विकासन्युज

२४औं वार्षिकोत्सवको अवसर पार्दै आइएमई ट्राभल्सले ल्यायो आकर्षक योजना

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले सोमबार  आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको अवसरमा ट्राभल्सले विभिन्न योजनासमेत ल्याएको छ । सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने एक जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरी रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउने जनाएको छ । यस्तै, ट्राभल्सले हवाई टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइने भएको छ । उक्त योजनाहरु फेब्रुअरी,मार्च र अप्रिलभर लागु हुने जनाइएको छ । आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र बिकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिकगर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन,उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायीलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर काम गर्न आग्रह गरे । उनले नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न ब्यबसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा राखे । आइएमई ट्राभल्सका प्रमुखकार्यकारी अधिकृत बिनोद सापकोटाले आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ अघि बढ्ने बताए ।

स्वावलम्बन लघुवित्त ल्यायाे एक शाखा एक छात्रवृत्ति व्यवस्था

काठमाडौं । स्वावलम्बन लघुवित्तले आफ्ना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रवृत्तिको व्यवस्था गरेको छ । वित्तीय संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रा मध्ये एक जनालाई नगद र प्रमाणपत्र सहित छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ । यस व्यवस्था पश्चात वित्तीय संस्थाले वित्तीय अनुशासन पालन गर्ने सदस्यका छोराछोरीलाई हाल कायम रहेका संस्थाका प्रत्येक शाखा कार्यालयहरुबाट छात्रबृत्ति प्रदान गर्नेछ । वित्तीय संस्थाका नेपालभर हाल १४० वटा शाखा कार्यालयहरु रहेका छन । छात्रवृत्ति कार्यक्रममा सरकारी÷सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्रछात्राहरु प्राथमिकतामा पर्ने समेत जनाइएको छ । न्यून आय भएको वर्गलाई लघुकर्जा, लघुबचत, क्षमता अभिवृद्धि तालिम लगायत विभिन्न वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको वित्तीय संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व कार्य अन्तरगत नेपाल भर रहेका आफ्ना शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायत अन्य सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको छ ।

प्रभु बैंकको साढे एक करोड बोनस सेयर सूचीकृत

काठमाडौं । प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्च(नेप्से)मा सूचीकृत भएको हो ।

सीजी कम्युनिकेसनको लिमिडेड मोविलिटीकाे अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सीजी कम्युनिकेशन (तत्कालिन एसटीएम संञ्चार) लाई दिएको अनुमतिपत्र रद्द गरेको छ । प्राधिकरणले ७ जिल्लामा सेवा संचालन गर्न सीजीलाई दिएको लिमिटेड (सर्भिस बेस्ड अन वायरलेस कम्युनिकेसन) मोबिलिटीको अनुमतिपत्र नियम अनुसार नविकरण नभएको भन्दै रद्द गरिएको जानकारी दिएको छ । सीजी कम्युनिकेशनले नवीकरण दस्तुरसहित निवेदन पेश नगरेका कारण अनुमतिपत्र रद्द गरिएको प्राधिकरणको भनाइ छ । सीजी कम्युनिकेसनले बाग्लुङ्ग, पाल्पा, कन्चनपुर, डडेलधुरा बैतडी, बर्दिया र दैलेखमा मोविलिटी सेवा प्रदान गर्ने गरी अनमतिपत्र पाएको थियो । कम्पनीलाई १९ माघ २०६६ मा दिएको अनुमतिपत्र प्राधिकरणले १९ माघ २०७६ देखि लागू हुने गरी रद्द गरिएको प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगारीको समस्याबारे डा. संग्रौलाको सार्वजनिक महत्वको प्रस्ताव सदनमा

काठमाडौं । प्रतिनिधी सभा सांसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारीको समस्याबारे सार्वजनिक महत्वको प्रस्ताव सदनमा पेश गरेकी छन् । उनले मंगलबारको संसदमा सो प्रस्ताव पेश गरेकी हुन् । करिब करिब ४० लाखभन्दा बढी युवाहरु रोजगारीका लागि विदेशिएसँगै आएका समस्याको बारेमा उनले सरकारको ध्यान आकर्षित हुनु पर्ने प्रस्ताव पेश गरेकी हुन् । डा.संग्रौलाले विदेशीएका धेरै नेपाली स्वदेश नफर्की विदेशमै जीवन त्याग्न बाध्यता भएको बताइन् । पिडित परिवारलाई सहायता तथा रोजगारी प्रदान गर्न सरकार लाग्नु पर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीमा गएका ७ हजार ३ सय ९० जनाले एक दशको अवधिमा ज्यान गुमाएका छन् भने दुई दर्जनभन्दा बढी नेपाली युवा विभिन्न मुलुकका अस्पतालमा कोमामा छन् । मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नु पर्छ, तर यसमा सरकार मौन छ,’ उनले भनिन् । पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग सम्झौता गरेपनि नेपाली कामदार पठाउनका लागि सरकारले नै मलेशियाली कम्पनीहरुसँग सम्वाद गर्नु पर्ने अवस्था छ ।

माछापुच्छ्रे बैंकले दुबईबाट ल्यायो एक अर्ब बढी रूपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ भन्दा बढी पैसा नेपाल ल्याएको छ । बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर उक्त रुपैयाँ नेपाल भित्र्याएको हो । बैंकले माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त रकम नेपाल ल्याएको हो । राष्ट्र बैंकले कूल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो । बैंकले माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

बाल्ट्राको दशैं अफरका विजेताहरु घोषित, पाल्पाका सरुले पाए ५५ इञ्च स्मार्ट टिभी

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैं, तिहार तथा छठपर्वको अवसरमा ल्याएको “दशैं ल्यायो” नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेसको खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो । कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले बुटवलकाे भाटभटेनीबाट खरिद गरेका बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ इञ्च स्मार्ट टि.भी. जित्न सफल भएका छन् । त्यसैगरी उक्त योजना अन्तर्गत २ जनाले ४० इञ्च टि.भी., ३ जनाले ३२ इञ्च टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जितेका छन् । बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको छ ।

केदारेश्वर धामलाई सेञ्चुरी बैंकको सहयोग, भक्तजनहरू लाभान्वित हुने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई पानी ट्यांङ्की साथै टिकट हस्तान्तरण गरी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागी सफा पानी उपलब्ध गराउनको निम्ती एक थान एक हजार लिटरको पानी ट्यांङ्की र धामको नियमित सरसफाईको लागी २० रुपैयाँका ५ हजार थान टिकट हस्तान्तरण गरेको हो । बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई उक्त पानी ट्यांङ्की र टिकट हस्तान्तरण गरेको हो । केदारेश्वर धाममध्ये पश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल धाम हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।