कोका–कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक
काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ । कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।
नुवाकोट जिल्लाको तारकेश्वरमा आरम्भको बट्टार शाखाले दियो वित्तीय साक्षरता तालिम
काठमाडौं । देशको १५ पहाडी जिल्लाहरुमा १५ हजार ५ सय घरधुरीका विपन्न घरपरिवारमा वित्तीय साक्षरता सेवा विस्तार गरी रहेको छ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र २९ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको हो । तालिमको संचालन बट्टारशाखाका कर्मचारी पबित्रा लामिछानेले गरेका थिए । यस संस्थाको बट्टार शाखाको शाखा प्रवन्धक सुवास बडालले तालिमको वित्तीय साक्षरताको महत्व तथा आवश्यकताबारेमा चर्चा गरेका थिए । वित्तीय साक्षरताको अभावले गर्दा समुदायमा मानिसहरुले दयनीय जीवन बिताउन वाध्य हुने विषयमा पनि शाखा प्रवन्धक बडालले चर्चा गरेका थिए । तालिममा शाखा प्रवन्धक सुवास बडाल तथा जनरल इस्योरेन्स कम्पनीका शाखा प्रवन्धक प्रल्हाल भट्टले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजनातथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अव्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुलखर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएको थिए । वित्तीय साक्षरता तालिममा तालिमको बारेमा ईश्वरी रिमाल, लक्ष्मी अधिकारी लगाएतले आरम्भ लघुवित्त वित्तीय संस्थाले तालिम दिएकोमा खुसी व्यक्त गर्नुका साथसाथै यस किसिमको तालिमले हामीहरुको आर्थिक उन्नतिमा टेवा दिने विषयमा चर्चा गरेका थिए् । त्यस्तै गरी तालिमको समापन शाखा प्रवन्धक सुवास बडालले गरेका थिए । शाखाप्रवन्धक सुवास बडालले संस्थाले ग्राहक सदस्यहरुलाई कर्जा तथा बचतको साथसाथै वित्तीय साक्षरता तालिम, उद्यमशीलता विकास तालिम, सीपविकास तालिम तथा अन्य विभिन्न तालिमहरु पनि संचालन गर्दै लैजाने जानकारी गराएका थिए ।
सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता
काठमाडौं । टाटा हिटाचिको आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता भएको छ । टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ । सिप्रदी अर्थमुभर्स प्रा. लि. ले विगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५सय भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्री वितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरिबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।
अनलाइन शपिङ साइटले ल्यायो ‘दराज दशैं धमाका’,६० प्रतिशत सम्म छूट
काठमाडौं । दशैंमा खुशियाली डिलिवर गर्ने बाचा लिएर नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो सेल – दराज दशैं धमाका लिएर आएको छ । अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ । यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (डिस्काउन्ट भौचर), मिस्ट्री बक्स्, कलेक्टिबल भौचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् । उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भौचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनु पर्ने हुन्छ । दशैंको उपलक्षमा दराजले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टिभिएस अपाची आरटिआर १६० फोर भि जित्ने मौका पाउनेछन ्। लक्की ड्रमा भाग लिने उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीचमा दराजमा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् । दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, “दशैं भनेको वर्षकै सबै भन्दा ठुलो शपिङ सिजन हो । अन्लाईन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियानद्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरुहुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्ने