सुदूरपश्चिमका पहिलाे काेराेना संक्रमित युवकले पनि जिते काेराेना, अस्पतालबाट डिस्चार्ज
काठमाडाैं । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक निकाे भएर घर फर्किएका छन् । उनी सेती प्रादेशिक अस्पतालबाट अहिले डिस्चार्ज भएका हुन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। उनी ३० दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेतीमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अव सेतीमा तीन जना संक्रमितको उपचार भईरहेको छ। याे सँगै काेराेनाबाट निकाे हुनेकाे संख्या ५ पुगेकाे छ ।
अब वेस्टर्न युनियन मनि ट्रान्सफरको सेवा घर-घरमै
काठमाडौं । नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरले होम डेलिभरी सेवा प्रवाह गर्ने भएको छ । अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ । एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनहरुले पठाएको रकम प्राप्त गर्न समर्थन गर्दछ । सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड-१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पुर्याउने भएको छ । होम डेलिभरी सुविधा आईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ । ‘हामी र हाम्रा एजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्छौं । एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाईन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवा गर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो ।’ वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने। ‘ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पुर्याउँछ र बैंक खाता नभएकाहरु सहित ठुलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ ।’- फराहले थपे । ‘हामी जिम्मेवारपूर्वक हाम्रो ग्राहकहरुका सेवाका लागि तयार रहेको सुनिश्चित गर्न सकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध छौं । यो जारी अवस्था र जुन गतिमा हाम्रा वरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामी हाम्रो संचालनलाई अनुकूल गर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्षम बनाइरहेका छौं ।’ अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले भने । ‘हामी बुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी छौं । हाम्रो नयाँ घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ ।’- हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भने । ग्राहक मार्गदर्शन एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन् । कल सेन्टरको नम्बरहरु: अन्नपूर्ण ट्राभल एण्ड टुस: ०१४२२३५३० हुलास रेमिटान्स: ९८५१०१९९७३ उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचय पत्रको प्रतिलिपि व्हाटस्एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् । एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्टा प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् । रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् । सफल प्रमाणिकरण पश्चात एजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।
नेपालमा पिसिआरबाट कुल ८ हजार ६३ र आरडिटीबाट कुल २७ हजार ९ सय ५६ परीक्षण
