विकासन्युज

विदेशमा अलपत्र परेका ७ लाख नेपाली देश फर्कने प्रतिक्षामा, २५ हजारलाई ल्याउने तयारीमा सरकार

काठमाडौं । रोजगारीको क्रममा विदेशमा रहेका करिब ७ लाख नेपाली श्रमिक फर्कने चाहेका छन् । विश्वमा नै फैलिएको कोरोना भाइरसको कारण खाडी तथा मध्यपूर्वी देशमा रहेका करिब ७ लाख नेपाली स्वदेश फर्कनका पाउँ भन्दै म्यानपावर व्यवसायी, दूतावास एवम् एनआरएनएको सम्पर्कमा रहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले १० लाख नेपाली फर्किने अवस्थामा रहेको जानकारी दिँदै आएको छ । तत्कालका लागि ५ देखि ६ लाखसम्म खाडी तथा मध्यपूर्व देशमा रहेका नेपाली फर्किन चाहेपनि सरकारले पहिलो चरणमा २५ हजारलाई मात्र ल्याउन सकिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक रुपमा जानकारी दिएका छन् । २/३ महिनादेखि रोजगारी गुमाइ नेपाल आउने प्रतिक्षामा रहेका धेरै नागरिक छन् । तर सजायबाट आममाफी पाएका, श्रमको करार अवधि सकिएका, रोजगारी गुमाएर बसेका, कोरोनाबाहेक अन्य कारण विरामी भएका, सुत्केरी, गर्भवती, जेष्ठनागरिक, अशंक्त, अध्ययनमा आएका विद्यार्थी, आफन्तको मृत्यु भई काजकिरिया गर्न नेपाल आउनुपर्ने, भिजिट भिसामा रहेकालाई स्वदेश फर्काउने सरकारको पहिलो प्राथमिकता रहेको छ । ठूलो संख्यामा रोजगारी गुमाएर बसेका मध्यपूर्वी तथा खाडी राष्ट्रमा रहेका नेपाली सरकारको प्राथमिकतामा परेको छ । विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ठूलै भइसकेको छ भने धेरै लामो समय देखि रोकिएर रहेका अन्य १ सय ९९ वटा विभिन्न कारण मृत्यु भएका शव रोजगार गन्तव्य मुलुकमा नै रहेका हुँदा सरकारले उक्त शव परिवारलाई बुझाउनु पर्ने अर्काे महत्वपूर्ण काम छ । पछिल्लो समय गन्तव्य मुलुकमा नै शवको अन्तिम संस्कार गर्नका लागि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारसँग कुरा गर्दै आएको छ । हालसम्म ७५ परिवारले स्वीकृति दिएका छन् । त्यस्तै कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली आफ्नै देशमा आइ सिप अनुसारको काम गर्न चाहनेको संख्या धेरै रहेको विदेशस्थित विभिन्न दुतहरुको जानकारी दिँदै आएका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८ देखि १० वटा उडान भर्नेछ । सामाजिक दुरी कायम गर्दै कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर) रिपोर्ट अनिवार्य गरिएको छ । विदेशबाट आएका नेपालीका होल्डिंग सेन्टर, होटल क्वारेन्टाइन तथा स्थानीय निकायमा बनाएको क्वारेन्टाइनसम्म पुर्याउने व्यवस्था सरकारले गर्ने भएको छ । सरकारले अर्काे हप्तादेखि उक्त कार्य शुरु गर्ने भन्दै आएको छ । यो सबै कार्ययोजना कोभिड १९ रोकथाम, नियन्त्रण तथा उच्चस्तरिय समितिले तय गरेको छ ।

आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताए । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।” आफूलाई कोरोना सङ्क्रमण भएको भान नभएको बताउँदै उनले सङ्क्रमणसमेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताए । आफूहरु लकडाउनको समयमा र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना सङ्क्रमण देखिएर त्यसलाई जित्न सफल भएको उनको भनाइ छ । कोरोना सङ्क्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको तर्क थियो । उनले भने, “कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन । म गर्भवती हुँदा त तीन÷चार दिनमा नै जाती भएँ । तपाईँहरु पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ ।” कोरोना सङ्क्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहबमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनले जानकारी दिए । आफूहरु जेठ ९ गते चितवनबाट हेटौंडा घर गएको र १० गते क्वारेन्टिनमा बसेको समयमा स्वाब परीक्षणका लागि नमूना लिइसकेपछि घर गएको र नतिजा पोजेटिभ आएपछि उपचारका लागि यहाँ आएको उनले बताए । भरतपुर अस्पतालको सेवा सुविधाबाट आफू सन्तुष्ट रहेको उहाँको भनाइ थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको नमूना लिइएको एक सातापछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आएपछि उनलाई आइतबार बिदाइ गरिएको हो । बिदाइ गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना सङ्क्रमण निको भए पनि थप १४ दिन घरमै सुरक्षित बस्न आग्रह गरे । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत उनले सुझाव दिए । सोही अवसरमा अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले गर्भवती भएको समयमा कोरोना देखिए बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे । भरतपुर अस्पतालमा यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमा छोरा पनि कोरोना जितेर फर्किसकेका छन् । अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना विशेष अस्पतालमा चार जना सङ्क्रमित राखी उपचार गराइराखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । रासस

