डब्ल्यूएचओले गर्यो कोरोनाबाट बच्ने उपायको घोषणा, यस्ता छन् तरिका
काठमाडाैं । विश्वभर नै कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हात, कुहिनो, अनुहार र अनुभवको दुरीको पालना गरे कोरोना भाइरस सङ्क्रमणको जोखिम घट्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको सूचना निकाल्दै भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय जानकारी गराएकाे छ । हात विश्व स्वास्थ्य सङ्गठनले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा हातलाई लिएको छ । भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन अनुरोध गरेको छ । हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल, सहज र महत्वपूर्ण उपाय हो । हात दूषित भएपछि, हातबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ । कुहिनो विश्व स्वास्थ्य सङ्गठनले कुहिनोलाई पनि भाइरस रोक्ने माध्यमका रुपमा लिइएको छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनो, टिस्यु पेपर, रुमाल जस्ता बस्तुको प्रयोग गर्न सकिन्छ । खोक्दा वा हाच्छिउँ गर्दा कुहिनोले मुख छोप्दा भाइरस अरु व्यक्तिमा फैलिने खतरा कम हुन्छ । कुहिनाको प्रयोग गर्दा अन्य फ्लु लगायतका भाइरस पनि अरुमा फैलनबाट रोक्न सकिने विश्व स्वास्थ्य सङ्गठनको सूचनामा उल्लेख छ । अनुहार भाइरस शरीरमा प्रवेश गर्ने मुख्य माध्यम अनुहार हो । विश्व स्वास्थ्य सङ्गठनले विशेषगरी आफ्नो अनुहार, आँखा, नाक र मुखलाई हातले नछुन भनेको छ । हातले धेरै ठाउँमा छुन्छ र चाँडै भाइरसको सङ्क्रमण फैलिन सक्छ । यदि अनुहार छुनै परे छुनुअघि हात साबुन पानीले धुन सङ्गठनले आग्रह गरेकाे छ । दुरी विश्व स्वास्थ्य सङ्गठनले अर्को महत्त्वपूर्ण कुरा मानिसबीचको दुरीलाई लिएको छ । डब्ल्यूएचओले अब दोस्रो मानिससँगको दुरीमा एक कदम पछि हट्न भन्दै अर्को व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनेको छ । हात मिलाउने, अङ्कमाल गर्ने तथा चुम्बन गर्ने बानी त्याग्न सूचनामा उल्लेखे छ । यसो गर्दा आफूमा भएको सङ्क्रमण अरुमा सर्ने र अरुमा भएको सङ्क्रमण आफूमा सर्ने जोखिम कम हुने सङ्गठनले जनाएकाे छ। महसुस विश्व स्वास्थ्य सङ्गठनले आफूलाई असहज महसुस भएमा घरमै बस्ने, स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्ने भनेको छ । तर ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउने र स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा
देश लक डाउनमा, चाेर टाउन-टाउनमा
काठमाडाैं । सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै चोरीका घटनाहरु बढ्न थालेका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लक डाउन गरेको मौका छोपेर देशका विभिन्न ठाउँमा चोरीका घटना बढ्न थालेका हुन् । चोरहरुले काठमाडौंको पेप्सीकोला क्षेत्रमा दुई दिनमा ३ वटा पसल चोरेका छन् भने अन्यधेरै ठाउँमा चोरीको प्रयास भएका छन् । स्थानीयका अनुसार प्याप्सीकोलामा आधा दर्जन पसलमा चोरी र चोरीका प्रयास भएका छन् । चोरी भएको बारे जानकारी गराउँदै काँडाघारी प्रहरी प्रभागमा निवेदन लिएको स्थानियले जानकारी दिएका छन् । यसैगरी, बुधबार राति काठमाडौै ३२ पेप्सीकोला, टाउनप्लानिङमा रहेको सरिता कस्मेटिक पसलबाट पनि चोरी भएको छ। ती पसलमा रड ताल्चा फोरेर उक्त पसलभित्रका सामान र नगद चोरी भएको बताइएको छ । कोरोनाको संक्रमण बढिरहेको बेला मौका छोपेर चोरी र आपराधिक घटना बढेका छन् । देशमा