विकासन्युज

वर्षासँगै भारी हिमपातले जनजीवन कष्टकर, हवाइ उडान बन्द

सुर्खेत । कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगुका निवासी नोर्बु लामाले जानकारी दिए । “बाहिर हिउँसँगै पानी परिरहेको छ । बाहिर आउने अवस्था छैन”, लामाले भने, “वर्षेनी यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ ।” हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित पार्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिए । यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै डा तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि लिनेले नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान सबैलाई आग्रह गरेका छन् । कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको पाइएको छ । जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । मूलतः हिमपात र वर्षाले कृषक लाभान्वित हुने कृषि विकास कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताएका छन् । । चिसोमै भए पनि बिहीबार जुम्लामा छाउगोठ भत्काउने महाअभियानको कार्यक्रम सम्पन्न गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले राससलाई जानकारी दिए । उनले सरकारी कार्यालयमा बिहीबारदेखि चिसो बढेकोले काम गर्न गाह्रो भएको बताए । “जुम्लाको तापक्रम करिब माइनस १० डिग्री पुगेको छ, यद्यपि आगो बालेर भए पनि नियमित सेवा प्रवाह हुन्छ न”,, उनले भने । कतिपय आकस्मिक काम यही समय हुने भएकाले सेवाग्राहीलाई समस्या नहोस् भनेर कार्यालय खुला नै रहने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताएका छन् । रासस

आरआर स्ववियुद्वारा ‘वृहत रचनात्मक सप्ताह २०७६’ सम्पन्न

काठमाडाैं ।  रत्न राज्य क्याम्पस (आरआर) स्ववियुद्वारा आयोजित वृहत रचनात्मक सप्ताह २०७६ बुधबार सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन आरआरका सभापति तपेन्द्रजंग शाहीको अध्यक्षता तथा सत्तारुढ नेकपा(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका नेता आर सि लामिछाने लगायतको उपस्थिति रहेको थियो। यहि पुस ८ गते खेलकुदमन्त्री जगत विश्वकर्माको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रमको उद्घाट गरिएको थियो। कार्यक्रममा सभापति शाहीले वृहत रचनात्मक सप्ताह कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

