विकासन्युज

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त, सेयर बजारकाे स्थायीत्व र प्रवर्धनमा जाेड

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे उच्च स्राेतले बतायाे । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए  र  बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनी नेपाल धिताेपत्र विनिमय बजारमा तीन वर्ष सञ्चालक समिति सदस्य समेत भएका थिए । माेरङ जिल्लामा २०१९ साल माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए । २०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका उनी विदेशी विनिमय व्यवस्थापन विभागकाे कार्यकारी निर्देशक पदबाट अवकास पाएका  थिए । ढुंगानाले अब धितोपत्र बोर्डमा ५ वर्ष नेतृत्व गर्ने छन् । बोर्डमा अध्यक्ष नै कार्यकारी प्रमुखको हुन्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पछिल्लो समय प्रभावकारी नियामकको रुपमा अगाडि बढिरहेको छ । नियुक्ती पछि विकासन्युजसँग कुरा गर्दै उनले पुँजी बजारकाे स्थायीत्व र  बजार प्रवर्धनकाे कार्यलाई प्राथमिकता राख्ने बताए । बोर्डले नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत पब्लिक कम्पनीहरु, मर्चेन्ट बैंकर्स, सेयर ब्रोकर लगायत पुँजी बजारमा प्रत्यक्ष रुपमा संलग्न कम्पनीहरुको अनुगमन गर्छ । बोर्ड अध्यक्ष छनौटका लागि गठन भएको सिफारिस समितिले ढुंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो । धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि गत कात्तिकदेखि उक्त पद खाली थियो ।

मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा फुडमान्डुमा ३० प्रतिशत छुट

काठमाडौं । अब एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाट खानेकुरा अर्डर गर्दा ३० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहक फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा बैंककाे मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा साे मात्राकाे छुट पाउने भएका हुन् । फुडमान्डु प्रा. लि.को ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकिङ्ग साझेदार भएसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार सम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यिुआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने छन् । यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुनेछ । हाल बैंकले ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सनराइज बैंक कञ्चनपुरको चाँदनीमा, कृषि क्षेत्रमा थप लगानी गर्ने

काठमाडौं । सनराइज बैंकले आफ्नो कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने पुस २१ गते सुदुरपश्चिम प्रदेशको उक्त स्थानमा शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको हो । सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने बताएका छन् । हाल सनराइज बैंकले १३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५१ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटीएमहरु संचालन गर्ने योजना रहेको छ ।

विषादीयुक्त खानाले वर्षेनी साढे तीन लाखको मृत्यु, जाेखिम कम गराउने सरकारी प्रयास विफल

काठमाडाैं ।  विषादीयुक्त खाना खानाले वर्षेनी साढे तीन लाख मानिसकाे मृत्यु हुने गरेकाे छ । मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीहरू उत्पादन र प्रयोग गर्नाले विश्वमा वर्षेनी ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको पाइएकाे हाे। विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार स्वास्थ्यको ख्याल नगरी विषादीको उत्पादन तथा प्रयोगले वर्षेनी मृत्यु हुने मानिसको संख्या बढ्दै गएको हो । पछिल्लो समय विश्वमा नै बढ्दो विषादीको प्रयोगसँगै मानव स्वास्थ्य र स्वच्छ वातावरणका लागि चुनौतीपूर्ण देखिएको छ । संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गर्ने गरेको उक्त प्रतिवेदनमा समावेश छ । मानव स्वास्थ्यका लागि हानिकारक विषादीकाे प्रयाेग राेक्नका लागि नेपाल सरकारले पनि प्रयास नगरेकाे हाेइन । तर, विगत ६ वर्षदेखि विषादी प्रयाेग प्रतिबन्ध गर्ने याेजनामा रहेकाे नेपाल सरकारकाे याेजना कार्यक्रममा मात्र सिमित हुने गरेकाे छ । यसले पनि नेपाल सरकारले गरेकाे प्रयास  विफल भएकाे मान्न सकिन्छ । ६ वर्षसम्मकाे अवधिमा  आइपुग्दा विषादी प्रयोगमुक्त बनाउने नेपाल  सरकारको नीति प्रभावहीन देखिएको छ । अन्नवाली तथा खाद्यवस्तुमा विषादी प्रयोगमुक्त बनाउने सरकारको नीति प्रभावहीन देखिएको हो । सन् २०१३ देखि खाद्यवस्तुमा विषादी मुक्त गर्ने नीति तथा कार्यक्रमहरु अघि सारेको थियो । तर, ६ वर्ष बितिसक्दा पनि त्यो कार्यक्रम भने प्रवाभकारी नदेखिएको हो । सरकारले २४ वटा विषादीलाई कृषिमा प्रयोग गर्न प्रतिबन्ध गरेको छ । सरकारले विभिन्न विषादीहरु प्रयोगमा प्रतिबन्ध लगाएपनि त्यसको कार्यान्वयन भने देखिँदैन । ती विषादीहरु मानव स्वास्थ्यका लागि हानिकारक र उतिकै खतरनाक भएपनि यसको प्रयोगमा भने कमि आएको छैन । खाद्यवस्तुमा विषादीको भार ६ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ८४ करोड रुपैयाँ अर्थात ६३२.४१ टन बराबरको विषादी नेपाल भित्रिएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सबैभन्दा बढी रोगनासक विषादी २ सय ६७ टन, किटनाशक २ सय १६ टन, झारनासक १ सय ४२ टन र अन्य ५ टन विषादी नेपाल भित्रिएको छ । हरेक वर्ष विषादी प्रयोग मुक्त समाज तथा बजार निर्माण गर्नका लागि केन्द्रले गरेको कामको प्रभाव नदेखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईले स्विकार गरे । ‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराका साथ वर्षेनी कार्यक्रम हुँदै आएपनि विषादी प्रयोग र आयातमा भने कमि आउन सकेको छैन । भारतसँग खुल्ला सिमानाका कारण पनि अवैध रुपमा विषादीको आयात भइरहेको जानकारहरु बताउँछन् । यी हुन् सरकारले रोक लगाएका विषादी ‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराको साथ सरकारले २४ वटा विषादीमा प्रतिबन्ध लगाएको छ । तरकारी तथा फलफूल परीक्षणको समयमा विभिन्न खालका तरकारी तथा फलफूलमा भेटेका २४ वटा विषादीलाई सरकारले प्रतिबन्धित विषादीको रुपमा घोषणा गरेको हो । सरकारले अल्ड्रिन, विएचसि,क्लोरोडेन, डानअल्ड्रिन, डीडीटी, इन्ड्रिन, हेप्टाक्लोर, लिन्डेन, अर्गानो मक्र्यूरि फंगीसाइड विषादीहरु प्रयोग गर्न रोक लगाएको छ । यस्तै,मिरेक्स, फस्फामाइडिन, टोक्सानफेन, मोनोक्रोटोफस, मिथाइल पाराथियन, इण्डोसल्फान, फोरेट, बेनोमाइल विषादी प्रयोग गर्न पनि पूर्ण रुपमा प्रतिबन्ध गरेको छ । चालु आर्थिक वर्षको पुस अन्तिमसम्म कार्बाेफ्यूरान, ट्राइजोफस, डाइक्लोरभस, कार्बारिल, कार्बाेसल्फान, डाइकोफल, एलम्यूनियम फस्फेट नामका विषादी प्रयोग तथा वेचविखन गर्न पाइने सरकारले जनाएको छ । पुरुषको तुलनामा महिला र केटाकेटीहरुमा विषादीको नकारात्मक असर बढी पर्ने हुन्छ । विषादीको कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म ल्याउछ भने दीर्घकालिन असरमा अन्धोपन, क्यान्सर, ट्यूमर आदी जस्ता ल्याउने गर्दछ । यी विभिन्न समस्यालाई मध्यनजर गर्दै नेपालमा सन् २०१३ देखि सप्ताहव्यापी शुरु गर्दै आएको हो ।

