विकासन्युज

सत्यदीप इन्टरनेसनलको आयोजनामा मकिनोकाे ‘डिलर्स मिट २०१९’ सम्पन्न

काठमाडौं – सत्यदीप इन्टरनेसनलको आयोजनामा मकिनो अटोमोटिभ्सको डिलर मिट शनिबार होटल हिमालयमा सम्पन्न भएको छ । उक्त आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका डिलरहरुको सहभागिता थियो । सो अवसरमा मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रविण बजाजले मकिनोले विगत २५ वर्ष यता मकिनोका विभिन्न पार्ट्सले बजारमा लोकप्रियता कमाइरहेको बताउदै सबै ब्रान्डका गाडी वा बाइकमा सो कम्पनीका उत्पादन ओरिजिनल इक्विपमेन्ट (ओई) का रुपमा प्रयोग भएको बताए । आगामी दिनमा मकिनोले जापानको आरके चेनसँग मिलेर नयाँ प्रविधिको चेन समेत उपलब्ध गराउने योजना बनाएको समेत उनले बताए । मकिनो अटोमोटिभ्सका सिनियर एक्सपोर्ट म्यानेजर अमन कोहलीले मकिनोका विभिन्न उत्पादनमा प्रयोग गरिएको प्रविधिको वारेमा जानकारी गराउदै ग्राहकको माग बमोजिम यसमा अझै सुधार गर्न सकिने बताएका थिए । नेपालमा मकिनोका विभिन्न पार्ट्सको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली ग्राहकलाई उपलब्ध गराइरहेका विभिन्न पार्ट्सको वारेमा जानकारी गराउदै आगामी दिनमा अझै गुणस्तरीय पार्ट्स उपलब्ध गराउनका लागि प्रयत्नरत रहने बताए । यसरी, सत्यदीप इन्टरनेसनलले सवारी साधनमा प्रयोग गरिने मकिनोका क्लच प्लेट र ब्रेक एसेम्बली उपलब्ध गराइरहेको र नेपाली बजारमा मकिनोका पेपर क्लच, क्लच एसेम्बली, ब्रेक शु, ब्रेक प्याड आदि लोकप्रिय रहेका छन् ।

प्रोग्रेशिभ फाइनान्सको शाखा पोखरामा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखाको विस्तार भएको छ । आइतबार एक समारोहबीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सिले उद्घाटन गरेका हुन । चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको फाइनान्सले काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मी स्थान तथा भक्तपुरको ठिमीमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताए । देशका सवै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहीको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए । कार्यक्रममा पोखरा महानगर वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ज्यापु समाज यल ललितपुरका पूर्व अध्यक्ष कुललाल डंगोल, रामकाजी अवाले, पूर्व उपाध्यक्ष तीर्थलाल महर्जन, प्रोग्रेशिभ फाइनान्सका संचालक लक्ष्मी प्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, सबिना महर्जन तथा अनिष महर्जन, फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारी लगायत पोखरा बैकिङ्ग क्षेत्रका प्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी र सर्वसाधारण व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइले बताए ।

दशैंमा हवाई भाडा १० प्रतिशत छुट, टिकट काट्न काउन्टरमा नै जानुपर्ने

काठमाडौं । नेपालीहरुको महानचाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा नेपाली हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई टिकटमा १० प्रतिशत छुट दिने भएका छन् । यस्तो छुट असोज १२ देखि १७ गते सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गर्ने नर्मल टिकटमा मात्र हुने वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ । भदौ २९ गते बसेको संघको कार्यसमितिको बैठकले उक्त छुट दिने निर्णय गरेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । उक्त छुट भाडाको आधारभूत दरमा हुने संघले जनाएको छ । सरकारले लिने एयरपोर्ट कर तथा नेपाल आयल निगमले लिने फ्यूल सहचार्जमा छुट दिन नसकिने संघले जनाएको छ । तर उक्त अवधिमा काउन्टरमा गएर टिकट पाउने सम्भावना ज्यादै कम भएको अनुभवी यात्रुहरु बताउँछन् । पछिल्लो समय अनलाईनबाट टिकट बुकिङ अभ्यास भएको र महत्वपूर्ण चाडपर्वको अवसरमा हवाई टिकट पाउन कठिन हुने भएकोले यात्रुहरुले धेरै अगाडि टिकट लिने गरेका छन् ।

