अन्तरबैंक ब्याजदर बढेपछि हस्तक्षेप गर्दे राष्ट्र बैंक, आइतबार बजारमा २० अर्ब पठाउने

<p>काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घटेर अन्तरबैंक ब्याजदर बढेपछि नेपाल राष्ट्र बैंकले आईतबार बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बजारमा तरलता कम भएपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाएर अन्तरबैंक ब्याजदर नियन्त्रण गर्न लागेको हो । हाल बजारमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घटेर अन्तरबैंक ब्याजदर बढेपछि नेपाल राष्ट्र बैंकले आईतबार बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ ।

बजारमा तरलता कम भएपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाएर अन्तरबैंक ब्याजदर नियन्त्रण गर्न लागेको हो । हाल बजारमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा हस्तक्षेप गर्न लागेको हो । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ ।

अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाउने भएको छ । रिपो रकम माघ २८ गते फिर्ता हुनेछ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।

अन्तरबैंक ब्याजदर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । बजारमा तरलता घटेकाले थप रकम पठाउन लागेको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेल बताउन् । उनले तरलता ब्यवस्थापन गर्न बैंकलाई पैसा पठाउन लागेको जानकारी दिए । “अल्पकालिन तरलता संकट समधान गर्न केन्द्रीय बैंकले बजारमा पैसा पठाउन लागेको हो” उनले भने “सो रकम के गर्ने उनीहरुको कुरा हो । राष्ट्र बैंकले बजारमा पठाएको रकमलाई निक्षेपमा गणना गर्न पाइन्दैन ।”

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आइतबार बजारमा पठाएको ५ अर्ब रुपैयाँ अधिकाँश बैंकले लिएनन् । बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आइतबार विकास ऋणपत्र सिधै खरिद योजनाअन्र्तगत बजारमा ५ अर्ब रुपैयाँ पठाएको थियो । २ बैंकले १ अर्ब रुपैयाँ मात्र लिएका छन् । कुमारी बैंक र सिटिजन्स बैंकले मात्र रकम लिएका हुन् ।

वाणिज्य बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७८ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ ।

वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ७ बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

नेपाल बंगलादेश बैंकको सीसीडी रेसियो ७९.१३ प्रतिशत पुगेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ । यस्तै नेपाल एसबीआई बैंकको ७७.३, मेगा बैंकको ७९.३७, लक्ष्मी बैंकको ७७.९३, सिटिजन्स बैंकको ७७.४, सानिमा बैंकको ७८.९९ र सिद्धार्थ बैंकको ७८.३३ प्रतिशत सीसीडी रेसियो पुगेको छ ।

निक्षेप नबढाइ थप कर्जा लगानी गरेमा वा ठुलो निक्षेप बाहिरिएमा बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्ने देखिएको छ । सबै बैंकले अहिले सीसीडी रेसियोको डिलमा पुगेको वित्तीय प्रतिवेदनले देखाएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये कुमारी बैकको अवस्था भने अली सहज देखिएको छ । कुमारीको सीसीडी रेसियो ७६.८२ प्रतिशत छ ।

Share News