विकासन्युज

थप दुईजनामा देखियो कोरोना

काठमाडौं । नेपालमा थप दुईजना कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली लम्की चुहा नगरपालिका घर भएकी उक्त ६५ वर्षिय महिला र रौतहट जिल्लामा क्वारेन्टाईनमा राखिएको १९ वर्षिय पुरुषको आईतबार टेकु अस्पतालमा नमुना परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा दुई कोरोना परीक्षण पोजेटिभ आएको बताएका हुन् । यही सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ जसमा ११ जना नेपाली रहेका छन् भने ३ जना भारतीय रहेका छन् । पहिलाे १ जना काेराेना संक्रमित घर फर्किसकेका छन् । हाल देशभर ७ हजार १ सय ६६ जना क्वारेन्टिनमा रहेका छन् भने १ सय ३ जना आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिअार मेसिनबाट ५ सय १९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै पिसिअार र र्यापिड डायगोनेस्टिक किटबाट साेमबारसम्म १० हजार ९ सय ८२ वटा कोरोना परीक्षण गरिएको छ ।

एनआईसी एशियाका ग्राहकले विभिन्न अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ छुट पाउने भएका छन् । दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा सो मात्राको छुट पाउने भएका हुन् । जसको लागि बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । यसका साथै यस बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।