काठमाडौं । नेपालमा हालसम्म कोभिड–१९ काे रियालटाईम पिसिआरबाट कुल ८ हजार ६३ वटा परीक्षण भएको छ । यस्तै र्यापिड डायग्नोस्टिक किटबाट २७ हजार ९ सय ५६ वटा परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र आरडिटी गरेर नेपालमा हाल ३६ हजार ७ सय १९ परीक्षण भएको बताएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा पिसिआरबाट ३ सय ३३ र आरडिटीबाट २ हजार ८ सय ८ जनाको परीक्षण भएको छ । हालसम्म नेपालमा कोरोनाभाईरसको कारण लाग्ने कोभिड–१९ संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कुन प्रदेश कति परीक्षण ? हालसम्म आरडिटीबाट प्रदेश १ मा कुल २ हजार ६ सय २०, प्रदेश २ मा कुल ३ हजार ५ सय ९८, बागमती प्रदेशमा कुल ५ हजार ९ सय ५७ऽ गण्डकी प्रदेशमा ४ हजार १ सय ६३, प्रदेश ५ मा २ हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ सय ३४ र सुदुर पश्चिम प्रदेशमा कुल ६ हजार १ सय ७० काे परीक्षण भएकाे छ ।
कोरोनाको उपचार जडिबुटीबाट हुँदैन: डा.वासुदेव उपाध्याय
काठमाडौ. । कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ को उपचार जडिबुटीबाट नहुने आयुर्वेद तथा वैकिल्पक चिकित्सा विभागले बताएको छ । कोभिड–१९ सम्बन्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कुनै पनि जडिबुटीले कोभिड–१९ निको पार्ने पुष्टि नभएको बताएका हुन् । उनी भन्छन्, हाम्रौ घर आँगनमै पाउने जडिबुटीले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ तर यसको मतलब यसले कोभिड–१९ ठीक पार्छ भन्ने होईन । ’ जडुबुटीले कोरोनाको उपचार गर्छु भन्दै भ्रामक सन्देश फैलाउन बन्द गर्न पनि उनले आग्रह गरेका छन् । उनले सबैलाई विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य मन्त्रालयले जारी गरेको विधिहरुलाई अपनाउन आग्रह गरेका छन् ।
पेनाल्टी लिन्नौं, व्याज घटाउँछौं, सेयर किन्दा ५ लाख डलरसम्ममा सरकारले स्रोत नखोजोस्
काठमाडौं । बैंक वित्तीय संस्था संचालकको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कोरोना भाइरस (कोभिड १९) संक्रमणले नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न भन्दै ऋणीलाई राहतका विभिन्न कार्यक्रम अघि सारेको छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले देशभर लागू गरेको लकडाउनको कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै परिसंघले बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट ऋणीलाई दिने राहत प्याकेज घोषणा गरेको हो । परिसंघका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको बैठकले ऋणीलाई चैत र बैशाख महिनाको किस्ता तिर्दा व्याज रकममा १० प्रतिशत छुट दिने तथा कुनै पनि प्रकारको पेनाल्टी नलिने घोषणा गरेको हो । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालु पुँजी कर्जा तथा अन्य रिभल्भिङ प्रकृतिका कर्जाहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएका सबै प्रकारका कर्जाहरुमा लागू हुनेछ । यस्तो छ राहत प्याकेज १. बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा सुविधा उपभोग गर्नुभएका सम्पूर्ण नियमित ग्राहक महानुभावहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने, सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, व्याज लगायत तिर्न बाँकी बक्यौता साँवा तथा व्याज भुक्तानी गर्नुभएमा बुझाउनु भएको साधारण व्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना व्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालुपुँजी कर्जा तथा अन्य रिभल्भिङ प्रकृतिका कर्जाहरु लगायत बैंकहरुबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । २. बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउने । यस्तै, विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने । ३. बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्ने । ४. कोभिड १९ संक्रमणले नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असर बारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन गरी सो कार्यदलले दिएको सुझावका आधारमा नियामक निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने । सरकारलाई सुझाव १. महिलाले १५ लाख रुपैयाँसम्म निक्षेप जम्मा गर्दा त्यसमा सम्पत्ति शुद्धीकरणका व्यवस्था आकर्षित नहुने, केवाईसी÷करचुक्ता सम्बन्धी सम्पत्तिको स्रोत खोज्ने अहिलेको व्यवस्था हटाउने । यस्तो व्यवस्था कार्यान्वयन गर्दा देशभर छरिएर रहेको रकम बैंक तथा वित्तीय संस्था मार्फत परिचालन हुने । २. नेपाली नागरिक, गैरआवाशीय नेपाली, विदेशी नागरिक तथा संस्थाहरुले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर नेपालका मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनी मार्फत नेपालको पुँजी बजारमा लगानी गर्न चाहेमा त्यसो गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने । यस्तो रकमको लकिङ पिरियड २ देखि ३ वर्ष कायम गरिनु उपयुक्त हुने । ३. नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणाली मार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने । यस्तो लगानीको बैंक तथा वित्तीय संस्थाहरुले रेकर्ड राख्ने र सोको जानकारी नियामक निकाय तथा सरोकारवाला निकायलाई दिने । ४. गैरआवाशीय नेपालीले १० लाख अमेरिकी डलरसम्म नेपालमा लगानी गर्न ल्याउँदा नेपाल सरकारले त्यस्तो रकमको सम्पत्तिको स्रोत नखोज्ने व्यवस्था गर्ने गराउने । ५. नेपाली नागरिकले नेपालको कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यस्तो रकमको स्रोत नखोज्ने व्यवस्था गर्ने । सम्बन्धित सामग्री बैंकले आफ्नो नाफाबाट ऋणीलाई ६ अर्ब ३६ करोड छुट दिँदै ऋणीको लागि बैंक संचालकको छुट्टै प्याकेज आउँदै, व्याजदर घटाउने वा रकममा छुट दिने भन्नेमा छलफल
फुडमाण्डुले गरायो काेराेना बीमा, एनएलजी इन्स्योरेन्सकाे पहिलाे कर्पोरेट ग्राहक बन्न सफल
काठमाडाैं । फुडमाण्डुले कोभिड-१९ बाट आफ्ना कर्मचारीहरुलाई सुरक्षा गर्नका लागि कोभिड-१९ बीमा गराएको छ । फुडमाण्डुले एनएलजी इन्स्योरेन्स कम्पनीसँग आफ्ना १९ जना डेलिभरी स्टाफहरुको कोभिड-१९ बीमा गराएको हो । कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले देशभर लकडाउन गरेको अवस्थामा फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिईरहेको छ । कम्पनीले सरकारको नियम, आफ्ना कर्मचारी र ग्राहकहरुको सुरक्षा र सरसफाईलाई ध्यानमा राखेर दैनिकरुपमा फ्रेश ग्रोसरीजर डेलिभरी गरिरहेको छ । फुडमाण्डुले प्रति व्यक्ति १ लाख रुपैयाँको कोभिड-१९ बीमालेख खरिद गरेको हो । सो बीमालेखले कर्मचारीहरुलाई १ वर्षसम्म कोभिड-१९ बाट सुरक्षा प्रदान गर्नेछ । फुडमाण्डु कोभिड-१९ बीमालेख लिने एनएलजी इन्स्योरेन्स कम्पनीको पहिलो कर्पोरेट ग्राहक समेत हुन सफल भएको छ । कोभिड-१९ बीमालेख फुडमाण्डुका संस्थापक अध्यक्ष मनोहर अधिकारीको उपस्थितीमा एनएलजीका कर्पोरेट एण्ड इन्टरनेशनल बिजनेस हेड अन्जन ढकालले फुडमाण्डुकी अपरेशन हेड प्रतिमा अधिकारीलाई सोमबार हस्तान्तरण गरे । कम्पनीका फुडमाण्डुका संस्थापक अध्यक्ष मनोहर अधिकारीले आफ्नो कर्मचारीहरुको सुरक्षालाई संधै प्राथमिकता दिईरहेको बताए । ‘लकडाउनमा सबैजना घरमा हुनुहुन्छ र हाम्रा कर्मचारीहरु तपाईँको सेवामा खटिरहनुभएको छ । त्यसैले पनि उनीहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ । कोभिड-१९ बीमालेखले हामीलाई थप सेवा प्रदान गर्न उत्प्रेरित गर्नेछ,’ संस्थापक अध्यक्ष अधिकारीले भने । कोभिड-१९ बीमालेखका साथमा फुडमाण्डु आफ्ना फिल्डमा खटिने कर्मचारीहरुको सूरक्षामा प्रतिबद्ध रहेको छ भने उच्च सुरक्षा सर्तकताका साथ ग्राहकहरुको सेवामा समर्पित भएको छ । यसअघिदेखि नै फुडमाण्डुले कोभिड-१९ को सुरक्षालाई ध्यानमा राखेर कर्मचारीहरुले अनिवार्यरुपमा मास्क र पन्जा लगाउनुपर्ने नियम छ भने प्रत्येक घण्टामा स्यानिटाइज गरिने व्यवस्था रहेको छ । कम्पनीका मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम मालीले फुड डेलिभरी निकै संवेदनशील सेवा भएको हुँदा सबैको सुरक्षा र हाईजीनलाई ध्यान दिँदै थप एक कदम अगाडि बढेको बताए । ‘सुरक्षा र हाईजीनको विषयमा हामी कुनै जोखिम लिन चाहन्नौं, त्यसैले हामीले हाम्रा ग्राहकहरुलाई सुरक्षित र हाईजीन फुड डेलिभरी गर्नका लागि कोभिड-१९ बीमासहित सम्पूर्ण सुरक्षाको प्रबन्ध गरेका छौंं,’ मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम मालीले भने । यसैबिच फुडमाण्डुले लकडाउनमा बसेको बेला आमाको मुख हेर्ने दिन बैशाख ११ गतेको लागि प्रिअर्डर लिन शुरु गरेको छ । बैशाख १० गते बुधबारदेखि कम्पनीले सिमित रेष्टुरेन्टहरुबाट सिमित आईटमका फुडहरु अर्डर लिएर डेलिभरी समेत शुरु गर्नेछ ।
पूर्वीय दर्शन उदाउँदै, निभेकाे चुलाे बल्दै
द्रुत गतिमा विकास, विस्तार, विभिन्न आविस्कार तथा आणविक हतियार आदिद्वारा विश्वका शक्तिशाली राष्ट्रहरुबीच शक्ति प्रदर्शन भईरहेको बेला अकस्मात विश्व संकटमा परेको छ र आज पुरै विश्वको लडाई कोरोना (कोभिड १९) संगै भईरहेको छ । विश्वका हर कुना कुना यो संकटबाट अछुतो छैन । त्यसैले यसलाई २१ औं शताब्दिको विश्वव्यापी महासंकट भन्दा पनि फरक नपर्ला । पृथ्वी एउटा साझा थलो भन्ने भनाईलाई सार्थकता दिंदै प्रकृतिले पूरै पृथ्वी वासीलाई एउटा साझा समस्यामा पारेको छ, त्यो हो कोरोना महामारी । गत डिसेम्बर २०१९ देखि चीनको वुहान शहरबाट सुरु भएको कोभिड १९ भाइरसले विश्वका २१० राष्ट्रहरुलाई प्रभाव पारिसकेको छ । चीनबाट फैलिएको यो भाइरस ईटाली, अमेरिका, फ्रान्स, स्पेन, अष्ट्रेलिया हुदै सम्पूर्ण देशहरुमा तिव्र रुपमा महामारीको रुप लिइरहेको छ । चीनमात्र नभई विश्वका गुणस्तरीय चिकित्सा पद्दति कहलिने राष्ट्रलाई समेत कोरोेना भाइरसले चुनौती दिएको छ । अमेरिका जस्तो विज्ञान प्रविधि, स्रोत साधन, चिकित्सा,आविस्कार सबै कुरामा अब्बल, आर्थिक रुपमा शक्तिशाली कहलिएको राष्ट्रमा चीनमा धेरै गुणा बढी महामारी फैलिएको अवस्था छ । यस्तै आपतकालिन स्थिति अन्य ठूला तथा साना राष्ट्रहरुले पनि सामना गरिरहेका छन्, जसका कारण पूरा विश्व नै आज बन्दाबन्दी अर्थात लक डाउनको स्थितिमा छ । यस चुनौतीसंगै शक्तिशाली राष्ट्रको परिभाषा भने कोरोना महामारीले बदलि दिएको छ । २०७२ सालको भूकम्पको कारणले एक वर्ष पुरै आर्थिक संकटको सामना गर्नुपरे लगत्तै भारतबाट लगाइएको नाकाबन्दी र कोरोना महामारीलाई हेर्दा नेपालले २०७० को दशकमा नै ३ वटा संकट भोग्नु परेको छ । कोरोना संक्रमण फैलिरहंदा विश्वमान चित्रमा २४ जनवरी २०२० सम्म नेपालमा कोही पनि कोरोना संक्रमित देखिएका थिएनन् तर विश्वव्यापिकरणको युगमा पर्यटनको आकर्षक गन्तव्य रहेको नेपालमा संसारभरका मानिसहरुको आवातजावत हुने, साथै विश्वका सबै मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किन थाल्ने प्रकृयाले यस रोगको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । फलस्वरुप २०७६ साल माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमित फेला पर्यो । त्यससंगै नेपालमा कोरोना फैलिने आशंकाले नेपाल सरकार र नेपाली जनतालाई सतर्कताको सन्देश पुगिसकेको थियो । चैत्र १० गते फेरि पनि दोश्रो कोरोना संक्रमित फेला परेसंगै नेपाल सरकारले आफ्नो तर्फबाट सतर्कताका योजनाहरु तुरुन्त कार्यन्वयनमा ल्याउँदै सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडानहरु २०७६ साल चैत्र ११ गतेबाट अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गर्यो । चैत्र ११ बाट सिंगो देशलाई नै लक डाउन गर्ने नेपाल सरकारको निर्णयले महामारी तिव्र रुपमा फैलन भने पाएको छैन । सरकारले जनताप्रतिको जिम्मेवारी तथा उत्तरदायित्वलाई शिरोपर गरी देशमा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धता, खाद्यान्न, ग्यास, औषधि उपचारका सामग्रीहरुको आपूर्तीलाई सहज बनाउन स्थानीय निकायहरुलाई निर्देशन समेत दिएको छ । साथै लक डाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरुले पनि ए टि एम, समय मिलाएर शाखाहरु खोली जनतालाई नगद झिक्न सहज बनाईरहेका छन् भने नगदरहति कारोबारलाई प्राथमिकता दिंदै मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, कनेक्ट आई पि एस जस्ता सुविधाहरु निःशुल्क उपलब्ध गराई प्रविधिको अधिकतम् उपयोग गराउन सफल भएका छन् । लेखक लक डाउनको घोषणासंगै नेपाल सरकारले विमानस्थल बन्द गर्ने, सीमा नाकाहरु बन्द गर्ने, सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने, ठाउँ ठाउँमा अस्थाई स्वास्थ्य उपचार केन्द्रहरु स्थापना गरी साधारण ज्वरो जाँची कोरोनाको लक्षण देखिएका बिरामीलाई आ-आफनो जिल्लाहरुमा स्थापना गरिएका क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको छ । सरकारले महामारी फैलिनु अगाडि नै चालेका कोरोना संक्रमण रोकथामका कदमहरु एवं प्रयासहरुलाई नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्राउने योजनालाई स्थगित गरेकाे छ । नेपालमा हालसम्म कोरोना संक्रमण तिब्र रुपमा फैलिन नपाए तापनि ३० चैत्रसम्म प्राप्त तथ्याँक अनुसार कोराना संक्रमितको संख्या १३ पुगेको छ भने एक व्यक्ति उपचार पछि निको भई घर फर्किएका छन् र हालसम्म यस संक्रमणबाट मृत्यू हुनेको संख्या शुन्य छ । विश्व स्वास्थ्य संगठनले महासंकटको स्थिति घोषणा गरेसँगै विभिन्न संचार माध्यमबाट मानिसलाई स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने कार्य हरेक क्षेत्रबाट यथासम्भव प्रयासहरु भईरहेका छन् । श्वासप्रश्वासबाट सर्ने रोग भएकाले कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युंँ गर्दा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । कोरोनाको प्रारम्भिक लक्षणहरुमा सुख्खा खोकी लाग्ने, ज्वरो आउने, घांटी दुख्ने, मांशपेशी दुख्ने, सास फेर्न समस्या हुने आदी हुन् । साथै विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका बिरामीबाट पुष्टि भए अनुसार कोरोना संक्रमितमा खानाको स्वाद र गन्ध थाहा पाउने क्षमता ह्रास भएर जान्छ । विश्वमा हालसम्म यसको कुनै पनि औषधि पत्ता नलागे तापनि साधारण स्वास्थ्य सम्बन्धि कुराहरुमा सचेत भई अनुशासित भएमा यो संक्रमणले सजिलै प्रभावित बनाउन सक्दैन । कोरोना संक्रमणबाट बच्न निरन्तर मास्क लगाएर हिंड्ने, साबुन पानीले बारम्बार हात धुने, स्यानटिाईजरको प्रयोग गर्ने, रुघाखोकी लागेका मानिसको छेउछाउ नजाने, हाच्छ्युं गर्दा मुख छोप्ने साथै भिडभाड हुने ठाउमा नजाने जस्ता साधरण