विकासन्युज

काेराेनाबाट राैतहटमा ३६ वर्षिय पुरुषकाे मृत्‍यु

काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्‍यु भएकाे छ । राैतहटमा उपचारकाे क्रममा रहेकाे एक ३६ वर्षिय पुरुषकाे काेराेनाकाे कारण मृत्‍यु भएकाे हाे । उनकाे बुधबार दिउँसाे २:३० बजे मृत्‍यु भएकाे स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनकाे परिवारकाे सदस्य काेभिड १९ बाट मृत्‍यु भएकाे दाजुकाे लागि अन्तिम संस्कार गर्न भारतकाे बैगलाेर गएका थियाे । उनीहरु असार २४ गते नेपाल फर्की राैतहटकाे परहवा क्वारेन्टिनमा बसेकाे गाैतमले बताए । असार २९ गते रुघाखाेकी, ज्वाेराे तथा सास फेर्न समस्या अाएपछि उनलाई साेहि दिन नारयणी  अस्पताल विरगंजमा भर्ना गरिएकाे र परीक्षण गर्दा असार ३१ गते काेराेना पुष्टि भएकाे थियाे । बुधबार थप समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएकाे र त्यही मृत्‍यु भएकाे गाैतमले बताए । याेसँगै नेपालमा काेराेना लागेर मृत्‍यु हुनेकाे संख्या ३९ पुगेकाे छ । हाल नेपालमा १७ हजार १ सय ७७ जनामा काेराेना पुष्टि भएकाे छ भने ११ हजार २५ जना निकाे भएर घर फर्किसकेका छन् ।  

चौंथो वर्षमा प्रवेश गरेकाे अवसरमा स्पर्स लघुवित्तले गर्यो विभिन्न कार्यक्रम

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । “उधमशीलता संगै आत्मनिर्भरता” भन्ने मुल नाराका साथ  स्थापना भएकाे यस संस्था असार २९ गतेका दिनदेखि चौथो वर्षमा लागेको हो । यस उपलक्ष्यमा संस्थाले विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले सञ्चालनमा रहेको २० वटै शाखा कार्यालयहरु मार्फत सदस्यहरुलाई हात धुने साबुन तथा सेनीटाइजर वितरण गरेको छ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को लक्षण, रोकथाम तथा सावधानी बारे प्रत्येक केन्द्रमा जनचेतनामुलक सामग्रीहरु वितरण गरेको छ । साथै, यस प्रकोपबाट आफु पनि बाँच्न र अरुलाई पनि बचाउन बिशेष गरि सर सफाइमा ध्यान दिनुपर्ने भएकोले पटक पटक साबुनपानीले हात धुनुपर्छ भन्ने भावनाको विकास गराउँदै संस्थाले सदस्यलाई हात धुने सावुन तथा केन्द्रमा सेनीटाइजर वितरण गरेको छ । संस्थाको १० जिल्लामा करिब १७ हजार ५०० सदस्य रहेका छन् ।

काठमाडाैं उपत्यकामा थपिए ७ जना कोरोना संक्रमित

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ७ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ७ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ६५ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् । आज नेपालमा १ सय १६ जना काेराेना संक्रमित थपिएका छन् भने ६९७ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार १ सय ७७ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २५ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, ६९७ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार १ सय ७७ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २५ रहेकाे छ । अर्थात हाल ६ हजार १ सय १४ सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ९८ हजार ८ सय २९ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार १ सय १३ जना आईसाेलेसनमा रहेका छन् ।

अब डिजिटल बैंकिङ कारोबार गर्दा पैसा लाग्ने, भाेलिदेखि नै लागू हुने

काठमाडौं । अब डिजिटल(विद्युतीय) बैंकिङ कारोबार गर्दा पैसा लाग्ने भएको छ । सरकारले घोषणा गरेको बन्दाबन्दी खुकुलो भई आवतजावत खुकुलो भइसकेकाले बैंक तथा वित्तीय संस्थाहरुले साउन एक गतेदेखि उक्त कारोबार गर्दा शुल्क लिने बताइएकाे छ । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार एक सूचना जारी गर्दै साउन एक गते पश्चात विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने जनाएको छ । साथै, कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस, एनसीएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ्ग हाउस लि.ले नै गर्ने संघद्वारा जारी उक्त सूचनामा उल्लेख छ । हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवत-जावत खुकुलो भइसकेकोले संघले डिजिटल(विद्युतीय) बैंकिङ कारोबार गर्दा पैसा लाग्ने जनाएकाे हाे ।

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकारसँग धारणा

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ । मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको हाे । विज्ञप्ति प्रधानमन्त्रीका अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको शर्माले उल्लेख गरेका छन् ।

१०१ वर्षीय भूमिहीनले पाए जग्गाधनी प्रमाणपूर्जा

काठमाडौं ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका– ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई लाखमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई जग्गाधनी पूर्जा प्रदान गरेका हुन् । आवास निर्माणका लागि जग्गाधनी पूर्जा पाएपछि थापाले साह्रै खुशी लागेको बताए । ‘‘बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन, ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ, बुढेसकालमा जग्गाको पूर्जा पाउँदा साह्रै खुशी भएको छु’’, उनले भने । थापाले प्राधिकरणबाट प्राप्त रु दुई लाखबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीयवासी नारायणी अधिकारीको १९० वर्गमिटर क्षेत्रफल बराबरको जग्गा खरीद गरेका हुन् । विसं २०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरीद गर्न प्राधिकरणले रु दुई लाख दिँदै आएको छ । यस्ता लाभग्राहीले घर निर्माणका लागि अन्य लाभग्राहीसरह रु तीन लाख पनि पाउँछन् ।

सीजी सिमेन्टमा लगानी गर्न सानिमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित १० बै‌ंक जुटे

काठमाडौं । सीजी सिमेन्टमा लगानी गर्न सानिमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित १० बै‌ंक जुटेका छन् । सानिमा बैंकको अगुवाइ नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपालक्रेडिट एन्ड कमर्स बैंक र नेपाल एसबीआई बैंकको सहभागितामा सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पाका क्लिङ्कर क्षमता विस्तार गर्न २ अर्ब ३७ करोड ८० लाख गरी ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच पूरक सहवित्तीयकरण सम्झौता भएको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंककातर्फबाट नेपाल इन्फ्रास्ट्रक्च बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीकातर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंककातर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।