आत्मनिर्भरताको बाटोमा

संसारमा भीमकाय ह्वेलदेखि सूक्ष्मातिसूक्ष्म जीवहरू अस्तित्वमा छन् । स्वजीवी र परजीवी अनेक जीव अस्तित्वमा छन् । कति सूक्ष्म जीव हाम्रै शरीरभित्र छन् कति बाहिर । जीवको सम्बन्ध कुनैसँग अति मित्रवत् छ भने कतिपयसँग शत्रुवत् । आफ्नो मस्तिष्कको प्रयोग गरी अन्य जीवलाई वशमा राखी आफूअनुकूल प्रयोग गर्न मानिस सक्षम छ । मानिसको विश्वविजयको यो यात्रामा समयसमयमा मानव जातिकै अस्तित्वमाथि धावा बोल्ने गरी अनेक सङ्कट आउँदै गएका छन् । प्रकृति र जीवनमा सन्तुलन कायम राख्ने जीवनशैलीलाई निरन्तरता नदिँदा विभिन्न कालखण्डमा ठूलो जनसङ्ख्या अकाल मृत्युको चपेटामा पर्दै आएको छ । प्रत्येक १०० वर्षमा मानव अस्तित्वमा ठूलो चुनौती दिँदै विभिन्न महामारी हुने गरेको ऐतिहासिक तथ्यले देखाउँछ । मानवीय आविष्कारलाई नै असफल सिद्ध गर्दै चुनौतीका रूपमा यस प्रकारका महामारी फैलिने गरेका छन् । संसारका अन्य प्राणीलाई आफ्नो वशमा पार्दै संसारमा शासन गरिरहेको मानिसलाई अहिले नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म भाइरसले हायलकायल तुल्याएको छ । यो कुनै अमुक राष्ट्र वा भौगोलिक क्षेत्रको नभई सिङ्गो मानव जाति र समग्र भूगोलकै चुनौतीका रूपमा आएको छ । यसको नियन्त्रणमा त अवश्य नै मानव जाति सफल रहला । समय कति लाग्ने भन्ने मात्रै हो । महामारीपछिको विश्वको स्थिति कस्तो बन्छ भन्ने कुरा यतिबेला सबैको चिन्ता र चासोको विषय बन्न पुगेको छ । स्वयं महामारी कुन स्तरसम्म फैलन्छ भन्ने टुङ्गो नभएको अवस्थामा त्यसपछाडिको स्थितिको आँकलन गर्न सहज छैन । यद्यपि कोरोना भाइरससँगै विश्वमा देखिएका घटना परिघटनाले समग्र विश्वस्थितिमा आमूल परिवर्तन आउने कुराको स्पष्ट सङ्केत भने गरेका छन् । कोरोना सङ्क्रमण र यसको विस्तार सन् २०१९ डिसेम्बर महिनाको अन्तिम हप्ता चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरसले अहिले सारा विश्व आफ्नो कब्जामा लिएको छ । दिनहुँ मृत्युको आँकडा बढ्दै गइरहेको छ । यसबाट हुने सम्भावित मानवीय क्षतिको पूर्वानुमान अहिल्यै गर्न सकिने स्थिति छैन । पछिल्लो समय विश्वको महाशक्ति राष्ट्र अमेरिकामा यसको सङ्क्रमण तीव्र छ । थालनीका दिनमा चीनप्रति पेचिलो बन्नु, विश्व स्वास्थ्य सङ्गठनले गरेको आग्रह नटेर्नु र रोकथामका आवश्यक तयारीमा ढिलाइ गर्नु आदि कारणले अमेरिकाले ठूलो क्षति व्यहोर्नुपरेको हो । अहिले अमेरिका मर्माहत छ । युरोप थला परेको छ । कोभिड–१९ भाइरसको अकल्पनीय सङ्क्रमणले विश्वलाई ध्रुवीकरण गर्ने सङ्केत देखिएको छ । लेखक कोरोनाको सङ्क्रमण के कारणले भयो भन्ने तथ्य पत्ता लागिसकेको छैन । यद्यपि यसको प्रमुख कारण मासुजन्य खाद्यपदार्थको उपभोग नै हो भन्ने प्रारम्भिक अध्ययनको निष्कर्ष छ । यसको सङ्क्रमण ज्यामितीय आकारमा वृद्धि हुँदै गएको छ । अन्य भाइरसहरू कुनै एक हावापानीमा बढी सक्रिय भएको पाइन्थ्यो भने यो भाइरस जुनसुकै हावापानीमा पनि सक्रिय भएको पाइएको छ । लण्डनको चिसोदेखि अरब राष्ट्रको तातोसम्म यसको फैलावट उत्तिकै तीव्र छ । कोभिड–१९ ले फोक्सोमा सङ्क्रमण हुने र श्वासप्रश्वासमा कठिनाइ भई बिरामीको मृत्यु हुन्छ । खासगरी रुघा (सिँगान) तथा खोकी (खकार)का माध्यमले यसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन्छ । त्यसैले यसको सङ्क्रमण पहिचान गर्न र्याल र खकारजन्य पदार्थको परीक्षण गरिन्छ । यसकारण सिँगान र खकारजन्य पदार्थबाट टाढा रहेर नै यसबाट बच्न सकिन्छ । यसको सङ्क्रमणबाट बच्नका लागि विश्व स्वास्थ्य सङ्गठनले केही विशिष्ट उपायहरू (आधारभूत सुरक्षाका उपायहरू) सुझाएको छ । ती उपायहरूमा नियमित रूपमा हात धुने, सामाजिक दूरी कायम राख्ने, नाक, मुख, आँखा नछुने, आदि छन् । अन्यत्रबाट आएका मानिससँग टाढै बस्ने, शारीरिक सक्रियता र सामाजिक सक्रियता(भौतिक) नगर्नु नै यसबाट बच्ने प्रमुख उपाय हुन् । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्यकर्मी र सरकारले दिएका सूचना तथा निर्देशनको पूर्ण पालना गरी यसको जोखिमबाट बच्न सकिन्छ । विश्वव्यापीकरणको यो समयमा आत्मनियन्त्रण अत्यन्त कठिन कुरा हो, चाहे त्यो व्यक्तिका हकमा होस् वा राष्ट्रका हकमा । त्यसैले त चीनको वुहान प्रान्तमा पत्ता लाग्नासाथ सचेतना अपनाउँदा अपनाउँदै पनि यो विश्वभर डढेलोकै गतिमा फैलियो । अहिले विश्वभर विनाशको ताण्डब देखाएको छ । डढेलोलाई सानै आकारमा नियन्त्रण गरेमा त्यो फैलन नपाएझैँ कोरोनालाई पनि प्रारम्भिक चरणमै रोक्न सकेमा व्यापक क्षति हुन पाउँदैन । यो तथ्यलाई अझै पनि प्रारम्भिक अवस्थामा रहेका विश्वका दर्जनौँ राष्ट्रले ध्यान दिँदै कार्यान्वयन गर्नु आवश्यक छ । चीनको वुहान क्षेत्रको मृत्युको आँकडा अझै पनि बढिरहेको छ । चीनलगत्तै सङ्क्रमण देखा परेपछि सुरुमै नियन्त्रणमा राख्न सकेको दक्षिण कोरियामा निको भएका ९१ जनामा फेरि सङ्क्रमण देखिएको छ । यसले एकपटकको सङ्क्रमणलाई जित्दैमा कोरोनामाथिको विजय सम्भव नभएको नयाँ तथ्य फेला परेको छ । विश्वका २३२ राष्ट्रमध्ये २२६ राष्ट्रमा यसको सङ्क्रमण फैलिसकेको छ । विश्वको कुनै कुनो यसको सङ्क्रमणबाट जोगिन सकेको देखिँदैन । मानिसको शरीरमा बसेर भ्रमण गर्ने भएका कारण यो भाइरस अति छिटो विश्वव्यापी बन्यो । यसका लागि पासपोर्ट भिसा केही नचाहिने भएकाले पनि यसले निर्वाध विश्वभ्रमण गरिरहेको छ । ठोस औषधी पत्ता नलागिसकेको अवस्थामा पूर्वसावधानीसहितको सङ्क्रमण रोकथाम नै एक मात्र उपाय हो । स्वास्थ्य वैज्ञानिकहरू यसकोे औषधी पत्ता लगाउन अहोरात्र खटिरहेका छन् । स्वास्थ्यकर्मीहरू बिरामीको उपचारका लागि सक्रिय छन् भने सामाजिक अभियन्ताहरू रोकथामका लागि दिनरात खटिरहेका छन् । उपचारकै क्रममा सयौँ स्वास्थ्यकर्मीले ज्यान गुमाइसके भने हजारौँ आफैँ सङ्क्रमित बने । जर्मनी, नेदरल्यान्ड, अष्ट्रेलिया लगायतका केही देशले यसको सङ्क्रमणलाई नियन्त्रण गर्दै मृत्युदर न्युन राख्ने कार्यमा सफलता हासिल गरेका छन् । यसभन्दा बढी हालसम्म अन्य कुनै प्रयास सार्थक बन्न सकेका छैनन् । चीनले कोरोना नियन्त्रणका क्रममा प्राप्त अनुभवबाट विश्वका विभिन्न देशमा स्वास्थ्यकर्मी एवम् स्वास्थ्य उपकरण पठाएर सहयोग गरिरहेको छ । अमेरिकामा सङ्क्रमण फैलिन थाल्दा रुसले अमेरिकालाई र अहिले रुसमा सङ्क्रमण फैलिरहँदा अमेरिकाले एकअर्कालाई उपकरण सहयोग गरिरहेका छन् । मानवीय सङ्कटसँग विश्व एक भएर मात्र जुध्न सम्भव भन्ने सन्देश यो र यस्ता आपसी सहयोगले प्रमाणित गरेका छन् । विश्वबन्धुत्वको भावना फेरि एकपटक विश्वव्यापी बनेर आएको छ । यो समग्र मानव जातिको अस्तित्वसँग जोडिएर गरिएको सबैभन्दा सार्थक पहल हो । कोरोनाको विश्वव्यापी प्रभाव र नेपाल कोरोना भाइरसको उद्गम थलोका रूपमा रहेको चीन र हाल सबैभन्दा बढी असर परेको मुलुकका रूपमा अमेरिका दुवैको अर्थतन्त्रमा यसले गम्भीर असर पार्ने प्रारम्भिक अध्ययन र प्रतिवेदनले देखाएका छन् । चीनमा यसको प्रभाव केही मत्थर भइसकेकाले चीनको अर्थतन्त्रमा ठूलो गिरावट नआउने प्रक्षेपण गरिएको छ । विश्व बैँकले मार्च २ मा गरेको आर्थिक प्रक्षेपणले विश्वको कुल ग्राहस्थ उत्पादन सन् २०१९ मा २.९ रहेकोमा सन् २०२० मा २.४ मा झर्ने देखाएको छ । चीन, भारत, जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका अत्यन्त सीमित राष्ट्रको ग्राहस्थ उत्पादनमा केही गिरावट आउने बताएको छ । यसबाहेक विश्वका अन्य राष्ट्रमा भने भारी गिरावट आउने बैँकको प्रक्षेपण छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादन २.३ बाट १.९ मा झर्ने प्रक्षेपण बैँकको छ । विश्व बैङ्कले दक्षिण एसियाली क्षेत्रको आर्थिक गिरावट विगत ४० वर्षयताकै सर्वाधिक न्यून हुने जनाएको छ । पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन । विश्व बैँकको प्रक्षेपणको यो आँकडाले पनि कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्र थला पर्ने देखाएको छ । चलायमान अर्थतन्त्र सीमिततातर्फ उन्मुख हुने सम्भावना प्रबल छ । उत्पादनमुखी अर्थतन्त्र रहेका राष्ट्रमा यसले त्यति धेरै असर नपारे पनि वितरणमुखी, सेवामुखी र व्यापारमुखी अर्थतन्त्र भएका राष्ट्रमा भने यसको अत्यन्त नकारात्मक असर पर्ने देखिन्छ । नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील छ । नेपालका दुई छिमेकी राष्ट्रको जनसङ्ख्या साढे दुई अरबभन्दा बढी छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुनु र भारत पनि आर्थिक विकासमा उदीयमान रहनु नेपालका लागि अवसर र चुनौती दुवै हो । नेपालको अर्थतन्त्र रेमिट्यान्स र आयातीत वस्तुमा लगाउने भन्सारमा निर्भर छ । कृषि उत्पादन निरन्तर ओरालो लागिरहेको छ । औद्योगिक विकासको क्रम दयनीय छ । सेवा क्षेत्रको उचित विकास छैन । जलस्रोत र पर्यटनबाट अपेक्षाकृत आम्दानी गर्न सकेको छैन । देशका सम्भावनालाई यथार्थमा बदल्नका लागि वैज्ञानिक नीति तथा योजना आवश्यक हुन्छ । नेपालका अधिकांश योजना कागजमै सीमित छन् । वैदेशिक सहायता प्राप्त गर्नका लागि मात्रै योजना बनाउने गरेको जस्तो देखिन्छ । मनसुनी हावापानीका कारण नेपालको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र कृषि हो । सरकारी योजनामा भने कृषि कहिल्यै पहिलो प्राथमिकतामा परेन । नेपालले प्रत्येक वर्ष चालीस अर्बभन्दा बढी रुपैयाँको कृषिजन्य वस्तु आयात गर्छ । यही एउटा उदाहरणले नेपालका सम्भावना र योजनाबीचको बेमेल प्रष्ट पार्छ । जलस्रोतको विकास, कृषिजन्य उद्योग, पर्यटन, जडीबुटी खेती (औषधी उद्योग), पशुपालन