नेपाल भ्रमण वर्षको उद्घाटन समारोह यस्तो देखियो (फोटोफिचर)
काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने गरी उद्घाटन गरेको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित देशका विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा देखिएका केही दृश्यहरु यस्ता छन् ।
एनसेलको योजना अन्तर्गत सिराहाका कामतीले जिते १० लाख रुपैयाँ
काठमाडौं । एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका जितेन्द्र कुमार कामतीले १० लाख रुपैयाँ जितेका छन् । सडक दुर्घटनामा परी हाल विराटनगर नर्सिङ् होममा उपचारत रहेका कामतीले यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जितेका हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार (पुष १६) गते चर्चित हास्यकलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाखको चेक हस्तान्तरण गरेका हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना गत मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँनेछन् । अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए । “छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं,” जितेन्द्रका बुबाले भने । “यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौं ।” यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ-आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् र २१ जनाग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा एक सय रुपैयाँ वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नकालागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले एक सय रुपैयाँ वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक एक सय रुपैयाँ बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी, ग्राहकले ५ सय रुपैयाँ रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु पाउने छन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ ।
सामाजिक सञ्जाल टिकटक किन विवादमा छ ? अमेरिकी सेनाले किन महसुस गर्यो सुरक्षा चुनौति ?
काठमाडौं । सामाजिक सञ्जाल टिकटक अहिले संसारभर चर्चा र विवादमा छ । यही विवादकै बीच अहिले अमेरिकी सेनाले टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अमेरिकी सेनाले सुरक्षाको कारण देखाउँदै कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइलमा टिकटक एपको प्रयोग गर्न रोक लगाएको हो । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । र, यसैकारण टिकटकमाथि अमेरिकासहित विभिन्न देशले कडा निगरानी राखेका छन् । अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी टिकटक एपलाई साइबर खतराका रूपमा हेरिएको बताइन् । कस्तो सञ्जाल हो टिकटक ? सामाजिक सञ्जाल टिकटकले फरक किसिमका १५ सेकेण्डको भिडियो सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ । यसका प्रयोगकर्ता करिब ५० करोड रहेको अनुमान गरिन्छ । कुनै गीत वा हँसाउने भिडिओमा करिब १५ सेकेन्ड ओठ मिलाउँदै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने टिकटक एप युवा प्रयोगकर्ता माझ निकै लोकप्रिय छ । यसका सबै खाता शुरूमा सबै प्रयोगकर्ताले हेर्न सक्ने खाले हुन्छन् । तर, त्यसमा केही प्रतिबन्ध लगाउन सक्ने सुविधा प्रयोगकर्तासँग हुदै नहुने भने होइन । अमेरिकी सेना प्रवक्ता ओचोआका अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो साताबाट एप प्रयोग नगर्न सुझाव दिइएको हो । सेनाले निजी मोबाइल फोनमा सो एपको प्रयोगमा रोक लगाउन नसक्ने भए पनि रक्षा मन्त्रालयले हालसालै कर्मचारीहरूका लागि निर्देशिका जारी गरेको छ । जसमा आफूले डाउनलोड गर्ने एपहरूबाट सावधान रहन भनिएको छ । सो एप अमेरिकी नागरिकहरूको डेटा जम्मा गर्न प्रयोग गर्न सकिने र त्यसले चीनका लागि गोप्य