कोरोना संक्रमण रोक्न लकडाउन भएको समयमा काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले सक्रियता बढाएको छ। हिजाे राति मात्रै ललितपुर निवासी सुजित बगौटीको घरमा जना तीन जना अपरिचित व्यक्ति घरमा पसकाे बुझिएकाे छ । तर, तिनीहरू चाेर्न भने असफल भएका छन् । यस्तै, कैलालीका सबै सरकारी कार्यालय लकडाउनकाे माैका उठाउँदै जंगलबाट अवैध काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले वन गस्तीमा सक्रियता बढाएको जानकारी दिइएकाे छ ।
नर्भिक अस्पतालले काराेना उपचारकाे लागि सुरु गर्याे १५ शैयाको आइसोलेसन वार्ड
काठमाडौं । कोरोना संक्रमितको उपचारको लागि थापाथली स्थित नर्भिक अस्पतालले १५ शैयाको सुविद्या सम्पन्न आईसोलेसन वार्ड संचालनमा ल्याएको छ । अस्पतालले आफ्नो मुल भवन भन्दा छुटै भवनमा आईसोलेसन वार्ड संचालनमा ल्याएको अध्यक्ष वसन्त चौधरीले फेसबुक मार्फत जानकारी दिएका हुन् । यसअघि नर्भिक अस्पताल र वसन्त चौधरी फाउण्डेसनले सरकारको कोरोना कोषमा १ करोड ५० लाख बराबरको मेडिकल सप्लाईज र नगद सहयोग गर्न घोषण समेत गरेको छ ।
कृषि विकास बैंकले १०१ शाखाबाट बैंकिङ सेवा दिँदै, निक्षेप राख्न र नगद झिक्न सकिने
काठमाडाैं । आज(शुक्रबार) कृषि विकास बैंकले देशभर १०१ शाखाबाट बैंकिङ सेवा दिईरहेको छ । बैंकले एक जिल्लामा न्युनतम एक शाखा हुने गरि जिल्ला प्रशासन कार्यालयसँग समन्वयगरी सेवा सञ्चालन गरिएको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताएका छन् । बैंकले काठमाडौंमा पाँच वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । उपत्यकामा रामशाह पथको बालाजु, मंगलबजार, दुधपाटी भक्तपुर, बानेश्वर शाखा खुल्ला छन् । बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ र एटिएम सेवा उपयोग गर्न आग्रह पनि गरेको छ । बैंकका उप महाप्रबन्धक दिर्घ बहादुर अर्यालको नेतृत्वमा विभागीय प्रमुख अजय कुमार रिमाल र बागमति प्रदेश प्रमुख सुन्दर खतिवडा लगायतको टोलीले सेवा प्रवाह गरिरहेका शाखाहरुको अनुगमन समेत गरेको छ। बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म शाखाहरुबाट निक्षेप राख्ने र नगद झिक्न सकिने छ । त्यस्तै, एलसी, टीटी, प्रतितपत्र लगायतका सेवाका लागि भने कर्पोरेट कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेकाे छ।
काठमाडौं महानगरले विदेशबाट फर्किएकाहरूकाे तथ्याङ्क संकलन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको १८ फागुन पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क संकलन गर्ने भएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण थप फैलन नदिन महानगरले तथ्याङ्क संकलन गर्ने भएकाे हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले महानगरले तथ्याङ्क लिन ३२ यस्तै, महानगरले आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।
कोरोना रोकथाम कोषमा हिमालयन बैंकले एक करोड २५ लाख दिने
काठमाडौं । हिमालयन बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपाचार कोषमा एक करोड २५ लाख रुपैयाँ दिने भएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा सो मात्राको रकम सहयोग गर्न लागेको हो । कोभिड-१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो । यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने बैंकले जनाएकाे छ ।
याद गर्नुस् काेराेना भाइरस बढी कुन–कुन ठाउँमा बस्छ ?