आदि नेपालको आर्थिक विकासको सम्भावना बोकेका क्षेत्र हुन् । सरकारी तथ्याङ्कअनुसार हाल ५० लाख युवा विदेशमा छन् । सरकारी तथ्याङ्कमा नरहेकाहरूसमेतको यो सङ्ख्या करिब ७० लाख रहेको अनुमान छ । देश विकासका लागि उपलब्ध स्रोत र साधनको समुचित परिचालनका लागि युवा जनशक्ति आवश्यक छ । देशनिर्माणको आधार युवाको ठूलो सङ्ख्या विदेश हुनुले हाम्रो परनिर्भरताको हद प्रष्ट्याउँछ । सरदरमा नेपालका प्रत्येक घरको कम्तीमा एक जना विदेशमा छ । विदेशिनेको सङ्ख्या बढ्नासाथ सुखको लोभमा सहरतिर बसाइँसराइँ तीव्र छ । अनावश्यक उपकरणको उपभोगले आकाश छोएको छ । उर्बर भूमि बस्तीमा परिणत भएको छ । पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जीवनशैली नै निष्क्रिय भएपछि शारीरिक र मानसिक रोगको शिकार बन्छ मान्छे । वैदेशिक अनुदान सरकारले सदुपयोग गरेको पाइँदैन । भ्रष्टाचारले राज्यसंरचना थिलथिलो छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन । कोरोनापछिको विश्व कोरोनाले विज्ञानलाई ठाडो चुनौती दिएको छ । तत्कालीन आवश्यकता पूर्ति गर्दै जाने र यथासम्भव अवसरलाई छोपिहाल्ने मनोवृत्तिमा मानव जाति लाग्दै गयो । पृथ्वी आँखाले देख्न सकिने र नसकिने सबै प्रकारका जीवको साझा घर हो । मानवीय गतिविधिले पृथ्वी उसकै लागि मात्र सिर्जित भएको ठान्दै यहाँका स्रोतसाधनको चरम दोहन गरिरह्यो । यसले प्राकृतिक असन्तुलन बढायो । अर्कातिर राष्ट्र राष्ट्रका बीचको अस्वस्थ प्रतिस्पर्धाले मानवीय अस्तित्व नै सङ्कटग्रस्त छ । खाद्यन्य सहायता लिन लाममा बसेका बंगलादेशका महिला र बालबालिका ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्’ यो मन्त्रले संसारका सबै प्राणीको सुख र अमनचैनको कामना गरेको छ । यो कामना भनेकै मानवजातिलाई सबै प्राणीको हितमा आफ्नो तन र मन समर्पण गर भनेको हो । ‘कर्मेषु फल मापेषु’ को भावनाअनुसार कर्म (जगत्का प्रति आफ्ना कर्तव्य निर्वाह) गर्दै जाने तर फलको आशा नगर्ने हो । मानिस भने उल्टै फलकेन्द्रित हुँदै गएकाले तन र मनभन्दा धनलाई प्राथमिकता दियो । संसारभर सम्पत्ति र शक्तिको होडबाजी चल्दै गयो । दया, करुणा, सहयोग, मेलमिलाप जस्ता मानवीय र सामाजिक भावना हराउँदै गए । यी भावनाको साटो घमण्ड, ईर्ष्या, रिस, वैमनस्य आदि अमानवीय भावना विकास भए । विश्वबन्धुत्व र सहअस्तित्व लत्याइए । फलस्वरूप विश्वमा प्रकारप्रकारका महामारी फैलिरहेका छन् । मान्छेको हेलचर्क्याइँले विश्वको हावापानीमा परिवर्तन भयो । यसले पृथ्वी नै सङ्कटमा पर्ने सम्भावना नजिकिँदै छ । मानिसले आफ्नो सुखका लागि पृथ्वीका कति प्राणीहरूको अस्तित्व नै नामेट पारिदियो । यसले पारिस्थितिक प्रणाली बिगार्यो । हिजो फैलिएका हैजा, औलो, मलेरिया, प्लेग लगायतका महामारीहरू यसै शृङ्खलाका एक एक उदाहरण हुन् । आध्यात्मिक दृष्टिले हेर्ने हो भने पनि महाभारतमा अर्जुनलाई श्रीकृष्णले भनेका छन् –“परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्, धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।” जबजब धर्म र प्रकृतिमाथि सङ्कट आइपर्छ तब तब धर्म (अधिकार र कर्तव्यको तालमेल) रक्षा गरी दुष्टलाई दण्ड दिन म आइपुग्नेछु । डार्बिनको विकासवादले प्राकृतिक छनोटको सिद्धान्त अगि सारेको छ । पृथ्वीमा प्राणी सङ्कटमा पर्दा त्यसको रक्षार्थ विविध अवतारमा ईश्वर आई रक्षा गर्ने कुरा वेद–पुराण, कुरान, त्रिपिटक र बाइबलमा समेत उल्लेख छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र, सामाजिकता, व्यापार, राजनीति, विकास निर्माण आदि विविध क्षेत्रमा ठूलै उथलपुथल ल्याउने देखिन्छ । यो महामारीले चलायमान विश्व ठप्प छ । दगुरिरहेका मान्छेका भीड पक्षाघातले थला पारिदिएको छ । मानव सभ्यता एउटा बिन्दुमा आएर अडिएको छ । अब कता जान्छ, सहजै आँकलन गर्न सकिँदैन । कोरोना आतङ्क साम्य भएपछि विश्वको विकासले कोल्टे फेर्ने निश्चित छ । आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ । यसले मानिसको सोच्ने शैलीमा पनि परिवर्तन ल्याउने छ । आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ । बहुलवादको साटो एकतन्त्रीय शासन लोकप्रिय बन्दै जानेछ । टाढा हेर्न छोडेर नजिक ध्यान दिने क्रम विकास हुनेछ । संयुक्त राष्ट्रसंघ जस्ता संस्थाको कार्यशैली र योजना सम्पूर्णतः फेरिँदै जानेछ । सार्कजस्ता क्षेत्रीय सङ्गठनहरू थप प्रभावकारी बनेर देखिनेछन् । महाशक्ति राष्ट्र हराएर क्षेत्रीय शक्ति राष्ट्र बलिया हुँदै जानेछन् । विश्व एक वा दुई ध्रुवीय नरही बहुध्रुवीयता कायम हुनेछ । राष्ट्रहरू देशभित्रका सम्भावनाको खोजीमा केन्द्रित हुनेछन् । यसले स्थानीय प्रविधिको विकासमा तेस्रो विश्व केन्द्रित हुनेछ । परम्परागत जीवनशैलीको वैज्ञानिक व्याख्या हुनेछ र परिमार्जन गर्दै लगिनेछ । अर्थतन्त्र साटो स्वास्थ्यलाई केन्द्रमा राखेर राज्य सञ्चालित हुनेछन् । धेरै देशमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा राज्यको स्वामित्व कायम हुँदै जानेछ । स्वास्थ्य विषयलाई पाठ्यक्रममा उच्च महत्वकासाथ राखिनेछ । आयुर्वेद विज्ञानको महत्ता बढ्दै जानेछ । जडीबुटी खेती र यससँग सम्बन्धित उद्योगधन्दाहरू विश्वव्यापी रूपमा फस्टाउनेछन् । विश्वलाई गाउँ ठानिएको वर्तमान जीवनशैली गाउँलाई नै विश्व ठान्नेतर्फ उन्मुख हुने सम्भावना बलियो छ । तात्क्षणिक नकारात्मक असर कोरोनाको महामारीले मानवीय क्षति ठूलो नभए पनि नेपालमा यसको गम्भीर असर पर्नेछ । वैदेशिक रोजगारमा गएका अधिकांश नेपालीहरू फर्कनेछन् । वैदेशिक अनुदानमा ठूलो गिरावट आउनेछ । फलस्वरूप राज्यकोषले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना हुनेछ । कर्मचारीको ठूलो सङ्ख्या कटौती गर्न स्वयं सरकार र निजी क्षेत्र बाध्य हुनेछन् । बेरोजगारीको वृद्धिले समाजमा आपराधिक क्रियाकलाप नबढाउला भन्न सकिँदैन । यसको रोकथाम गर्न नसकेको खण्डमा नेपालमा यस महामारीबाट मर्नेको सङ्ख्या धेरै हुनेछ । सहरकेन्द्रित जनसङ्ख्या गाउँकेन्द्रित हुने सम्भावना प्रबल छ । विश्व निशस्त्रीकरणतर्फ मोडिने सम्भावना छ । हिटलर शैलीले मुन्टो निहुर्याएर बुद्ध, गान्धी र मण्डेला शैलीले शिर ठाडो पार्नेछ । मानव जातिले प्रकृति र अन्य प्राकृतिक जीवलाई माया गर्न थाल्नेछ । प्राकृतिक सन्तुलनका लागि वृक्षारोपण कार्यले तीव्रता पाउनेछ । केही समयका लागि मात्रै भए पनि मानिसका सुविधाभोगको चाहना साँघुरिनेछन् । राष्ट्र प्रतिरक्षात्मक अर्थतन्त्रमा केन्द्रित हुनेछन् । कृषिकेन्द्रित अर्थतन्त्र र स्वास्थ्यकेन्द्रित जीवनशैली मूल परिवर्तनका रूपमा देखा परेका हुनेछन् । नेपालीहरू आफ्ना स्रोत र साधन खेर फालेर समुद्रपारि हामफाल्ने क्रम घट्दै जानेछ । पर्यटनमा ठूलो गिरावट आउनेछ । होटल तथा रेष्टुरेन्टको व्यापार पनि कम्तीमा एक वर्ष शिथिल हुने छ । नेपालको भविष्य हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ । कोरोना महामारी सिङ्गो मानव जातिका लागि अभिशाप त अवश्यै हो । यद्यपि हरेक सङ्कटले नयाँ अवसर पनि बोकेर आएको हुन्छ । सम्भावना पहिचान गरी राष्ट्रनिर्माणमा लागु गर्न भने सक्नुपर्छ । स्वतन्त्रताको अधिक उपयोगले कोरोना सङ्क्रमण फैलिएको स्वतः सिद्ध छ । स्वतन्त्रताका सीमा निर्धारण हुनेछन् । प्रकृतिप्रेम नै शान्ति र दीर्घकालीन समृद्धिको मुख्य आधार बन्नेछ । दिगो विकासका अवधारणाले विकास निर्माणका कार्यमा दह्रो उपस्थिति जनाउनेछन् । हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ । नेपालका परम्परागत जीवनशैली, खानपान, पहिरन, चाडबाड, ओखतीमुलो आदि विविध विषयको ज्ञान प्रवाहमा उल्लेख्य वृद्धि हुनेछ । सनातन रीतिरिवाजका सबल पक्ष केलाउँदै हावापानीअनुकूल जीवनशैलीकोे निरन्तरतामा भावी पुस्तालाई लगाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्य नै धन हो भन्ने कुरा मानव जीवनशैलीको मूल आधार बन्न सक्छ । दैनिक उपभोग्य वस्तुको स्थानीय उत्पादनबारे व्यापक अध्ययन, अनुसन्धान गरी कार्य प्रारम्भ हुनेछ । शिक्षा क्षेत्रमा पनि कृषिकेन्द्रित विभिन्न जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सकिन्छ । कृषि क्षेत्रको दक्ष जनशक्तिलाई राज्यले खास महत्व दिएर राष्ट्रिय उत्पादन बढाउनेतर्फ जोड दिँदै जानेछ । यसो गरेमा हामी कृषिमा परनिर्भर बन्नु पर्दैन । गाँसको आवश्यकता परिपूर्ति गर्न अरूसँग हात फैलाउनु नपरेपछि अन्य आवश्यकता परिपूर्तिमा आत्मनिर्भर बन्ने योजना र अवसरको खोजी स्वतः बढ्न थाल्छ । वैदेशिक रोजगारप्रतिको आकर्षणमा कमीले युवा जनशक्ति आफ्नै देशको विकासमा केन्द्रित गर्ने अवसर सरकारलाई प्राप्त हुनेछ । उनीहरूको श्रम, सीप र पसिना राष्ट्रनिर्माणमा लगाउने उपयुक्त अवसर यही हो । कोरोना महामारीपछिका दस वर्ष नै नेपालले राष्ट्रनिर्माणको स्वर्णयुगका रूपमा प्रयोग गर्न सक्नेछ । यतिबेला विश्व फुट्ने नभई जुट्ने समय हो । विश्व एक भएर मानवताको रक्षा गर्ने र विश्व भ्रातृत्व कायम गर्नेतिर लाग्ने समय हो । संयुक्त राष्ट्र संघमार्फत सबै राष्ट्रले सामूहिक निर्णय गरी सशस्त्रीकरणमा गर्दै आएको खर्च प्रकृति र मानव स्वास्थ्य संरक्षणमा लगाउने सामूहिक अभियानको थालनी गरिहाल्नुपर्छ । जनसहभागिता नै विकासको प्रमुख आधार हो । स्थानीय सरकारले जनताको वर्ग निर्धारण गरी रोजगारीका अवसरको प्राथमिकीकरण सहजै गर्न सक्छ । जनसहभागितामा आधारित योजना तर्जुमा गर्दै साना तथा मझौला उद्योगको प्रवद्र्धनमा स्थानीय सरकार केन्द्रित बन्नुपर्छ । सरकार मेरो/हाम्रो हो भन्ने आभास जनतालाई दिलाएर स्थानीय सरकारका योजना तथा कार्यक्रममा जनसहभागिताको सुनिश्चितता कायम गर्न सक्छ । यो