अब उत्पत्तिको प्रमाणपत्र अनलाइनबाट, व्यापार बिस्तारमा सहयोग पुग्ने
काठमाडौं । अनलाइनबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा महासंघ सचिवालयमा शुभारम्भ गरेकी हुन् । उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघ बीचको लामो अभ्यास पछि अवको एक महिना अर्थात भदौ १ गतेदेखि ललितपुर उद्योग वाणिज्य संघबाट त्यसको शुरुवात गर्ने गरी बुधबार त्यसको महासंघ सचिवालयमा एक विशेष समारोहका बीच सफ्ट लन्च गरिएको हो । नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको छ । कार्यक्रमलाई संवोधन गर्नुहुंदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको समेत बचत हुन गई व्यवसाय लागतमा समेत कटौती हुन गई व्यापार बिस्तारमा सहयोग पुग्ने धारणा राखे । अनलाईन प्रणालीबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई सफल पार्न महासंघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउंदै यो प्रणालीमा जांदा आउने चुनौतीलाई सामना गर्न मन्त्रालयले सहयोग र सहकार्य गर्ने विश्वास दिलाए । महासंघका अध्यक्ष भवानी राणाले अनलाइन प्रणालीबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र कानूनी रूपमा समेत मान्य हुने बताइन् । जहांसुकै बसेर पनि उत्पत्तिको प्रमाणपत्रको विवरण भर्न तथा जारी गर्न सकिने, मन्त्रालयबाट समेत यसको अनुगमन गर्न र वस्तु निकासीको तथ्यांक सहज तरिकाबाट उपलव्ध हुने भएकाले यसको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे । साथै अध्यक्ष राणाले महासंघले प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास समेत दिलाए । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले डिजिटल नेपालको अवधारणालाई अगाडी बढाई सकेको पृष्ठभूमिमा अनलाईनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाले सो अवधारणालाई एक कदम अगाडी बढाएको धारणा राखे । साथै उनले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइनमा लगेपछि राष्ट्रिय एवं अन्तराष्टिय रूपमा समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारि निर्देशक शरद विक्रम राणा, भंसार विभागका निर्देशक मुक्तिराम आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी सहितले मन्तव्य राखे । कार्यक्रममा अनलाइन प्रणाली निर्माण कम्पनी मण्डला सिस्टम प्रालिका प्रवन्ध निर्देशक विप्लवमान सिंहले सो प्रणालीको प्रयोग सम्बन्धमा जानकारी गराएका थिए । अनलाइन प्रणालीमा गएपछि महासंघ, उत्पत्तिको प्रमाण पत्र जारी गर्ने निकाय तथा भन्सार कार्यालयबीच सम्पर्क कायम रहने, पेपरलेस हुने भएकाले भन्सार लगायत कार्यालयहरूमा समेत उत्पत्तिको प्रमाण पत्र बुझाइरहन आवश्यकता नहुने, अनलाइनबाटै हेर्न सकिने, उत्पत्तिको प्रमाण पत्र भर्ने क्रममा एक पटक प्रविष्ट भैसकेपछि पुनः उत्पादक, वस्तु, हार्मोनाइजेशन कोड एचएस कोड लगायतको जानकारी सजिलै प्रविष्ट हुने सो अवसरमा बताइयो । कार्यक्रममा महासंघको प्रदेश नम्वर १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, कार्यकारिणी समितिका सदस्यहरू, उपत्यकास्थित महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, उद्यमी व्यवसायीहरू, महासंघका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । यता, नेपाल उद्योग परिसंघले सर्टिफिकेट अफ ओरिजिनअर्थात उत्पत्तिको प्रमाणपत्र अब अनलाइनजारी हुने व्यवस्था मिलाएको छ । बुधबार परिसंघको कार्यालय थापाथलीमा वाणिज्य तथाआपूर्ती सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिशकुमार मोरले अनलाइनव्यवस्थाको सुभारम्भ गरे । सो अवसरमा वाणिज्य तथाआपूर्ती सचिवअधिकारीले अनलाइन प्रणालीले व्यापारमाहुने गैर कर अवरोधहरु कमभई थपप्रतिस्पर्धीहरुलाई सहयोग पुग्ने बताए । सचिव अधिकारीले व्यापारसँग