यामाहाको बेस्ट सेलिङ्ग स्कुटर रे जेड; फ्यासिनो र रे जेड आर पछिपछि

जापनिज टू-व्हिलर्स उत्पादक कम्पनी यामाहा आफ्नो पावरफुल मोटरसाइकलहरुका लागि चर्चित रहेको छ । नेपाली बजारमा लगभग १० अलग मोडेलका मोटरसाइकलहरु बिक्रीवितरण हुँदै आएको यामाहाका स्कुटर तर्फ भने ३ ओटा मोडेलहरु बिक्री भइरहेका छन् । यामाहाले फरक टेस्ट भएकाहरुलाई लक्षित गर्दै फरक किसिमका स्कुटरहरु नेपालमा उपलब्ध गराएको छ । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का अनुसार यामाहाले स्कुटर सेग्मेन्टतर्फ २५ प्रतिशतको हाराहारीमा स्थान ओगटेको छ । एमएडब्लूले नेपालमा फ्यासिनो, रे जेड तथा रे जेडआर गरी सो ब्राण्डका ३ मोडेलहरु बिक्री गर्दै आइरहेको छ । रे जेड रे जेड यामाहाको बेस्ट सेलिङ्ग स्कुटर हो । पुरुष वर्गलाई लक्षित गरेर निर्माण गरिएको यो स्कुटर हेर्दा स्पोर्टी देखिन्छ । त्यसैगरी, यसको लामो र चौडा सिटले राइडरका साथै पछाडितर्फ बस्नेलाई पनि आरामदायक यात्रा प्रदान गर्न मद्दत पुर्याउँछ । यस स्कुटरमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी, यस स्कुटरको दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको छ भने यस स्कुटरमा ५ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ । फ्यासिनो रेट्रो डिजाइन प्रदान गरिएको यस स्कुटरको विभिन्न पार्ट्सहरुमा क्रोमको फिनिसिङ्ग दिइएको छ । यामाहाले प्रिमियम स्कुटरको रुपमा निर्माण गरेको फ्यासिनोलाई नेपाली बजारमा विशेषगरी महिलाहरुले बढि रुचाएको पाइएको छ । यस स्कुटरको इञ्जिन क्षमता ११३ सीसीको रहेको छ भने यसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको यस स्कुटरमा ५.२ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ । रे जेड आर रे जेड भन्दा अझ स्पोर्टी लुक्स प्रदान गरेर यामाहाले रे जेड आरलाई बजारमा ल्याएको हो । यसका ‘डिस्क’, ‘ड्रम’ र ‘स्ट्रीट र्याली यूबीएस’ गरी तिन भेरियन्टहरु उपलब्ध रहेका छन् । रे जेड आर डिस्कमा अगाडिको चक्कामा डिस्क ब्रेक समावेश छ भने रे जेड आर ड्रममा चाहिँ दुईओटै चक्काहरुमा ड्रम ब्रेक समावेश छन् । त्यसैगरी, रे जेड आर स्ट्रीट र्याली यूबीएसमा चाहिँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्युवलेस टायर, अगाडिको चक्कामा डिस्क ब्रेक, नकल गार्ड, ठूलो बुट स्पेस र यूबीएस जस्ता विशेषताहरु समावेश रहेका छन् । यूबीएस अर्थात् युनिफाइड ब्रेकिङ्ग सिस्टम त्यस्तो ब्रेकिङ्ग प्रविधि हो जसले पछाडिको ब्रेक लगाउँदा अटोमेटिक अगाडिको ब्रेक पनि लाग्न जान्छ । यसले दुवै ब्रेकमा चाहिएको प्रेशर प्रदान गरेर स्कुटरलाई चाहेकै ठाउँमा सुरक्षित साथ रोक्नमा मद्दत गर्दछ । इञ्जिन तर्फ भने यी सवै भेरियन्टहरुमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । यस्तो छ मूल्य

सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा लगानी फोकस गर्ने

काठमाडौं । सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा कर्जा लगानी फोकस गर्ने भएको छ । त्यसका लागि बैंकले भक्तपुर घरेलु तथा साना उद्योग संघसँग सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकले मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उक्त संघसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट व्यापार बैंकिङ्ग प्रमुख हरिप्रसाद आर्चाय र भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटिले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकले रोजगार सृजना गरि आर्थिक उन्नति चाहने उक्त जिल्लाका महिला उद्यमी तथा व्यवसायीलाई बीमा सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा दिने भएको छ । साथै, बैंकले आगामी दिनमा यस्ता जानकारी मुलक कार्यक्रमलाई देशको अन्य भागमा रहेको सनराइज बैंकका शाखाहरुबाट समेत निरन्तरता दिने बताएको छ ।

स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीद्धारा सपथ ग्रहण

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष लालमणी जोशीले सपथ ग्रहण गरेका छन् । अध्यक्ष जोशीले बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित एक समारोहकाबीच निर्देशक रोशन कुमार सिग्देलबाट आफ्नो पद तथा गोपनियताको सपथ खाएका हुन् । संस्थाको पाँचौ बार्षिक साधारण सभाबाट संचालक निर्वाचित भई संचालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रम पछि नवनियुक्त अध्यक्ष जोशीले नेपाल राष्ट्र बैंकले एक समारोहको आयोजना गरी सपथ ग्रहण गराएकोमा समारोहका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका निर्देशकलाई धन्यवाद दिएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंक बिराटनगर शाखाका प्रमुख तथा निर्देशक रोशन कुमार सिग्देलले सञ्चालक समिति नै संस्थाको मुख्य अंग भएकोले संस्थाको हरेक क्रियाकलापलाई नजिकबाट निहाल्न, आन्तरिक लेखा परीक्षण बलियो बनाउन तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति तथा निर्देशनको पालना गर्न आग्रह गरेका छन् । कार्यक्रममा स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई, नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, नेपाल राष्ट्र बैंक विराटनगन का उप निर्देशकहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ सार्वजनिक, पोखराका १० जनाले पाए नयाँ स्कुटर