समयलाई आन्तरिक सुदृढीकरण र भावी समृद्धिका वस्तुपरक एवम् वैज्ञानिक योजना निर्माणमा समावेशीता अपनाउँदै सर्वपक्षीय विकासको दरिलो जग खन्ने उपयुक्त अवसरका रूपमा परिणत गर्नुपर्दछ । यसले संघीयता सबल बनाउनेछ । कोरोना महामारीपछि नेपाल सभ्यताको स्वर्णयुगमा प्रवेश गर्न सक्ने प्रशस्त आधारहरू छन् । नेपालको जनसाङ्ख्यिक संरचनामा युवाको आधिक्य छ । अबको दश वर्षपछि नेपालमा युवाहरूको भन्दा वृद्धहरूको सङ्ख्या बढी हुँदै जाने जनसाङ्ख्यिक संरचना तयार हुनेछ । तसर्थ यही समयमा देशको सर्वाङ्गीण विकासको दह्रो जग बसाल्न सकिन्छ । विश्वको विकास देखेर लोभिने सम्पूर्ण नेपालीलाई विकास आफैँले गरेमा सम्भव छ भन्ने दृष्टान्त प्रस्तुत गर्ने अवसरको रूपमा कोरोना महामारी उपस्थित छ । हालसम्मका राजनीतिक उपलब्धिलाई सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक एवम् सर्वाङ्गीण विकासमा उपयोग गर्ने बेला यही हो । तसर्थ मैलिएको राजनीति सङ्ल्याएर सभ्यतानिर्माणको थालनी गर्न युवाहरूले सशक्त राजनीतिक हस्तक्षेप गर्ने बेला पनि यही हो । विकास, राजनीति र संस्कृति जगेर्नामा युवाहरूको सशक्त हस्तक्षेप गरी आफ्नो देश आफैँ बनाउने कार्यको थालनी हुनेछ । दोस्रो विश्वयुद्धपछि ध्वस्त जापान कुनै विदेशीले गएर बनाएको होइन । नेपाल पनि नेपालीहरू मिलेर विकास गर्न सकिन्छ र सक्नुपर्छ । यसो गर्न सकेमा अहिले हुर्कँदै गरेको पुस्तामा स्वदेशका सम्भावना यथार्थमा बदल्ने सङ्कल्प विकास हुन्छ । यसले आत्मनिर्भरता सुनिश्चित हुन्छ भने पछिल्लो पुस्तामा देशप्रेमको भावना प्रगाढ बन्दछ । हाम्रोलाई नभई राम्रोलाई प्राथमिकतामा राखी विधिको शासनलाई जोड दिने गरी राजनीतिक संस्कारको काँचुली फेर्न जरुरी छ । कोरोना महामारीले नेपालका लागि यो अवसरको ढोका पनि पूर्ण रूपमा खोलिदिएको छ ।

बाँके बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जनाकाे अवस्था गम्भिर 

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने ५ जनाको अवस्था गम्भिर रहेको छ । भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको बस दुर्घटना भई ११ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । थप एक जनाको भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । २० जना घाइतेहरुको उपचार भइरहेको र हालसम्म मृतक तथा घाइतेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्जबाट दाङ हुँदै सलयान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । सम्बन्धित समाचार  बाँकेमा बस दुर्घटनामा ११ जनाको मृत्यु, २१ घाइते

क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता

दैलेख । कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एक जनाको क्वारेनटाइनमै मृत्यु भइसकेको छ । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन् । भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेनटाइन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ । अहिलेसम्म संक्रमित ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताए । कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको कारण बताइएको छ । त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरे । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने कामभन्दा नि व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए । तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ । उपचारमा चुनौती कोरोना संक्रमितको उपचारका लागि सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेशन अस्पताल भरिसकेको छ । तीस श्ययामा बिरामीको उपचार भइरहेको छ । चालीस शय्याको तयारी भइसकेको र अन्य तयारी थाल्दै उपचारको पहल शुरु भएको छ । एक सय जनासम्मको उपचार गराउन मिल्ने गरी तर्ताङमै व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिए । तर्ताङको वृद्धाश्रम र नारायण क्याम्पसलाई वैकल्पिक आइसोलेशन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाइ छ । भारतबाट आएका अधिकांश व्यक्तिलाई नारायण क्याम्पसमा जम्मा गरेर राखिएकाले नारायण नगरपालिकामा पनि जोखिम बढ्दै गएको छ । पछिल्ला ४८ संक्रमितमध्ये नगरपालिकाका विभिन्न वडाका मात्रै ३५ भन्दा बढी संक्रमित देखिएका छन् । खुला चौरमा क्वारेन्टाइन बनाउँदै महाबु महाबु गाउँपालिकामा क्वारेन्टिन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टिन निर्माण गरी राख्दा पनि भारतबाट आएका नागरिक अटाउन नसकेपछि खुला चौरमा प्लाष्टिकको पाल टाँगेर निर्माण गर्न बाध्य भएको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा काम गरेर घर फर्कनेको सङ्ख्या बढ्दै गए पनि सबैभन्दा धेरै एक हजार नौ सय महाबुमा आएको अध्यक्ष शाहीले बताए । शुरुआतमा १ सय ५० क्वारेन्टाइन