काठमाडौं । कोरोना संक्रमितको उपचारको लागि थापाथली स्थित नर्भिक अस्पतालले १५ शैयाको सुविद्या सम्पन्न आईसोलेसन वार्ड संचालनमा ल्याएको छ ।
अस्पतालले आफ्नो मुल भवन भन्दा छुटै भवनमा आईसोलेसन वार्ड संचालनमा ल्याएको अध्यक्ष वसन्त चौधरीले फेसबुक मार्फत जानकारी दिएका हुन् ।
यसअघि नर्भिक अस्पताल र वसन्त चौधरी फाउण्डेसनले सरकारको कोरोना कोषमा १ करोड ५० लाख बराबरको मेडिकल सप्लाईज र नगद सहयोग गर्न घोषण समेत गरेको छ । 