सेभेन सिज एजुकेशनमा परामर्श लिनेलाई घर तथा कार्यालयको मर्मत सम्भारमा विशेष छुट

काठमाडौं । सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुले घर तथा कार्यालयको मर्मत सम्भारमा विशेष छुट पाउने भएका छन् । उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आईरहेको सेभेन सिजएजुकेशन कन्सल्टेन्शी र मर्मत सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको हेरचार डटकमबीच सम्झौता भएसँगै विद्यार्थीहरुलाई सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सम्झौता अनुसार सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुको घर तथा कार्यालयहरुमा आवश्यक पर्ने धारा, पानी बिजुली, कार्पेन्ट्री तथा अन्य मर्मत सम्भारमा हेरचारले सेवादिने तथा सो वापत लिने सेवा शुल्कमा विषेश छुट पाउने हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताएका छन् । सम्झौतामा सेभेन सिजएजुकेशन कन्सल्टेन्शीका तर्फबाट सेभेन सिजका प्रमुख क्षितिज कोईराला र हेरचारकातर्फबाट प्रवन्धक उत्सव भट्टराईलेले हस्ताक्षर गरेका छन् । कुमारीपार्टीमा केन्द्रिय कार्यलय रहेको सेभेन सिजएजुकेशन कन्सल्टेन्शीले विगत ५ वर्षदेखि उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आईरहेको छ । त्यस्तै, हेरचार डटकम विगत डेड वर्षदेखि मर्मत सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको छ ।

मेगा बैंककाे बचत खातामा १७ वटा आकर्षक सुविधादेखि १० लाखसम्मको दुर्घटना बीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजना र ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ । साथै,  बैंकले नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूति गराउने उद्देश्यले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको प्राणघातक रोगहरुको बीमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैले बीमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स मार्फत गर्ने भएको छ । आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । हाल बैंकको १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको फत्तेपुरमा बीमा जागरण अभियान तथा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले पुस २० गते एक कार्यक्रमकाबीच उक्त कार्यक्रम सम्पन्न गरेको हो । बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम वापत एक कार्यक्रमकाबीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी सीता थारुलाई ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै कम्पनीद्वारा नेपालगंजमा बीमा जागरण तथा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका छन् ।

सामाजिक सुरक्षा अन्तर्गत मुक्तिनाथ विकास बैंकले गर्यो ऋण मिनाहा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृतक मोहोनी माया थापा मगरको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा गरेको छ । बैंकले दमौलीस्थित साना तथा लघुबैंकिङ्ग कार्यालयमा सदस्य रहेकी थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो । उक्त रकम मृतक मोहोनी माया थापा मगरको श्रीमान श्रीभूपाल थापा मगरलाई साँवा र ब्याज बापतको रकम ५४ हजार २७८ रुपैयाँ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २७८ रुपैयाँ चेक हस्तान्तरण गरेको छ । साथै, बैंकले तिर्न बाँकी रहेको दुई लाख ११ हजार ४४० रुपैयाँ कर्जा समेत मिनाहा गरेको कम्पनीले जनाएकाे छ । उक्त रकम बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुबैकिङ्ग प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा मृतकका श्रीमान श्रीभूपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।