काठमाडौं । विकास र पुर्वाधारमा विश्वलाई चकित पार्दै आएको चीनले नदिमाथी संसारकै लामे रेलवे पुल निर्माण गरेको छ । चीनले याङजी नदिमा संसारकै लामो रेलवे पुल निर्माण गरेको हो । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

पुलमा संसारका तीन वटा रेकर्डहरु गाँसिएका छन् । यो संसारकै पहिलो डबल बार लगाइएको सुरक्षित रेलवे पुल हो । ६ वटा रेल वे ट्रयाक भएको संसारकै पहिलो पुल पनि हो यो । यसमा जोडिएको तेश्रो रेकर्ड भनेको यो संसारमै धेरै भार वहन क्षमता भएको रेल वे पुल पनि हो ।

यो पुलले दक्षिण पश्चिम चीनका दुई शहर कन्क्वीङ र गुयाङलाई जोड्छन् । पुलको निर्माणले यी दुई शहरबिचको यात्रा अवधीलाई १० घण्टाबाट घटाएर २ घण्टामा सिमित गरिदिएको छ ।

यो पुल २०१८ को जनवरी ९ तारिखका दिन निर्माण सम्पन्न भएको हो । पुलमा यात्रु बोक्ने रेलका लागि चार वटा ट्रयाक रहेका छन भने कार्गाेका लागि २ वटा ट्रयाक रहेका छन् ।

यात्रु बोक्ने रेल प्रति घण्टा २ सय किलोमिटर दौडन्छ भने कार्गाे बोक्ने रेल १२० किलोमिटर दौडन्छ । यो पुलको कुल लम्बाई ५.३२ किलोमिटर रहेको छ । जसमा मुख्य पुलको लम्बाई ९२० मिटर छ । यो पुल केहि समयभित्रै परिक्षणका रुपमा सञ्चालन गरिने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।