विकासन्युज

स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १२ लाख रकमसहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय शंकर साह र ४० वर्षीय प्रमोद कुमार यादवलाई पक्राउ गरेको हो । कुलेश्वरमा सूचनाको आधारमा चेकजाँच तथा खानतलासी गर्दा १२ लाख १५ हजार १५ रुपैयाँ बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार विभिन्न बैंकका ४ थान चेकबुकसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

नेपाल एसबिआई मर्चेन्टले राष्ट्रिय माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामग्री

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले काठमाडौंको इन्द्रायणीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय ब्याग तथा कुर्सी वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, प्रधानाध्यापक अर्जुन कारञ्जित लगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु समाजप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा कम्पनीले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले विद्यालय तथा विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति कम्पनीप्रति आभार व्यक्त गरे । उनले यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । शंखरापुर नगरपालिका–९, इन्द्रायणीस्थित उक्त विद्यालयमा हाल २६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

युद्धका कारण इन्धनको मूल्य बढे पछि उडानमा कटौती गर्दै एयर इन्डिया

काठमाडौं । एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढे पछि अन्तर्राष्ट्रिय उडान कटौती  गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ । फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ । प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचौँ भन्दा बढी घरेलु उडानहरू प्रभावित हुन सक्ने सुझाव दिएको छ । उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ । एयर इन्डियाले अवस्था स्थिर भए पछि पुनः उडान नियमित गर्ने योजना सहित यो निर्णय गरेको जनाएको छ ।  यस अघि एयर इन्डियाले मे महिनाको सुरुमा नयाँ दिल्ली, मुम्बई र चेन्नई लगायत भारतीय सहरहरूबाट शिकागो, साङ्घाई, माले र सिङ्गापुर जाने उडानहरु जुन र अगस्टको बिचमा स्थगित गरेको घोषणा गरेको थियो । रासस  

बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई एनएलजी इन्स्योरेन्सको आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा दाबी फर्छ्यौटका लागि सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ । कम्पनीले बुधबार (आज) एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कम्पनीले २०८२ चैत मसान्तसम्ममा क्षति भई बीमा दाबी पेस भएर पनि हालसम्म आवश्यक कागजात पेश नभएकोले दाबी दाबी फर्छ्यौट हुन नसकेको जनाएको छ । एनएलजी इन्स्योरेन्सका चिफ म्यानेजर प्रभात एसीले कतिपय बीमितले क्षति भएपछि दाबी गर्ने तर त्यसका लागि आवश्यक कागजात समयमै पेश नगर्ने जानकारी दिए । ‘बीमा दाबी चाहियो भनेर भन्नुहुन्छ, तर आवश्यक कागजात पूरा नभएसम्म हामीले भुक्तानी गर्न मिल्दैन,’ उनले भने ।  उनका अनुसार आवश्यक प्रक्रिया पूरा नगरी भुक्तानी गर्दा कम्पनीलाई नै समस्या हुन सक्ने भएकाले दाबी फर्छ्योटका लागि कम्पनीले सूचना जारी गर्नुपर्ने अवस्था आउने गरेको छ । उनले बीमितलाई सचेत गराउन तथा आवश्यक कागजातबारे जानकारी दिनका लागि पनि कम्पनीले यस्ता सूचना जारी गर्ने गरेको बताए । कम्पनीले  ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गर्न भनिएको छ । तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमा दाबी विवरण कम्पनीको वेबसाइटमा हेर्न सक्नेछन् । 

सिटिजन लाइफले एनएफआरएस १७ लागू गर्न केपीएमजीसँग गर्‍यो सहकार्य

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त गरेको छ । नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको उक्त मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कम्पनीले यो रणनीतिक पहल गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीले केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपीलाई कार्यान्वयन परामर्शदाताका रूपमा नियुक्त गरेको हो । केपीएमजी विश्वका ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो । यसले एसुरेन्स, कन्सल्टिङ, कर, जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । जटिल वित्तीय प्रतिवेदन मापदण्ड, विशेषगरी आईएफआरएस १७/एनएफआरएस १७ कार्यान्वयनमा यसको अन्तर्राष्ट्रिय अनुभव महत्वपूर्ण मानिन्छ । कम्पनीका अनुसार यस नियुक्तिसँगै सिटिजन लाइफले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक विशेषज्ञता प्राप्त गर्नेछ भने ज्ञान हस्तान्तरणमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने अवसर समेत मिल्नेछ । सम्झौता अवधि साढे तीन वर्ष रहनेछ । यसअन्तर्गत प्रारम्भिक कार्यान्वयनका साथै त्यसपछिका तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्टसमेत समावेश गरिएको छ । कम्पनीले यस पहलले संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डअनुसार थप पारदर्शी, सुदृढ र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेको छ ।

देशभर सवारीसाधनको संख्या ६२ लाख पार, ५० लाखभन्दा बढी मोटरसाइकल

काठमाडौं । देशभर सवारीसाधनको संख्या र सवारी चालक अनुमतिपत्र वितरणमा उल्लेख्य वृद्धि भएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा मात्रै बस, मिनीबस, ट्रक, माइक्रोबस, कार र मोटरसाइकलसहित विभिन्न विधाका २ लाख ८१ हजार ९ सय २१ वटा नयाँ सवारीसाधन दर्ता भएका छन् ।  योसँगै चालु आव २०८२/८३ फागुनसम्ममा मुलुकभर दर्ता भएका कुल सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ । कुल दर्ता भएका सवारी साधनमध्ये ५० लाखभन्दा बढी संख्या त मोटरसाइकलको मात्रै रहेको तथ्याङ्कले देखाउँछ । सवारी साधनको वृद्धिसँगै चालक अनुमतिपत्र वितरणको कार्य पनि अघि बढिरहेको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा मात्रै थप ४३ हजार ७ सय ५० थान स्मार्ट कार्ड (सवारी चालक अनुमतिपत्र) वितरण गरिएको छ । यससँगै २०८२ फागुनसम्ममा देशभर वितरण गरिएको कुल स्मार्ट लाइसेन्सको संख्या ४१ लाख १४ हजार १ सय ८१ थान पुगेको छ । अर्कोतर्फ सवारीसाधनलाई आधुनिक प्रविधिमा ढाल्न प्रयोग गरिने इम्बोस्ड नम्बर प्लेट उत्पादन र जडानको कार्य पनि जारी रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ५ हजार १ सय ८६ थान जडान भइसकेको छ ।  तथ्याङ्कअनुसार २०८२ फागुनसम्म कुल ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भइसकेको भए तापनि हालसम्म ८८ हजार ३ सय ४० थान मात्र जडान भएको देखिन्छ ।  इम्बोस्ड सवारी नम्बर प्लेट जडान प्रक्रियालाई अझ सरल, व्यवस्थित र प्रभावकारी बनाउनका लागि ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत भई हाल कार्यान्वयनमा रहेको छ ।

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति डा. यादवको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले नै देशवासीलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल प्रेस युनियनको ३५औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्त्वको दिनमा कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीले औपचारिक सम्बोधन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् । उनले गणतन्त्र दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी राज्यको नीति, उपलब्धि र आगामी कार्यदिशाबारे जनतालाई सन्देश दिने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । यस वर्ष जेठ १५ मा मनाइने गणतन्त्र दिवसका अवसरमा भने प्रधानमन्त्रीको तर्फबाट सम्बोधन नहुने भन्ने विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ ।