विकासन्युज

कामना सेवा विकास बैंकको नयाँ शाखा रुपन्देहीको होराइजनमा

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको होराइजनचोकमा मंगलबार ११८औ शाखा सञ्चालनमा ल्याएको छ । उक्त होराइजन शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका हुन् । यस बैंकको नयाँ शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गरेको छ । साथ,ै बैंकले एबिबएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भिफाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ

काठमाडौं । काठमाडौं– हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि अधिकांश नेपाली खुसी भए । आफ्नो गाउँठाउँमै नेपालकै पहिलो सुरुङमार्ग बन्ने भएपछि मकवानपुरवासी खुसी नहुने कुरै भएन । काठमाडौं–हेटौंडा सुरुङमार्गमा सर्वसाधारणको पनि सहभागित हुने भनियो । सडक निर्माण हुने मकवानपुरका स्थानीयले पनि बाट बनाउने कम्पनीमा लगानी गरेर सहभागी हुन पाउने गरी कम्पनी खडा गरिएपछि सर्वसाधारणको आशा अझै बढ्यो । सर्वसाधारण खुसी भए । यसरी खुसी हुनेमध्येका एक थिए– मकवानपुरको फाखेलका धिरज लामाले । उनी लामो समय जापान बसेर फर्केका थिए । जापानका चिल्ला सडक, रहरलाग्दो विकास र सहज जीवनशैलीले धिरज पनि प्रभावित थिए । नेपालमा पनि सुरुङमार्ग बन्दैछ भन्ने सुने । उनका लागि थप खुसीको कुरा के थियो भने उनी आफै सेयर लगानी गर्न पनि पाउँथे र त्यो लगानीले बन्ने सुरुङमार्ग पनि आफ्नै गाउँठाउँमै थियो । आफ्नै जिल्लामा सुरुङगमार्ग बन्ने भएपछि लामा धेरै खुसी थिए । नेपाल पुर्वाधार विकास कम्पनीले पनि फाखेलको पैसा उठाउने जिम्मा धिरजलाई नै दियो । धिरजले गाउँभरीका मान्छेलाई लगानी गर्दा केके फाइदा हुन्छ भनेर बुझाए । फाखेल कुलेखानीका गरी करिब १ सय १ जनाले लामाको कुरा पत्याए । अनि १५ लाख ९० हजार रुपैयाँको सेयर किने । ‘विदेशमा ४/५ तल्लाको सुुरुङमार्ग बनेको देखिन्छ, नेपालमा पनि सुरुङमार्ग बन्ने सुनेपछि धेरै खुसी भएको थिएँ, गाउलेलाई पनि लगानी गर्नुपर्छ भनेर कन्भिन्स गरेँ, तर ९ वर्ष भयो केही काम भएको छैन, हाम्रो पैसा के भयो भनेर गाउँलेले सोधिरहेका छन्,’ धिरजले भने । धिरले पनि लगानी गरेका थिए । उनी आफैले १० हजार रुपैयाँको सेयर किनिसकेका थिए । फाखेलमा संयोजक समेत रहेका धिरजको घर फाखेल बजारमा नै छ । सेयर किन्ने मान्छेहरु उनको घर भएको बाटो नै भएर हिड्ने गरेका छन् । बोटो हिड्दा समेत उनलाई हाम्रो पैंसा के हुदै छ भनेर प्रश्न गर्ने गरेका उनले सुनाए । देश विकास हुन्छ भन्ने भएपछि हामीले पनि केही सहयोग गर्नुपर्छ भनेर सहयोग गरिएको उनको भनाइ छ । तर, नेपाल कम्पनीले न काम गर्यो, न आफूहरुको पैसा नै बाँकी रह्यो भन्ने गुनासो उनको छ । भीमफेदीका बद्री थापाले मकवानपुर जिल्लाको नै मुहार फेरिने सपना देखे । उनलाई लाग्यो, सुरुङमार्ग बनेपछि दुई–चार हजार रुपैयाँ कमाउन गाउँ छाडेर हिंड्नु पर्ने छैन । सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्वार भीमफेदीमै पर्नेवाला थियो । सुरुङमार्ग निर्माता कम्पनीले गरेको सर्वपक्षीय भेलामा सहभागी भएपछि उनको आशा विश्वासमा बदलिएको थियो । भेलामा सुरुङ र बाहिरको फराकिलो सडक कम्प्युटरमा देखेपछि बद्रीले विश्वास गरेका थिए । भेलामा लगानी जुटाउने तरिका र नाफा–नोक्सानको हिसाब समेत देखाइयो । भेलामा मजाले बुझेपछि थापाले पनि आफूले सकेजति लगानी निर्णय गरे । उनले ५० हजारको सेयर किने । ‘ठूलो आश लागेको थियो, के के न होला भन्ने भएको थियो, पैसा लगानी गरियो, काम केही भएको छैन, आजकल त सुरुङको कुरा गर्दा पनि रिस उठ्ने गरेको छ,’ बद्रीले भने । हेटौंडाका अनिल अग्रवालले पनि सुरुङ बन्ने सुनेपछि लगानी गर्ने निर्णय गरे । उनी त्यो बेला हेटौंडा उद्योग बाणिज्य सघंका सदस्य पनि थिए । उनले सुरुङगमार्ग निमार्णका लागि १ लाखको सेयर खरिद गरे । सेयर किन्दा उनलाई देश विकास हुने परियोजनामा लगानी गर्न पाउदा खुसी लागेको थियो । तर विस्तारै सुरुङ मार्गको काम नहुने हो कि भनेर उनलाई शंका लागेको थियो । उनले साथीभाइहरुसगँ कुरा गर्दा कतै लगानी बलुवामा पानी त हुने हैन भनेर सोध्ने गरेका थिए । तर उनलाई साथीभाइहरुले गाली गर्ने गरेका थिए । अग्रवाललाई अब आफ्नो १ लाख रुपौंया खेर नै गएको भान भैइरहेको छ । ‘अब न काम भयो, न कम्पनीसगँ पैंसा छ । हाम्रो लगानी खेर गयो,’ अग्रवालले भने । स्थापनाकालदेखि नै कम्पनीमा काम गर्दै आएका शिव पौडेलले गाउँका ६० जनालाई सेयर किन्न लगाए । आफूले पनि किने । सुरुदेखि नै सोही कम्पनीमा काम गरेकोले उनको आश अझै मरेको छैन । ‘म गाउँ जादा गाउँका साथीहरुले ख्याउख्याउ गरेर हैरान पार्ने गरेका छन्,’ शिवले भने । सम्बन्धित सामग्री निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र