नयाँ वर्षका दिन सुनसान पर्यटकीयस्थल

रुपन्देही । नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल खाली छन् । बुटवलको मणिमुकुन्द सेन उद्यान, हिलपार्क, पिसपार्कलगायत स्थल पनि सुनसान नै रहेका छन् । कोभिड—१९ को संक्रमणका कारण लकडाउ भएँपछि नयाँ वर्ष घरमै बसेर मनाइएको बुटवल १३ निवासी पुष्पा थापाले बताए । “बाहिर हिडौँ भने लकडाउन छ, त्यसैले घरमा परिवारसंँगै नयाँ वर्ष मनाउँदै छु ।” हरेक नयाँ वर्षमा नयाँ ठाउँमा घुम्नेहरु पनि यस वर्ष कोरोना महामारीका कारण घरमै छन् । नयाँ वर्षमा अत्यन्तै भीड लाग्ने बुद्ध जन्मस्थल लुम्बिनी पनि आज सुनसान छ । कोरोना भाइरस संक्रमणका कारण लुम्बिनीमा कुनै पनि पर्यटक नदेखिएको व्यवसायी मञ्जु ढकाल बताए । “कोरोना संक्रमण शुरु भएसंँगै लुम्बिनीमा पर्यटक आउन छाडेका हुन्, अहिले त लकडाउनका कारण झन् आउने कुरै भएन,” उनले भने, “ लुम्बिनीमा रहेका बिहारका भिक्षुहरुबाहेक मायादेवी मन्दिरको दर्शन गर्नसमेत कोही पनि गएनन् ।” नयाँ वर्षमा पर्यटकको भीडले गर्दा होटल तथा पसललाई व्यापार गर्नसमेत भ्याइनभ्याइ हुन्थ्यो । एक दिनमा पनि राम्रो व्यापार हुन्थ्यो तर कोरोना भाइरसका कारण यो नयाँ वर्षका दिन धेरै घाटा लागेको व्यवसायी ढकालको भनाइ छ । अधिकांशले सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाएका छन् । “ सबैभन्दा प्रमुख कुरा भनेकै स्वास्थ्य रहेछ । जीवन छ र पो सबै छ । कोरोना संक्रमण नियन्त्रण भए अर्को नयाँ वर्ष नयाँ ठाउँमा मनाउँला तर अहिले घरमै रहनु नै उत्तम हुन्छ”, बुटवल बेलबासकी गीता आचार्य भने । विश्व नै कोरोना संक्रमणसंग लडिरहेका बेला नयाँ वर्षको उत्साह त्यति नभएको बुटवल नहरपुरकी रचना पाण्डे बताए । “नयाँ वर्षको आगमनसंँगै रोग नियन्त्रण भए खुशीको कुरा त्यही हुने छ”, उनले भने । घरमा बसेर मनाइँदै रामपुर –विसं २०७७ को पहिलो दिन आज रामपुरवासीले एकापसमा शुभकामना साटासाट गरी घरमै बसेर मनाइरहेका छन् । रामपुर नगरपालिकाका विभिन्न पर्यटकीयस्थल विगतका नयाँ वर्षका दिन भीडभाड लाग्ने गथ्र्यो । विशेष गरेर एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा नयाँ वर्षका दिन ठूलो सङ्ख्यामा पर्यटकको चहलपहल हुने यो क्षेत्र सुनसान छ । अहिले तालपोखरामा अनिश्चितकालसम्मका लागि प्रवेशमा रोक लगाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताए । “अघिल्ला वर्षमा सम्हाली नसक्नु भीड लाग्थ्यो, तालपोखरामा डुङ्गा चढ्ने, पार्कमा घुम्नकै लागि टाढा टाढाबाट पर्यटकको उपस्थिति रहन्थ्यो भने अहिले तालपोखरा क्षेत्रको वातावरण शान्त र सुनसान छ”, उनले भने । भुजात सिद्धबाबाधाम, रामघाट, राम्चे भ्युटावर, सीताकुण्ड, तातोपानीधामलगायत क्षेत्रमा नयाँ वर्षका दिन भीड लाग्ने गथ्र्यो । यस वर्षको पहिलो दिन आज घरका सदस्यसँग बसेर नयाँ वर्षको शुभकामना आदानप्रदान भइरहेको रामपुरका दीपेन्द्रप्रसाद भट्टराई बताए । “नयाँ वर्षको पहिलो दिन सधैं अन्यत्र घुमफिर गरेर साथीभाइसँग रमाइलो गरेर मनाइन्थ्यो भने यस पटक नितान्त पारिवारिक वातावरणमा मनाइरहेका छौँ”, उनले भने । अधिकांशले सामाजिक संजाल तथा मोबाइलमार्फत कुराकानी, म्यासेज आदानप्रदान गरेर घरभित्रै बसेर नयाँ वर्षलाई स्वागत गरेका छन् । कालीगण्डकीका विभिन्न घाटमा वैशाखे सङ्क्रान्ति नुहाउनेको भीड पनि छैन । प्युठानका धार्मिकस्थलमा छैन रौनक झिमरुक–प्युठानका धार्मिक तथा पर्यटकीयस्थल सुनसान छन् । पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा पनि लकडाउनको प्रभावमा पर्याे । स्वर्गद्वारीम चैत ८ गतेदेखि दर्शनार्थीलाई प्रवेशमा रोक लगाइएको छ । प्रत्येक नयाँ वर्षका दिन करीब सात हजारभन्दा बढी दर्शनार्थी पुग्ने स्वर्गद्वारीम् यस वर्ष लकडाउनका कारण खाली छ । स्वर्गद्वारीसंँगै पर्यटकीय तीर्थस्थल गौमुखी, मल्लरानी, भित्रीकोट, ऐरावती, स्नाथान, ओखरकोट, दिहाल्नाचौर, बुलबुलताल, रकगार्डेन, सारीको भूबनोट, लिस्ने लेकलगायत सुनसान छन् । नयाँ वर्षका दिन राँगा, बोका, कुखुरा बलि दिइने धार्मिकस्थल झाँक्री स्थानमा पनि प्रवेश निषेध गरिएको मल्लरानी ४ खंलगाका विजय श्रेष्ठले बताए । नयाँ वर्षको दिन लकडाउन अवज्ञा हुन नदिन विशेष सतर्कता अपनाइएको प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । रासस

