विकासन्युज

रुपन्देहीको मणिग्राममा सनराइज बैंकको शाखा बिस्तार

काठमाडौँ । सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा १११ औँ शाखा संचालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रममा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १११ वटा पुगेको छ ।

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७% छुट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा-सुविधाहरुमा ७% छुट पाउन सक्नेछन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् ।

जथाभावी खर्च रोक्नुपर्छ, काम नगर्नेलाई दण्डित गर्नुपर्छः अर्थविद्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दीपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’ मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे । पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् । कोइरालाले भने,‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे विकासको कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अब स्थायी सरकार आएको छ । दुई तिहाईको सरकार बनेपछि पूरानो रोग कम हुने आधार थियो । उनले आयोजना कार्यान्वयनको क्षमतापनि बढाउनुपर्ने बताए । त्यस्तै, कार्यान्वयन निकायले पनि आफ्नो जिम्मेवारीपन देखाउनुपर्ने कोइरालाको सुझाव छ । उनले भने,‘कार्यान्वयनको सन्दर्भमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्छ ।’ अर्थविद् डा. डिल्लीराज खनालले असारे विकासको बारेमा टिप्पणी गर्दा विगतमा विसंगति र विकृति रहेको सुनाए । उनले भने,‘४० देखि ५० प्रतिशत खर्च असारमा हुँदा गुणस्तर कम हुन्छ ।’ बजेट विनियोजन, जवाफदेहिता र पारदर्शिता प्रणाली नहुँदा समस्या भएको उनको भनाई छ । खनालले हिजोसम्मको पुँजीगत खर्च ५३ प्रतिशत पुगेको सुनाउँदै जथाभावी हुने खर्च रोक्नुपर्ने सुझाव दिए । उनले भने,‘बेठीक ढंगले हुने खर्चलाई प्रोत्साहन गर्नु हुँदैन ।’

नेपाल इटाली उवा संघको अध्यक्षमा नवराज ढकाल निर्वाचित

काठमाडौँ । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा मंगलबार सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका छन् । संघका पदाधिकारीहरुमा विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल, सचिव मनोज श्रेष्ठ भडेल चयन भएका छन् । नेपाल तथा इटाली वीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि नेपाल इटाली उद्योग वाणिज्य संघको स्थापना भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नवराज ढकालले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने कुरा बताए । इटालीका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए । कार्य समिति सदस्यमा अनिलदास श्रेष्ठ, कमलराज विष्ट, किसान सुनार, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तमाङ्ग, विना प्याकुरेल, युगेश वादेश्रेष्ठ, सुमितकुमार वंशल, शम्भुकुमार लामा, शुसिल जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल निर्वाचित भएका छन् ।

परिसंघ प्रतिनिधिद्वारा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदका उच्च पदाधिकारीहरुसँग भेट

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वमा चीनमा गएको प्रतिनिधि मण्डलले चीनको डालियान आयोजित विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा परिसंघको सक्रिय सहभागिता जनाएको छ ।  प्रतिनिधि मण्डलले डालियानमा चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् डालियानका अध्यक्ष सिउति सहित त्यसका पदाधिकारीहरुसँग भेटघाट गरेको छ । भेटमा संस्थागत सहकार्य सुदृढ गर्दै द्विपक्षीयव्यापार विस्तार लगायतकाविषयमा छलफल भएको छ । साथै, आगामी सेप्टेम्बरमा हुने नेपाल पूर्वाधार शिखर सम्मेलनमा सक्रिय सहभागिताका लागि पनि चीनबाट उच्चस्तरीय प्रतिनिधि मण्डललाई निमन्त्रणा गरेको छ । चीनको अन्तराष्ट्रियव्यापार प्रवद्र्धन परिषदसँग परिसंघको संस्थागत सम्बन्ध विस्तार भइरहेकोले चिनियाँ लगानी विस्तारमा यो भेटको उच्च महत्व रहेको छ । त्यस्तै, मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन डालियानमा आउनु भएका ऊर्जा राज्यमन्त्री नसरुल हमिदसँगपनि भेटघाट गरेको छ । सो भेटमा नेपाल र बंगलादेश बीचऊर्जा सम्झौता भएको सन्र्दभमा नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानीको वातावरण बनाउने सम्बन्धमा छलफल भएको छ । विश्व आर्थिक मञ्चको डालियान सम्मेलनमा भाग लिन परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा परिसंघका उपाध्यक्षद्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयल त्यसतर्फ गएका थिए ।

