विकासन्युज

आफ्नो सामाजिक संजालकाे अकाउन्टलाई कसरी सुरक्षित राख्ने ?

काठमाडौं । इन्टरनेटले हाम्रो जिवनलाई धेरै तरिकाबाट सजिलो गराइदिएको छ । तर,इन्टरनेटले जीवनलाई सजिलो मात्र नभएर कठिन पनि बनाइदिन सक्छ । इन्टरनेटमा तपाई जहिले पनि आफ्नो गोपनियतालाई सुरक्षित राख्न र ठगिनबाट जोगिन पर्दछ । याद गर्नुहोस् इन्टरनेटको माध्यमबाट मानिसले तपाईसँग सम्बन्ध नजिक मात्र बनाउँदैन तपाइको बैकं खाताहरुको गोपनियताहरु चोरेर तपाईलाई चुर्लुम्मै  डुबाउन पनि सक्छन् । यस्ता ठगहरुले तपाइलाई इमेलमार्फत संम्पर्क गरेर तपाईमार्फत अकाउन्टको पासवर्ड प्राप्त गर्ने धेरै प्रयास गरिरहेका हुन्छन् । त्यसैले कसैले पठाएको ईमेल, फेसबुक मेसेजहरुको हतारमा प्रतिकृया दिनुहुँदैन । तपाईले यसरी आफ्ना सामाजिक संजालको अकाउन्टलाई सुरक्षित राख्न सक्नुहुनेछ । प्राईभेसी सेटिङ्ग सधैँ सामाजिक संजालमा अकाउन्ट खोल्दा त्यसको प्राईभेसी सेटिङ्गमा गएर पहिला अकाउन्ट गोपनियतालाई कायम राख्नुहोस् । कुनै पनि सुचनाहरु सामाजिक संजालमा सेयर गर्दा त्यसलाई कसले हेर्ने मिल्ने नमिल्ने सबै बनाएर गरेर मात्र सेयर गर्नुहोस् । बायोग्राफिकल इन्फरमेसन धेरै सोसल मिडिया अकाउन्टले तपाईको वृस्तित विवरणहरु खोज्ने गर्दछ जस्तै तपाई कहाँ काम गर्नुहुन्छ, कहाँ बस्नुहुन्छ, तपाईको परिवारमा को–को छन् ईत्यादि । यसलाई तपाईको बायोग्राफिकल ईन्फरमेसन भनिन्छ । जहिले पनि सामाजिक सन्जालमा कति भन्नुपर्ने वा देखाउनु पर्ने त्यति मात्र लेख्नुहोस् । आफ्नो व्यक्तिगत सुचनाहरु सबै बाहिर नल्याउनुहोस् अकाउन्ट इन्फरमेसन कहिले पनि आफ्नो कुनै पनि सामाजिक संजालको अकाउन्ट र पासवर्ड, बैंकको खाताको पासवर्ड, सामाजिक सुरक्षा कोषको नम्बर कसैसँग पनि सेयर नगर्नुहोस् । याद राख्नुहोस् तपाईको आफ््नो भन्नेले पनि तपाईलाई डुबाउन बेर लगाउँदैनन् । सामाजिक संजालमा ध्यान लिएर साथी बनाउनुहोस् जहिले पनि सामाजिक संजालमा कोही साथीलाई जोड्दा म यो सामाजिक संजाल किन चलाईरहेको छु भन्नेमा प्रस्ट हुनुहोस् । कुनै पनि नयाँ व्यक्तिसँग सामाजिक सजालमा जोडिँदा उसको बारेमा पुर्ण रुपमा जानकार भएपछि मात्र जोडिनुहोस् । यसरी तपाई सामाजिक संजालबाट हुनसक्ने ठगीहरुबाट केही थप सुरक्षित बन्न सक्नुहुनेछ १‍. जहिले पनि बलियो पासवर्डको प्रयोग गर्नुहोस् र समय समयमा पासवर्ड बद्लिरहनुहोस् । सबै अकाउन्टमा भिन्न भिन्न पासवर्ड राख्नुहोस् । २. सार्वजनिक कम्पुयटरहरु प्रयोग गर्दा जहिले पनि सर्तक हुनुहोस् । एकपटक यस्तो कम्पुयटर प्रयोग गरिसकेपछि पर्ण रुपमा लगवाउट भएपछि मात्र कम्पुयटर छोड्नुहोस् । ३. सामाजिक संजालमा आएका कुनै पनि लिंक किल्क गर्नुभन्दा अगाडी सोच्नुहोस् । त्यो तपाईको साथीले पठाएको भने पनि सोच्नुहोस् ४. आफ्नो मोबाईलमा पनि सामाजिक संजालका पासवर्डहरु सुरक्षित राख्नुहोस् । यो गर्न जरुरी छ किनभने धेरैको मोबाईल सामाजिक संजालको अकाउन्टसँग लिंक गरिएको हुन्छ जसले फोन चोरी भएको अवस्थाममा पनि पासवर्डहरु सुरक्षित रहुन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख माथि, ट्रम्प भन्छन्- एकदिन शुन्य हुनेछ