काठमाडौं । विश्वभर फैलिरहेको कोरोनाम भाइरसको कारण सबै त्रसित छन् । कतै म मेरो परिवारलाई कोरोना भाइरस लाग्ने त होइन भन्ने सबैमा चिन्ता बढ्दै गएको छ । तर, अहिले चिन्ता भन्दा पनि सजज बन्ने हो । आफुले प्रयोग गर्ने सामान र आफु बस्ने ठाउँको सरसफाईमा ध्यान दिन सके यसबाट छुटकारा पाउन पनि सकिन्छ । खासगरी कार मानिसको बिलासिताको साधन पनि हो । तपाईं दैनिक कारबाट यात्रा गर्नु हुन्छ वा अन्य सवारीसाधन चलाउनु पर्ने बाध्यतामा हुनुहुन्छ भने त्यसको सफाईसमेत महत्वपूर्ण हुन्छ । कार चलाउँदा विशेषगरि यी कूरामा ध्यान दिन जरुरी छ । – कोरोना भाइरस एसीमा सबैभन्दा धेरै एक्टिभ हुन्छ, र छिटो फैलिन्छ । किनकी कारको एरिया छोटो हुन्छ । एसी चलिरहेको समयमा भाइरस सबै यात्रुसम्म पुग्न सक्छ । गर्मीको समयमा धेरैजसो मानिस एसीको प्रयोग गर्दछन्। यस्तोबेला कारको एसी सफा राख्न सबैभन्दा जरुरी छ। यसका लागि एसीको भेन्ट्स सफा गर्नुपर्छ। साथै भेन्ट्समा किटनासक स्प्रेको प्रयोग गर्नुहोस् । – कारको क्याबिन सफा राख्नुहोस् कारको क्याविनको सरसफाई सबैभन्दा महत्वपूर्ण हुन्छ। ड्राइभिङ गर्नुभन्दा पहिला क्याविनलाई राम्रोसँग सफा गर्नुहोस्। यसका लागि क्याविन स्यानिटाइज गर्नुहोस्। तपाईंको कारमा भाइरस तबसम्म रहन्छ, जबसम्म त्यसको सफाई राम्रोसँग हुँदैन। सफा गर्नका लागि कुनै पनि कार क्लिनिङ प्रोडक्टको प्रयोग गर्न सकिन्छ। कार क्याविनको सफाईका लागि भ्याकुम क्लिनरको समेत प्रयोग गर्न सकिन्छ। कारको ड्यासबोर्ड, स्टेयरिङ, एसी विंग्स आदिलाई समेत सफा राख्नु जरुरी छ। – सबैभन्दा पहिले आफैलाई स्वच्छ राख्नुहोस् कार वा अन्य सवारी ड्राइभिङको समयमा आफ्नो सुरक्षा सबैभन्दा जरुरी हुन्छ । यदी तपाईंले आफैँलाई सुरक्षित राख्नुहुन्छ भने कार भित्र भाइरस पुग्ने सम्भावना न्यून हुन्छ। यसका लागि डब्लुएचओले गाइडलाइन जारी गरेको छ । त्यसलाई निरन्तर पालना गर्नुपर्छ। – यदी तपाईंले आफ्नो हातलाई पटकपटक सही तरिकाले धुनु भएको छ भने यो संक्रमणबाट बच्न सकिन्छ। तपाईंले ड्राइभिङ भन्दा पहिला र पछि सँधै हात राम्रो धुने गर्नुपर्छ। आफ्नो कारमा स्यानिटाइजर राख्नुहोस्। कार वा जुनसुकै सवारी चलाउनुभन्दा पहिला यसको प्रयोग गर्नुहोस्। साथै जो तपाईंसँग कारमा यात्रा गरिरहेका छन्, उनीहरुलाई पनि स्यानिटाइजर प्रयोग गराउनुहोस्। मुखमा मास्क लगाएर ड्राइभिङ गर्नुहोस्। साथै कारम बस्ने सबैलाई मास्क लगाउन भन्नुहोस्। – कारको क्याबिन सफा राख्नुहोस् कारको क्याविनको सरसफाई सबैभन्दा महत्वपूर्ण हुन्छ। ड्राइभिङ गर्नुभन्दा पहिला क्याविनलाई राम्रोसँग सफा गर्नुहोस्। यसका लागि क्याविन स्यानिटाइज गर्नुहोस्। तपाईंको कारमा भाइरस तबसम्म रहन्छ, जबसम्म त्यसको सफाई राम्रोसँग हुँदैन। सफा गर्नका लागि कुनै पनि कार क्लिनिङ प्रोडक्टको प्रयोग गर्न सकिन्छ। कार क्याविनको सफाईका लागि भ्याकुम क्लिनरको समेत प्रयोग गर्न सकिन्छ। कारको ड्यासबोर्ड, स्टेयरिङ, एसी विंग्स आदिलाई समेत सफा राख्नु जरुरी छ। –पटक–पटक छुने ठाँउमा ध्यान दिनुहोस् सवारीसाधनको ती ठाँउ, जहाँ तपाईंले धेरै छुनुहुन्छ। त्यसको पटक–पटक सफा गर्नुपर्छ। खासगरी सवारीको डोर ह्यान्डललाई धेरै मानिसले छुन्छ, त्यसको सफाई लगातार गर्नुपर्छ । त्यसको सफाई गरिसकेपछि तुरुन्तै तपाईंले स्यानिटाइजर प्रयोग गरेर हात सफा गर्नुपर्छ। यस्तै स्टेयरिङ, गियरबक्स, ह्यान्ड ब्रेक, सन भाइजर्स, सिट एडजेस्टमेन्ट लिभर, सिट बेल्ट, ड्यासबोर्ड, म्युजिक सिस्टम, टचस्क्रिन आदीको सफाईमा समेत ध्यान दिनुपर्छ। त्यसको सफाईका लागि कुनै पनि प्रकारको किटनाशक राख्न सकिन्छ र कपडाले सफाई गर्न सकिन्छ। –एक्लै हिँड्ने कोशिस गर्नुहोस् केही समयका लागि तपाईंले शारीरिक दुरीमा बनाउन आवश्यक छ। कारमा एक्लै हिँड्ने कोशिस गर्नुहोस्। यदी कसैसँग हिँड्नुपरेमा स्यानिटाइज प्रोसेसलाई ध्यान दिनुहोस्। यात्राको समयमा कुनैपनि किसिमको पेमेन्टलाई डिजिटल गर्ने कोशिस गर्नुहोस्। किनकी भाइरस नोटमा समेत हुन सक्छ। भाइरस नोट हुँदै हात र वालेटसम्म पुग्न सक्छ। –सिटकभरको सफाई भाइरस कार तथा अन्य सवारीको सिट कभर र लेदरमा समेत हुन सक्छ। त्यहाँबाट भाइरस हात, कपडासम्म सहजै पुग्न सक्छ। यसका साथै हेडरेस्टस्, सीटब्याक पकेट्स आदी ठाँउ समेत सँधै सफा गर्नुपर्छ। त्यसको सफाईका लागि पानीमा स्याम्पु मिसाएर भिजेको कपडा प्रयोग गर्न सकिन्छ। सम्भव हुन्छ भने रातको समयमा किटनाशक स्प्रे प्रयोग गर्न सकिन्छ। यसले कारमा रहेका किटाणु र भाइरस नास गर्छ।
शुक्रबार मेगा बैंकको २४ वटा शाखा खुल्ने, कुन कुन ?(सूचीसहित)
काठमाडौं । शुक्रबार(आज) मेगा बैंकको २४ वटा शाखा खोल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल २४ वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका छन् । जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ३ वटा, प्रदेश ३ को ८ वटा, प्रदेश ४ को ३ वटा, प्रदेश ५ को ३ वटा, प्रदेश ६ को १ र प्रदेश ७ को २ वटा गरी देशभरका २४ वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखाबाट साे अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।