सूचना संकलनमा सहयोग गर्न सक्ने हुँदा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने भन्दै अमेरिकी सांसदहरुले पनि चिन्ता व्यक्त गरेका छन् । हालसालै टिकटकले भने अमेरिकी प्रयोगकर्ताहरूको डेटा चीनभन्दा बाहिर राखिएको र त्यसमा चिनियाँ कानुनको अधीनमा नरहने वताएको थियो । गत अक्टोबरमा डेमोक्रयाट तथा रिपब्लिकन सिनेटरहरूले टिकटकले राष्ट्रिय सुरक्षामा पार्न सक्ने खतराबारे गुप्तचर निकायहरूले अनुसन्धान गर्नुपर्ने बताएका थिए । अमेरिकी प्रयोगकर्ताहरूको डेटा तेस्रो पक्षबाट सञ्चालित एपको प्रयोग गरेर चीनमा पठाइएको छैन भन्ने कुरा सुनिश्चित गर्न टिकटकले एउटा कम्पनीलाई जिम्मेवारी नै दिएको थियो । म्युजिकल्लीमाथि अमेरिकी छानविन टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनीले केही समय महिनाअघि म्युजिकल्ली एप किन्दा अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुगेको वा नपुगेको विषयमा समीक्षा भइरहेको अन्तराष्ट्रिय समाचार संस्था रोएटर्सले सामाग्री उल्लेख गरेको थियो । दुई वर्षअघि बाईटड्यान्स नामक उक्त इन्टरनेट कम्पनीले एक अर्ब डलर तिरेर त्यति बेलाको लोकप्रिय भिडिओ शेअरिङ एप म्युजिकल्ली किनेको थियो । यस्तो खरिद विक्रीमा सम्बन्धित अमेरिकी निकायबाट स्वीकृति नलिइएको रोएटर्सको समाचारमा उल्लेख थियो । अमेरिकाले चिनिया प्रविधिका कम्पनीहरुको गतिविधिमाथि शंका गर्दै आएको छ । नियामक निकायको समीक्षा अमेरिकामा वैदेशिक लगानी हेर्ने निकाय सीएफआईयूएसले म्युजिकल्ली स्वामित्व हस्तान्तरणको विषय हेर्न थालेको स्रोतहरूले रोएटर्सको समाचारमा उल्लेख थियो । उक्त निकायले गैरअमेरिकी कम्पनीहरूले अमेरिकी कम्पनीको स्वामित्व ग्रहण गर्दा त्यसबाट राष्ट्रिय सुरक्षामा प्रभाव पर्छ कि पर्दैन भनेर समीक्षा गर्ने भनिएको थियो । बाईटड्यान्सले म्युजिकल्ली किन्दा प्राप्त गरेको सम्पत्ति के हुन्छ भन्ने विषयमा सीएफआईयूएसको चासो रहेको रोएटर्सले जनाएको छ । बिक्री हुनुअघि उक्त एप प्रत्येक महिना ६ करोड प्रयोगकर्ताले सक्रिय रूपमा चलाउने गरेको उसको दाबी थियो । राजनीतिक पूर्वाग्रह टिकटकले राजनीतिक सन्देशहरूलाई सेन्सर गर्ने गरेको र प्रयोगकर्तासँग सम्बन्धित डेटा उपयुक्त ढङ्गले नराखेको आरोप लागेपछि अमेरिकी नेताहरूले अनुसन्धान हुनुपर्ने माग राखेका थिए । टिकटकका सामग्रीमा चीन सरकारले हस्तक्षेप गर्ने गरेको आरोपको उक्त कम्पनीले खण्डन गरेको छ । चीनको चासो हुँदैमा आफूले कुनै पनि सामग्री नमेट्ने दाबी कम्पनीको छ । टिकटक अमेरिकी किशोरकिशोरीहरूमा लोकप्रिय छ । अमेरिकी प्रयोगकर्तामध्ये झन्डै ६० प्रतिशत व्यक्ति १६ देखि २४ वर्षका रहेको वताइएको छ । टिकटकको अँध्यारो पक्ष टिकटकमाथि भिडिओ बनाउनका लागि प्रभावित गर्नेहरूले केही बालबालिका र युवाहरूलाई पैसा पठाउन दबाब दिएको आरोप लागेको थियो । टिकटकले प्रशंसकहरूलाई डिजिटल उपहार पठाउने सुविधा दिन्छ । त्यस्तो उपहार ६१ अमेरिकी डलरसम्मको मूल्यका रहेको वताइएको थियो । बीबीसीको एउटा अनुसन्धानले त्यसरी भिडिओ बनाउन प्रेरित गर्नेहरूले आफ्नो फोन नम्बर दिने वाचा गर्दै प्रशंसकहरूबाट उपहार लिने गरेको पत्ता लगाएको थियो । बजारको ठूलो हिस्सा टिकटक निकै छिटो मौलाएको सामाजिक सञ्जाल सम्बन्धी एप हो, जसका ५० करोड नियमित प्रयोगकर्ता रहेको वताइन्छ । कम्पनीले आफ्नो प्रयोगकर्ता कति छन भन्ने यथार्थ जानकारी भनेको दिएको छैन । एप स्टोरमा टिकटक एक अर्बभन्दा बढी पटक डाउनलोड गरिएको अनुमान गरिएको छ । टिकटकमा १५ सेकेण्डसम्मको भिडिओहरू हाल्न मिल्छ । खासगरी अडियोमा स्वर मिलाएर भिडिओ बनाउने र ट्रेण्डमा रहेको संगीतमा नाच्ने अनि भिडिओ बनाउने गरिन्छ । कम्पनीका अनुसार टिकटक धेरैजसो १६ देखि २४ वर्ष उमेर समूहका मानिसहरूबीच लोकप्रिय छ । तर एपको नियम विपरित १३ वर्षभन्दा कम उमेरका थुप्रै प्रयोगकर्ता