जोडिएका भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायतकानिकायहरु एकिकृत अनलाइन प्रणालीमा आवद्ध हुनलागेकोले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्दा समस्या नहुने र समस्या आइहाले सुधारका लागि मन्त्रालय तयार रहेको जानकारी गराए । सो अवसरमाव्यापार प्रर्वद्धन केन्द्रकाकार्यकारी प्रमुख शरद विक्रम राणाले व्यापारमा कागजी अवरोध कम हुने भएकाले अनलाइन प्रणाली लागु गर्न व्यवसायीक क्षेत्रले सघाउनु पर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उत्पत्तिको प्रमाणपत्र अनलाइनजारी गर्न परिसंघले आवश्यकतयारी पुरा गरेको बताए । अध्यक्ष मोरले भारततर्फको निकासीमापनि परिसंघले उत्पत्तिको प्रमाणपत्रजारी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गर । निकासी व्यापारमा थप सहुलियत तथा अहिले व्यापारमा देखा परेका कानूनी झन्झट हटाउन अध्यक्ष मोरले आग्रह गरे । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले अनलाइन प्रणालीलाई व्यवस्थित गर्न र भुक्तानी सेवालाई पनि अनलाइन प्रणालीमा थप सहज गर्न आग्रह गरे । परिसंघले आज सफ्ट लञ्च भएको उत्पत्तिको प्रमाणपत्र अब अनलाइन व्यवस्थालाई एक महिनाभित्र पूर्ण रुपमा अनलाइन जारी हुने व्यवस्था मिलाउने जनाइएको छ ।
राष्ट्रिय बीमा संस्थानमा २९ नयाँ कर्मचारी नियुक्त, प्रशासक पाठकले गराए सपथ
काठमाडौँ । राष्ट्रिय बीमा संस्थानमा २९ जना नयाँ कर्मचारी नियुक्त भएका छन् । १६ जना अधिकृत स्तरका र १३ जना सहायक स्तरका कर्मचारी नियुक्त भएका हुन् । नयाँ कर्मचारीहरुको स्वागत गर्दै संस्थानका नायब महाप्रबन्धक महेश रिमालले स्वागत तथा बधाई ज्ञापन गरेका थिए भने प्रशासक कविप्रसाद पाठकले सपथ ग्रहण गराए । नयाँ कर्मचारीहरुको नियुक्तिपछि बीमा सेवाको गुणस्तर बृद्धि हुने प्रशासक पाठकले बताए ।
उद्योग क्षेत्रको प्रगति बिना देशमा समृद्धि आउँदैनः मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव उद्योग क्षेत्रको प्रगति बिना देशमा समृद्धि नआउने बताएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्रीले नेपालमा सबै शासक र प्रशासक मात्रै बन्न खोजेको आरोप लगाए । उनले देशमा सेवक बनेर काम गर्नेभन्दा पनि शासक नै बन्न खोजेकाले पनि देशमा औद्योगिक क्षेत्रको विकास नभएको बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले उद्योग मन्त्रालयबाट पर्याप्त सहयोग नभएको बताए । उद्योग बाणिज्य महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले प्यानको नीतिले व्यवसायीहरुले काम गर्ने असजिलो भएको बताएका छन् ।
एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउने छन् ।
देवः विकास बैंकको कार्यक्रममा ७० जनाले गरे रक्तदान
काठमाडौँ । देवः विकास बैंक लि.ले १३ औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, लालदरबारमा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एशोसियशन नेपाल, काठमाडौंको सहकार्यमा कार्यक्रमसम्पन्न भएको हो । यसैगरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै विद्यार्थीहरु, भक्तजनहरु एवम् स्थानीयहरुको समेत उपस्थितिमा स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरिएको छ ।
आरएमडीसीद्वारा आमाघरलाई नगद तथा खाद्य सामाग्री सहयोग