कुराहरुमा ध्यान पुर्याएमा कोरोनाबाट बच्न सकिन्छ । कोरोना संक्रमणले बढी मात्रामा बृद्धबृद्धा तथा साना बालबालिकाहरुलाई चाँडै प्रभाव पार्ने भएकाले आ-आफ्नो घर परिवारका सदस्यहरुलाई सुरक्षित राख्न घर बाहिर ननिस्की स्वास्थ्यप्रति सचेत रहन सबैमा आग्रह गरिएको छ । कोरोना संक्रमणले विश्वलाई स्वास्थ्य सम्बन्धी चुनौति मात्र होईन प्रविधिमा पनि चुनौति दिएको छ । सन् २०२० अप्रिल १२ सम्मको डब्लुएचओको तथ्याङ्क अनुसार विश्वमा १७,९६,२९८ जना कोरोना संक्रमित रहेका छन् भने विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०,०२६ पुगेको छ , जसमा ४१२,०७० जना सफल उपचार पछि घर फर्किएका छन् । कोरोना संक्रमण रोक्न विश्वका विभिन्न देशहरुमा गरेको लक डाउन र कर्फ्यूको कारणले उत्पादन तथा व्यापार ठप्प रहेको छ । जसको प्रत्यक्ष असर विश्वको अर्थतन्त्रमा परी विश्वको अर्थतन्त्र १० वर्ष पछि धकेलिन पुगेको छ । आईएमएफले सन् २००८ को विश्वव्यापी आर्थिक संकटभन्दा पनि ठूलो संकटको सामना हाल विश्वले गरिरहेको अनुमान लगाएको छ । विश्व बजार ठप्प भएसँगै धेरै राष्ट्रहरुले तरलता अभावको समस्या भोगिरहेका छन् जसका लागि आईएमएफले आवश्यक तरलता पूर्ति गर्ने तयारी पनि गरिरहेको छ । विश्व नै एउटा घर भन्ने भनाईसँगै विश्वव्यापीकरणले आफ्नै गति लिईरहेको बेला अचानक लक डाउनको स्थितिले देशको पर्यटन व्यवसाय मारमा परेको छ । राष्ट्रको ठूलाे हिस्सा पर्यटन व्यवसायबाट आर्जन हुने भएकाले सम्पूर्ण देशहरुको राष्ट्रिय आयमा असर परेको छ । एक अध्ययन अनुसार इतिहासकै उच्च विन्दुको बेरोजगारि समस्या आज विश्वको शक्तिशालि राष्ट्र अमेरिकाले भोग्ने बताइएको छ । यसरी कोरोना महामारीले बेरोजगारि, गरिवी , पर्यटन व्यवसायमा चुनौती, स्वास्थ्य सम्बन्धि चुनौती जस्ता धेरै चुनौतीहरु विश्वलाई दिएको छ । नेपालको लागि भने २०७२ सालको भूकम्प थिलथिलो बनाएको अर्थतन्त्र मज्जाले तङ्ग्रिन नपाउँदै भारतले नाकाबन्दी लगाएपछि झनै कष्टकर भईरहेको अवस्था थियो । ती दुई संकटबाट माथि उठ्न नपाउँदै विश्वव्यापी रुपमा फैलिएको माहामारीको सामना गर्नु नेपाल जस्तो सानो अर्थतन्त्र भएको विकासोन्मुख राष्ट्रका लागि धेरै ठूलो चुनौती भएको छ । नेपाल एक पर्यटकीय स्थल भएकोले सरकारले पर्यटन व्यवसायलाई प्राथमिकता दिई पर्यटन व्यवसायबाट अर्थतन्त्र माथि उठाउन सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० लागू गरेको थियो तर यो कोरेना महामारीले लक डाउनको स्थिति सिर्जना भएसँगै पर्यटन व्यवसाय पनि प्रभावित बनेको छ । २०७२ सालको महाभुकम्प पछि विश्वसामु नेपाल भ्रमण गर्न सुरक्षित छैन भन्ने सोचलाई चिर्दै नेपाल पर्यटन प्रवर्धनमा योजनाबद्ध तरिकाले अघि बढेको थियो । विश्वका अन्य राष्ट्रको तुलनामा कोरोना संक्रमितको संख्या नेपालमा हालसम्म कम मात्र देखिएको र नेपाल सरकारबाट समयमा नै चालेका कदमले नेपाल आजसम्म पनि सुरक्षित राष्ट्रकै रुपमा परिचित छ । नेपाल एक विकासोन्मुख राष्ट्र हो जहां धेरै जनसंख्या गरिवीको रेखामुनि छन् । कोरोना महामारीले सिर्जना गरेको लक डाउनले नेपालमा बेरोजगारीको सिर्जना हुनुका साथै गरिवी बढ्ने देखिएको छ । किसानहरुबाट उत्पादित सामानहरु बजार अभावका कारण त्यसै नष्ट भएर जाने , निर्यात ठप्प हुने साथै कलकारखाना, व्यापार व्यवसाय ठप्प हुने भएकाले राजस्व संकलन नहुने एवं विकासका परियोजनाहरु पनि धेरै वर्षपछि धकेलिने भएका छन् । अतः देशले ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने देखिन्छ । महामारीसँग जुध्न आवश्यक मास्क, स्यानीटाईजर, भ्यान्टिलेर , पिपिई जस्ता सामान र औषधिहरु अमेरिकाले चीनबाट आयात गरिरहँदा चीनलाई व्यापार युद्धमाथिको बिजयी शुरुवाती संज्ञा दिइएको छ । मानविय संवेदना, मानविय स्वास्थ्यलाई बेवास्ता गरी सारा विश्व नै शक्ति प्रदर्शनको होडबाजीमा चलिरहेका बेला यो महामारीले मानवता र स्वस्थ्य समाजको महत्वलाई छर्लङ्ग बनाएको छ । चीन र अमेरकिाको व्यापार युद्धले विश्वको अर्थतन्त्रमा प्रभाव पारिरहेको बेला शुरुवातमा चीन एक्लैले यो महामारी बिरुद्ध लडाई गरी संक्रमणको संख्या कम गर्दै कोरोना महामारीलाई आफ्नो अर्थतन्त्र उकास्ने अवसर बनाएको छ । उता अमेरिकामा भने चीनमा भन्दा ४ गुणा बढि महामारी फैलिंदै अर्थतन्त्र थिलथिलो बनेको छ । महामारीसँग जुध्न आवश्यक मास्क, स्यानीटाईजर, भ्यान्टिलेर , पिपिई जस्ता सामान र औषधिहरु अमेरिकाले चीनबाट आयात गरिरहँदा चीनलाई व्यापार युद्धमाथिको बिजयी शुरुवाती संज्ञा दिइएको छ । मानविय संवेदना, मानविय स्वास्थ्यलाई बेवास्ता गरी सारा विश्व नै शक्ति प्रदर्शनको होडबाजीमा चलिरहेका बेला यो महामारीले मानवता र स्वस्थ्य समाजको महत्वलाई छर्लङ्ग बनाएको छ । आणविक आक्रमणका लागि तयार भईरहेका तथा हात–हतियार र गोलि–बारुदको आडमा शक्ति प्रदर्शन गर्ने विश्वका शक्तिशाली राष्ट्रहरुलाई प्रकृतिले घरभित्र बन्धन बनाएर शक्तिहीनताको बोध गराएको छ । विश्व स्वास्थ्य संगठनका लागि पनि निकै ठूलो चुनौती बनेको कोरोना संक्रमणले विश्वलाई नै एकताको सन्देश, भातृत्वको भाव साथै अनुशासनको पाठ पढाएको छ । चीनको वुहान शहरबाट शुरु भएको महामारीले सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाई आर्थिक संकट निम्त्याएको छ । आईएमएफले २००८ को आर्थिक संकटभन्दा ठूलो आर्थिक संकटको संज्ञा दिएको कोरोना महामारीले विश्वको कुल ग्राहस्थ उत्पादन घटाउने जनाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को सुरुमा विश्वको कुल ग्राहस्थ उत्पादन ३.४५ प्रतिशतले वृद्धि भएको थियो तर विश्वका दुई शक्तिशाली राष्ट्रहरु चीन र अमेरिकाको व्यापार युद्धका कारण सन् २०१९ मा विश्वको कुल उत्पादन २.९५ मै सिमित रह्यो । व्यापार युद्धपछिको कोरोना आतंकले विश्वको कुल ग्राहस्थ उत्पादन स्वभाविक रुपमा नै तल झर्ने अनुमान लगाउन सकिन्छ । पूर्वीय दर्शनकाे महत्व भनिन्छ सबै विज्ञानको स्रोत नै बेद हो । तसर्थ, कोरोना भाईरसको औषधि हालसम्म पनि पत्ता लगाउन नसकेको चिकित्सा जगतमा नै पौराणिक सभ्यता र मानवीय अनुशासनमा बस्नु सिवाय अन्य विकल्प नै नरहेको देखिन्छ । मानव जातिले प्रकृतिको संरक्षण गर्ने साथै प्रकृतिमा उत्पादित हरेक बस्तु तथा सेवाहरुको उपभोग विवेकपूर्ण र मितव्ययी तरिकाले गर्नुपर्ने ज्ञान कोरोना महामारीले सिकाएको छ । नेपाल लगायत दक्षिण एसियाका धेरै राष्ट्रहरुमा मानिसको सभ्यता, संस्कृति र ईतिहास मिल्दोजुल्दो पाईन्छ । विश्वको मानचित्रमा पूर्वीय संस्कृति परम्परा अनि सभ्यताले आफ्नो एउटा छुट्टै महत्व राख्दछ । पश्चिमी मुलूकहरु भने विज्ञान, प्रविधि तथा आविस्कारहरुमा नै अब्बल देखिन्छन्। तसर्थ यी मानव सभ्यतालाई नियाल्ने हो भने हाल फैलिएको महामारीले पूर्विय धर्म, संस्कृति, वैदीक सत्य आदीलाई फेरी ब्यूंझाएको आभास भएको छ । भनिन्छ सबै विज्ञानको स्रोत नै बेद हो । तसर्थ, कोरोना भाईरसको औषधि हालसम्म पनि पत्ता लगाउन नसकेको चिकित्सा जगतमा नै पौराणिक सभ्यता र मानवीय अनुशासनमा बस्नु सिवाय अन्य विकल्प नै नरहेको देखिन्छ । मानव जातिले प्रकृतिको संरक्षण गर्ने साथै प्रकृतिमा उत्पादित