झुठाे आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा अदालतमा
काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका छन् । आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै उनी शुक्रबार अदालतमा मुद्दा हाल्न गएका हुन् । उनी शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । ७० कराेड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए ।उनले विकासन्यूजसँग कूरा गर्दै आफुमाथि लागेको झुठो आरोप विरुद्ध लड्न कानुनी प्रक्रियामा गएको बताए । ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्राणोदय आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठिमीस्थित श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैकको ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् । यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
प्रधानमन्त्री ओलीले रोके सम्पत्ति शुद्धीकरणको पत्र आतंक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मच्चाएको पत्र आतंक रोकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगत रहेको विभागले देशभरका उद्योेगी व्यवसायीको सम्पत्ति छानबिन गर्ने भन्दै पत्र पठाएको विभागलाई प्रधानमन्त्री ओलीले ‘संयमित भएर काम गर्न’ निर्देशन दिएका हुन् । विभागले पठाएको पत्रमा ‘विभागलाई प्रारम्भिक जाँचबुझका सिलसिलामा तपशिल बमोजिमका कम्पनीको हालसम्म चुक्ता गरेको करको विवरण र कर कार्यालयमा पेश गरेको वासलात र नाफा नोक्सान हिसाव विवरण आवश्यक परेकाले उपलब्ध गराउने व्यवस्था गरिदिनु भई जाँचबुझ सम्बन्धी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध’ गरिएको छ । कर प्रशासनले माग्ने तथ्यांक मागेर विभागले उद्योग व्यवसाय गर्नेहरुलाई दुःख दिन खोजिएको उद्योगी व्यवसायीको गुनासो थियो । व्यवसायीले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालशंकर घिमिरे मार्फत आफूहरुलाई आतंकित पार्ने काम भएको भन्दै विभागको कदमको विरोध गरेका थिए । आफूले सरकारी निकायमा बुझाउनु पर्ने सबै विवरण कर कार्यालयहरुमा बुझाउने गरेको र सरकारको कुनै पनि निकायलाई चाहिएमा सरकारी कार्यालयबाटै लिन व्यवसायीको भनाइ थियो । व्यवसायीको यस्तो गुनासोपछि प्रधानमन्त्री ओलीले विभागलाई अनावश्यक चासो नदेखाउन भनेका हुन् । अघिल्लो साता डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले विभागको पत्र आतंकप्रति सार्वजनिक रुपमै असन्तुष्टी जनाएका थिए । सम्पत्ति आर्जन गर्नेहरुलाई छानविनको नाममा अनावश्यक दुःख दिन लागिएको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘कसैले सम्पत्ति कमाएको देख्नै नहुने ? कोही धनी हुनै नहुने ? कसैले सम्पत्ति कमाएको देख्ने वित्तिकै छानविन गर्नै पर्ने ? किन यस्तो भइरहेको छ ? कसैले सम्पत्ति कमाउनै नहुने गरी किन हल्ला गरिन्छ ?’ प्रधानमन्त्री ओलीले नै प्रश्न गरेका थिए । विभागका महानिर्देशक रुपनारायण भट्टराई भने प्रधानमन्त्रीको निर्देशनपछि सार्वजनिक प्रतिक्रिया दिन छोडेका छन् । सस्तो लोकप्रियताको लागि कच्चा कदम चालेको भन्दै आलोचना भएपछि उनी चुपचाप बस्न लागेका हुन् । प्रधानमन्त्रीको पछिल्लो निर्देशनबारे बुझ्न सम्पर्क गर्दा महानिर्देशक भट्टराईले ‘आफूले बोल्न नचाहेको’ प्रतिक्रिया दिए । विभागले सबै प्रकारका उद्योग व्यवसाय तथा सेवा व्यवसायमा संलग्न उद्योगी व्यवसायीलाई पत्राचार गर्दै विवरण दिन भनेको थियो । सम्बन्धित सामग्री निजी क्षेत्रसँग ब्ल्याकमेलिङ गर्दै सरकार विनोद चौधरी भन्छन्ः अर्थमन्त्री हटाउने खेलमा म छैन, राख्ने हटाउने नेकपाको विषय हो
