विकासन्युज

घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालयका लेखापाल पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुलाई रु २५ हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ गरेको छ । उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेवापत सेवाग्राहीसँग पटकपटक घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको हेटौँडाबाट गएको टोलीले लेखापाल थारुलाई पक्राउ गरेको हो । आयोगको टोलीले उनलाई कलैया भान्छाघरबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यसैगरी आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनका लागि ठाकुरले सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ । आयोगले रु पाँच हजार बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको जनाएको छ । यस्तै आयोगले बाँसगढी सवडिभिजन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले सहायक वन अधिकृत गुप्तालाई पक्राउ गरेको हो । आयोगको टोलीले उहाँलाई बाँसगढी नगरपालिका–७ देउडाकला बर्दियाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

सवारी कर्जाकाे ब्याज साढे ९ प्रतिशत, ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडाैं । निजी सवारी किन्न चाहानेहरूकाे लागि खुशीकाे खबर छ । नाडा अटाे शाे र दशैंतिहारकाे अवसरमा बैंकहरूले सवारी कर्जा (अटाे लाेन) काे ब्याज घटाएका छन् । साथै, सवारी किन्दा मूल्यकाे ८० प्रतिशतसम्म कर्जा दिने र माग गरेकाे एक दिनमा नै उपलब्ध गराउने बैंकहरूले जनाएका छन् । एनएमबी बैंकले ९.९ प्रतिशत ब्याजमा गाडी मूल्यकाे ८० प्रतिशतसम्म कर्जा सुविधा दिने जनाएकाे छ । यस्ताे सुविधा विद्युतीय गाडीमा मात्र दिइने बैंकले जनाएकाे छ । कर्जा माग भएकाे एक दिनमा नै कर्जा स्वीकृत गरिने र कर्जा भुक्तानी गर्ने अवधि ताेकिएकाे भन्दा अगाडि नै भुक्तानी गर्न चाहेमा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ । यस्ताे कर्जा लिने ग्राहकलाई बैंकले एनएमबी भिजा प्लाटिनम क्रेडिट कार्ड निःशुल्क दिने भएकाे छ । सिभिल बैंकले बेसरेटमा नै अटाे कर्जा दिने भएकाे छ । उसले पनि ग्राहकलाई ५० देखि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिएकाे छ । त्यति मात्र हाेइन, यस बैंकले अटाेलाेन लिने ग्राहकले चाहेमा २ लाख रूपैयाँसम्मकाे ओभरड्राफ्ट सुविधा दिने भएकाे छ । बैंकले  उपभाेक्तालाई अतिरिक्त सुविधा त दिएकाे छ, तर राष्ट बैंककाे नियमकीय दृष्टिमा यस्ताे कर्जा गलत हुन सक्छ । एभरेष्ट बैंकले ९ दशमलव ६६ प्रतिशतमा अटाेलाेन दिने भएकाे छ । यस बैंकले जुनसुकै सवारी  किने पनि ७ वर्ष अवधिकाे कर्जा दिने र ब्याज ६.६६ प्रतिशत मात्र लिने जनाएकाे छ । वाणिज्य बैंकलाई पछ्याउदै विकास बैंकहरूले पनि सवारी कर्जालाई प्राथिमकता दिएका छन् । गण्डकी विकास बैंकले ११.४८ प्रतिशतमा र  साग्रिला डेभलपमेन्ट बैंकले ११.६६ प्रतिशतमा सवारी कर्जा दिने जनाएका छन् ।

बानेश्वरमा सनराइज बैंकको १२१ औं शाखा संचालन

काठमाडौँ । सनराइज बैंकले बानेश्वरमा १२१औँ शाखा संचालनमाल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।

महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले मंगलबारदेखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप प्रदर्शन गर्ने भएको छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्धहुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९,७५,०००/– र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६,५०,०००/– त्यस्तैगरी डिजेलमा डब्लु ४वर्गका लागि रु ४१,२५,०००/–, डब्लु ६वर्गका लागि रु ४५,००,०००/–, डब्लु ८वर्गका लागि रु ५१,५०,०००/– र डब्लु ८ (अफ्सनल)वर्गका लागि रु ५७,२५,०००/– तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरी रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ । यो एसयूभी६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज,पर्ल ह्वाइट, नपोलीब्लाक, डी–स्याट सिल्भर माउपलब्ध छभने एक्वा मरिनर तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधाप्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्चगति र जोशकालागितपाईको आवश्यकता पूरा गर्छ । यस पटकको नाडा अटो शोमा महिन्द्राको सबफोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । मराजोएम ६ को मूल्य रु ५८,२०,०००/– र एम ८ को मूल्यरु ६४,३०,०००/– तोकिएको छ ।

मंगलबारदेखि भृकुटी मण्डपमा १४ औं नाडा अटो शो (फोटो फिचर)

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा १४ औं नाडा अटो शो शुरु हुँदैछ । उक्त नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टल रहने छ । भदौ १० गतेदेखि १५ गतेसम्म संचालन हुने गाडीहरूको उक्त कुम्भ मेला ७० हजारले अवलोकन गर्ने आयोजक नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले जानकारी दिएको छ । नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?  हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो, पुग्नै लाग्यो २ खर्ब सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा  

बजाजको ‘इन्ट्रासीटी दिमाग डामाडोल’ योजना

काठमाडौँ । बजाज थ्री ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशैँ, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ । बजाज आरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ । यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रिमा ३२ इन्च सामसङ्ग टिभी पाउनुका साथै ४० हजार किमीसम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निःशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि एएमसी पाउने छन् । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बीमा र ५ लाखको स्वास्थ्य बीमा पाउने छन् ।

नाडा अटो शोमा टाटाका गाडी किन्दा यस्ता छन् अफर

काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ । सिप्रदीका अनुसार नाडा अटो शोमाटाटा एच फाइभ, टाटा एनआरजी, टाटाटिगोर, टाटाटियागो र टाटा नेक्सन बिक्रीमा राखिदैँ छन् । नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन्तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन् । नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइ वर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।

बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न

काठमाडौँ । बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट सम्पन्न गरेको छ । डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ रसमर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो । उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको थियो ।