हरेक बस्तु तथा सेवाहरुको उपभोग विवेकपूर्ण र मितव्ययी तरिकाले गर्नुपर्ने ज्ञान कोरोना महामारीले सिकाएको छ । कोरोना संक्रमितसँग हात मिलाउँदा पनि कोरोना संक्रमण फैलिने डरले विश्वभरि नै पूर्विय अभिवादनको पद्धती नमस्कार लाई प्रयोगमा ल्याएइएको छ । हिन्दु धर्मग्रन्थ अनुसार पूजापाठ, हवन मन्त्र उच्चारणबाट प्रकृतिमा भएका जिवाणु, किटाणुहरु नष्ट भई वातावरण पवित्र बनाउने धार्मिक मान्यतालाई अपनाउंदै विश्वका कुना कुनामा यज्ञ हवन अनि मन्त्र जप गरेको पाइयो । पौराणिक कालमा हाम्रा पूर्खाहरुले आफैंले उब्जाएका खानेकुरा खाने, आफैँले बनाएको लुगा लगाउने, आफ्ना धर्म संस्कार संस्कृतिमा रमाउने, आयूर्वेदिक औषधिहरुको प्रयोग गरि ठूला भन्दा ठूला रोगहरु निको पार्ने साथै घर बाहिर निक्लिए पश्चात शारिरिक शुद्धि, आचरण र दैनिकीका यस्ता अनेकन पाठहरु सिकाएका थिए । मानव सभ्यताको विकास आधुनिकीकरणसँगै मानिसहरुले आफ्ना सभ्यता बिर्सिंदै गएको अवस्था थियो । नेपालको सन्दर्भमा हेर्ने हो भने फेरि हामीलाई त्यही रमणीय गाउँमा रमाउन फर्काएको छ, त्यही रोटि, ढिंडो, गुन्द्रुक र सिंकी खाई परिवारसँग रमाउन सिकाएको छ । उर्वर भूमि बाँझो छोडी शहर अनि विदेश पलायन भएकाहरुलाई फेरि पनि कोदालो र हलो थमाइदिएको छ । पेट्रोलियम पदार्थ र ग्याँसको अभावसँगै गाउँघरमा निभेका चुलोहरु फेरि पनि बल्न थालेका छन् । अहिलेको समायमा मानसिको हरेक आहार विषदिले भरिएको कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता नष्ट हुँदै गईरहेको कारण कोरोना संक्रमण देखिएका व्यक्तिहरु चाँडै मृत्यु वरण गर्न पुगेका छन् । त्यसैले मानव जातिको खानपिन शूद्ध बनाई शारिरिक स्वस्थ्यमा ध्यान पुर्याउनुपर्ने देखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने फेरि हामीलाई त्यही रमणीय गाउँमा रमाउन फर्काएको छ, त्यही रोटि, ढिंडो, गुन्द्रुक र सिंकी खाई परिवारसँग रमाउन सिकाएको छ । उर्वर भूमि बाँझो छोडी शहर अनि विदेश पलायन भएकाहरुलाई फेरि पनि कोदालो र हलो थमाइदिएको छ । गाउँघरमा निभेका चुलोहरु फेरि पनि बल्न थालेका छन् । कोरोना संक्रमणले पारेको सकारात्मक प्रभावमा एउटा क्षेत्र भनेको वातावरण मात्र हो । बढ्दो जनसंख्या, सडकमा सवारी साधनको बढ्दो चाप, उद्योगधन्दा, कलकारखाना आदि कारणले निम्त्याएको वायू प्रदुषण, जल प्रदूषण आदि विश्वभरि नै चलेको लक डाउनको कारणले नियन्त्रण भएको छ । करिब साढे सात अर्बको मानिसको जनघनत्व थामिरहेको पृथ्वी प्रदूषण र रोगको थलो बनिरहेको थियो । सम्पूर्ण पशुपंक्षी तथा प्राणीको साझा बासस्थान रहेको पृथ्विमा मानिसको मात्र राज चलिरहेको थियो । कोरोना महासंकटले विश्वको अर्थतन्त्रमा ठूलो आर्थिक चुनौती दिए तापनि यसको कारणले ओजन लेयर खिइने क्रम नियन्त्रणमा आएको छ भने मानिसलाई अनुशासनको पाठ समेत सिकाएको छ । त्यसैले कोरोना महामारी विश्वका लागि अभिशाप बने पनि वातावरण र प्रकृति संरक्षणका लागि भने बरदानको स्वरुप प्रस्तुत भएको छ । [email protected]
फेरि एक जनामा देखियो कोरोना, नेपालभर ३२ जना संक्रमित
काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् । संक्रमित उदयपुरकाे ३३ वर्षका पुरुष रहेकाे देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको पिसिआर परीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो । यो संगै उदयपुरमा मात्रै १४ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालमा संक्रमण पुष्टि भएको संख्या ३२ पुगेको छ जसमध्ये ४ जना निको भएर घर गइसकेका छन् ।