सनसिटी अपार्टमेन्टको २ जनामा कोरोना पोजेटिभ, १ जनाकाे नतिजा आउन बाँकी
काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको दुईजनाको काेराेना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ । रियल टाईम पिसिआर मेसिनबाट कोभिड १९ परीक्षण गर्दा दुईजनाको नतिजा पोजेटिभ आएको हो । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय श्रोतले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारी अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ । सोमबार र्यापिड डायगोनेस्टिक किटबाट परीक्षण गर्दा अपार्टमेन्टको एकैपरिवारको ३ जनाको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । सह-प्रवक्ता डा अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्रमितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ । योसँगै १६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो ।
मेघ गर्जनसहित देशभर आंशिक वर्षा हुने
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार आज देशको मध्यपहाडी भू–भागमा मध्याह्नपछि हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने जनाएको छ । हाल देशको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षा सम्भावना रहेका औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । रासस
एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो भित्ते तथा टेबल पात्रो
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ । विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गरेका हुन् । भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ । बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ । सम्पूर्ण ग्राहहरूमा नयाँ वर्ष २०७७ ले नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैंकले यो पात्रो सार्वजनिक गरेको हो । डिजिटल पात्रो ग्राहकहरूले यस लिंक (https://www.nicasiabank.com/online-services-footer/nicasia-calendar) मार्फत सजिलै आफ्नो मोबाईल तथा कम्प्युटरमा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।
भारतमा तीन साताको लकडाउनले करिब १३ लाख करोड रुपैयाँ घाटा, नेपालमा कति ?
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण धेरै देशहरु लकडाउनमा छन् । यो लकडाउनले ती देशहरुको अर्थतन्त्रमा निकै असर परेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको फैलावट रोक्न २४ मार्चमा २१ दिने राष्ट्रव्यापी लकडाउन घोषणा गरका थिए । त्यो लकडाउन त्यस दिन यही लकडाउन भारतको कारण भारतीय अर्थव्यवस्था को लागि एक ठूलो झटका साबित भएको बताइएको छ । यो अवधिको लकडाउनले भारतको अर्थव्यवस्थामा करिब ८ लाख करोड भारतीय रुपैयाँ अर्थात करिब १३ लाख करोड नेपाली रुपैयाँ घाटा पारेको जनाइएको छ । भारतमामा कोरोनाको लागि लडाउनको पहिलो चरण आज समाप्त हुन्छ । अर्थात् अप्रिल १४ मा । प्रधानमन्त्री मोदीले अब यो लकडाउन मे ३ सम्म थप गर्ने घोषणा गरेका छन् । तर, पनि यो लकडाउन भारतको अर्थव्यवस्था को लागी एक ठूलो झटका साबित हुँदैछ । पहिलो चरणको लकडाउनको कारण भारतकाे अर्थतन्त्रले लगभग ८ लाख करोड करोडको घाटा व्यहोरेको छ । अर्थव्यवस्था लाई ठूलो झटका लकडाउनका कारण भारतकाे अर्थतन्त्रमा धेरै नोक्सान हुने अनुमान गरिएको छ । अझै पनि यो बढाएको लकडाउनले ७/८ लाख करोड भारतीय रुपैयाँ घाटा हुने बताइएको छ । लकडाउनको क्रममा भारतमा आवश्यक वस्तुहरू कृषि, खाद्यान्न, उपयोगिता सेवाहरू र केही वित्तीय र आईटी सेवाहरू सञ्चालन गर्न अनुमति दिइएको छ । भारतीय अर्थव्यवस्था पहिले नै सुस्त थियो र यस्तो अवस्थामा कोरोना