मापदण्डानुसार निर्माण गरिए पनि एक सातादेखि दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा मानिस महाबु आएका छन् । गाउँपालिकामा रहेका सबै विद्यालयमा क्वारेन्टिन निर्माण गरिसकिएको छ । त्यहाँ खाना, खाजा, पानी र रेखदेखका लागि एउटामा सात जनाको टोली खटाइएको छ । राजनीतिक दल र जनप्रतिनिधि व्यवस्थापनमा खटिएका छन् । विद्यालयमा मानिस भरिएपछि अब खुला चौरमा क्वारेन्टाइन बनाउनुपर्ने आवश्यकता भएको अध्यक्ष शाहीले बताए । प्रदेश सरकारले गाउँपालिकामा १५ लाख पठाएको छ । गाउँपालिकाको ५० लाख विपत् कोषको रकमसमेत सकिएको छ । दैनिक खाना, स्वयंसेवक खर्च, उद्धारका लागि गाडी भाडा, भाडा तिर्न नसकेकालाई भुक्तानी, औषधि खरीद, दैनिक खाना खुवाउँदा लाखौँ खर्च भइसकेको र धेरै स्थानमा उधारो राखेर काम गर्नुपरेको शाहीले बताए । रातदिन नभनेर ६० स्वास्थ्यकर्मी, प्रहरी, गाउँपालिकाका कर्मचारी खटिएका छन् । प्रहरी कम भएका ठाउँमा सम्भावित जोखिम हेरेर कतिपय स्थानमा सेनाले सुरक्षा दिएको छ । भारतबाट भित्रिएका नागरिकलाई छिटो आरडिटी र पिसिआर परीक्षण दायरालाई नबढाए महाबु गाउँपालिका ठूलो जोखिममा पर्न सक्ने बताउँदै गाउँपालिका अध्यक्ष शाहीले प्रदेश सरकारले नाकामा जाँच नगरेरै भित्र्याएको आरोप लगाए । पालिकाका बासिन्दालाई विभिन्न नाकाबाट ल्याउनका लागि दश जीप प्रयोग गरिएको छ । मानिसहरु जीपको अगाडि पछाडि कोचाकोच गरेर आएका छन् । यसले पनि संक्रमणको जोखिम बढेको छ । जाँच गर्ने स्रोत र साधन अभाव भएको र प मानिस विनाजाँच पालिकामा भित्रिएकाले जोखिम बढ्नाका साथै व्यवस्थापनमा चुनौती थपिएको उपाध्यक्ष प्रेमकुमारी बुढाले बताए । पालिकाकामा ५ सय ९२ शङ्कास्पदको स्वाब सङ्कलन गरेर प्रदेश अस्पतालमा पठाइएको र सबैको रिपोर्ट आउन बाँकी रहेको महाबु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दसौंदीले जानकारी दिए । ३० प्रतिशतलाई मात्र खाद्यान्न गाउँपालिकाको कुल जनसङ्ख्यामध्ये ३० प्रतिशतलाई मात्र उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान पुग्ने र बाँकी ७० प्रतिशत जनसङ्ख्या बाहै्र महिना खान नपुग्ने भएपछि कामको खोजीमा भारत जानुपर्ने अनिवार्यता छ । अहिले विपत्मा सबै जना घर फर्कन थालेपछि पालिकामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए ।

गण्डकीको नीति कार्यक्रममा कृषि : एक पालिका एक उत्पादन

पोखरा । गण्डकी प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषितर्फ ‘एक पालिका एक उत्पादन’ कार्यक्रममा जोड दिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि नीति तथा गुरुयोजना तर्जुमा गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य उत्पादनमा आत्मनिर्भर बन्न उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाईं विस्तार गर्ने उल्लेख छ । नमूना कृषि गाउँ कार्यक्रम प्रभावकारी बनाउने, कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, एक सहकारी एक उत्पादन, खेतीयोग्य जमीनमा वर्षभरि नै सिँचाइ सुविधा, पशु रोग नियन्त्रणका लागि खोप बैंक, प्रदेश र स्थानीय तहको सहकार्यमा खाद्य बैंक स्थापना तथा जमीन चक्लाबन्दी कार्यक्रम सरकारको प्राथमिकतामा परेका छन् । एक पालिका एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका ८५ वटै स्थानीय तहमा एक/एक नमूना कृषि उत्पादनका लागि विभिन्न बाली, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गर्ने सरकारको योजना छ । त्यसैगरी जलवायु अनुकूलित प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो नीति कार्यक्रममा सरकारले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा एक/एक नमूना कृषि गाउँ बनाउने कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई चालू आवमा विस्तार गरी थप ३६ वटा गाउँमा कार्यक्रम शुरु गरिएको छ । गुणस्तरीय उत्पादन सुनिश्चित गर्न पशु नश्ल स्रोत केन्द्र विकास गर्ने, डिजिटल प्रविधिबाट कृषि तथा पशुपक्षीको तथ्याङ्क अद्यावधिक गर्ने र नमूना क्षेत्र छनोट गरी कृषकको वर्गीकरण तथा परिचयपत्र उपलब्ध गराउने कार्यको थालनी गरिने नीति कार्यक्रममा उल्लेख छ । स्याउ उत्पादनमा आत्मनिर्भर हुन मनाङ, मुस्ताङ तथा गोरखाका धार्चे र चुमनुब्रीमा उच्च घनत्वमा आधारित स्याउ खेती र प्रविधियुक्त स्याउ नर्सरी स्थापना गरी ‘स्याउ सुपर जोन’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण, नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपक्षी बीमा कार्यक्रम विस्तार र स्थानीय तहसँगको सहकार्यमा बाँझो जग्गाको लगत सङ्कलन गरी उपयोग गर्ने नीति सरकारले लिएको छ । सहकारी, सामूहिक, करार तथा व्यावसायिक खेती गर्न प्रोत्साहन, जग्गा एकीकरण तथा चक्लाबन्दी कार्यक्रमलाई थप विस्तार गर्ने प्रस्तुत नीति