सन्दीप लामिछानेलाई एक लाख नगदसहित युथ आइकन सम्मान दिइने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एक लाख रुपैयाँ पुरस्कारसहित  युथ आइकन  २०२० बाट सम्मानित हुने भएका छन् । काठमाडौं  युथ कन्क्लेभले माघ २४ गते आयोजना गर्ने कार्यक्रममा उनीसहित  राष्ट्रिय तेक्वान्डो खेलाडी आयशा शाक्य पनिसम्मानित हुँदैछन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार  प्रमुख अतिथि र  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विशेष अतिथिकाे रुपमा रहने जनाइएकाे छ । विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब ३ हजार युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै शुक्रबार काठमाडौँ युथ कन्क्लेभ २०२०को आयोजना गरिने जनाइएकाे छ । कार्यक्रम युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेसनल कलेज, न्यु समिट कलेज र हिमालय कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गर्दै छ। यसले युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने आयोजककाे विश्वास  छ  ।

भन्सारमा सामान ल्याउन सहज गराई दिन्छु भन्ने भन्सार कार्यालयका कर्मचारी नियन्त्रणमा

काठमाडौं । भन्सारमा सामान ल्याउन सहज गराई दिन्छु भन्ने भन्सार जनकपुर भन्सार कार्या धनुषामा कार्यरत नायब सुब्बा हमद रजा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो । नेपाल(भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले अन्सारीलाई सेवाग्राहीबाट एक लाख पचास हजार घुस लिइसकेको अवस्थार्मा नियन्त्रणमा लिइएको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।  