चीनको ‘बिआरआई’ परियाेजनाबाट नेपालले लाभ लिन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक सद्भावको लक्ष्य रहेकाले सबै दल, बुद्धिजीवी र जनसहभागितामा राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर यस्ता पहलमा सामेल हुनुपर्ने विचार व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “बिआरआई मानव जातिको समृद्धि र तादाम्यसहितको समाज विकासको परिकल्पनाका लागि हो । यसमा सबैको सामूहिक प्रयास आवश्यक छ । यो कुनै देश महाशक्ति बन्नका लागि होइन । यो नेपालको रेल कनेक्टिभिटी, सडक पूर्वाधार र सञ्चार विकासमा अझ लाभदायक छ । हामीले लामो छलफल र गृहकार्य गरेरै यसमा हस्ताक्षर गरेका हौँ ।” चीनले सन् २०१३ मा शुरु गरेको उक्त बिआरआई विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ । उनले संविधान निर्माणपछिको स्थिरता र आर्थिक समृद्धिको चरणमा नेपाल प्रवेश गरेको सन्दर्भमा चीन र भारत दुई विशाल छिमेकीको बीचमा हुनुका नाताले नेपालले आफ्नो इतिहास, भूगोल र परम्पराअनुकूल लिँदै आएको असंलग्न र स्वतन्त्र विदेश नीतिका आधारमा दुवै देशको विकासबाट सहकार्यका आधारमा लाभ लिने सही वातावरण बनेको पनि उल्लेख गरेका छन् । बिआरआईबारे नेपालका सबै दलको समान मत रहनु समृद्धिका लागि सकारात्मक सङ्केत भएको भन्दै उनले नेपालको गुणात्मक र चौतर्फी राष्ट्रिय विकास र बिआरआईका सन्दर्भमा आफू प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि चीन र भारतको भ्रमणका क्रममा दुवै देशबाट नेपालले सहकार्यको लाभ लिनुपर्ने र त्रिदेशीय साझेदारीको रणनीति तयार गर्नुपर्नेमा जोड दिएको स्मरण गराएका छन् । अध्यक्ष दाहालको भनाइ थियो, “एक्काइसौँ शताब्दीमा चेतना, सूचना प्रविधि र भौतिक क्षेत्रमा भएको विकासको चापले नयाँ ढङ्गले प्रभावित गरेको छ । यसमा तालमेल मिलाउनुपर्छ । सरकार, पार्टी, बुद्धिजीवी र आम जनता मिलेर सामना गर्न सक्दा गुणात्मक ढङ्गले राष्ट्रको चौतर्फी विकास हुन्छ । संवेग र आवेगले होइन विवेकले नेतृत्व गरोस्, जनताका हितमा विकास निर्माण हुन सकोस् । यसमा सबै दल एक ठाउँमा उभिनुपर्छ ।” कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेको स्थितिमा नेपालले सोचेजस्तो प्रगति गर्न नसके पनि नयाँ संविधान, सङ्घीयता र देशमा देखिएको स्थिरतासँगै दीर्घकालीन महत्वका काममा सबै दलको सहमतिका आधारमा सरकारले कामको अगुवाइ गर्ने बताए । उनले तिनै तहका सरकारमा सबै कानून तयार नहुनु र पर्याप्त जनशक्ति नहुनुले बिआरआई परियोजनाले गति लिन नसकेको स्वीकार्दै पछिल्लो समयमा छिमेकी भारत र चीनसँगको सम्बन्धमा अझ सुधार आएको अवगत गराएका छन् । यसका केही मूलभूत मान्यताले यो साझेदारीमा विश्वको ध्यान आकर्षित गरेको र यो मानवहितका लागि भएको बताए । यसमा कुनै पनि देशको सार्वभौमिकताका आधारमा हुने छनोटको योजनालाई सहयोग हुने र लगानीका लागि कुनै बाध्यकारी ढाँचा नभएकाले नेपालले आफ्ना योजनाको छनोट गरेर कार्यान्वयनको ढाँचाका लागि तयारी गरिरहेको उनले जानकारी दिएका छन् । मन्त्री ज्ञवालीले सीमापार हिमालयन परियोजनाअन्तर्गत अरनिको राजमार्ग, किमाथाङ्का नाका, स्याँब्रुबेँसी करिडोर, ट्रान्समिशन लाइन विस्तार, हवाई सेवाको सम्झौता आदि कामको तयारी भइरहेको जानकारी दिएका छन् । नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा पनि बिआरआईमा सकारात्मक पहल भएको उल्लेख गर्दै राष्ट्रिय हित र विकासलाई ध्यान दिएर गरिने काममा प्रतिपक्षको साथ रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिआरआईबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लाभ हुनसक्ने भएकाले यसका लागि सरकारले ढिलाइ गर्न नहुने विचार व्यक्त गरेका छन् । सङ्गठनका अध्यक्ष डा. दिनेश देवकोटाले सरकारले अघि सारेको समृद्धिको लक्ष्यमा बुद्धिजीवीले आफ्नो स्थानबाट साथ दिने जनाउँदै गोष्ठीबाट प्राप्त सुझाव सरकार र पार्टी नेतृत्वलाई बुझाइने जानकारी दिएका हुन् । रासस

२ लाखभन्दा बढीको भुक्तानी अब कसरी गर्ने ? पठाएको ५ मिनेटदेखि आधा घण्टासम्ममा यसरी पाइन्छ पैसा