काठमाडौं । हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ अहिलेसम्म ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ पुगेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको वेला भनेका छन् कि ‘यो संख्या एकदिन शून्य हुनेछ ।’ ट्रम्पले यसभन्दा अघि फेब्रुअरीमा पनि भनेका थिए कि अमेरिकामा संक्रमणको मामला शून्य हुनेछ । उक्त समय अमेरिकामा कोभिड-१९ संक्रमणको जम्मा १५ मामलाहरु मात्र पुष्टि भएका थिए । पत्रकारहरुको प्रश्नमा ट्रम्पले भने, ‘विस्तारै यो संख्या आखिरमा शून्य हुनेछ । हामी दुनियाँको कुनै अन्य देशहरुले भन्दा एकदमै बढि टेस्ट गरिरहेका छौं र सोहि कारण संक्रमितहरुको संख्या पनि सबैभन्दा धेरै देखिएको हो । सहि समय आउनासाथै संक्रमितहरुको संख्या शून्य हुनेछ ।’ (अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)

कोरोना संक्रमितको संख्या साढे ३१ लाख नजिक, २ लाख १७ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५३ हजार ३ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ भने अहिलेसम्म १ हजार ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५४ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

बहराइनमा मंगलबार मात्रै ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बहराइनमा मंगलवार ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड १९ ) बाट संक्रमित भएका छन् । यसअघि त्यहाँ ४९ जनामात्र संक्रमित रहेका थिए । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा फरक फरक कम्पनीमा काम गर्ने नेपाली कामदारहरुलाई संक्रमण देखिएको मंगलबार पुष्टी भएको जानकारी दिएको छ । ३५ हजार नेपाली कार्यरत बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२६ जना पुगेको छ । बहराइनमा कुल २ हजार ८ सय १० जना संक्रमित रहेका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित नेपाली कामदारहरुलाई अन्य कामदारबाट अलग्याउने काम भइरहेको जानकारी दिदै अवस्था संवेदनशील रहेका बताए । मंगलबार मात्रै त्यहाँ ८७ जना संक्रमित थपिएका हुन । अहिलेसम्म त्यहाँ कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । बहराइनमा हालसम्म २ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुवेतमा थप ६ जना नेपाली काेराेना संक्रमित, १५ सयभन्दा बढीकाे ट्राभल डकुमेन्ट तयार

काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् । त्यस्तै कुवेतस्थित नेपाली दुतावासले ४ दिनमा अवैधानिक रुपमा बसेका एक हजार पाँच सयभन्दा बढी नेपालीको ट्राभल डकुमेन्ट तयार गरेको जानकारी दिएकाे छ । २५ अप्रिल देखि नेपाल लगायत अन्य देशका अवैधानिक बसेका नागरिकलाई जरिवाना छुट्, गन्तव्य मुलुकसम्म निशुल्क टिकटको व्यवस्था कुवेत सरकारले शुरु गरेको हो । पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गएसँगै नेपालीमा स्वदेश फर्किने चाहना बढ्दै गएकाे र लकडाउन खुलेसँगै धेरै नेपाली घर फर्किने देखिएकाे राजदुत भण्डारी जानकारी दिए । ७० हजार नेपाली कामदार रहेको कुवेतमा करिब ७ हजार नेपाली अवैधानिक रुपमा बस्दै आएको दूतावासले जानकारी दिएको छ । अप्रिल एक तारिक देखि कुवेत सरकारले अवैधानिक रुपमा बसेका सबै देशका नागरिकलाई आममाफी घोषणा गरेको थियो ।

कोरोना विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । कोभिड-१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने भएको छ । कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन उक्त सहयोग गर्ने निर्णय गरेको हो । कोका-कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाखभन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने कम्पनीकाे उद्देश्य रहेको छ । नेपालमा कोका-कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ । यसका साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु-पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको हो । कोका-कोलाले नेपालमा समुदायहरुलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् । कोका-कोला अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, ‘महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।’

सेञ्चुरी बैंकले रुकुमको अस्पतालाई दियो २० थान पीपीई

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पतालाई सहयोग स्वरुप उक्त सहयोग गरेको हो । बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पीपीई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन् । साथै, बैंकले कोभिड १९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल ८५ लाख प्रदान गरिसकेको छ ।

सुलभ अग्रवालविरुद्ध सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल विरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ । उनी विरूद्द मंगलबार सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरिएकाे हाे । लकडाउनको समयमा महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । अग्रवाल ३ हजार मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दा गर्दै चैत २५ गते नक्सालबाट पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दाको थुनछेक बहस बुधबार हुने बताइएकाे छ । प्रहरीले पक्राउ गर्दा बरामद गरेका थर्मल गन तथा सवारीसाधन जफत गर्न पनि माग गरिएको छ । यसअघि उनलाई ३ पटकसम्म म्याद थप गरी २२ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।