बिजुली महशुलमा २ प्रतिशत छुट पाइने 

<p>काठमाडौं । मिटर रिडिङ गरेको एक साताभित्र बिजुली महशुल बुझाउने ग्राहकले कुल बिल रकममा २ प्रतिशत छुट पाउने भएका छन् । &nbsp; नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी छुटको व्यवस्था गरेको हो । विद्युत प्राधिकरणको ७५७ औ सञ्चालक समिति बैठकले महशुल सहज रुपमा उठाउनका लागि छुटको व्यवस्था गरेको जानकारी दिएको छ । यो छुट [&hellip;]</p>

काठमाडौं । मिटर रिडिङ गरेको एक साताभित्र बिजुली महशुल बुझाउने ग्राहकले कुल बिल रकममा २ प्रतिशत छुट पाउने भएका छन् ।

 

नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी छुटको व्यवस्था गरेको हो । विद्युत प्राधिकरणको ७५७ औ सञ्चालक समिति बैठकले महशुल सहज रुपमा उठाउनका लागि छुटको व्यवस्था गरेको जानकारी दिएको छ ।

यो छुट सरकारले तोकेको औद्योगिक क्षेत्रभित्रका ग्राहक, शवदाह गृह, सरकारी अस्पताल र स्वास्थ्य चौकीमा भने यो सुविधा उपलब्ध नभएको प्राधिकरणले जनाएको छ ।

८ औ दिनदेखि २२ औ दिनसम्म बिल अनुसारको महशुल लाग्ने प्राधिकरणले जनाएको छ । २३ औं दिनदेखि जरिवाना लाग्ने भएको छ ।
समयमा वक्यौता नबुझाउने ग्राहकको विद्युत लाइन काटिने भएको छ । अझै अर्बो रुपैयाँ महशुल बक्यौता बाँकी भएपछि प्राधिकरणले कडाइ गरेको हो । गत वर्ष भदौमा लामो समयदेखि बक्यौता नतिर्नेको विद्युत लाइन धमाधम काटिएपछि प्राधिरकरणले करोडौ रुपैयाँ वक्यौता असुली गरेको थियो ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले वक्यौता महशुल उठाउन जोड दिने बताएका छन् । महशुल नतिर्ने ग्राहकको बिजुली लाइन काटिने स्पष्टपारेका छन् । सरकारले बुधबार सार्वजनिक गरेको ऊर्जा क्षेत्रको विकास सम्बन्धित श्वेतपत्रमा विद्युत महशुल नतिर्नेको लाइन काटिने उल्लेख गरिएको छ ।

Share News