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले बृद्वावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद तथा खाद्य सामाग्री सहयोग प्रदान गरेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सो आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई रबिभवन स्थित आमाघरमै पुगी खाद्य सामाग्री ( चामल, दाल, चिउरा, तेल ) र खाना पकाउने ग्याँसका साथै आमाघरको नाममा रु. ५०हजारको चेक हस्तान्तरण गरेका हुन् । सो हस्तान्तरण कार्यक्रममा आरएमडीसी का नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजबंशी, वरिष्ठ प्रवन्धक पृथबहादुर थापा, अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानुमाया भण्डारी र अन्य कर्मचारीहरुको साथै सो आमाघरका संचालक सदस्य तथा बृद्वा आमाहरुको उपस्थिति रहेको थियो । सो अवसरमा आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठले यस प्रकारको सहयोगले आमाघरलाई ठूलो मद्दत तथा हौसला मिलेकोमा खुसी व्यक्त गरे ।
नामी र इन्फोडेभ्लपर्सबीच विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग गर्ने सम्झौता
काठमाडौ। जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालीबीच सुचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउन उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार इन्फोडेभलपर्स प्रालीको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनधीले नामीका विद्यार्थीाई सूचना प्रविधिसंग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् । सम्झौतासंगै नामीका विद्यार्थीले सूचना प्रविधीको क्षेत्रमा विश्वबजारमा भइरहेका नया नया अविष्कारसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन् । साथै नामीलाइ सूचना प्रविधीको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनीधीले विश्वास लिएका छन् । शैक्षिक ज्ञान दिइरहेको प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको दुइ सस्थाबीच सम्झौता भएको यो पहिलो कार्यक्रम रहेको नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ट व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए । उनका अनुसार विश्वबजारमा सूचना प्रविधीको विषयमा भइरहेको वास्तविक अभयासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउनेछन् । यो सहकार्यसंगै नेपाली सूचना तथा प्रविधी बजार तथा उद्योग कलकारखानाले माग गरेको सूचना प्रविधीसंग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ । साथै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले पनि भविष्यमा कुन क्षेत्र रोज्दा आफ्नो रोजगारी सुनिश्चित हुनेछ भन्ने विषयमा अध्ययनकै समयमा जानकारी पाउनेछन् । यो जानकारीले उनीहरुलाई अध्ययन सकिने वित्तिकै रोजगारीमा जान पनि सघाउनेछ । समझौतापछि दुवै संस्थाले उद्यमसिल बन्न चाहने र रचनात्मक क्षमता भएका विद्यार्थीलाई यस अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ । नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ । इन्फोडेभलपर्स सुचना प्रविधीको क्षेत्रमा क्रियासिल अग्रणी संस्था हो । सूचना प्रविधीसंग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियासिल छ ।
आईएमएस् केयरद्वारा न्यूरोड स्थित सेवा केन्द्र पुनः सञ्चालन
काठमाडौं । आईएमएस् केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्सले सेवा केन्द्र पुन सञ्चालन गरेको छ । यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्राेनिक्स्का प्रबन्ध निर्देशक तथा उप–सभापति युवओम वन गु्रपका अध्यक्षश्री दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणयरत्न स्थापित र आईएमएस गु्रपका सिइओ र प्रेसिडेण्ट दिकेश मलहोत्राले उक्त उद्घाटन गरेका हुन् । आधुनिक पूर्वाधार सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको छ । ग्राहकलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनि अझै बढाउदै जाने आईएमएस गु्रपका अध्यक्ष दिपक मलहोत्राले बताए । आईएमएस गु्रपको बारेमा आईएमएस ग्रुप विगत २७ वर्षदेखि सञ्चालन हुँदै आएको छ । जुनकम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल २०ं वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न अग्रसर रहेको छ ।