भएको आरोप पनि टिकटकमाथि छ । १३ वर्षमुनिका बालबालिकासँग उनीहरूको व्यक्तिगत विवरण अभिभावकको सहमति बिना नै लिएको आरोपमा यसअघि नै उक्त कम्पनीलाई अमेरिकाको नियामक निकायले ५७ लाख डलर जरिवाना तिराइसकेको छ । बेलायती सूचना आयुक्तले पनि उक्त एपले कलिला प्रयोगकर्ताको सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको छ कि छैन भनेर छानबिन सुरु गरेको खुलासा गरेका थिए । ३ वर्षदेखि हराएका पति फेला पारिन् भारतीयले भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको थियो । प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको थियो । पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो । प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए, जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २ सय किलोमिटर टाढा पर्छ । प्रहरीले सो जिल्लामा तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि फोटोमा देखिएको ती तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको थियो र उनी फेला परेका थिए । पत्नीले त्यसअघि पति हराएको निवेदन दर्ता गरेकी थिइन् । तर त्यसबेला प्रहरीले उनलाई पत्ता लगाउन सकेको थिएन । भारतमा मात्रै टिकटकका १२ करोड प्रयोगकर्ता रहेको वताइएको थियो । तर टिकटकमा नराम्रा विषयहरुको प्रचार पनि भएको भन्दै आलोचना पनि भएको थियो । अश्लील सामग्री फैलाउन प्रयोग भइरहेको भन्ने चिन्तालाई लिएर तमिलनाडुस्थित एउटा अदालतले गत अप्रिल महिनामा गुगल एप स्टोरबाट टिकटक हटाउन आदेश दिएको थियो । तर एक हप्तापछि उक्त प्रतिबन्ध हटाइएको थियो । एपल र गुगलले भारतबाट हटाए टिकटक एप एपल र गुगलले भारतमा आफ्ना एप स्टोरबाट टिकटक हटाएका छन् । ती कम्पनीहरूले मद्रास उच्च न्यायालयको आदेशको पालना गर्दै सो कदम चालेका थिए । अश्लील सामग्री फैलाउन टिकटकको प्रयोग भएको र कम उमेरका प्रयोगकर्ताहरू यौनदुव्र्यवहारको सिकार हुन सक्ने भन्दै टिकटकलाई भारतमा प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो । टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सले सो आदेश निलम्बन गर्न दर्ता गरेको आवेदनलाई अदालतले खारेज गरिदिएको थियो । बाङ्गलादेशले पनि टिकटक प्रतिबन्ध गरिसकेको छ । बालबालिकाबारे अवैध रूपमा सूचना सङ्कलन गरेको अभियोगमा अमेरिकामा टिकटकलाई जरिवाना तिराइएको छ । आपत्तिजनक सामग्री नगण्य टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटडान्सले टिकटकमा नगण्य मात्रामा मात्र अनुपयुक्त सामग्री भएको उल्लेख गरेको छ । सो कम्पनीका अनुसार संसारभरि प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउँछन् । (एजेन्सीहरुको सहयोगमा)
पोखरामा सिद्धार्थ इन्स्योरेन्सकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा बीमा दावी सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले “संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता” विषयक उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्बन्धि विषयमा बीमितसँगको प्रत्यक्ष सात्क्षातकारबाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दावी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावीसँग प्रत्यक्ष संलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउनेतर्फ क्रियासिल रहेको बताएका छन् ।
इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले गरेका हुन् । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
सिद्धार्थ बैंकको नयाँ शाखा हरिवन र न्यूरोड नेपालगञ्जमा
काठमाडौं । सिद्धार्थ बैंकले बुधबारदेखि सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७८ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्नः युवामा लगानी विषयमा बृहत छलफल