के एल दुगड समुहले ७५० परिवारलाई वितरण गर्याे खाद्यान्न सामाग्री

काठमाडाैं । के एल दुगड समुहद्वारा मोरङको बुढीगंगा गाउपालिकाका ४५० परिवारलाई कोभिड १९ महामारीले निमत्याएको संकटको बेलामा राहत सामाग्री वितरण गरेको छ । बुढीगंगा गाउपालिकाको वडा न.५ को सहकार्यमा वडा न.४ समेत गरी ४५० परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको छ । उक्त समुहले १० किलो चामल, २ किलो आटा, दाल १ किलो , आलु २ किलो, खाने तेल १ लिटर, नुन १ किलो गरी कुल १६ किलो को फेमिली प्याक बनाएर वितरण गरेको थिए । राहत वितरण कार्य गाउपालिका प्रमुख बाल चन्द्र माझी, वडा अध्यक्ष रमेश खनाल, ईलाका प्रहरी प्रमुखहरुको उपस्थितीमा गरिएको थियो । समुहका विराटनगर स्थित महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादार मजदुर वर्ग, गरीब असहायहरु पहिचान गरी खाद्य सामाग्री वितरण गरेको छन् । यो समुहले मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने कुरा ब्यक्त गरेका छन् । त्यसै गरी उक्त समुहले चितवनको राप्ती नगरपालिका (भन्डारा र खैरहनी नगरपालिका (पर्सामा पनि प्रति नगरपालिका १५० परिवारको दरले कुल ३०० परिवारको लागि खाद्यान्न सामाग्री बितरण गरेको छ भने रत्ननगर नगरपालिका (टाडिमा भोली बैशाख २ गते १५० परिवारलाई खाद्य सामाग्री बितरण कार्य रहेको के एल दुगड समुह ले जनाएको छ । साथै, उक्त समुहले १ हप्ता अगाडि बाके जिल्लाको नेपालगञ्ज, कोहलपुर क्षेत्रमा पनि ४५० परिवारलाई प्रति परिवार १५ केजीका दरले खाद्यान्न सामाग्री बितरण गरेको थियो । यस कोरोना महामारीको निमत्याएको संकटको बेला समुहले कुल १३५० परिवारलाई खाद्यान्न तथा राहत सामाग्री बितरण गरिसकेको र थप बितरण कार्य जारी रहेको कम्पनीले जनाएको छ ।

एक्सपर्टको दुई लाख डलरको राहत कोष

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्र/छात्रालाई परामर्श दिने अग्रणी संस्था एक्सपार्टले २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्वारा संञ्चालित सो फाउण्डेसनले कोभिड –१९ को जोखिमले समस्यामा परेका छात्र/छात्रालाई सहयोग गर्न सो कोष सञ्चालनमा ल्याएको एक्सपर्ट चितवन शाखाका प्रवन्धक निर्देशक डिल्लराम अधिकारीले जानकारी दिए । उनले कोभिड –१९ को जोखिमले अस्ट्रेलियामा अध्ययनरत नेपाली छात्र/छात्रालाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने ध्येयले सो कोष स्थापना गरेको बताए । उनका अनुसार सन २०१९ को अक्टोबर १ पछि आफ्नो संस्थामार्फत अष्ट्रेलिया गएका छात्र/छात्रालाई प्रतिव्यक्ति किनमेलका लागि २ सयदेखि ३ सय डलर सम्मको भौचर नै सहयोग गर्ने छ । यसका लागि एक लाख ५० हजार डलर छुट्याइएको छ । अन्य समस्यामा परेका छात्र/छात्रालका लागि ५० हजार डलर छुट्याईएको प्रबन्धक अधिकारीले जानकारी दिए । एक्सपर्ट फाउण्डेसनले विज्ञप्ति जारी गरि समस्यालाई केही हद सम्म भए पनि सहज वनाउनका लागि कोष स्थापना गरिएको जनाएको छ । “विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गई मानव जगत नै अहिले असहज परिस्थितिबाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पूरा गरेका हौं । ” विज्ञप्तिमा भनिएको छ । पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका र रोजगारी गुमाएका छात्र/छात्रालाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकालाई पनि मूल्याङकनका आधारमा सहयोग गरिने योजना अनुसार कोष स्थापना गरिएको बिज्ञप्तिमा जनाइएको छ । एक्सपर्टले सन २००३ देखि नेपाली विद्यार्थीलाई परामर्श दिने काम थालेको हो । नेपालका विभिन्न शहरमा कार्यालय रहेको एक्सपर्टको अष्ट्रेलियाका मुख्य शहरहरुमा पनि कार्यालय रहेका छन् । रासस

