सि.जी.को दसैं योजना, हरेक समानको खरिदमा परिवारसँग थाईल्याण्ड घुम्न जाने अवसर
काठमाडौं। यसपालिको महान् चाडपर्वलाई लक्षित गरि सि.जी.ले “सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ । यस स्किम अनुसार ग्राहकले सि.जी.ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्न सक्नुको साथै प्रत्येक टि.भी. र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महा क्यास ब्याक पाउन सक्नेछन्। त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्नेछ। सि.जीको सामान खरिद गरी CG <space> Name <space> ModelNo <space> Serial-no <space> Address टाइप गरि ३४३४३ मा एस.एम.एस मार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ। यो योजना भाद्र २० गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।
विप्लवकाे कार्यकर्ताद्वारा सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट
इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका छन्। सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए । केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उनले बताएका हुन् । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ । रासस
५२ करोड रकम अपचलन गरेको आरोपमा दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी
बाँके । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्यौँ, प्रहरीले उहाँहरुलाई खोजिरहेको छ, तर सम्पर्कमा हुनुहुन्न।” यसअघि पाठक उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेका थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेका थिए । सोही मुद्दाको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी नायब उपरीक्षक सापकोटाले रकम अपचलन अभियोग लागे पनि अध्यक्षद्वयले के–कति रकम अपचलन गरेको भन्ने अहिले नै स्पष्ट नभएकाले यसबारे थप अनुसन्धानपछि मात्रै यकिन तथ्य खुल्ने बताए । प्रहरीले पक्राउ पुर्जी जारी भएलगत्तै वडाध्यक्षद्वय पाठक र बर्मा भारततिर फरार भएको हुनसक्ने प्रहरीको आशङ्का छ । सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाई मुख्य आरोपी अरुणकुमार बर्मासहित गङ्गाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालक पनि सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तीव्र पारिएको बाँके प्रहरीले जनाएको छ । ११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो । बाँके प्रहरीले सूचना जारी गर्दै बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आह्वान गरिसकेको छ । सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी अहिले बन्द अवस्थामा रहेको छ । रासस
कोरियाले उपत्यकाको पुनःनिर्माण र स्मार्टसिटी विकासमा सहयोग गर्ने
काठमाडौं। दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्टसिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पुनःनिर्माण तथा स्मार्टसिटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच कोरियाको सियोलमा सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्टसिटीहरुको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए। सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरुको निर्माणका लागि स्थापना गरिएको निकाय हो।
आर्थिक तथा औद्योगिक विकासका लागि परिसंघ र सेजनबीच थप सहकार्य
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को हालै सम्पन्न २० औं साधारण सभाबाट निर्वाचित सेजन कार्यसमितिलाई बधाइ तथा स्वागत गरेको छ । बिहीबार परिसंघमा आयोजित कार्यक्रममा सेजनको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको हो । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक तथा औद्योगिक विकासका लागि विगत समयदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै नयाँ कार्यसमितिसँग थप सहकार्यका लागि तयार रहेको बताएका छन् । अध्यक्ष मोरले कतिपय नयाँ कानुनी व्यवस्था तथा संवादको कमीले लगानी तथा व्यापारका क्षेत्रमा समस्या बढ्दै गएकाले आर्थिक पत्रकारहरुसँगको सहकार्यले समाधानमा सकारात्मक पहल हुने विश्वास समेत व्यक्त गरेका हुन् । यसैगरि अध्यक्ष मोरले परिसंघ र नेपाल सरकारको आयोजनामा यहि भदौ २५ र २६ गते काठमाण्डौमा हुन लागेको नेपाल पूर्वाधार सम्मेलन २०१९ को तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । सम्मेलनको अहिलेसम्मको तयारी हेर्दा, नेपालको पूर्वाधार क्षेत्रमा यो सम्मेलनले नीतिगत रुपान्तरण र लगानी आकर्षण गर्न सफल हुने विश्वास पनि अध्यक्ष मोरले व्यक्त गरेका छन् । सो अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भिम प्रसाद गौतमले नीतिगत विषयमा आपसी अन्तक्र्रिया बढाएर आर्थिक विकास तथा व्यवसायीक वातावरण बनाउन थप सहकार्य गर्न सकिने जानकारी दिएका छन् । यसैगरि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा परिसंघसँग