विकासन्युज

अज्ञात समूहद्वारा प्रवक्ता सिंहको गाडीमा आगजनी

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करिब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहन रूपमा अनुसन्धान भइरहेको जानकारी दिए । “मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ”, प्रहरी निरीक्षक साउदले भने, “आगजनी गर्ने समूहको व्यापक खोजी हँुदैछ ।” वडा कार्यालयमा आगजनी कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ । रासस

नेपाल टि एशोसियसनको प्रथम महाधिवेसन सम्पन्न, अध्यक्षमा कमलराज मैनाली चयन

काठमाडौ । नेपाल टि एशोसियनको प्रथम महाधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । गत बिहिबार सम्पन्न उक्त महाधिवेशनमा कमलराज मैनालीको अध्यक्षतामा १७ सदस्यीय केन्दिय समिति चयन भएको हो । सो संख्या मध्येमा १५ जना निवार्चित र २ जना मनोनित भएका हुन्  । महासचिवमा केदारमणी पौडेल चयन भएका छन् । सचिवमा नविन महर्जन तथा कोषाध्यक्षमा चिरन्जिवी दाहाल चयन भएका छन् । यसैगरी,कार्यक्रमको प्रमुख अतिथिको रुपमा पर्वत आरोही पि.के शेर्पा रहेका थिए । नेपाली चियाको प्रवद्र्धन र विकास गर्दै सम्पूर्ण व्यवसायीहरुको हक हित र अधिकार रक्षा गर्ने उद्देश्यले चिया व्यवसायमा संलग्न सरोकारवालाहरुको साझा संगठन नेपाल टि एशोसियसनको  प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कहाँ पुग्यो ग्लोबल आईएमई र जनताको मर्जर ? स्वाप रेसियो र कर्मचारी व्यवस्थापनबारे यस्तो हुँदैछ प्रगति

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको वाणिज्य बैंकहरूको मर्जर नीतिलाई कार्यान्वयनमा लगेको हालसम्मको पहिलो र एकमात्र ग्लोबल आईएमई र जनता बैंकको मर्जर प्रक्रिया मंसिरसम्म टुंगिने भएको छ । ग्लोबल आईएमई बैंक र जनता बैंकले आगामी मंसिर १५ गतेसम्म एकीकृत कारोबार गरिसक्ने तालिका बनाएका छन् । गत असार २० गत दुबै बैंकका अध्यक्षहरूले मर्ज गर्न सहमती पत्रमा हस्ताक्षर गरेका थिए । अहिले दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) भइरहेको छ । ग्लोबल आईएममी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पर्शुराम कुँवर क्षेत्रीले अहिले दुबै बैंकको डीडीए भइरहेको बताए । ‘ रिपोर्ट आएपछि यस विषयमा छलफल गरी एकीकृत कारोबारकाे स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिने तयारी बैंकहरूले गरेका छन् । ‘भदौ अन्तिम तथा असोज पहिलो सातासम्म डीडीए रिपोर्ट आउँछ,’ सिईओ क्षेत्रीले भने ‘हामीले सहमतिपछि एकीकृत कारोबार गर्न आवश्यक प्रक्रियामा काम गरिहेका छौं ।’ मर्जरले साधारणसभा र बैंकको ब्यालेन्स सिट स्वीकृत गर्ने वार्षिक साधारण सभा एकै पटक गर्ने सहमति भएको छ । त्यसका लागि बैंकको ब्यालेन्स सिट बनाएर राष्ट्र बैंकमा पठाएका छौं । केही दिनमा राष्ट्र बैंकले बैकको वित्तीय विवरण पास गर्नेछ । राष्ट्र बैंकले आसय पत्र (एलओआई) दिएपछि सेयर स्वाप रेसियो, कर्मचारी व्यवस्थापन र प्राविधिक विषयमा छलफल गरी टुंगाइने छ । यो काम सम्पन्न भएपछि साधारणसभा बोलाउँछौं,’ सिईओ क्षेत्रीले भने ‘सोही साधारण सभाले डीडीए रिपोर्ट र २०७५÷७६ वित्तीय विवरण र मर्जरको विषय दुबै स्वीकृत गर्छ ।’ त्यसपछि दुई बैंकबीच अन्तिम सम्झौता हुन्छ र अन्तिम स्वीकृतका लागि यो सम्झौता राष्ट्र बैंक पठाइन्छ । ‘हामीले राष्ट्र बैंकबाट एकीकृत कारोबार गर्ने अन्तिम स्वीकृती लिनको लागि १० दिनको समयावधि छुट्याएका छौं, उनले थपे ‘सोही मितिभित्र राष्ट्र बैंकले अन्तिम स्वीकृत दिए हामी मंसिर १५ सम्म एकीकृत कारोबारमा गइसक्ने छौं ।’ राष्ट्र बैंकले बिग मर्जर गर्न फोर्स गरिरहेका बेला असार २० गते दुबै बैंकले मर्जर पत्रमा हस्ताक्षर गरेका थिए । सहमतिको बेला ग्लोबल आईएमईको एक सय रुपैयाँ बराबर जनता बैंकको सेयरलाई ८५ रुपैयाँ दिने गरी प्रारम्भिक समझदारी भएको थियो । बैंकहरू मर्जरमा जाने सहमति भएपछि नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई र जनता बैंक दुबैको सेयर कारोबार रोक्का गरिएको छ । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गरी यहि भदौ १८ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।

खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्न विभागको आग्रह

काठमाडौं । बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार यहाँ आयोजित दशैँ, तिहार तथा छठ लक्षित आपूर्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले दशैँ, तिहार तथा छठ जस्ता मुख्य पर्वलाई लक्षित गरी बिक्रीस्थलमा म्याद समाप्त भएका वस्तु अलग्गै छुट्याइ राख्ने, म्याद समाप्त भएका वस्तु सडी गली जाने भए वा त्रुटिपूर्ण उत्पादनका वस्तु भए नष्ट गर्ने र तत्कालै सडी, गली नजाने म्याद समाप्त भएका वस्तु जहाँबाट खरिद भएको हो त्यही फिर्ता गर्न उपभोक्तालाई सुझाव दिएका छन् । उनले कुनै पनि वस्तु खरिद गर्दा मूल्यसूची अनिवार्य हुनुपर्ने र बजार अनुगमन साथै आपूर्ति अनुगमन पनि जरुरी रहेको धारणा व्यक्त गरेका हुन् । त्यसैगरी सरकारले तोकेको वा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तु वा सेवा बिक्री गर्ने जस्ता कुरामा पनि व्यवसायीलाई ध्यान दिन अनुरोध गरे । साल्टट्रेडिङ कर्पोरेशनले काठमाडौँ उपत्यकाका ११ र उपत्यका बाहिरका २४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यका बाहिर १८ स्थानमा गरी कूल २३ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले उपत्यकाभित्र चार स्थान र उपत्यबाहिर ११ स्थान गरी १५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ । उपत्यकाभित्र सञ्चालनमा आउने यस्ता पसलहरु कालिमाटी, कोटेश्वर, टेकु रामशाहपथ, सतुङ्गल, ललितपुर, भक्तपुरलगायतका स्थानहरुमा रहनेछन् । रासस

एक चौथाई बन्यो धरहरा, टुँडिखेल निस्कन अब घुम्न नपर्ने

काठमाडौं । ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुनर्निर्माण प्राधिकरणमा भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका कन्ट्रयाक्टर रेप्रिजेन्टेटिभ रमन महतोले उक्त जानकारी दिएका हुन् । तथापि, आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको उनको भनाइ छ । धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ । त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको छ । समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । त्यसक्रममा उनले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिए । धरहरा पुनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयहरुबारे प्रस्तुतीकरण गरिएको थियो । समीक्षामा धरहरा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, निमित्त सचिव लगायतको उपस्थिति थियो । यसैबीच, दशैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम भइरहेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछ । पछि यहाँ स्थायी सडक रहनेछ ।

विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज, अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्छः मन्त्री यादव