महामारीले यसलाई पूर्ण रूपमा ध्वस्त गरिसकेको छ । यस कारणले गर्दा, सबै घरेलु र विदेशी रेटिंग एजेन्सीहरूले जीडीपी वृद्धि अनुमान घट्ने अनुमान गरेका छन् । नेपालमा के हुन्छ ? कोरोना भाइरसको महामारीले विश्व अर्थव्यवस्था नराम्रोसँग प्रभावित भइरहेका बेला नेपालमा पनि धेरै घाटा हुने अनुमान गरिएकाे छ । हालसम्म यति नै घाटा हुन्छ भनेर आधिकारिक प्रतिवेदन सार्वजिन नभएपनि नेपालकाे अर्थतन्त्र पनि निकै गिरावट अाउन सक्ने अनुमान भने धेरैले गरेका छन् । विश्व बैंकले पनि यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चने प्रक्षेपण गरेको छ। भाइरसका कारण नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.८ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। नेपालमा कोभिड–१९ का कारण रेमिटेन्स घट्ने, पर्यटन र व्यापार क्षेत्र ठप्प भएको तथा समग्र अर्थव्यवस्थामा व्यापक अवरोध सिर्जना भएका कारण नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को बीचमा सीमित हुने प्रक्षेपण रहेको विश्व बैंकले जनाएको छ। लामो र व्यापक राष्ट्रिय लकडाउनका कारण समग्र दक्षिण एशियाको आर्थिक वृद्धि यो वर्ष ऋणात्मक हुने विश्व बैंकको प्रक्षेपण छ। भारतीय सञ्चार माध्यमकाे सहयाेगमा
गए राती परेकाे असिनाले करोडौंको बालीमा नोक्सान
पर्वत। गए राति परेको असिनापानीका कारण पर्वत र बागलुङमा करोडौंको क्षति पुगेको छ । पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यस वर्ष यो चौथोपटक ठूलो असिना परेको हो । असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पुर्याएको उनले बताए । पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो । ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ । यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए । खेतबारीकै मकैमा असिनाले असर पुर्याएको छ । त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकले गुनासो गरेका छन् । झण्डै आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका वडा नं ८ चित्रेकी सुशीलादेवी गुरुङले जानकारी दिए । रासस
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना महामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो । इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ । अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५ सय प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो । रासस
२०७६ सालकाे सेयर बजारलाई फर्केर हेर्दाः के भन्छन् नेप्से र लगानीकर्ता ?
काठमाडौं । २०७६ साल नेपालको सेयर बजारमा निक्कै उतारचढाव रह्यो । यसबीचमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक न्युनतम ११०० बिन्दुदेखि अधिकतम १६३२ बिन्दुमा पुग्यो । वर्षको अघिल्ला दिनमा परिसूचकमा गिरावट देखिएता पनि पुस मसान्तपछि भने सुधारको बाटो तर्फ लागेको थियो । सो अवधिमा कारोबार रकमले ऐतिहासिक रेकर्ड राख्यो । बजारमा एकैदिन करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । एक वर्षको अवधिमा समूह सूचकमा पनि उतारचढाव नै देखिएको छ । १४१४ अंकमा पुगेको बैंकिङ्ग समूह घटेर १०९३ मा झरेको छ । २१६६ अंकमा पुगेको होटल समूह १५६३ अंकमा झरेको छ । जीवन बीमा ६७९७, निर्जीवन बीमा ५२७१, फाइनान्स ६३६, माइक्रोफाइनान्स २०५०, विकास बैंक १७११ अंकमा पुगेको छन् । त्यस्तै, उत्पादनमूलक र हाइड्रो समूह क्रमशः २४५९ र ९३३ अंकमा छन् । २०७६ सालमा चैत ९ गते आइतबार अन्तिम कारोबार भएको थियो । अनलाइनबाट मात्रै सेयर किनबेच भएको बजारमा नेप्से परिसूचक १८.२० अंकले घटेर १२५१.