एनआईसी एशियाका ग्राहकलाई वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट
काठमाडौं । एनआइसी एशियाका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने भएका छन् । यस बैंकका ग्राहकलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ । साथै, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो । बैंकले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सकिनेछ
अमेजन र फ्ल्पिकार्डलाई छोड्दै एप्पल कम्पनी, अब भारतमा आफैले अनलाइनबाटै बिक्री गर्ने
काठमाडाैं । एप्पलले अब आफ्ना उत्पादनहरु अनलाइनबाटै बिक्री गर्ने भएकाे छ । अहिलेसम्म अमेजन र फ्ल्पिकार्ड जस्ता तेश्रो पक्षमार्फत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको एप्पलले अब भने आफैले बिक्री सम्हाल्ने भएको हो । कम्पनीले यस वर्षदेखि प्रत्यक्ष अनलाइन बिक्री र अर्को वर्ष आधिकारीक रिटेल स्टोरको स्थापना गर्ने रणनीति लिएकाे छ । सन् २०२१ मा मोबाइल फोन निर्माता एप्पलले आफ्ना उत्पादनहरुको प्रत्यक्ष बिक्रीका लागि आधिकारीक बिक्री केन्द्रको स्थापना गर्न लागेकाे हाे । प्रसिद्ध अमेरिकी मोबाइल फोन तथा अन्य विद्युतीय सामाग्री निर्माता यस कम्पनीले हालै सेयरधनीहरुसँगको वार्षिक बैठकको क्रममा सो निर्णय सार्वजनिक गरेको हो । भौतिक बिक्री केन्द्रको स्थापना हुनु अघि नै कम्पनीले यसै वर्षको अगष्ट-सेप्टेम्बरदेखि भारतमा अनलाईनमार्फत आफैले बिक्री शुरु गर्ने कम्पनीका सीइओ टिम क्रुकले बताएका छन् । ‘स्थानीय साझेदारसँग साझेदारी नगरी हामी आफैले सामाग्री बिक्री गर्ने हो भने सोका लागि हामीलाई भारतीय सरकारको विशेष स्वीकृति चाहिन्छ,’ सीइओ क्रुकले बैठकमा भने, ‘तर म चाहन्न कि हाम्रो ब्राण्ड कोहि अरुले बेचोस्, न त हामी कसैको राम्रो साझेदार नै बन्न सक्छाैं ।’ अनलाइन बिक्रीको सुरुवात उद्घाटन गर्ने र सोहि बेला आधिकारीक बिक्री केन्द्र स्थापनाको लागि भारतीय सरकारसँग विशेष अनुमति लिने उदेश्यका साथ आउँदो जुलाइदेखि सेप्टेम्बरसम्मको अवधीमा क्रुकले भारतको भ्रमण गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ‘भारत बजारमा रहेका सम्भावना र अवसरहरुबारे म पूर्णरुपमा विश्वस्त छु’, क्रुकको भनाइलाई ऐजेन्सीहरुले उदृद गर्दै भनेका छन्, ‘यहाँको बजारको चलायमानता र भारतीय जनसंख्याको उपभोगको ढाँचा अन्यको भन्दा बिल्कुलै फरक छ ।’ यसै वर्षको दोश्रो छ महिनाभित्र संसारको दोश्रो ठूलो मोबाइल फोन बजार भारतमा पहिलो रिटेल स्टोर खोल्ने योजना बनाएता पनि स्टोर स्थापनाका लागि आवश्यक सामाग्रीको आपूर्तिमा व्यवधान आएको भन्दै सो उद्देश्य अर्को वर्षमात्रै हासिल हुने कम्पनीले केहि समय अघि बताएको थियो । कम्पनीले मुम्बइस्थित म्याक्सिटी मलको तीन तल्ला भाडामा लिइसकेको जसमध्ये पहिलो तल्लामा अनुभव केन्द्र (एक्सपेरियन्स सेण्टर), दोश्रो तल्लामा खुद्रा बिक्री केन्द्र र तेश्रो तल्लामा सेवा केन्द्र राख्ने योजना भएको ऐजेन्सीहरुले उल्लेख गरेका छन । बीबीसीको एक रिपोर्टअनुसार कोरोना भाइरसको प्रकोपअघि देखि नै चीनमा एप्पलका उत्पादनहरुको बिक्री घटिरहेकाले कम्पनीले भारतजस्तो वैकल्पिक उदयीमान बजारहरुमा आफ्नो उपस्थितीलाई बलियो बनाउने रणनीति लिएको छ । त्यसो त कोरोना भाइरसको प्रकोपको कारण आफ्नो विश्वब्यापी व्यापारमा ठुलो धक्का लाग्ने र चालू त्रैमासिकको कुल कमाइको प्रक्षेपण हासिल नहुने एप्पलले स्पष्ट पारिसकेको छ । चीनस्थित उसका विभिन्न सामाग्रीहरुको पाटपूर्जा तथा सहायता हिस्साको उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदा एप्पलको विश्वब्यापी आपूर्ति चक्र प्रभावित बनेको छ । २०१९ को अक्टोबरदेखि डिसेम्बरसम्मको त्रेमासिकमा एप्पलले भारत र ब्राजिलमा दुई अंकको बृद्धि हासिल गरेको थियो । सो अवधिमा भारतमा मात्रै करिब नौ लाख २५ हजारवटा आइफोनको बिक्री भएको थियो । कम्पनीले भारतबाट हुने आफ्ना सामाग्रीहरुको उत्पादनलाई पनि वृद्धि गरेको छ । भारत र छिमेकी बजारको मागलाई सम्बोधन गर्न र आफ्नो उत्पादनको उपलब्धतालाई सहज बनाउन एप्पलले गत वर्षदेखि भारतबाट उत्पादन थालेको छ । आक्रामक मूल्य र सुदृढ वितरण प्रणाली लगायतका रणनीतिको कारण एप्पलका उत्पादनहरुले भारतीय बजारमा ठूलो हिस्सा लिने विश्वास गरिएको छ ।
