दमकल छिर्न नसक्ने राजधानीका गल्लीमा बिछ्याइयाे पाइप, ३ सय परिवार आगलागीबाट सुरक्षित
काठमाडौं । घनाबस्ती रहेको राजधानीको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३ सय घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्त रुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् । साना गल्लीमा दमकल छिर्न नसक्ने भएकाले नै सो ठाउँमा पाइप विछ्याइएको हो ।रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्तर्गत रु पाँच लाख सहयोग गरेको महानगरपालिका २५ नं वडाका अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । पाइप लाइन बिच्छ्याउन वडाले रु दुई लाख, टोलका अन्य संस्था एवं उपभोक्ताबाट रु एक लाख ४० हजार ६ सय गरी कूल रु नौ लाख ४० हजार ६ सय को लागतमा काम सम्पन्न भएको हो । यस योजनाले ३ सय परिवारलाई आगलागीबाट सुरक्षित गर्नेछ । वडा क्षेत्रका गल्लीमा धेरै कपडाका पसल रहेकाले एक ठाउँमा आगलागी भए गल्लीमा असरल्ल छोडिएको तारका माध्यमबाट सहजै धेरैतिर फैलने गरेको छ । गल्लीमा अस्तव्यस्त रहेको तारले पनि आगलागीलाई थप फैलाउने गरेको केल मासंगल्ली उपभोक्ता समितिका अध्यक्ष पुष्परत्न महर्जनले बताए । पाइपलाइन जडानसँगै अव्यवस्थित तारलाई पनि व्यवस्थित गरिने उनले सुनाएका छन् । साना गल्ली भएकाले यहाँ दमकल छिर्न सक्दैन । दमकल छिर्न नसक्ने भएकैले विपद् व्यवस्थापनमा काम गरेको रेडक्रससँग सहकार्य गरी पाइप लाइन जडान गरिएको वडाध्यक्ष शाक्यले बताए । यसको प्रारम्भिक परीक्षण पुस २६ गते गरिने जनाइएको छ ।
जागरुक युवा अभियानले यसरी मनायाे सातौं नेपाली टोपी दिवस (फाेटाेफिचर)
काठमाडौं । जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाएको छ । आज राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् । यसपटकको टोपी दिवस मनाउँदै संस्थाले सरकारको नेपाल भ्रमणवर्ष अभियानलाई पनि साथ दिएको छ । यसैक्रममा कार्यक्रममा आएकी अमेरिकी नागरिक बारबारा नेबरलाई ढाकाटोपी लगाइदिएर संस्थाका संयोजक घनश्याम श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली टोपी दिवस मनाउनुको कारण र टोपीको महत्वका बारेमा संस्थाका संस्थापक रामजी बलामी र सचिव ज्ञानमणि नेपाल कालोटोपीले प्रष्ट पारेका थिए । कार्यक्रममा उपस्थित संचारकर्मी सम्झना पौडेलले राष्ट्रिय पोशाक हटाउने सरकारको निर्णय सच्याएर नेपाली पहिरनको सम्मान गर्नु पर्ने बताइन् । यस्तै संस्थाका उपाध्यक्ष जर्नाजन पौडेलले अभियानको सार्थकता र महत्वका बारेमा बताएका थिए । अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि सातौं अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई कार्यक्रम गरेको हो । कार्यक्रममा सबै उमेर समूहका साहित्यकार, कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको छ । अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । संस्थाले यो वर्ष नेपाल सरकारको नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाएको पनि उनले जानकारी दिए । जागरुक युवा अभियान नेपालले यस वर्षको टोपी दिवसको नारा भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार राखेको थियो । गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो ।
नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई ढाका टोपीले सम्मान
भद्रपुर । झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ । नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राम कार्की, प्रवेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए । मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलहरुका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ । कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ । दिनभर काँकडभिट्टामा जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताए । पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्डहरु राखिएको छ । रासस