कार्यक्रममा व्यवस्था गरिएको छ । कृषि तथा पशुपक्षीजन्य उपजको बजारीकरणलाई सहज र व्यवस्थित गर्न प्रशोधन केन्द्र, शीत भण्डार र चिस्यान केन्द्र, मासुजन्य पदार्थमा गुणस्तर कायम गर्न आधुनिक पशु बधस्थल तथा बधशाला स्थापना सहयोग कार्यक्रमलाई आगामी वर्षसमेत निरन्तरता दिइने भएको छ । मुख्य कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, प्रदेशभित्रका कृषि उपज थोक बजारको कारोवार तथा मूल्यसम्बन्धी सूचना प्रणालीको विकास र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि कृषक र व्यापारीबीच अग्रिम करार गरिने कार्यक्रममा उल्लेख छ । बीउबिजन, माटो तथा बाली संरक्षण प्रयोगशालालाई सुदृढीकरण, तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई पशुपक्षी रोग नियमनसम्बन्धी कार्यसमेत सञ्चालन गर्ने गरी प्रयोगशालामा स्तरोन्नति गरिने भएको छ । दूध तथा दुग्धजन्य पदार्थको प्रवद्र्धन गर्न प्रादेशिक दुग्ध नीति तर्जुमा, प्रदेश दुग्ध विकास बोर्डलाई क्रियाशील बनाउने र सङ्घीय सरकारसँगको सहमतिमा स्वदेशी तथा विदेशी उन्नत नश्लको गाई र प्रविधि भित्र्याई प्रदेशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने सरकारको योजना छ । उन्नत गाईभैँसीको स्रोत केन्द्रको विकास गर्ने, बाच्छा/बाच्छी, पाडा/पाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ । दूध र मासुको उत्पादन वृद्धि गर्न ‘पार्कोट’ र ‘लिम’ जस्ता रैथाने जातका भैँसीपालन कार्यक्रमलाई विशेष प्राथमिकता, कृषि बाली तथा पशुपक्षीको नयाँ प्रजातिको विकास गर्न अनुसन्धान कार्य अगाडि बढाउने सरकारको योजना छ । पशु रोग नियन्त्रणका लागि खोप बैंक स्थापना र बृहत् खोप कार्यक्रम सञ्चालन गरी पशुको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तथा जुनोटिक तथा महामारीका रूपमा फैलिने पशुपक्षीजन्य रोगको इपिडेमियोलोजिकल अध्ययन गर्ने रोकथाम र नियन्त्रणका लागि एकीकृत स्वास्थ्य नीति अवलम्बन गरिने नीति कार्यक्रममा उल्लेख छ । खाद्यान्न आपूर्ति सुनिश्चित गर्न प्रदेश र स्थानीय तहमा खाद्य बैंक स्थापना गर्न नेपाल सरकार र स्थानीय तहसँग सहकार्य गर्ने, सिँचाइ सुविधाका लागि प्रदेश सिँचाइ गुरुयोजना तर्जुमा गर्ने, सिँचाइ योजनाको स्तरोन्नति, गरी खेतीयोग्य जमीनमा वर्षभरि नै सिँचाइ सुविधा पु¥याउने कार्यक्रमलाई निरन्तरता दिने सरकारले योजना छ । प्रदेशस्तरीय भू–उपयोग योजना तयार गर्ने, निजी गुठी, सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक तथा व्यवस्थित गर्ने सरकारको योजना छ । एक सहकारी एक उत्पादन, बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाले कृषि उत्पादन तथा प्रशोधनका क्षेत्रमा कम्तीमा ३० प्रतिशत लगानी र सहकारीमा आबद्ध गरिब, विपन्न, सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्ति र महिला सहकारी संस्थालाई लक्ष्य गरी विशेष कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ ।  रासस

चर्चित भारतीय संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका

काठमाडौं । चर्चित भारतीय संगीतकार जोडी साजिद–वाजिद मध्येका वाजिद खानको गए राती निधन भएको छ । उनी साजिद खानका भाई हुन् । भारतीय मिडियाहरुका अनुसार वाजिद खान कोरोना संक्रमित थिए । यद्यपी उनको कोभिड–१९ को टेस्ट रिपोर्ट आइसकेको छैन । उनको परिवारले बताए अनुसार वाजिद खान किड्नीको विरामी थिए र दुई वर्ष अघि ट्रान्सप्लान्ट भएको थियो । केहि समय अघि घाँटीमा इन्फेक्सन भएपछि उनलाई चेंबुरको सुराना अस्पतालमा भर्ना गरिएको थियो । एक हप्ता अघि मात्र वाजिद खानको ‘भाई–भाई’ गीत रिलिज भएको थियो । जसमा सलमान खानको आवाज र अभिनय रहेको छ । उनको मृत्युसँगै सिंगो वलिउड इण्डस्ट्री शोकमा डुवेको छ भने विभिन्न गायक तथा कलाकारहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आजदेखि भारतमा लकडाउन खुकुलो

काठमाडौं । भारतमा आजदेखि लकडाउन खुुकुलो हुने भएको छ । भारत सरकारले जुन ३० सम्म लकडाउन रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राख्ने भएको छ । उच्च सङ्क्रमण फैलिएको ठाउँबाहेकमा मानिसले सामान्य जीवन बिताउन पाउने भारतिय संचारमाध्यमले जानकारी दिएका छन् । भारतको गृह मन्त्रालयले मल, होटल, रेष्टुरेन्ट र धार्मिकस्थल लगायतका ठाउँ अर्को हप्ता अर्थात ८ जुनदेखि खोल्न अनुमति दिइसकेको छ । त्यस्तै स्कुल, कलेज लगायत शैक्षिक संस्था भने राज्य र केन्द्र शासित प्रदेशले छलफल गरेपछि जुलाईमा मात्र निर्णय हुने गरेको छ । लकडाउन खुले पनि अन्तराष्ट्रिय हवाई उडान, स्वीमिङ पुल, मनोरन्जन पार्क, सिनेमा घर, बार लगायत भने अझै बन्द नै हुनेछन् । भारतमा अहिलेसम्म १ लाख ९० हजार ६ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५ हजार ४ सय ८ जनाको ज्यान गएको छ ।