आशा गर्दछौं ।” बैंकिङ्ग सहयात्रीबाट पाइने अतिरिक्त छुटहरु ः उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छूटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरुको (नबिल बैंक,स्टाण्डर्ड चार्टड,सानीमा बैंक,मेगा बैंक, ग्लोबल बैंक,एनआइसी बैंक,माछापुछे बैंक) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु २५०० सम्मको छूट पाउनेछन् । यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अन्लाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ । यस लगायत अन्य धेरै अफरहरु पनि टप ब्रान्डहरुमा दामी डिल्स्ः यस अभियानमा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये टिभीएस, सियोमी, सामसुङ, भियानेट, समरा, होलिडज, हुवावे, साने, एलजी, होम ग्लोरी, एडिडास, भ्यान्स, सोनम ग्यर्स, मन्त्र विशेष, क्रियशन, लिगो, टेक्नििक, जुआस, रंगोली, एण्ड अमार्य फेसन हाउस पर्दछन् । यी सबै ब्रान्डहरुको विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ । दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरुमध्ये सम्साराको बालि, दुबई, इजिप्टका होलिडे प्याकेजहरु पनि पर्दछन् । साथै टिभिएस,एनटीओआरओ, स्कुटर, हिटाची, ४३ स्मार्ट टिभिएस भियानेट, प्याकेज, एमआइ फोन, मन्त्र नेपाल, टाभलिङ गितार, सोनम गियर्स, एडिडासका उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् । यसका साथै अब दराजमा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँको उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्यमा टाटा टियागो गाडी लिएर आएको छ ।
उज्याला कुलमान र उनको तीन वर्षे कार्यकाल
काठमाडौं । नेपालमा लोडसेडिङ मुक्त गर्ने चर्चित नाम हो कुलमान घिसिङ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेर उनले काम गरेको तीन वर्ष पुरा भएको छ । प्राधिकरणको जिम्मेवारी सम्हाल्दा वर्षामा ८ घण्टा र हिउँदमा १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने अवस्था थियो । अहिले लोडसेडिङ अन्त्य गर्ने एक आइडलका रुपमा उनलाई लिने गरिन्छ । रामेछापको दुर्गम सरकारी विद्यालयबाट प्राथामिक तह अध्ययन गरेका सामान्य परिवारका घिसिङ अहिले सवत्र चर्चामा छन् । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियान्ता कुलमान घिसिङलाई उज्याला कुलमान भनेर पनि भन्न थालिएको छ । आइतवार आफ्नो तीन वर्षे कार्यकालका काम गतिविधि र अनुभवहरुको फेरेहस्त सुनाउँदै उनले सबैको साथ सहयोग प्रेरणाले नेपाललाई लोडसेडिङबाट मुक्त गराउन सफल भएको बताए । ‘यो उपलब्धि मेरो सानैदेखिको मेहनतले साकार भएको हो ।’ विकासन्युजकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले भारतको जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि २०५१ तिर स्वदेश फर्केँ, त्यस लगत्तै नेपाल विद्युत प्राधिकरणको सातौं तहको इन्जिनियरको जागिरे बनेँ ।’ सरकारी जागिरमा प्रवेश सँगै विभिन्न पदमा रहेर काम गरेको उनी बताउँछन् । आज भन्दा तीन वर्ष अगाडि उनी प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा धेरैले विरोध नगरेका होइनन् । तर पछि राम्रो काम गर्दै गएपछि उनको चर्चा एकाएक चुलियो । उनि भन्छन्, ‘यो मेरो लागि यो हट सीट हो ।’ तीन वर्षमा के–के गरे ? नेपाल विद्युत प्राधिकरणको तीन वर्षे कार्यकालमा उनले उल्लेख्य प्रगति र उपलब्धि हाँसिल गरेका छन् । मुलुकले ब्यहोर्नु परेको लोडसेडिङ प्रणालीलाई अन्त्य गर्दै प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन,, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाईन र सबस्टेसन विस्तार गर्न र संस्थागत सुधार गर्दै नाफा कमाउनमा उनले महत्वपूर्ण योगदान गरेका छन् । तीन वर्ष अघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत आपुर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७३/०७४ मा १ अर्ब ४७ करोड, आव २०७४/०७५ मा २ अर्ब ८५ करोड र आव २०७५/०७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनासकारी भूकम्पपछि निर्माण शुरु हुन नसकेका ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत् आयोजना र प्राधिकरणको १०४ मेगावाट र निजी उत्पादकहरुको २७१ मेगावाट गरी ३७५ मेगावाट जलविद्युत आयोजनाहरु सञ्चालनमा आएको बताए । यस्तै प्रसारण क्षेत्रमा आव २०७२/०७३ सम्ममा विद्युत प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको उल्लेख गरिएको छ । उनको तीन वर्षीय कार्यकालमा नयाँ निर्माण तथा स्तरोन्नती गरी १७१२ एमभीए क्षमताका प्रसारण सबस्टेसन थप गरिएको जनाइएको छ । हाल सम्म ७८ प्रतिशत जनतामाझ ग्रिडमा आवद्ध गर्नुका साथसाथै ग्राहकले विद्युत महशुल तिर्न कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाईन पेमेन्ट सुरु गरिएको उनले बताए । तीन वर्ष भित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले ७ अर्ब थप आम्दानी गरेको उनले बताए । विद्युत व्यापार अन्तर्गत नीजि क्षेत्रका ३४० आयोजनाहरु सँग ५ हजार ४४ मेगावाटको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । के छन् आगामी योजना ? कार्यकारी निर्देशक घिसिङले विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सोही अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढिकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइने बताए । आगामी योजना अन्तर्गत संस्थाको सुशासन, विकास, विद्युत वितरण तथा विद्युतीकरण, माग व्यवस्थापन, चुहावट नियन्त्रण, उत्पादन, प्रसारण र विद्युत व्यापारमा आफ्नो ध्यान केन्द्रीत रहने उनले बताए । उनले विद्युतमा स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ लागु गर्ने, प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधरणका लागि निस्काशन गर्न आवश्यक पहल गर्ने, प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिने बताइएको छ । उनले आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवम् स्तरोन्नती गरिने, विद्युतिय यातायातका लागि चाजिङ स्टेशन स्थापना, चालु आवमा विद्युत चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन अघि बढाएको बताए । यस्तै प्राधिकरणले भारतका उर्जा सँग सम्बन्धित विभिन्न निकायसँग छलफल गरी नेपाल भारतबीचको डे अहेड र टर्म अहेड विद्युत बजार मार्फत विद्युत व्यापार गर्न एनटीपीसी विद्युत व्यापार निगमसँग सम्झौता सम्पन्न गरी भविष्यमा कारोबार शुरु गरिने लगायतका योजना तथा कार्यक्रमहरु रहेको बताइएको छ ।
क्यानडाको उच्च बेबि ब्राण्ड विविएलयूभि अब नेपालमा
काठमाडौं । क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड विविएलयूभि नेपालका भित्रिएको छ । नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइलस् कम्पनीले विविएलयूभिको सामाग्रीहरु भित्र्याएको छ । साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आइएमएस लिटिल स्माइलस् सिटी सेन्टर, कमलपोखरी स्थित छ जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम हो । आफ्नो अमुल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरु सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध छ । क्यानडियन ब्राण्ड विविएलयूभिले बच्चाहरुलाई फिडिङ्, ग्रूमिङ, बाथ् टाइम, आउटडोर लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ । विविएलयूभिले गुणस्तरीय उत्पादनहरु प्रदानगर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ । कम्पनीले विविएलयूभिको उत्पादनहरु स्मार्ट म्यपयबाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर रहेको छ । आइएमएस् ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा भने, “नेपालमा बच्चाहरुका लागि अर्काे अन्तर्राष्ट्रिय बाण्ड विविएलयूभिको वितरक गर्दा हर्षित