विकासन्युज

जगदम्बा मोटर्सले ल्यायो ‘टिभिएस दशैंको दौड’ योजना

काठमाडौँ । टिभिएस टू-ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने अवसरहरु प्राप्त गर्नेछन् । टिभिएस शोरुममा नगई वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सकिन्छ । यस योजनामा सहभागीबन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट जततउकस्ररतखकलभउब।िअयmरमबकजबष्ल मा लग अन गर्नु पर्नेछ र त्यहाँदिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइकन किन्दा नै रु.५,०००/- देखि रु.१,००,०००/-सम्म नगद राशी जित्न सक्नेछ । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ । यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ । जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरिद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टममा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्मित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, । हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरण गरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गर्नेछन् । प्रवद्र्धन योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले केही नवीनतम विचारका साथ प्रस्तुत भएको बताए ।

युनियनका कारण टेलिकम धरापमा पर्दैछः मन्त्री बाँस्कोटा

भैरहवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताएका छन् । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुगेका मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको जानकारी गराए । दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिँदै उनले यसको कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । “नेपाल टेलिकमले आफ्ना सबै कर्मचारीलाई तलबभत्ता दिएकाले यसको विकासमा सहयोग नपुर्याउने र व्यक्तिगत कमाइमा लाग्ने कर्मचारीलाई सरकारले कार्वाही गर्छ ”, मन्त्री बाँस्कोटाले भने । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलका १६ जिल्लाको क्षेत्रीय कार्यालय रहेको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा उपस्थित भएका मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई मन्त्री बाँस्कोटाले जनमुखी भएर काम गर्न निर्देशन दिएका छन् । रासस

एनसेल माथि सरकारले निर्धारण गरेको कर खारेज, प्रक्रियामा आपत्ति

काठमाडौं । सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेललाई लगाएको लाभकर खारेज गरेकोे छ । सर्वोच्च अदालतको पूर्ण इजलासले सोमबार एनसेलको कर निर्धारण प्रक्रिया खारेज गरेको हो । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीसहित पाँच जना न्यायाधीशको पूर्ण इजलासले एनसेलको कर निर्धारण प्रक्रियामा आपत्ती जनाउँदै उक्त आदेश दिएको हो । एनसेल कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षण नहुँने फैसला सुनाएको छ । सर्वोच्च अदालतले ठूला करदातालाई ऐनको दफा १२०(क) बमोजिम शुल्क लगाउने अधिकार सुरक्षित रहेको छ । ठूला करदाता कार्यालयको गत वैशाख को कर निर्धारण आदेश आजको उत्प्रेषण आदेशद्वारा वदर भएको छ । अदालतको आदेशसँगै करिब ४० अर्ब रुपैयाँको कर दायित्व भएको एनसेललाई लाभकर भुक्तानीमा राहत मिलेको छ । ठूला करदाता कार्यालयले २०७४ असार १३ गते २०७२ चैत २९ गतेबाट करको दायित्व सिर्जना भएको र सोही बमोजिमको कर तिर्न एनसेललाई ताकेता गरेको थियो । ठूला करदाता कार्यालयले वैशाख पहिलो साता एनसेल माथि ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यो अवधिमा एनसेलले सरकारलाई २३ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको छ । ३९ अर्ब रुपैयाँ भुक्तान गर्न वाँकी छ ।

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं। पर्यटन मन्त्री योगेश भट्टराईले ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । मन्त्री भट्टराईले सोमबार पर्यटन मन्त्रालयको १ बर्ष कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन्। यो निर्णय ३ महिना भित्रमा सबै हवाईजहाज कम्पनीहरुमा लागु हुने मन्त्री भट्टराइले प्रतिबद्दता जनाए।

कर्पोरेट क्रिकेट च्याम्पियन बन्न सफल सेञ्चुरी बैंक

काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा पनि सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा पुनस्र्थापना

काठमाडौँ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुनस्र्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बैंक संचालक समितीका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैंकिङ अभ्याससहित अघि बढिरहेको वताए । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले आफनो गाउँपालिकामा बैंक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताए । यसैगरी नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं.५का प्रमुख पाशाङ दोर्जे शेर्पाले केही समयमै गुल्मीको तम्घास, अर्र्घाखाँचीको सन्धिखर्क लगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै एटीएम सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ती सुरक्षाका कारण अन्यत्र गाभिएको थियो ।

कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन

पर्शुरामधाम । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ । अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि बिक्री गरिरहेका छन् । दक्ष प्राविधिक कर्मचारीले मात्रै फार्मेसीबाट औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि यहाँका कर्मचारीको लापर्वाहीले फार्मेसीमा कार्यालय सहयोगीले औषधि दिइरहेका छन् । मानवको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई नबुझी अस्पतालले कार्यालय सहयोगीको भरमा फार्मेसीबाट औषधि बिक्री वितरण गर्नु गैरजिम्मेवारी भएको स्थानीय रामदत्त जोशीले बताएका छन् । नेपाल सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउने भए पनि यहाँको अस्पतालमा भने सेवाग्राहीले निःशुल्क पाउने औषधिसमेत नपाएको गुनासो गरेका छन् । औषधि निःशुल्क पाइने आशले सेवाग्राही आउने गरेका र अस्पतालमा पुगेपछि निःशुल्क औषधि नपाएर अन्य फार्मेसीबाट किन्नुपर्ने भएपछि सेवाग्राही मर्कामा पर्ने गरेको जोशीले जानकारी दिए । अस्पतालले निःशुल्क औषधि दिनुपर्नेमा अहिलेसम्म उपलब्ध नगराएको र अस्पतालकै फार्मेसीबाट किनेको औषधिको बिलसमेत नदिने गरेको सेवाग्राही बताउँछन् । अस्पतालको फार्मेसीबाट औषधि किन्ने कसैलाई पनि बिल नदिइने र फार्मेसीमा राखिएको रजिस्टरमा टिप्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालले आकस्मिक सेवाका लागि रु ५० को टिकट दिने गरेको भए पनि फार्मेसीले भने औषधि किनेको बिल नदिएको अर्का सेवाग्राही मोहन भाट बताउँछन् । यसरी दैनिक रूपमा औषधिको बिल नदिई बिक्री गर्नुले फार्मेसीको आर्थिक अपारदर्शिता झल्किएकोसमेत सेवाग्राहीको आरोप छ । जोगबुडा अस्पतालमा पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन् । नेपाल सरकारले जोगबुडा अस्पताललाई १५ श्ययाको अनुमति दिएको भए पनि यसैअनुरुप सेवासुविधा प्रदान गर्न नसकेको आम सर्वसाधारणको गुनासो छ । अस्पतालमा कर्मचारी अभावसँगै आवश्यक उपकरणसमेत नहुँदा समस्या हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । जोगबुडा अस्पतालका मेडिकल अधिकृत डा. करुणा बज्राचार्यले फार्मेसीमा कार्यरत कर्मचारी बिदामा गएकाले कर्मचारी अभावका कारण कार्यालय सहयोगीलाई नै सहयोग गर्न भनेको बताए । समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी सुधारका लागि प्रयास भइरहेको अस्पतालका मेडिकल अधिकृत डा. बज्राचार्यले जानकारी दिएका छन् । रासस

मुक्तिनाथ विकास बैंकद्धारा कमलादी गणेश विकास समितिलाई आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादी, स्थित श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरेका हुन् । यस बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा एटिएम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । साथै, बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।