४५ अंकमा झरेको छ । सो दिन कूल १२३ कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दिनभरमा ४ लाख ८० हजार ५ सय २७ कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकममा उछाल २०७६ फागुन १८ गते सेयर कारोबार रकमले नयाँ रेकर्ड रचेको थियो । सो दिनको बजारमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो वर्षभन्दा अघि २०७५ साल फागुन २ गतेको सेयर कारोबारले इतिहास रचेको थियो । सो दिन २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यसयता भने सोभन्दा बढी कारोबार भएको थिएन । फागुन ५ गतेको बजारमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर नयाँ इतिहास रचेको थियो । त्यसपछि करिब १५ दिनको कारोबारमा भने निरन्तर जसो उच्च कारोबार भएको थियो । अन्ततः २०७६ फागुन १८ गतेको कारोबार रकम हालसम्मकै लागि उच्च बनेको छ । पुँजीगत लाभकर घट्यो धितोपत्र लगानीबाट हुने पुँजीगत लाभमा लाग्ने लाभकरको दरलाई प्राकृतिक व्यक्तिका हकमा ७.५ बाट ५ प्रतिशतमा झरेको छ । गत वर्षको बजेटले यो कर ५ प्रतिशतबाट बढाएर ७.५ पुर्याएको थियो । संस्थागत लगानीका हकमा भने यो कर १० प्रतिशत रहेको छ । अनलाइन प्रणालीमा सुधार गत वर्षको तुलनामा यो वर्ष प्रायजसो सबै प्रकारका कारोबारहरु विद्युतीय कारोबार प्रणालीमार्फत भएको छ । नेपाल क्लियरिङ्ग हाउसमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाईन सिष्टम इन्टिग्रेट भएको छ । यस प्रणालीले कारोबारलाई थप सहज, सरल, सुरक्षित र पारदर्शी बनाउँदै गएको छ । ब्रोकर लाइसेन्सको लागि आवेदन खुला नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि कार्यविधि सार्वजनिक गरेर आवदेन खुला गरेको थियो । जसअनुसार एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिइसकेका छन् । त्यस्तै, अन्य आधा दर्जन बैंकले ब्रोकर लाइसेन्सका राष्ट्र बैंकमा आवेदन दिएका छन् । ब्रोकर कम्पनी खोल्नका लागि एनआईसी एशिया बैकले एनआईसी एसिया सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज र सिटिजन बैकले सिआईबिएल सेक्यूरिटिज सहायक कम्पनी दर्ता गराएका छन् । नेप्सेकाे नजरमा उन्नतिकाे वर्ष नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिङ साउद २०७६ साल पुँजी बजारको लागि ठूलो उन्नति प्रगतिको साल बनेको बताउँछन् । कारोबार उच्च हुनु, पुँजीगत लाभकर घट्नु, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइन्सेन्स दिन आवह्वान गरिनु, सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाइन सिष्टिममा आवद्ध भएका तथा विदेशमा बसेका नेपालीले पनि उतैबाट सेयर खरिद बिक्री गर्न पाउने व्यवस्थाका कारण ठूला प्रगतिको साल बनेको उनको भनाइ छ । ‘कारोबार रकमले नयाँ इतिहास रचेको छ । वर्षको शुरु शुरुमा नेप्से परिसूचक ओरालो लागेपनि पछिल्ला दिनमा उकालो लाग्ने क्रममा रहेको थियो । समग्रमा भन्नुपर्दा पुँजी बजारलाई २०७६ वर्ष उपलब्धीमूलक नै थियो । तर यहि अन्तिम अवस्थामा विश्वभर फैलिएको कोरोना संक्रमणको प्रकोपले गर्दा त्यसको प्रभाव बजारमा पर्यो । आशा छ २०७७ सालमा बजारमा थप उछाल आउने छ,’ उनले भने । ‘डिस्ट्रक्सन इज फर द कन्स्ट्रक्स’ भन्ने उखानलाई प्रष्ट पार्दै उनले भने– ‘अवन्नति हुँनु भनेकै उन्नतिको बाटोतिर अग्रसर हुनका लागि हो । सकारात्मक बनौं २०७७ साल कोरोनाको माहामारी सकिसकेपछि धेरै राम्रो अर्थात उपलब्धी हुन्छ ।’ लगानीकर्तालाई त्यति राम्रो लागेन समग्रमा २०७६ साल नेप्सेलाई उपलब्धीमूलक लाग्यो । तर लगानीकर्ताको नजरमा भने २०७६ साल पुँजी बजार त्यति उपलब्धीमूलक नभएको बुझिन्छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पुँजी बजारको लागि २०७६ साल मिश्रित भएको बताउँछन् । ‘कारोबार रकमले रेकर्ड राख्यो, नेप्से परिसूचक करिब साढे १६ सयको हाराहारीमा पुग्यो । यस्तै, राम्रो राम्रै भइरहेको बजारमा करिब डेढ महिनादेखि कोरोना भाइरसले भने केही प्रभाव पारेको छ, विश्वव्यापी धनजनको नास भइरहेको जसले नेपालमा पनि आर्थिक मन्दी ल्याउन सक्ने सम्भावना बढी छ,’ रौनियारले भने । कारोनाको प्रकोप हटेपछि खुलेको बजार केही समय अलमलमा पर्ने उनको अनुमान छ । तर त्यसले केहि समयमै पिकअप लिने उनी बताउँछन् । त्यसैले अहिलै आत्तिनु पर्ने अवस्था नरहेको, गाह्रो साह्रो भएको बेला दृढशक्ति, इच्छाशक्ति, मनोबल बलियो बनाउनु पर्ने उनी बताउँछन् । २०७७ साल पैसा हुने तथा लगानी गर्न इच्छुकहरुलाई पनि स्वार्णिम अवसर हुने उनको भनाइ छ । ‘नयाँ वर्ष पुँजी बजारको लागि नयाँ शक्ति संसार हुने छ । नियामक निकायहरुको प्रमुख पदमा नयाँ व्यक्ति अर्थात विज्ञहरु नियुक्त हुनुभएको छ । उहाँहरुले पुँजी बजारको कमी कमजोरीहरु पहिल्याउँदै यसको समाधान र सुधारका उपायहरु कार्यान्वयनमा ल्याउनु हुनेछ । बोर्डका अध्यक्षले पनि अहिलेको अनलाइन कारोबारमा देखिएका समस्यालाई न्युनीकरण गरी सबै कारोबार पूर्ण रुपमा अनलाइनबाटै गराउन आग्रह गरिरहनु भएको छ । त्यसैले पनि हामी आशावादी छौं,’ रौनियारले भने । उनले पुजी बजार विकासको लागि सरोकारवाला निकायहरु मिलेर ५ वर्षे योजना ल्याउनु पर्ने मार्जिनल कलको सीमा बढाउने, सबै कामहरु एकै ठाउँबाट हुने गरी एकद्धार प्रणाली लागू गर्ने, दीर्घकालिन लगानी गर्नेलाई त्यही अनुसारको सुविधा दिने जस्ता नीतिगत निर्णय आवश्यक रहेको पनि बताए । सेयर बजारमा लगानीकर्ताले जुन रुपमा सुधार खोजेका थिए त्यो रुपमा सुधार नभएको नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् । समग्रमा भन्नु पर्दा नियामक निकायले गरेर बजार बढ्यो भन्ने ठाउँ नरहेको उनको विश्लेषण छ । ‘बजार घट्ने बढ्ने आफ्नो ठाउँमा छ । वर्षको शुरुमा ओरालो लागे पनि पुस मसान्तदेखि बजार बढ्न थालेको थियो, कारोबार रकमले साथ दिएको थियो । त्यसले लगानीकर्तालाई बजारप्रति आशा जगाएको थियो । तर पनि नियामक निकायले स्पष्ट रुपमा बजारलाई नहेरिदिँदा लगानीकर्ताले धेरै दुःख पाएको अवस्था रह्यो,’ उनले भनिन् । लगानीकर्ताका केही मागहरु कार्यान्वयन भएपनि बजार संयन्त्रहरुमा अपेक्षा अनुसारको सुधार हुन नसकेको उनको बुझाइ छ । अध्यक्ष पोखरेल सेयर बजारमा अझै पनि समस्या रहेको बताउँछिन् । बजारमा विभिन्न तरिकाको चलखेल भइरहेको भन्दै उनले बजार आफै पूर्ण रुपले चल्नु पर्ने भएपनि नेपालको पुँजी बजार स्वतन्त्र रुपमा नचलेको कारण साना लगानीकर्ता मारमा परेका बताइन् । २०७७ सालमा सरकार तथा नियामक निकायले हालसम्म स्पष्ट रुपमा नहेरिएको पुँजी बजार अब स्पष्ट रुपमा हेरिदिने, बजार सुधारको लागि हुनु पर्ने कामहरु तत्काल हुने र छिट्टै कार्यान्वयनमा ल्याउन सकिने वातावरण बन्ने आशा उनको छ ।
आफ्ना कर्मचारीलाई नहटाउनुस् भन्दै मोदीले नागरिकसँग यी सात कुराको आग्रह गरे
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भारतीय नागरिक समक्ष सात कूराकाे आग्रह गरेका छन् । उनले मंगलबार देशवासीका नाममा सम्बाेधन गर्दै सबैलाइ सरकारले भनेकाे कूरा अनुशरण गर्न आग्रह गरेका हुन् । – वृद्दवृद्दाकाे विशेष ख्याल राख्नुहोस्। – पूर्ण दूरी सामाजिक अनुसरण गर्नुहोस्। -तपाईको प्रतिरोध क्षमता बढाउन आयुष मन्त्रालयका निर्देशनहरू पालना गर्नुहोस्। – कोरोना संक्रमण रोकथाम गर्न, आरोग्य सेतु मोबाइल एप डाउनलोड गर्नुहोस् । – सकेसम्म धेरै गरिब परिवारहरूको खानाको आवश्यकता पूरा गर्नुहोस्। -सँग काम गर्ने कर्मचारीलाई नहटाउनुहाेस् । -क्टरहरू, नर्सहरू, सफा गर्नेहरू र पुलिसलाई सम्मान गर्नुहोस्।