पोखरा । दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ पोखरामा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम आयोजन गरी उक्त स्कुटर सार्वजनिक गरेको हो । कार्यक्रममा स्वस्तिमा खड्का, टिभीएस एनटर्क १२५ की ब्राण्ड एम्बेसेडर र जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले पोखराका पहिलो १० जना ग्राहकहरुलाई टिभीएस एनटर्क १२५ रेस एडिसन हस्तान्तरण गरेका छन् । यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन-म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ । टिभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेश, एक्जुकेटिभ भाइस-प्रेसिडेन्ट आर दीलिपले भने, “टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको छ । यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । विश्वभर आज हामीसँग एनटर्कमा करिब ४ लाख भन्दा बढि गौरवान्वित युवा उपभोक्ताहरु छन् र यो सार्वजनिकसँगै अझ बढि ग्राहकहरु विकास गर्ने कुरामा हामी विश्वस्त छौं ।” जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।” टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ । टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् । यो स्कुटर स्टेट-अफ-आर्ट सीभीटीआई-आरईभीभी १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४-स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

सुर्खेतमा खानेपानी पुर्याउन दुई आयोजनाको काम शुरू, ६२ करोडकाे लागत

सुर्खेत । खानेपानीको समस्या झेलिरहेको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पानीको आपूर्ति बढाउने उद्देश्यले दुई वटा आयोजनाको काम सुचारु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका र सिंगो सुर्खेत उपत्यकामा खानेपानी पुर्याउने उद्देश्यले आयोजनाको काम अघि बढेको हाे । गुर्भाकोट नगरपालिकाको वडा नं. ६,७, ८ र ९ का जनतालाई खानेपानी पुर्याउने उद्देश्यले भेरी नदीको पानी पम्पिङ गरेर आयोजना अघि बढाइएको हो । सुभाघाट सहरी खानेपानी आयोजनाको नामबाट गुर्भाकोट नगरपालिकामा खानेपानी वितरण गर्ने गरी काम धमाधम अघि बढिरहेको आयोजना प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजनाको निरीक्षण गर्न केही दिनअघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास सुर्खेत पुगेको थिए । गत असारमा ठेक्का सम्झौता भएर काम सुरु भएको सुभाघाट खानेपानी आयोजनाको भौतिक प्रगति करिब १७ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत पुगेको आयोजना प्रमुख उपाध्यायले बताए । ६२ करोड लागत भएको यस आयोजनाको काम अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । भेरी नदीको पानी पम्पिङ गर्ने र प्रशोधित गरेर वितरण गर्ने योजना रहेको उपाध्यायले बताए । यो आयोजनाबाट करिब १७ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै सुर्खेत उपत्यका बृहत खानेपानी आयोजना अन्तर्गत मुहान बनाएर पानीको मात्रा परीक्षण गर्ने काम शुरु हुँदैछ । सुर्खेत उपत्यकाका करिब २ लाख जनसंख्यालाई पानी पुर्याउने उद्देश्यले आयोजनाको काम अघि बढाउन लागिएको हो । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले यसको काम गरिरहेको छ । मुहान बनाएर भेरीको पानी ल्याउने र सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकांक्षी योजना सहित मन्त्रालयले काम अघि बढाएको छ ।

एनआईसी एशियाको न्यू इयर अफरः भिसा कार्डबाट भुक्तानी गर्दा १०% नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०२० को अवसरमा नयाँ अफर स्वरुप क्यास ब्याक अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकले भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँ रकम फिर्ता पाउने छन् । ग्राहकले पुस १५ (३१ डिसेम्वर २०१९)देखि माघ ११(२५ फेब्रुवरी २०२०) सम्म भिसा कार्डबाट सामान वा सेवा खरिद गर्दा भिसा कार्ड मार्फत भुक्तानी गर्दा सो मात्राको नगद फिर्ता पाउने भएका हुन् । उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड प्रयोगकर्ताले सामान वा सेवा खरिदगर्दा न्यूनतम पाँच सय तथा सो भन्दा बढीको खरिद गर्नुपर्ने छ । साथै, योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोबार गरिएको हुनुपर्नेछ बैंकले जनाएको छ । यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।