सार्वजनिक यातायात चलाउने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढाउने
काठमाडाैं । सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन् । नयाँ मापदण्डअनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सवारीसाधन चल्न पाउनेछन् । ट्याक्सीहरु भने तत्कालै चल्न पाउनेछन् । सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो । त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ । एकै परिवारको भए पाँच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएकाे छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत साेहीअनुसार हुने खतिवडाले जानकारी दिए । सार्वजनिक सवारी साधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइने पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।
एसबिआई बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्चमा १० प्रतिशत छुट पाउने
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले चाबहिलका ओम अस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा हस्पिटलबाट लिने निश्चित सुविधामा सो छुट पाउने छन् । उक्त सम्झौतामा बैंकका प्रमुख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त तथा ओम हस्पिटल एण्ड रिसर्चका प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले गण्डकी प्रदेशलाई दियो १० लाख रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।
काठमाडाैं उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित
काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु सबैजना काठमाडाैंकाे रहेकाे गाैतमले बताए । बिहिबार नेपालमा १ सय ८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय ३९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ५ सय ३१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७८ सय ९१ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय ८ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ५ सय ३१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ७८ सय ९१ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ७१ हजार १ सय ४५ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६ सय ५ जना आईसाेलेसनमा रहेका छन् ।
स्वावलम्बन लघुवित्तको विभिन्न शाखाका घरधनीले दिए घरभाडा छुट
काठमाडौं । दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् । कोरोनाको कहर बीच विपन्न तथा न्यून आए भएको सदस्यलाई घरदैलोमा वित्तीय सेवा पुर्याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने अभिप्रायले आफुले सकेको सहयोग गरेको घरधनी थापाले बताए । शाखा कार्यालय धनौरीका कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले कठिनाईको यस अवस्थामा हातेमालो गरेकोमा घरधनी थापालाई धन्यबाद दिएका छन् । त्यस्तै, घोराही स्थित वित्तीय संस्थाको इलाका कार्यालय रहेको घरधनी माधवा पाण्डे र शाखा कार्यालय रहेको भवनका घरधनी कृष्ण बहादुर खड्काले घरभाडा रकम १५ दिन बराबरको रकम सहुलियत दिएका छन् । त्यसैगरी, उपशाखा कार्यालय थारमारेका घरधनी खड्ग बहादुर के.सी.ले ५ हजार रुपैयाँ छुट दिएका छन् । वित्तीय संस्थाले कोरोना रोकथामका लागि संघीय सरकारको कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, संस्थाले विभिन्न जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत स्थानीय सरकारहरुले खडा गरेको राहत कोषमा १० लाख रुपैयाँ नगद तथा शाखा कार्यालय मार्फत अप्ठ्यारोमा परेका सदस्य तथा स्थानीय समुदायमा राहत सामग्री समेत वितरण गरेको छ ।
कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । कृषि विकास बैंकको १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३” नामको ऋणपत्र कारोबारको लागि नेप्सेमा सूचीकरण भएको हो । सो सम्बन्धी कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच बिहीबार सम्झौता भएको छ । जसमा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कृषि विकास बैंकको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।
सरिता गिरीकाे सांसद पद चैट !
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसद पद गुमाएकी छिन्। संसद सचिवावलयका महासचिव भरतराज गौतमले सूचना प्रकिशन गर्दै गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको जानकारी दिएका हुन् । गिरीले नेपालकाे नयाँ नक्साकाे विराेध गरेपछि विवादमा तानिएकी थिईन् ।