सेजनले सहकार्य गर्न चाहेको पनि अध्यक्ष गौतमले उल्लेख गरे । सोही अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले व्यवसायिक वातावरणमा देखिएको विश्वासको संकट तथा सम्वादहिनतालाई कम गर्न सेजनसँग परिसंघको सहकार्य सघन बनाउदै लैजानु पर्ने उल्लेख गरेका छन् । सेजनका महासचिव सुजन ओली, उपाध्यक्ष सरु ढकाल र कार्यसमिति सदस्यहरुले आर्थिक विषयका नीतिहरुमा विभिन्न पक्षहरु बीच नीतिगत सम्वाद बढाएर आर्थिक विकास तथा व्यवसायिक वातावरण सुधारमा मिलेर काम गर्नु पर्नेमा जोड दिएका हुन् । सोही अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सेजनसँग आर्थिक नीतिहरुमा छलफल चलाउन र आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा परिसंघले सहकार्य गर्न तयार रहेको बताए । विश्वव्यापी तथा क्षेत्रीय अर्थतन्त्रमा देखिन थालेको मन्दिबाट नेपालमा पर्ने प्रभावका बारेमा अहिलेदेखि नै सचेत गराउन पनि आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको पनि उपाध्यक्ष अग्रवालले उल्लेख गरेका छन् । नेपाल उद्योग परिसंघले आफ्नो स्थापनाकालदेखि नै नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग आर्थिक तथा औद्योगिक विकासका लागि हातेमालो गर्दै आएको छ ।
वादीका हायु समुदायलाई आरम्भले दियो वित्तीय साक्षरता तालिम
काठमाडौं । देशको १५ पहाडि जिल्लाहरुमा १५,५०० घरधुरीमा विपन्न घरपरिवारमा सेवा विस्तार गरी रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र १८ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वादी गाउँका हायु समुदायका ५० ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” संञ्चालन गरेको छ । तालिमको संञ्चालन मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लुँईटेलले गरेका थिए । यस संस्थाको केन्द्रीय कार्यालयका अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख सन्तोष थापा, मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लँुईटेल, चरिकोट शाखाका शाखा प्रवन्धक निकेश श्रेष्ठ, शाखाका कनिष्ठ सहायक दिलकृष्ण बस्नेतले प्रशिक्षकको भूमिका निर्वाह गरेका हुन् । उक्त तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथामका बारेमा छलफल भएको थियो । त्यसैगरी, ब्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएका थिए । वित्तीय साक्षरता तालिममा तालिमको बारेमा वादी आरम्भ महिला केन्द्र, केन्द्र नं. १९ का केन्द्र प्रमुख मिना हायुले यस किसिमको तालिम महत्वपूर्ण रहेको बारेमा जानकारी गराएकी थिइन् । बजेट बनाएर कार्य गर्दा बचत गर्न सजिलो पर्दो रहेछ त्यस्तै फडिरडाँडा आरम्भ महिला केन्द्र, केन्द्र नं. २८ का केन्द्र प्रमुख गंगा मगरले जोखिम न्यूनीकरण ब्यवसायिक योजना, लघुव्यवसाय ऋणको सदुपयागिता, पारिवारिक बजेट तथा कसरी ब्यवसायिक हुन सकिन्छ भनेर कार्यक्रमबाट जानकारी पाएकोमा खुसी ब्यक्त गरेकी हुन् । त्यसैगरी केन्द्र नं. २८ लाई आरम्भको उत्कृष्ट केन्द्र बनाउने अठोट व्यक्त गरेका थिए ।
साधारण शेयर निष्कासन गर्दै ज्योति लाइफ, ६६ करोडको आईपीओ आउने, साधारणसभा कहिले ?
काठमाडौं । आईपीओ जारी गर्ने प्रस्तावसहित ज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । असोज १२ गते बिहान ११ बजे पोखरामा बस्नेगरी उक्त साधारणसभा बोलाइएको हो । साधारणसभामा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिव वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने साधारण प्रस्तावका अतिरिक्त आईपीओ निष्कासन गर्ने, सञ्चालकहरुको तलबभत्ता पुनरावलोकन गर्ने र नियामकको निर्देशनबमोजिम प्रबन्धपत्र र नियमावलीमा केही संशोधन गर्नुपर्ने अवस्था भए त्यस्तो संशोधन गर्ने प्रस्ताव पारित हुनेछ । हाल १ अर्ब ५४ करोड चुक्तापुँजी भएको ज्योति लाइफले संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा कम्तीमा ७०ः३० पुर्याउन कम्तीमा ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्नुपर्नेछ, यसो गर्दा उसको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ ।
राष्ट्र बैंकले घटायो एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा: कति थियो, कति भयो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी हुने भुक्तानीको सीमा घटाएको छ । कार्डमार्फत् हुने भुक्तानीमा समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले त्यस्तो कदम चालेको हो । अब एटीएम कार्ड प्रयोग गरी एक पटकमा २० हजार र पटकपटक गरी दिनको ६० हजार रुपैंयासम्म पैसा निकाल्न सकिन्छ । पहिले यो सीमा एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैंयासम्म थियो । त्यस्तै, फरक बैंकको एटीएम प्रयोग गरी रकम निकाल्नेको हकमा एक पटकमा न्यूनतम ५०० देखि अधिकतम २० हजार रुपैंयासम्म रकम निकाल्न सकिने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र हस्ताक्षरित परिपत्रमा उल्लेख गरिएको छ ।