काठमाडौं । ठूला भुक्तानीहरुलाई छिटो र सजिलो बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) सिस्टम औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । प्राविधिक रुपमा गत मंगलबारदेखि नै कार्यान्वयनमा आएको उक्त प्रणालीसँगै ठूला कारोबारहरुको भुक्तानीमा नेपाल नयाँ युगमा प्रवेश गरेको समेत राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले यो प्रणाली वित्तीय प्रणालीको रक्तसञ्चारको रुपमा रहेको भुक्तानी प्रणालीको आधुनिकीकरणतर्फको एउटा महत्वपूर्ण खुड्किलो भएको बताए । नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनाअन्तर्गत उक्त प्रणालीको सुरुवात गरिएको समेत उनले जानकारी दिए । कसरी चल्छ आरटीजीएस प्रणाली ? यो प्रणालीले खाताबाट पैसा तान्ने (पुल) सिस्टमलाई प्रतिस्थापन गरी खातामा पैसा पठाउने (धकेल्ने) प्रणालीको सुरुवात गरेको छ । अहिले कुनैपनि चेक जारी हुँदा चेक बाहकले आफ्नो खातामा उक्त चेक जम्मा गथ्र्यो, चेक जम्मा भएको बैंकले सो चेक बराबरको रकम अर्को बैंकसँग माग गथ्र्यो । तर, अब भने पैसा पठाउनेले नै आफ्नो बैंकमा गई अर्को बैंकको अर्को ग्राहकको खातामा रकम पठाउनु पर्नेछ । यसो गर्दा चेक चोरी भएर वा अन्य कारणले हुने ठगी हुनै नसक्ने समेत कार्यकारी निर्देशक मिश्रले बताए । कुनै ग्राहकले कसैलाई यदि भुक्तानी दिनु छ र सो भुक्तानीको रकम २ लाख भन्दा बढी छ भने आफ्नो बैंकमा गएर वा नगईकनै बैंकलाई सम्बन्धित खातामा पैसा पठाउने आदेश दिन सक्छ । बैंकमा जाने वा नजाने व्यवस्था भने बैंक आफैंले गराउन सक्छ । बैंकले त्यस्तो आदेश प्राप्त गरेसँगै उसले आफ्नो सिस्टममा त्यो आदेश इन्ट्री गरिदिन्छ, त्यसको आधा घण्टाभित्र सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा ट्रान्सफर हुन्छ । त्यस्तो राफसाफ ५ मिनेटभित्रै पनि हुनसक्छ तर सिस्टममा भएको कारोबारको संख्याले समय निर्धारण गरेकोले हाललाई त्यो समय बढीमा आधा घण्टा भनिएको समेत मिश्रले जानकारी दिए । त्यसैले यो सिस्टमको नाम नै रियल टाइम ग्रस सेटलमेन्ट भएको हो । लागत कम यो प्रणालीको सबैभन्दा महत्वपूर्ण फाइदा भनेकै कम लागत निकै कम हुनु हो । अहिले चेक डिपोजिट, कलेक्सन, क्लियरिङ लगायतका काम गर्न बैंकलाई निकै समय लाग्ने गथ्र्यो, अब भने बैंकको एउटा स्टाफले इन्ट्री गर्नेबित्तिकै भुक्तानीको सबै प्रक्रिया सकिन्छ, यसबाट बैंकले आफ्नो सञ्चालन खर्च कम गर्न सक्नेछन् । त्यस्तै, कुनै चेकबाहकले पाएको चेकको रकम यसअघि खातामा आउन १ दिन कुर्नुपथ्र्यो, भोलिपल्ट सार्वजनिक बिदा, शनिबार लगाउत बिदाको दिन पर्यो भने झन् यो समय बढी लाग्थ्यो तर अब त्यस्तो हुँदैन, यसले गर्दा भुक्तानी प्रणाली सहज हुने भएको छ ।

सन नेपाल लाइफ रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान गरेको छ । उक्त इन्स्योरेन्स कम्पनीले रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम समापन गरेका हुन् । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको बारेमा महत्ववारे महत्व  प्रकाश पारेका थिए ।

आशा लघुवित्तको जोखिम व्यवस्थापनका लागि तालिम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य ३ दिने जोखिम व्यवस्थापन तालिम तथा समिक्षा गोष्ठी समापन भएको छ । पोखरामा भदौं २५ गतेदेखि शुरु भएको उक्त कार्यक्रममा देशभरि ५५ वटा शाखा कार्यालयमा ५५ जना शाखा प्रबन्धकहरु सहभागिता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृति बद्रीप्रसाद दुलालले उद्घाटन गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने बताए । कार्यक्रममा कर्जा व्यवस्थापन सम्बन्धी तालिम तिर्थरत्न कोनाजोले, उत्प्रेरणा तथा सकारात्मक सोचको विकास सम्बन्धमा दिपेन्द्र पहाडीले तथा योगा र ध्यान सम्बन्धी विश्वमणी तिवारीले प्रशिक्षण दिएका थिए । संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे । कार्यक्रममा बोल्दै अनुगमन अधिकृतहरु बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार मिश्रले कर्जा विश्लेषण सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ४७ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थामा करिब १ अर्ब ९७ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ५३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर मलंगवामा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका, वडा नं. ८ मलंगवामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निर्सल साहले गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समिर अचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविप्रसाद श्रीवास्तवले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।