मिसन भिजिट नेपाल २०२०ः संसारभरका मिडिया डाकेर इन्टरनेशनल समिट

काठमाडौं । सरकारले भिजिट नेपाल बर्ष २०२० का लागि इन्टरनेशनल मिडिया समिट आयोजना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले केहि महिनाभित्रै भिजिट नेपाल २०२० लाई सफल बनाउन संसाभरका मिडियाहरुलाई नेपाल बोलाउन लागेको बताए । ‘संसारभरका मिडियाहरुलाई काठमाडौं भेला गराएर मिडिया समिट गर्छाै, १० औं करोड खर्च हुन्छ भने पनि बोलाएर प्रचार प्रसार गराउँछौं, त्यसले हाम्रा गन्तव्यलाई संसारभर परिचित गराउँछ’, मन्त्री बास्कोटाले भने । उनले सिएनएन, बिबिसी, न्युयोर्क टाईम्स, अलजजिरा लगायत संसारका अब्बल सबै मिडियाहरु नेपालमा भेला गराउने दावी गरे । सरकारले सन २०२० लाई नेपाल भिजिट इयरका रुपमा अघि सारेको छ । २० लाख विदेशी पर्यटक नेपाल भित्र्याएर उत्कृष्ठ पर्यटन गन्तव्यका रुपमा स्थापित हुने सरकारको लक्ष्य छ । त्यसका लागि पर्यटन सम्बन्धी पूर्वाधारहरुको निर्माण तथा

टेलिकमले दियो दृष्टिविहीन विद्यार्थीलाई सामसुङ ग्यालेक्सी एम२० स्मार्टफोन

काठमाडौँ । समाजका हरेक वर्ग र समुदायलाई आफ्ना सेवाहरुबाट लाभान्वित गराउँदै आएको नेपाल टेलिकमले विपन्न र दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई फेरी स्मार्ट फोन उपलब्ध गराएको छ । सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच असार १७ गते कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरे । कार्यक्रममा अधिकारीले नेपाल टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसाय मात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताए । भेरीगंगा नगरपालिका १० का वडाअध्यक्ष मानबहादुर बुढाले नेपाल टेलिकमले विभिन्न सेवामूलक कार्यपनि गरिरहेकोमा प्रशंसा गर्दै यस्तो सेवा आगामी दिनमा अन्य क्षेत्रमा समेत उपलब्ध हुने विश्वास व्यक्त गरे । मैत्री समाज नेपालका प्रतिनिधि चन्द्रमणि पोखरेलले कम्पनीले प्रदान गरेको मोबाइल सेटमार्फत दृष्टिविहीन विद्यार्थीहरुलाई स्तरीय आवाजसहितको प्रविधिबाट अध्ययन गर्न सहयोग पुग्ने बताउदै यसबाट समाजमा पिछडिएका र फरक क्षमता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने विश्वास कायम राख्न सहयोग पुगेको बताए । नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टि सम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेट हस्तान्तरण गरेको हो । स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्नेछन् । यही असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई मोबाइल सेट वितरण गरिएको थियो । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका दृष्टिविहीन विद्यार्थीहरुलाई उच्च प्रविधियुक्त एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गरी उनीहरुको शैक्षिक स्तर र अवसर अभिवृद्धि गर्न सहयोग पुर्याउने कम्पनीको योजना छ । विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ ।

महिला उद्यमीको प्रतिनिधिमण्डल कोरिया प्रस्थान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको नेतृत्वमा १७ सदस्यीय उद्यमी प्रतिनिधिमण्डल मंगलबार दक्षिण कोरिया प्रस्थान गरेको छ । कोरियन वुमन इन्टरपेनर एशोसिएशनको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको उक्त प्रतिनिधिमण्डलले सियोलस्थित उद्यमीसँग बुधबार र बिहीबार लगानी, व्यापार प्रबर्धन, साना तथा मझौला उद्योगका सम्भावनालगायत विषयमा छलफल गर्ने महासङ्घले जनाएको छ । प्रतिनिधिमण्डलले त्यहाँस्थित नेपाली दूतावासमा छलफल तथा अन्य औद्योगिक संस्थासँग अन्तरक्रिया गर्नेछ । भ्रमण दलका सदस्य एवं समितिका उपाध्यक्ष रम्भादेवी श्रेष्ठले कोरियाको विकास र समृद्धिका लागि त्यहाँको सरकार र निजी क्षेत्रको सहकार्यमा भइरहेका विभिन्न आयोजनाको अध्ययनबाट स्वदेशमा थप उद्योग स्थापनाका लागि वातावरण मिल्ने बताएका छन् । उक्त प्रतिनिधिमण्डल यही २३ गते स्वदेश फिर्ता हुनेछ । रासस