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समयको गतिलाई समाप्त सके मात्र समृद्धिको सपना साकार हुने बताएका छन् । उनले नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको भन्दै अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्नेमा जोड दिए । दुई दिने सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री यादवले विकासका लागि स्रोत साधन, प्रविधि र शिप आवश्यक रहने बताए । उनले निजी लगानीविना समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त नहुने बताए । सरकारले लगानी सुरक्षाको प्रत्याभुति गर्ने वताउदै उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।  ‘नीति नियम सुधार गर्न सरकार तयार छ, ढुक्क भएर लगानी गर्नुभए हुन्छ’ उनले भने । नेपाललाई मजदुरको देश भन्दा चित्त दुखेको प्रंसग उल्लेख गर्दै विकासको आकांक्षा पूरा गर्न सहकार्यमा जोड दिए । आन्तरिक उत्पादनमा ध्यान नपुग्दा बाहिर माग भए पनि पुर्याउन नसकिएको उनको भनाइ थियो । विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा जोड दिए । ‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ, लगानीको लागि सबै क्षेत्र खाली छ, आउनुस लगानी गर्नुस’ लगानीकर्तालाई आग्रह गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले दिगो पूर्वाधार विकास अहिलको आवश्कता रहेकोमा जोड दिनुभयो । उहाँले सम्मेलनमा प्राप्त भएका प्रतिवद्धता कार्यान्वयन हुनेमा आशाबादी भएको बताए । ‘संक्रमणको अन्त्य गर्न पूर्वाधारको विकास र दृढ इच्छाशक्ति महत्वपूर्ण हुन्छ’ उहाँले भन्नुभयो । सरकार स्वम पूर्वाधार सम्मेलनमा सहभागी हुने सरकात्मक भएको भन्दै निजी लगानी परिचालन भए आर्थिक क्रान्ति सफल हुने बताए । सम्मेलनको नलेज पार्टनरको रुपमा रहेको केपीएमजीका उप प्रमुख कार्यकारी अधिकृत अखिल बंसलले छोटो समयमा नेपालले लिएको स्तरोन्नतीको लक्ष्य प्राप्त गर्न सहज नभएपनि त्यसतर्फको यात्रा प्रारम्भ हुनु सह्रायिन कार्य भएको बताए । उर्जा र पर्यटन क्षेत्रबाट सबैभन्दा सजिलै छिटो प्रतिफल लिन सकिने भन्दै त्यस क्षेत्रमा लगानी बढाउन सके विकासको गति वृद्धि हुने बताए । समापन समारोहमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले पूर्वधार सम्मेलन उपलब्धीपूर्ण भएको बताउनुभयो । सम्मेलनमा पूर्वाधारका आइडियाहरुलाई एकै ठाँउमा जुटाउनुको साथै उत्कृष्ठ आइडियाहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । प्रस्तुत गरिएका आइडियामध्ये तीन वटा आइडियालाई पुरस्कृत गरिएको छ । थाइल्याण्डका पूर्व परराष्ट्र मन्त्री सुविन पिङक्यानले ऊर्जा निर्यात गर्ने गरी उत्पादन गर्न नेपाललाई सुझाव दिए ।

