड दिए । साथै, सोही कारण व्यवसायिक सफलता हासिल गर्न सहज हुने उनको तर्क छ । लोट्टेरिया संचालनमा आएको ४० वर्ष भईसकेको छ । दक्षिण कोरिया, भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडीया, काजकिस्तान, मङ्गोलिया र लाओस लगायतका देशहरुमा १६ सय भन्दा बढीको संख्यामा फ्रेन्चाईज रेष्टुरेन्ट सञ्चालित छन् । लोट्टेरिया ‘चिकेन’ र ‘बर्गर’को लागि प्रशिद्ध रहेको कम्पनीको दाबी छ ।
पूर्वी रुकुममा अजोड इन्स्योरेन्सको शाखा बिस्तार
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको पूर्वी रुकुम शाखा कार्यालय उद्घाटन भएको छ । सिस्ने गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधन रेग्मी र राष्ट्रिय वाणिज्य बैंक रुकुमको शाखाप्रमुख तेजप्रसाद आचार्यको विशेष आतिथ्यतामा गमलामा धान रोपेर शाखा कार्यालय उदघाट्न गरिएको हो । उक्त कार्यक्रममा स्वागत मन्तव्य अजोड इन्स्योरेन्स लि. पूर्वी रुकुम शाखा प्रमुख मुकुन्द खड्काले गरेका थिए भने कार्यक्रमको सहजीकरण दीपक पोखरेलले गरेका थिए । समापन कार्यक्रम संस्थाका मार्केटिङ्ग अधिकृत डोरिन्द्र दाहालले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको जानकारी गराए । यसैबीच, अजोड इन्स्योरेन्स लि.ले पूर्वी रुकुम सदरमुकाम रुकुमकोटमा असार ८, ९ र १० गते पशुपंक्षी र कृषि प्राविधिकहरुलाई ३ दिने बीमा अभिकर्ता तालिम प्रदान गरेको छ । उक्त तालिममा मुख्यप्रशिक्षक अजोड इन्स्योरेन्सका मार्केटिङ प्रमुख डोरिन्द्रराज दाहाल र प्रबन्धक दीपक पोखरेल थिए भने तालिममा सहजीकरण शाखा प्रमुख मुकुन्द खड्काले गरेका थिए ।
विकासको काममा कुनैपनि अवरोध स्वीकार्य छैनः खानेपानी मन्त्री मगर
कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले विकासको काममा कुनैपनि अवरोध स्वीकार्य नहुने बताएकी छिन् । कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताएकी हुन् । उनले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरिन् । ‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भईरहेको छ । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ।’ उनले भनिन्, ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन । कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमुना क्षेत्रको रुपमा विकास गरेर देखाउँछौ । सक्नुहुन्छ भने साथ दिनुस होइन भने अवरोध गर्न बन्द गर्नुस् ।’ विकासको कार्यमा अवरोध पुर्याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उनको भनाइ छ । उनले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिइन् । नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ लाई नमुना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ । यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ ।’ नगर सभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६÷७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।
ग्लोबल आइएमई र एनएलजी इन्स्योरेन्सबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि.बीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का १३७वटै शाखाहरु मार्फत एनएलजी इन्स्योरेन्स कम्पनी लि.कोनिर्जीवनबीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।