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो । बीमित स्व. केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार ७ सय ६४ रुपैयाँ भुक्तानी गरी ५ लाख बीमाङ्कको जीवन बीमा गरेका थिए । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले स्व. बीमितको श्रीमती तीला वस्नेतलाई ५ लाख १७ हजार ५ सयको चेक हस्तान्तरण गरेका छन् । गोरख बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कम्पनीका महाप्रबन्धक कमलराज गौतम थिए भने कार्यक्रम सञ्चालन दाङ शाखा प्रबन्धक मोतिलाल भट्टराईले गरेका हुन् । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।
कञ्चनपुर मालपोतका कर्मचारी डेढ लाख घुससहित रंगेहात पक्राउ
कञ्चनपुरको भीमदत्तनगरस्थित मालपोत कार्यालयका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खरिदार ललिता रोकायालाई एक लाख ५० हजार रुपैयाँ घुससहित पारस डेरीबाट पक्राउ गरेको हो। उजुरीको आधारमा आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले रोकायालाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस रिसवत लिएको अवस्थामा नियन्त्रणमा लिएको हो। भीमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी आलटाल तथा ढिलासुस्ती हैरानी दिएको अख्तियारले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाकाे शिलान्यास, तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
स्याँफ्रुबेँसी । रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको मङ्गलबार शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो । गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । झण्डै रु २० अर्ब ३९ करोड लागत रहेको सो आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ । आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताएका छन् । आयोजना सम्पन्न गर्न स्थानीयवासीको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न आयोजनाबाट मद्दत पुग्ने निर्देशक खड्काको भनाइ थियो । करिब १२ वर्षअघि सो आयोजना निर्माणबारे अध्ययन थालिएको थियो । यस अवधिमा पटक–पटकको छलफलपछि चिनियाँ लगानीकर्ता लगानी गर्न सहमत भएको निर्देशक खड्काले बताए । आयोजना निर्माण गर्न उक्त कम्पनीले छ वर्षअघि स्वीकृति लिएको हो । आयोजनाको सुरुङ निर्माण थालिएको छ । फङलुङखोला र भोटेकोशीको दोभानदेखि करिब १ सय ५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । यस क्रममा चार हजार ८ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ भने चिलिमेखोला र भोटेकोशीको सङ्गमस्थलमा विद्युत्गृह निमार्ण गरिने आयोजनाले जनाएको छ । उत्पादन गरिएको विद्युत् १ सय ३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान गरिने निर्देशक खड्काले जानकारी दिए । रसुवा–भोटेकोशी आयोजनाको प्रवद्र्धक कम्पनी लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालि रहेको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष तामाङले जनप्रतिनिधसित समन्यव गरेर काम गर्न आग्रह गरे । स्थानीय जनप्रतिनिधि र स्थानीयवासी विकास निर्माणमा बाधक नबन्ने उनले स्पष्ट पारेका छन् । “यहाँ निर्माण गरिने आयोजनाबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउनुपर्छ”, उनले भने । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष कर्नेल लामा र नेपाली काँग्रेसका जिल्ला सभापति पेम्बा छिरिङ तामाङले विकास निर्माणमा विदेशी लगानी भित्रिनु सुखद भए पनि स्थानीयवासीले आयोजनाबाट बढीभन्दा बढी लाभ पाउनुपर्ने माग राखेका थिए ।रासस
नेपाल भ्रमण वर्षमा लाखौं पर्यटकलाई स्वागत गर्न तयार छौंः प्रधानमन्त्री
आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बतको पात्रो अनुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ । बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अंग्रेजी नयाँ वर्षका रुपमा मनाउँछौं । हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थीर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो । यसै वर्ष हामीले अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार ग¥यौं । यही समयमा हामीले पृथकताबादी प्रबृत्तिलाई सधैंका लागि अन्त्य ग¥यौं । विकासका केही दूरगामी योजनाहरु यसैवर्ष थालनी ग¥यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न ग¥यौं । चार वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मूख छ । ब्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । निराशाहरु विनिमय गरी समय व्यतित गर्ने हाम्रो समाजिक प्रबृत्ति संक्रमणकालीन संशयहरुलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको छ । अर्थात्, समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज यस अवधीमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ । अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौति अवश्य रहे । हामीले त्यस्ता अवरोधहरुलाई भोग्यौं पनि । तर, हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाईमा उठ्नेछ । जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ । निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा बिफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । अन्त्यमा, नयाँ वर्ष सन् २०२० लाई हामी नेपाल भ्रमण वर्षका रुपमासमेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्दैछौं । सन् २०२०ः स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्, पुनः हार्दिक शुभकामना । (अंग्रेजी नयाँ वर्ष तथा नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशबाट)
काठमाडौँ विश्वविद्यालयमा पुनः ताला
बनेपा । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउन बाध्य भएर तालाबन्दी गर्नुपरेको दुवै सङ्घले जनाएका छन् । दुवै सङ्घले पत्रकार सम्मेलन गरी सम्झौता कार्यान्वयनका लागि डिन, रजिष्ट्रार र उपकुलपतिसमेतलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेका कारण आफूहरुले विश्वविद्यालयमा भएको बेथिति निस्तेज पार्न दबाबस्वरूप तालाबन्दीलगायतका आन्दोलन गर्नुपरेको बताएका छन् । काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा. वेदमणि दाहालले मङ्गलबारदेखि नै काठमाडौँ विश्वविद्यालय केन्द्रीय हाताका डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर (टिटीसी) प्रशासकीय भवनलगायत सम्पूर्ण कार्यालय बन्द गरिएको बताए । गत भदौ ३० गते भएको सम्झौताका बुँदा कार्यान्वयन गर्ने निर्णय भए पनि पुस ४ गते भएको दीक्षान्तसभामा प्रस्तावित मस्यौदा पेश हुन नदिएको, कार्यकारी परिषद्को निर्णयसहित विश्वविद्यालय आफैँले गरेको प्रस्तावको विरुद्धमा मन्तव्य तथा लबिङ विश्वविद्यालयका नेतृत्वबाट नै भएको, सभासदलाई बेलैमा प्रस्तावबारे जानकारी गराउनुपर्नेमा नगराएको र पटक–पटकको निर्णयपश्चात शिक्षक तथा कर्मचकारीका आमन्त्रित प्रतिनिधिलाई सभामा बोल्ने मौका नदिई अपमानित हुने वातावरण सिर्जना भएको भन्दै यसअघि भएको निर्णय कार्यान्वयन नभएसम्म काठमाडौँ विश्वविद्यालय केन्द्रीय कार्यालयका उपकुलपति, रजिष्ट्रार र डिन कार्यालय पूर्णरूपमा बन्द गरिएको सभापति दाहालले बताएका छन् । काठमाडौँ विश्वविद्यालय कुनै निजी संस्था नभई सार्वजनिक संस्था भएकाले सार्वजनिक ऐन, निमय र कानूनअनुसार चल्नुपर्छ भनेर आन्दोलन शुरु गरेको सभापति डा दाहाल बताउँछन् । सङ्घका महासचिव विकास अधिकारीले विश्वविद्यालय सीमित व्यक्ति, जाति, भूगोल र लिङ्गको नभई सबैको भएकाले अझ राम्रो गर्नका लागि बौद्धिक जगत्का प्राध्यापकले सुधारका लागि आन्दोलनको थालनी गरेको बताए । उनले विश्वविद्यालयको दीक्षान्तसभामै सहकुलपतिले विश्वविद्यालयका समस्या टुङ्ग्याएर अगाडि बढ्नुस् भने पनि उपकुलपति र रजिष्ट्रारले त्यो विषयलाई टुङ्ग्याउन नचाहेको उल्लेख गरे । रासस