७० वर्ष नाघेकालाई चन्द्रागिरि केवलकार चढ्न पैसा नलाग्ने
काठमाडौं । ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई चन्द्रागिरि केवलकार चढ्न पैसा नलाग्ने भएको छ । चन्द्रागिरि हिल्सले ज्येष्ठ नागरिकहरुको सम्मानका लागि केवलकार सेवा निःशुल्क दिने व्यवस्था गरेको हो । बच्चा देखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अन्तर्गतका सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ । आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ । यसका अतिरिक्त तीन फिटसम्म उचाईं भएका बालबालिकाहरूलाई पूर्णत निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ । साथै, केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
पेट्रोलियम पदार्थ अन्वेषणः पहिलो चरणको काम सम्पन्न, अब डिलिङको काम शुरू
दैलेख । दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । जिल्लाको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए । उनका अनुसार साइस्मिक सर्वेषक्षणअन्तर्गत १० वटा लाइनमध्ये तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुनसक्ने ठाउँ हेरी चार किलोमिटर जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम सम्पन्न भएको बताएका छन् । चाइनाको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्र गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो । खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. त्रिपाठीले चाइनाको प्राविधिक टोलीले अहिलेसम्म गरेको चारवटा सर्वेक्षणबाट सङ्कलन गरिएका डाटाको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालेपछि चाईनाकै अर्को विशेषज्ञ टोली आएर चार किलोमिटर गइराइसम्म मुख्य डिलिङको काम गर्ने डा. त्रिपाठीले बताए । नेपालको संविधान २०७२ जारी भएपछि मधेशवाददलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि रु दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए । रासस
हायात रिजेन्सीमा खुल्यो ‘द लिभिङ रुम’ रेष्टुरेन्ट
काठमाडौं । हायात रिजेन्सी काठमाडौंमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ । हायात रिजेन्सीको लबी एरियामा अवस्थित उक्त भर्सटाइल रेष्टुरेन्ट योङ, ट्रेन्डी तथा स्वस्थसम्बन्धी सचेत खानाका पारखीहरूका लागि सञ्चालनमा ल्याइएको हो । शान्त र मनमोहक वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्ट हुँदै टेरेस (छत) मा जान सकिन्छ जहाँबाट सुन्दर र हराभरा बगैचा तथा स्वीमिङ पुल देख्न सकिन्छ । यसको नाम ’दलिभिङ रुम’ जसको शाब्दिक अर्थ हुन्छ बैठक कोठा जहाँ परिवारका सबै सदस्यहरूको जमघट हुन्छ र रमाइला कुराहरू हुने गर्छन् । यसको नामजस्तै यो रेष्टुरेन्ट होटल हायात रिजेन्सीमा सबै उत्सवहरू वा रमाइलो पलहरूमा जमघट हुनका लागि सबैभन्दा उपयुक्त स्थान हो । आधुनिक र मनै लोभ्याउने साजसज्जा तथा इन्टेरियर डेकोरेशन रहेको ‘द लिभिङ रुम’ले फुड तथा बेभरेज इन्डष्ड्रीमा नयाँ ट्रेन्डहरू कायम गर्ने उद्देश्यका साथ सर्वोत्कृट खाना र स्फूर्ति दिने इनरजाइजिङ ड्रिङ्कहरू ग्राहकहरुलाई प्रदान गर्दछ ।