२०७७ सालः अनलाइन व्यापारको बहार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन धेरै देशले लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोक लगाइरहेका छन् । लकडाउनको समयमा उद्योग, कलकारखना र बन्द व्यापार ठप्प भएको छ । उद्योग प्रतिष्ठान, कल कारखना, पसल तथा सुपरमार्केटहरु बन्द छन् । मानिस घरभित्रै बसेपनि खाने, लगाउने जस्ता मानवीय क्रियाकलाप केही कम भएपनि रोकिएका छैनन् । सरकारले लकडाउन गरेको कारण घरभित्रै बस्नु परेपनि खानै पर्छ, लगाउनै पर्छ, सरसफाई गर्नै पर्छ । यसैकारण दैनिक उपभोग्य र अत्यावश्यक बस्तुको आपूर्तिका लागि परम्परागत व्यापार प्रणालीका संयन्त्रहरु पसल र सुपरमार्केटहरु बन्द भएपनि यसको विकल्पको रुपमा अनलाइन सपिङ फैलदो क्रममा छ । विकसित देशहरुमा पहिलादेखि नै प्रचलनमा आएको अनलाइन सपिङले नेपालमा पनि अब बृहत सम्भावना देखाएका छ । यसअघि नै संचालनमा रहेका सपिङ साइटहरु अहिले पनि सेवा प्रदान गरिरहेका छन् भने केही विशिष्ठीकृत सपिङ साइटहरु पनि दैनिक उपभोग्य र अत्यावश्यक बस्तु तथा सेवाको विक्रीमा सहभागी भएका छन् । अनलाइन सपिङको भुक्तानीका लागि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको प्रयोगले धेरै सहजता प्रदान गरेको छ । नेपालमा पनि सरकारले विगत ३ सातादेखि लकडाउन गरेका कारण नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ र मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिन यस्ता सेवामा कुनै पनि प्रकारको शुल्क नलाग्ने नीतिगत व्यवस्था गरेको छ भने बैंक वित्तीय संस्थाहरुले यस्तो सेवा प्रवाहमा विशेष ध्यान दिएर ग्राहकलाई आकर्षित गरिरहेका छन् । लकडाउनका कारण पसलहरु बन्द छन भने अत्यावश्यक बस्तु तथा सेवा खरिद गर्नै पर्ने वाध्यताले अनलाइन सपिङमा नेपालीलाई बानी पर्दै गएको छ । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाको कारण बैंक वित्तीय संस्थाहरुले पनि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा विशेष सुविधा र सहुलियत प्रदान गरेको कारण अनलाइन सपिङ सहज पनि भएको छ । यसैकारण २०७७ साल नेपालमा अनलाइन सपिङको आधार वर्षको रुपमा स्थापित हुने सम्भावना देखिन्छ । लकडाउनको कारणले पछिल्लो समयमा बिश्वभर अनलाइन ब्यापार फस्टाउन थालेको छ । नेपालमा पनि देशमा सपिङ मलहरू बन्द भएको कारण अनलाइन व्यपारहरु वृद्धि हुन थालेको छ । भाटभटेनी सुपरमार्केट जस्ता स्थापित र परम्परागत विक्रेताहरुले पनि अनलाइन व्यापारको सेवा प्रदान गरेर यसको व्यापकताको संकेत गरिसकेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासका कारण धेरै देशमा सपिङ मलहरू बन्द हुनथालेसँगै अनलाइन ब्यापार बढेको हो । यो प्रभाव बिश्व बजारमा मात्र नभई नेपालमा पनि बढेको छ । खाद्यान्न व्यापार गर्ने सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि कोरोनाको कारणले घरमा नै बसेका सर्वसाधारणहरुलाई अनलाइन व्यापारको माध्यमबाट घरमा नै खाद्यान्न पुर्याउन सुरु गरिसकेको छ । योसँगै अब अनलाइन व्यापारमा निजी क्षेत्र मात्रै नभइ सरकारी स्वामित्वमा रहेका कम्पनी पनि आइसकेका छन् । कानुनको अभाव वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्य अनलाइन व्यापारको कानुन बन्ने प्रक्रियामा रहेको बताउँछन् । कानुनको अभावमा अनलाइन व्यापारमा देखिएका समस्या सम्बोधन गर्न समस्या भएको गुनासो आउने गरेको छ । अनलाइन व्यापारको कानुन बनेपछि कुन प्रकारको ठगीलाई कसरी कारवाही गर्ने भनेर प्रष्ट