काठमाडौं । नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स ललितपुरमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले गरेका हुन् । रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्टिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन ।’युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल भएको हो । विगतका वर्षहरुमा जस्तै यसपालीको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर युवासंग सम्बन्धित विषयमा छलफल भएको उक्त समारोहमा युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ’युवामा लगानीमा’ विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जीवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा बारे उनले बताएका थिए । सम्मेलनमा प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिताकी केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्य बारे छलफल गरेका थिए । त्यस्तै अर्को प्लानल डिस्कसनमा विवेकशिल नेपाली दलकी रन्जु दर्शना, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सफल व्यापारी सौरभ ज्योतिले युवामा लगानी विषयमा छलफल गरेका थिए । जसको मोड्रेट निवर्तमान डिआरआर सौगात गौतमले गरेका थिए ।सम्मेलनको दोस्रो दिन रोट्रयाक्ट क्लब अफ दमौलीले मौलिक कौराहा नृत्य समेत प्रस्तुत गरेको थियो ।त्यस्तै विभिन्न सरोकारवालाहरूले युवामा कसरी लगानी गर्न प्रयास गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहेर विविध छलफल भएको थियो । सम्मेलनको दोस्रो दिन आगामी वर्षका लागि आगामी रोटा वर्ष २० – २१ का डिआरआर सन्जिव पौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।आगामी रोटर्याक्ट नेपालका प्रमुख पौडेल नेतृत्वको वर्ष २०–२१ को टिममा सर्जेन्ट एट आर्म्समा सुदिप प्रसाई ठकुरी, पब्लिक रिलेसन अफिसरमा सुशान्त अधिकारी, क्रियटिभ लिडमा प्रकृति ढकाल, टेक्निकल अफिसरमा अनिल पाण्डे, मिडिया अफिसर विशन क्षेत्री र शिखर लाल डोटेल, प्रोफेसनल डिभलपमेन्टमा प्रवेश गौतम रहेका छन् । यस्तै, इन्टरनेशनल सर्भिस वृधिका सेन्चुरी , कम्युनिटी सर्भिस रेशम खड्का , क्लब सर्भिस डिरेक्टर सुनिल फुयाँल रहेका छन् ।ट्रेजरमा आशिष वाग्ले, असिस्टेन्ट ट्रेजरमा प्रकाश शर्मा, सृष्टि त्रिपाठी र आदर्श श्रेष्ठ, लिडरसिप ट्रेनरमा साविकराज न्यौपाने, असिस्टेन्ट लिडरसीप ट्रेनरमा ऋषभराज जोशी , बुद्दि जोगी र दिनेश अग्रवाल, सेक्रेटरी सम्विद घिमिरे, असिस्सटेन्ट सेक्रेटरीमा सुनिल घिमिरे, निर्भीक केसी र लक्ष्मण खरेल रहेका छन् । साथै १३ ओटा जोनका जेडआरआर पनि रहनेछन् । यस्तै, एडिआरआरमा आशिव कर्माचार्य, सन्नी गोयल र सागर मल्ल ठकुरी रहेका छन् । डिआरआर इलेक्टको रुपमा सुमित बज्राचार्य रहेका छन् । २ दिन चलेको कन्फरेन्स ‘युवामा लगानी’ विषयमा केन्द्रित थियो । त्यस्तै गरी डिष्टिक रोटर्याक्ट कमिटीमा सुन्दर अधिकारी, विरोध सुवेदि, अविन तुलाधर, दुर्गेश श्रेष्ठ र राहुल कैसधन रहेका छन् भने १३ जोन मध्ये जोन प्रमुख (जेडआरआर) का रूपमा क्रमश आकृति भण्डारी, निरज खनाल, सन्दिप पौडेल, विश्व दर्शन पराजुली, लोकराज पाण्डे, रितेश श्रेष्ठ, पुजा माली, डोल्मा शेर्पा, सदिक्क्षा कंडेल, मनिसा श्रेष्ठ, दिनेश गैह्रे, धनन्जय वर्नवाल, प्रकाश कर्नले रिप्रन्जेटेटिभ गर्ने कुरा आगामी बर्षका अध्यक्ष सन्जिव पौडेलले जानकारी दिए ।
कृषि विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत बैंकले चन्द्रागिरीस्थित सो विद्यालयलाई सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानअध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन खेलेको भूमिका बारे चर्चा गरेका थिए । साथै, बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता वृद्धि का लागि बिभिन्न वित्तीय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको समेत बताए ।