सेवाग्राहीसँग घुस लिने सडक डिभिजन कार्यालयका तीन कर्मचारीविरुद्द मुद्दा दायर

काठमाडौं । सेवाग्राहीसँग घुस लिने सडक डिभिजन कार्यालय लहान सिराहाका कर्मचारीविरुद्द मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साह र निमित्त डिभिजन प्रमुख विन्दा साह विरुद्ध मंगलबार आरोप पत्र दायर गरेको हो । सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुले पन्ध्र लाख छयानब्बे हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस्तै, निमित्त डिभिजन प्रमुख विन्दा साहले सेवाग्राहीबासँग तीन लाख लिएकाे अवस्थामा नियन्त्रमा नियन्त्रणमा लिएको हो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार नै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यूनाईटेड इन्स्योरेन्समा व्यापक फेरबदल, डाईरेक्टरमा जीवन भट्टराई नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य (डाईरेक्टरमा)मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा करिव २ दशक काम गरेको भट्टराई सेन्चुरी कमर्सियल बैंकको डेपुटी सीईओबाट बाहिरिएका थिए । उनीले यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा चौधरी ग्रुपको प्रतिनिधित्व गरेका छन् । चौधरी ग्रुपका प्रतिनिधि महेशराज पन्त नबिल बैंकको डारेक्टर भएर गएपछि रिक्त पदमा भट्टराई नियुक्त भएका हुन् । पछिल्लो समय यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिमा व्यापक फेरबदल भएको छ । दुई साताअघि मात्र तत्कालिन अध्यक्ष भरत बहादुर कार्कीले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष पद उद्योगी रविभक्त श्रेष्ठ समालेका छन् । त्यस्तै, सञ्चालक समिति सदस्य बुद्धकाजी श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । उनको स्थान अझै पूर्ति भएको छैन । हकप्रद सेयर निष्काशन गरी पुँजी १०० करोड रुपैयाँ बनाएपछि सञ्चालक समितिमा धेरै हेरफेर गरिएको छ । लगानी ठूलो भएको तर प्रतिस्पर्धामा कम्पनी पछाडि परेको भन्दै यस कम्पनीका प्रवद्र्धकहरुको चासो र सक्रियता बढेको कम्पनी स्रोतले बतायो ।

सन्राइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५% सम्मको छुट

काठमाडौं । सन्राईज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज्, तथा पोखरा स्थित फिस्टेल लजमा फुड, वेभरेज एण्ड बेकरी आईटम जस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको डेबिट र क्र्र्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन्। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

स्ववियु निर्वाचन गर्ने उपयुक्त समय अहिले नै हो- पराजुली

काठमाडौँ । अनेरास्ववियु पूर्वसचिव सुदेश पराजुलीले विद्यार्थी राजनीतिकले नै एउटा सहि गन्तव्य र विद्यार्थीको भविष्य निर्धारण गर्ने बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पराजुलीले चुनावी क्षेत्रलाई अनेरास्ववियुको सधैँ साथ सहयोग रहने बताएका हुन् । “स्ववियु निर्वाचन गर्ने उपयुक्त समय अहिले नै हो । हाम्रो सङ्गठनको पहिलो एकता बैठकबाट नै देशभरका आङ्गिक, सामुदायिक र निजी क्याम्पसमा स्ववियु निवार्चन गराउनै पर्छ भन्ने आह्वान गरेका छौँ । ०६२/०६३ सालको जनआन्दोलन पश्चात विद्यार्थीहरूले उत्साह, उमंग तथा जोश, जाँगरका साथ चुनावमा सहभागी हुन पाएका छैनौं । अब जोश, जाँगर, उमंग र उत्साहपूर्ण तरिकाले चुनावमा लाग्नु पर्छ र चुनाव सम्पन्न गराउनु पर्छ । “यसले हाम्रो शौक्षिक, राजनीतिक तथा सामुदयिक रक्षाका एजेण्डालाई क्याम्पस क्याम्पसमा स्थापित गराउँछ र विद्यार्थी आन्दोलन र उपलब्धि माथि जनस्तरमा उठेका गलत दृष्टिकोणलाई चिरफार गर्ने मौका पनि मिल्छ । यसले विद्यार्थीमा महत्वपूर्ण सन्देश लैजान्छ । यो निर्वाचन आवश्यक छ, गर्नुपर्छ ।”-उनले भने ।