‘पीपीपी मोडल तीब्र आर्थिक विकासको प्रभावकारी उपकरण’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडल तीब्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताएका छन् । नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको समृद्धिका लागि सार्वजनिक निजी साझेदार विषयक सत्रमा उनले ऊर्जाका परियोजनाका लागि पीपीपी उपयुक्त मोडल हुने बताएका हुन् । देशले प्राप्त गरेको राजनैतिक उपलब्धी संस्थागत गर्न आर्थिक क्रान्ति सफल हुनुपर्ने भन्दै पूर्वाधारको क्षेत्रमा हुने निजी लगानीमा जोखिम मात्र नभइ मुनाफाको आकर्षण समेत रहेको तर्क गरे । सही नेतृत्व दिन उपयुक्त नीति बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले निजी क्षेत्रलाई निर्धक्क लगानी गर्न आग्रह गरे । मन्त्री पुनले गत वर्ष देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ३४ खर्ब रुपैयाँ पुगेको र बचत गर्ने बानीसमेत विकास भएको तथ्य प्रस्तुत गर्दै लगानी योग्य आन्तरिक पुँजी ८ खर्बभन्दा बढी पुगेको जानकारी दिए । आगामी ३ वर्षमा जीडीपी ५३ खर्ब पुग्ने र आन्तरिक लगानीयोग्य पुँजीसमेत वृद्धि भइ १५ खर्ब नाध्ने सम्भावना रहेको बताए । मन्त्री पुनले ऊर्जा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न तत्पर रहने बताउदै निर्माण सम्पन्न भएका आयोजना सञ्चालन योग्य बनाउन सरकार लागि परेको बताए । नेपालीहरु नै अघि बढेर विकासको बाटोमा अग्रसर हुनुपर्ने भन्दै निजी क्षेत्रलाई लगानी वृद्धि गर्न आग्रह गरे । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले देश विकासको लागि पीपीपी मुख्य औजार हुने बताए । यस मोडलले आर्थिक सामाजिक रुपान्तरणका लागि धेरै फाइदाजनक हुने उल्लेख गरे । पूर्वाधार विकासमा निजी क्षेत्रको वास्तविक सहभागिताको आवश्यकता औल्याए । सरकारको ध्यान आर्थिक रुपान्तरणमा केन्द्रित रहेको भन्दै पीपीपी ऐन पारित लगानीकर्ताको लागि उपयुक्त वातावरण बन्ने बताए । ऊर्जाका व्यापारको महत्वाकाक्षी लक्ष्य प्राप्ति गर्न निजी लगानी आवश्यक रहने र त्यसको मोडालिटी पीपीपी नै हुने बताए । गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वदेशी लगानीले नै विदेशी लगानी आकर्षित गर्नेभन्दै निजी क्षेत्रले अघि बढेर त्यसको नेतृत्व लिनुपर्ने बताए । वस्तु वा सेवा आयात गरेर मात्र देश बन्न नसक्ने तर्क गर्दै उत्पादकत्व बढाउनतिर ध्यान केन्द्रित गर्नुपर्ने बताए । नेपालको स्वास्थ्य क्षेत्र लगानीको लागि सबैभन्दा आकर्षक क्षेत्र रहेको दाबी गरे । ‘अस्थिरतामा ठूलो लगानी आउन सक्दैन, त्यसैले नीतिगत स्थायित्व र सरकार र निजी क्षेत्रबीच आपसी समझदारी हुनुपर्छ ।’ नेपाल उद्योग वणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले ऊर्जाका आयोजना निर्माणमा सहमति हुने तर कार्यान्वयन नहुने गरेको बताए । लगानीको लागि विश्वासको वातावरण बनाउन नीतिगत स्थायित्व चाहिनेमा जोड दिए । पीपीपी विश्वभर सफल मोडल रहेको र नेपाल पनि प्रभावकारी कार्यान्वयन गरिएको खण्डमा सफल हुने बताउनुभयो । सडक, वातावरण, विमानस्थल, रोपवे लगायतका आयोजनालाई पीपीपी उपयुक्त मोडल हुने सुझाव दिए । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संघले स्थापना गरेको सामुहिक लगानी कोषले नयाँ मोडालिटीमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘नेपालमा थुप्रै अवसर छन, नीति परिमार्जन गर्न आवश्यक छ’ उनले भने । फ्रोस्ट एण्ड सुल्लीभानका वरिष्ठ उपाध्यक्ष संजय सिंहले सरकारवालाहरु एकजुट भए विकासका सबै काम गर्न सम्भव हुने बताए । आइएफसी मुख्य लगानी अधिकृत मोज्जाम मेकनले पीपीपीको स्पष्ट रणनीति, आर्थिक विश्लेषण, नीतिगत स्थायित्व लगायतका विषय प्रष्टता भए निजी लगानी आकर्षित हुने बताए ।

दशैँमा घर जाने अग्रिम टिकट असोज ५ देखि खुलाइँदै

काठमाडौँ । दशैँका लागि लक्षित गरेर आगामी असोज ५ गतेबाट सार्वजनिक यातायातमा अग्रिम टिकट खुलाइने भएको छ । यातायात व्यवस्था विभागमा विहीबार यातायात व्यवसायी र ट्राफिक प्रहरीसमेत सहभागी बैठकले यात्रुले दशैँअगावै टिकट काट्ने व्यवस्था मिलाइने निर्णय गरेको हो । यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सहायता कक्षको समेत व्यवस्था मिलाइएको विभागले जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले व्यवसायीले दशैँ अगाडि नै विभिन्न स्थानमा सडकको मर्मत गर्नुपर्ने माग राखेको बताए । राष्ट्रिय राजमार्गसहित स्थानीय सडकमा वर्षाका समयमा परेको बाढीपहिरोका कारण खाल्डाखुल्डी रहेको उनको भनाइ छ । उनले भने, “सम्भावित दुर्घटना रोक्न सडक मर्मत चाँडो गर्नुपर्ने आवाज हामीले उठाइरहेका छौँ ।” अघिल्ला वर्षमा दशैँलाई लक्षित गरेर नयाँ बस भित्र्याउने गरिएकामा यस वर्ष नयाँ खरीद नगरिएकाले भएकैलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको महासचिव सिटौलाले बताए । दशैँका समयमा कति गाडी आवश्यक छ र महासङ्घले कति काठमाडौँ झिकाउन सक्छ भन्ने टुङ्गो लागिसकेको छैन । उनले भने, “हामीले त्यसबारे देशभर रहेका व्यवसायीसँग बुझिरहेका छौँ ।” वर्षेनी दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको छ ।