५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने एभरेष्ट इन्स्योरेन्सको निर्णय, ६०० प्रतिशत हकप्रद नदिने

<p>काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेका सबै सेयर धनीहरुलाई थप ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल १२ करोड १५ लाख चुक्ता पुँजी रहेका कम्पनीका लगानी कर्ताले अब ५१ प्रतिशतले [&hellip;]</p>

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेका सबै सेयर धनीहरुलाई थप ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हाल १२ करोड १५ लाख चुक्ता पुँजी रहेका कम्पनीका लगानी कर्ताले अब ५१ प्रतिशतले हुने १२ करोड ६४ लाख मू्ल्य बराबरको संस्थापक हकप्रद सेयर पाउनेछन् । तर त्यसका लागि नेपाल धितोपत्र बोर्ड र बीमा समितिले अनुमति भने दिनुपर्नेछ ।

संस्थापक हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २४ करोड ७९ लाख रुपैंयाँ कायम हुनेछ जसमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरको संरचना बन्नेछ । तर दुबै थरी सेयर धनी भने एउटै व्यक्ति हुनेछन् ।

२४ करोड ७९ लाख चुक्ता पुँजी कायम भएपछि कम्पनीलाई बीमा समितिले तोकिएको एक अर्ब पुँजी पुर्याउन थप ७५ करोड २१ लाख अपुग हुनेछ । कम्पनीले सो मात्रामा पुँजी जुटाउन ३०३ प्रतिशत हकप्रद सेयर जारी गर्न सक्नेछ । तर सोक्रममा कम्पनीले केहि मात्रामा बोनस सेयर समेत जारी गर्नुपर्ने अवस्था आउन सक्नेछ ।

संस्थापक लगानी कर्ता बिनै सञ्चालन हुँदै आएको एभरेष्ट इन्स्योरेन्सलाई बीमा समितिले पुस २८ गते पत्र लेखेर संस्थापक र साधारण सेयरधनीको अनुपात ५१ः४९ बनाउन निर्देशन दिएको थियो ।

 

Share News