विकासन्युज

सेण्टजोसेफका विद्यार्थीले गरे कोरोना सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं । सेण्टजोसेफ ईबो माविका विद्यार्थीहरुले करिब १६ किलोमिटर परिक्रमा गरेर विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईसर सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । सेण्टजोसेफ स्टुडेण्ट क्लब र सेण्ट जोसेफ रेडक्रस सोसाईटीको आयोजनामा सेण्टजोसेफ स्टुडेण्ट क्लबका संयोजक सुमन दगामीको संयोजकत्वमा शिक्षकहरु भिम राना, छत्रदीप यादव सहयोगमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । पोखरेलका अनुसार उक्त सचेतना कार्यक्रम व्यानर सहित स्कुलबाट सुरुगरी भलवारी चोक हुँदै पत्थरडाँडा, मधवलिया, कोटिहवा, वभनी, सुपौली, टिकुलीगढ, बनकट्टी, खैरिया, करौजिया हुँदै पुन स्कुल सम्मको १६ किलोमिटर यात्रा गरेर गरिएको थियो । फैलिदो महामारीलाई रोक्नु हामी सबैको कर्तव्य हो भन्दै विद्यार्थीहरुले कोरोना भाईरस लाग्नुका कारण, देखिने लक्षण र रोकथामका लागि अपनाउनु पर्ने विधिको बारेमा लेखिएका पर्चाहरु बाँडेर स्थानियमा चेतनाको विकास गर्न भूमिका खेलेका थिए ।

विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५ सय

वासिङ्टन । विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख १ सय १३ पुगेको छ । उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका सङक्रमित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । विश्वभर हाल कोरोना संक्रमितहरु १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५०० नाघेको छ । यस भाइरसको सङ्क्रमण ९२ ओटा देशमा फैलिएको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ६ हजार ७ सय ६७ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ । कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेर १ सय ९७ पुगेको बताइएको छ । त्यसैगरी गरी इटालीमा ३ हजार ९ सय १६ जनामा यस रोगको सङ्क्रमण भएको पाइएको छ । इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ । उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १६ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा २ सयभन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्क्रमण देखिएको छ । यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँच जनाको ज्यान गएको छ । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ पाँचको मृत्यु भएको हो । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ यस प्रकोपबाट एकजनाको ज्यान गएको र त्यससँगै यसबाट ज्यान जानेको संख्या पाँच पुगेको हो । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको संख्या ३ सय ६५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । स्पेनको म्याड्रिड सहरमा नै यसका संक्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरुले बिहीबार मात्र त्यहाँ १ सय २ जना नयाँ संक्रमित भेटिएका हुन् । राजधानी म्याड्रिड सहरमा शुक्रबारसम्म १ सय ३७ वटा यस भाइरसका संक्रमितहरु उपचारमा रहेका छन् । उक्त सहरमा गएराति सम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ । ती दुईजना मध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका बृद्ध पुरुष रहेका छन् । यहाँका अधिकारीहरुले पनि यो भाइरसले बढीजसो बृद्धबृद्धाहरुलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् । यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्याण्ड्समा पनि देखिएको छ । नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना बृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्याण्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय बृद्धिका ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका सङ्क्रमित रहेको पाइएकोमा त्यो संख्या बढेर शनिबार नै १ सय २८ पुगेको पनि बताइएको छ । यसका कारण यहाँको सरकारले विशेष सतर्कता अपनाएको पनि जनाएको छ । यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको हो । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट शुक्रबार साँझसम्ममा ४ हजार ७ सय ४४ जना संक्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमित थपिँदै गएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ । रासस÷एएफपी

कालीमाटी बजार: यी हुन् प्रतिकेजी ३० रुपैयाँभन्दा कम र सयभन्दा बढी पर्ने तरकारी

काठमाडौं । कालीमाटी तरकारी बजारमा पछिल्लो समय १३ प्रकारका तरकारी प्रतिकेजी १ सयभन्दा बढीमा बिक्री भइरहेको छ । त्यस्तै ७ प्रकारका तरकारी ३० रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तरकारीको मूल्य तथा खरिद विक्रीको अवस्था ध्यानमा राख्दै सबैको चाँसोको विषय रहेको तरकारीको मूल्य नेपाली बजार तताएको छ । त्यस्तै सबैभन्दा उच्च मूल्यमा सेलरी ४ सय २५ रुपैयाँ र सबैभन्दा कम मूल्य प्रतिकेजी १२/१३ रुपैयाँमा मूला बिक्री भइरहेको छ । शनिवार गाजर प्रतिकेजी २७/२८ रुपैयाँ, बन्दा प्रतिकेजी २२/२३ रुपैयाँ, गान्टे मूला प्रतिकेजी ३० रुपैयाँ, हरियो फर्सी प्रतिकेजी २२ रुपैयाँ, रायोको साग १७/१८, पालुगो, चमसुर, तोरी, मेथी, सौफ (सबै) साग प्रतिकेजी २७/२८ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै घिउ सिमी प्रतिकेजी १ सय १५, तितो करेला २ सय ३५, भिण्डी प्रतिकेजी १ सय १५, च्याउ (डल्ले) २ सय ७०, पुदीना प्रतिकेजी २ सय ७५, गुन्द्रक प्रतिकेजी २ सय ७५, लप्सी प्रतिकेजी १ सय ३५ रुपैयाँ, अदुवा प्रतिकेजी १ सय १५, सुकेको खुर्सानी प्रतिकेजी ३ सय ४५, हरियो लसुन प्रतिकेजी १ सय २५, सुकेको चाइनिज लसुन प्रतिकेजी ३ सय ९५ रुपैयाँ, सुकेको नेपाली लसुन प्रतिकेजी २ सय ७५ रुपैयाँमा बिक्री भइरहको छ ।

पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी चैत ४ गतदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँको दरमा कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । रासस

आशा लघुवित्तको लगानी व्यवस्थापन सम्बन्धि तालिम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन २३ र २४गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित २५ वटा शाखा कार्यालयहरुमा कार्यरत २५जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको उक्त कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने जानकारी दिए । कार्यक्रममा लगानी व्यवस्थापन सम्बन्धी तालिम मेघराज गजुरेलले प्रशिक्षण भएका थिए । सो कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापनको सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालिम प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ स्थापना भयो । ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट शुरु भएको हो । हालसम्म संस्थाले २९वटा जिल्लाका ५५ शाखा कार्यालयमार्फत करिब ५३ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब ३० करोड कर्जा लगानीमा रहेको छ भने ६७ करोड भन्दाबढी निक्षेप संकलन छ ।

आइएमई जनरल इन्स्योरेन्स २२ औं वार्षिक साधारण सभा सम्पन्न, खुद नाफा १४ करोड ४५ लाख

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २२औं बार्षिक साधारण सभा २०७६ साल फागुन २४ गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनी र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको छ । सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ६ प्रतिशतले बोनस शेयर र सो मा लाग्ने कर समेत प्रदान गर्ने निर्णय पारित गरेको छ । कम्पनीले गत आर्थिकमा १ अर्ब ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब २७ करोड बीमा शुल्क आर्जन गरेको र खुद नाफा १४ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको सभालाई जानकारी दिए । कम्पनीको २२ औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल र सुरेश देवकोटा साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापा संचालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

सेञ्चुरीको समुदायसँग बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले समुदायसँग बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । शाखा कार्यालय बनेपामा बैंकले स्थानीय शेयरधनी, जनप्रतिनिधी, सहकारीकर्मी, उद्योगी, व्यवसायीलगायत सेवाग्राहीलाई लक्षित गरि समुदायमा बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रम बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा होटल सत्यम बनेपामा सो कार्याक्रम सम्पन्न भएको छ । सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखाप्रबन्धक सुकेश शाक्यले गराएको थियो । सेञ्चुरी प्लस खातामावीमा सुविधा सम्बन्धिजानकारी आईएमई जनरल ईन्स्योरेन्स बनेपाकामार्केटिङ ट्रेनी साजन सुवालले गराउनु भएको थियो । साथै बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका लगानी ब्यवस्थापन अधिकृत सुमन गौतमले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराउनु भएको थियो । बचत तथाकर्जा सुविधा सम्बन्धिग्राहकहरुको जिज्ञासाको समाधान बैंकका बाग्मती प्रदेश प्रमुख अमित बज्राचार्य र सहुलियतकर्जा सम्बन्धि जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका नियम श्रेष्ठले गर्ने भएका छन् । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, सेञ्चुरी क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्री, कृष्णप्रसाद अस्पतालका संस्थापक संचालक डा. भुषण श्रेष्ठ, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाशपलाञ्चोके, बनेपा नगरपालिकाका वडा अध्यक्ष तथा कर्मचारीहरु, सहकारीकर्मि, उद्योगी, व्यवसायी लगायत बैकका शेयरधनी र सेवाग्राहीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व बैंकका बाग्मतीप्रदेश प्रमुख अमित बज्राचार्यले गरेका हुन् । कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए । बैंकले देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पुर्याउँदै आएको छ । काभ्रे जिल्लामा बैंकले सबै भन्दा बढि ७ वटा शाखा कार्यालय साँगा, नाल्दुम, नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट ग्राहकबर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

साताको शेयर बजारः तुलनात्मकरुपमा ओरालो, १६ अर्बको मात्र कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय गर्यो । यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे । साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो । साताभर कूल १८१ कम्पनीको कूल तीन करोड १६ लाख ५५ हजार ५ सय ८३ कित्ता शेयर १६ अर्ब २१ करोड ९० लाख रूपैयाँ बराबरको कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०.८२ अङ्कले घटेर एक हजार ५९१.३६ मा पुग्यो । सो दिन कूल १ सय ८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँमा खरिद बिक्री भयो । यस साता सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोवार नै स्थगित भयो । नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोवार स्थगित भयो । नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले झरेको थियो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । त्यस दिन कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ कित्ता शेयर कारोवार भएको थियो । यस्तै मङ्गलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोवार केही समय स्थगित भयो । सो दिन भने कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता शेयर तीन अर्ब ८५ करोड १६ लाख २२ हजार ९ सय ९६ मूल्यमा खरिद बिक्री भए । बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुग्यो । त्यस दिन कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६ सय ३ रुपैयाँमा खरिद बिक्री भए । बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ मूल्यमा खरिद बिक्री भए । रासस