रहेको साथै हाम्रा राष्ट्रका नागरिकहरुलाई अमुल्य सेवा र उत्पादनहरु प्रदान गर्ने हाम्रो दृष्टिकोणको साथ, हामी हाम्रो उपभोक्ताको आवश्यकताहरु पूरा गर्न चाहन्छौं, साथसाथै अब देश भित्रनै अन्तर्राष्ट्रिय ब्राण्ड विविएलयूभिका विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ जस्ले गर्दा आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने विश्वास छ, र निरन्तर सुधार र प्रत्येक पक्षमा यहाँहरुको अनुभव बृद्धि गर्दछौं ।” आइएमएस् ग्रुपको बारेमा आइएमएस् ग्रुपको हालसम्म २० वटा भन्दा बढि कम्पनी रहेको छ । आइएमएस् नेपालको लागि सामसुङ् स्मार्ट फोनको राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा मोबाइल आयात गर्ने पहिलो कम्पनी हो । विगत २६ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा आइएमएस् ग्रुपसंग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देखिन सकिन्छ ।
युरोपमा प्रयोग हुने जिन्डल मेट्रेस नेपाली बजारमा ल्याएका छौंः अरुण मल्लसँग
नेपालमा आयात गर्ने र नेपाली फर्निचर युरोपलगायत छिमेकी देशहरुमा निर्यात गर्दै आएको छ । यस विषयमा इन्दिरा एक्पोट एन्ड इम्पोटका संचालक अरुण मल्लसँग बिकासन्युजले गरेको कुराकानीः जिन्डल म्याट्रेस कस्तो मेट्रेस हो ? कहाँ उत्पादन हुन्छ ? जिन्डल मेट्रेस युरोपमा प्रयोग हुने मेट्रेस हो । नेपाली उपभोक्तालाई आफ्नो रुचीअनुसार उच्चस्तरको मेट्रेस प्रयोग गर्न सजिलो होस् भनेर हामीले जिन्डल म्याट्रेस भित्र्याएका हौं । यो मेट्रेस भारतको हरियाणमा बन्छ र युरोपियन बजारमा निर्यात हुन्छ । यो मेट्रेस स्वास्थ्यका लागि पनि उपयोगी मानिएको छ । शरिरको तैल अनुसार यो मेट्रेस प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा जिउँ चिलाउँदैन । स्पाइनल लेक्नोलोजिको प्रयोग भएको छ । यसमा सुतेर बिहान उठदा फ्रेस हुन्छ । कसरी स्वास्थ्यकर छ यो म्याट्रेस ? यो मेट्रेसमा स्वास्थ्यका लागि फाइदा जनक कच्चा पदार्थको प्रयोग गरिएको छ । यो मेट्रेसको तौलेर मानिसको शरिरको वजनलाई ध्यानमा राखेर बनाइएको हुन्छ । युरोपीयन टेक्नोलोजिको प्रयोग भएको हुँदा यसले कर्तालाई सफ्ट फिल गराउँछ । यो हेर्दा पनि आनन्द आउँछ । जिन्डल म्याट्रेस मूल्य कस्तो छ ? कति वर्षको वारेन्टी हुन्छ ? हाम्रो मेट्रेसको न्यूनतम मूल्य २६० रुपैयाँ स्क्वारफिट रहेको छ । ठूला होटलहरुमा प्रयोग गर्ने वा अत्याधुनिक टेक्नोलोजि प्रयोग गरेको मेट्रेसको १८ सय रुपैयाँ स्क्वार फिट पर्छ । यसको साढे १२ वर्ष वारेन्टी रहेको छ । इन्दिरा एक्पोट एन्ड इम्पोटको फर्निचर कुन कुन विदेशमा निर्यात हुन्छ ? हामीले बनाएको फर्निचरहरु भारत, चीन र युरोपमा निर्यात हुन्छ । हामीले चीनमा हुने मेलामा समेत प्रदर्शनी गर्ने गरेका छौं । कुन काठको फर्निचर विदेश निर्यात हुन्छ ? हेर्दा राम्रो, बलियो र किफायती सालका फर्निचरहरु नै हामीले नियात गर्दै आएका छौं । बेड, टेबललगयातका नेपाली फर्निचर पनि विदेशमा निर्यात हुने गरेको छ ।
मुख्यमन्त्री भट्टद्वारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नजिकिँदै गरेका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वमा आइपर्ने सुरक्षासम्बन्धी गतिविधिलाई विशेष योजना बनाई कडाइका साथ लागू गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री भट्टले विशेषगरी चाडपर्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न भारतीय सीमा नाकामा हुने गरेको असहजता र प्रदेशभरिको सुरक्षालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिएका हुन् । चाडपर्वमा हुने गरेको कालाबजारी, अशान्ति, सीमा नाकामा हुने आपराधिक गतिविधिलगायतका विभिन्न अप्रिय घटना घट्नुभन्दा पहिले नै उच्च सुरक्षा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको बताएका छन् । बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।