हुने आचार्यको भनाइ छ । यद्यपि ठगी भयो भनेर आएका उजुरीमा कारवाही भइरहेको उनले बताए । कानुन बनेपछि सबै अनलाइन व्यापारहरुलाई नियमन गर्ने सजिलो हुने आचार्यको भनाइ छ । उपभोक्ता नै सजग हुनुपर्ने नेपालमा संचालित केही अनलाइन व्यापार गर्नेहरुले ठगी गरेको भन्ने गुनासो नआएका होइनन् । यसरी आउने गुनासोहरुमा भनिए अनुसारको बस्तु नपाइने, कम गुणस्तरको हुने, अधिक मूल्य लिइएको लगायतका हुने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया उपभोक्ता सचेतना नै सबैभन्दा ठूलो उपाय हो भन्छन् । आफूले अनलाइनमा अर्डर गरेको बस्तुको मूल्य कति हो भने उपभोक्ताले बुझनु पर्ने बानियाले बताए । लकडाउनको बेलामा अनलाइन व्यापार बढेकोले सरकारले यस्तो व्यापारको पनि अनुगम गर्नुपर्ने उनको भनाइ छ । प्रतिनिधि अनलाइन व्यापार गर्ने कम्पनीहरु अनलाइन व्यापारमा बस्तु तथा सेवाको छनोट तथा अर्डर गर्नदेखि प्राप्त गर्न र त्यसको भुक्तानी गर्नको लागि इन्टरनेटको आवश्यकता पर्छ । पछिल्लो समयमा नेपालमा व्यापक रुपमा बढेको स्मार्ट फोनको प्रयोग र इन्टरनेटको मूल्य पनि उपभोक्ताले तिर्न सक्ने रहेको कारण अनलाइन व्यापारलाई थप सहजता भएको छ । इन्टरनेटको उपलब्धता, भुक्तानीको लागि बैंकिङ क्षेत्रको सहयोग र उपभोक्तामा बानी पनि पर्दै गएका कारण अनलाइन व्यापार थप मौलाउने अवस्था देखिन्छ । लकडाउनको कारण अनलाइन व्यापार बढ्ने देखिएपनि यसअघिदेखि नै अनलाइन व्यापार प्रचलनमा थियो । लकडाउन अघिदेखि संचालनमा रहेका र अहिले थपिएका केही प्रतिनिधिमुलक अनलाइन व्यापार कम्पनीहरुको बारेमा पनि हामीले संक्षिप्त जानकारी दिने प्रयास गरेका छौं । दराजडटकम नेपालमा अनलाइन सपिङको बानी बसाउन दराजडटकमको मुख्यभूमिका छ । लकडाउनअघिदेखि नै संचालनमा रहेको दराजले लकडाउनको समयमा बिगमार्टसँगको सहकार्यमा १५ सय रुपैयाँभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ । भाटभटेनी सुपरमार्केट भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, भैरहवा र नेपालगञ्जमा होम डेलिभरी सेवा दिइरहेको छ । भाटभटेनीले टेलिफोन, भाइबर, अनलाइन जस्ता माध्यमबाट अर्डर लिने र सामान डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सबै सामग्री लकडाउन अघिकै मुल्यमा विक्री गरिएको बताएका छन् । भाटभटेनीमा फोन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ । सेल्सबेरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । तपाईले भाइबर वा फोन गरेर सामाग्री मगाउन सक्नुहुनेछ । फुडमाण्डुडटकम रेष्टुरेन्टको खाना घर वा कार्यालयमा पुर्याउने फुडमाण्डुले लकडाउनको समयमा रेष्टुरेन्टको खानालाई केही समयको लागि बन्द गरेर ताजा तरकारी, मासु, फलफूल, बेकरी आईटमहरु घरघर पुर्याउन सुरु गरेको छ । तपाईले यसको वेभसाईटमा गएर १५ सय रुपैयाँभन्दा माथिको सामग्री दिउँसो १२ बजेपछि मगाउन सक्नुहुन्छ । जिभी एप जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन र मेडिकल उपकरणहरु अर्डर गर्न सकिन्छ । यसमा बालबालिकाको र व्यक्तिगत हेरचाहको लागि क्रिमहरु अर्डर गर्न पनि सकिन्छ । ईजीकेयर डटकम ईजीकेयर डटकममा डाक्टर सम्बन्धी सेवाको लागि प्रयोग गर्न सकिन्छ । यसले औषधी उपकरणको साथै डाक्टरसँग सम्पर्क गराइदिन्छ । सम्बन्धित सामग्री घरमा सामान सकियाे भने यस्ताे गर्नुहाेस्, सरकारले अनलाइनबाटै हाेम डेलिभरी गर्छ लकडाउनमा दाल चाहियो कि ताजा तरकारी ? औषधी र रेष्टुरेन्टका खानासमेत अर्डर गर्ने यस्ता छन् विकल्प

विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान

काठमाडौं । विद्युत् वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान शुरु गरेको छ । विद्युत् आपूर्तिमा समस्या आउन नदिन तथा निरन्तर अनुगमनका लागि २४ घण्टै प्राविधिकसहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले बताए । करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको सो केन्द्रमा विद्युत् महसुल भुक्तानका लागि इ–सेवासमेत शुरु गरिएको बताइएको छ । लकडाउनका कारण सेवाग्राहीलाई विद्युत् कार्यालयमा भीडभाड र जमघट हुन नदिन भिडियो क्लिप एसएमएस तथा कर्मचारीको मोबाइलबाट विद्युत् मिटरको रिडिङसमेत गराउने व्यवस्था गरिएको र त्यसअनुसार काम गरिरहेको प्रमुख श्रीवास्तवले जानकारी र्दिए । मासिक छ करोड रुपैयाँ विद्युत् राजश्व सङ्कलन हुने सो केन्द्र उपभोक्तको फोनमार्फत घरघरमा गएर विद्युत् मिटर जडान हुने गरेको बताइएको छ । कोराना भाइरसबाट जोगिन कार्यालयभित्र सेनिटाइजर, साबुनपानी तथा मास्कसमेत व्यवस्था गरिएको प्रमुख श्रीवास्तवले बताए । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सो केन्द्रले विद्युत् चुहावट गर्ने २ सय ३४ जनालाई कारवाही गरिएको जनाएको छ । रासस

एनएमबि बैंकले सातै प्रदेशमा वितरण गर्याे ७०० थान पीपीई

काठमाडाैं। एनएमबि बैंकले कोभिड-१९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पुर्याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीइ बितरण गरिसकेको छ । देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड-१९ रोकथाम कोषलाई रुपैया १ करोड ५१ लाख, डा. महावीर पुनः ले नेतृत्व गरेका राष्ट्रिय अविश्कार केन्द्रलाई रुपैया ५ लाख, अनलाइन पारीहरुसँग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको आंशिक रकम कोभिड-१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालय मार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोगको हात अघि बढाएको छ । ‘वर्तमान समयमा हामीले सामना गरिरहेको चूनौति हामी सबैको लागी अभूतपूर्व हो, यस परिस्थितिमा हामीलाई हाम्रो समुदायको लागी आ-आफ्नो क्षेत्रबाट प्रदान गर्न सक्ने महत्वपूर्ण भुमिकाको लागी उत्प्रेरित गर्दछ । एनएमबि बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दीगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारी विरुद्ध सहयोग पुर्याउने अवसरको रुपमा लिएका छौं ।’ बैंकद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।