साढे १० अर्बको लागतमा भेरी ड्राइभर्सन सुरुङमार्ग खनिदै, आयोजना सम्पन्न पछि साढे ४ अर्ब फाइदा हुने

<p>काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा सूचिकृत भेरी ड्राइभर्सनको सुरुङ निर्माण कार्य आगामी कार्तिकबाट शुरु हुने भएको छ । सुरुङ निर्माण गर्न१० अर्ब ५६ करोड रुपैयाँ अनुमान गरिएको छ । सुर्खेतको हात्ती खालदेखि चिप्लेसम्म ४ दशमलव २ डायमिटर (ब्यास) को १२ दशमलव २ किलोमिटर सुरुङ आधुनिक टीबीएमबाट खनिने आयोजनले बताएको छ । आयोजनामा मेसिन जडान गर्नकालागि [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा सूचिकृत भेरी ड्राइभर्सनको सुरुङ निर्माण कार्य आगामी कार्तिकबाट शुरु हुने भएको छ । सुरुङ निर्माण गर्न१० अर्ब ५६ करोड रुपैयाँ अनुमान गरिएको छ । सुर्खेतको हात्ती खालदेखि चिप्लेसम्म ४ दशमलव २ डायमिटर (ब्यास) को १२ दशमलव २ किलोमिटर सुरुङ आधुनिक टीबीएमबाट खनिने आयोजनले बताएको छ । आयोजनामा मेसिन जडान गर्नकालागि १ सय ५० मिटर सुरूङ खन्ने काम सकिएको छ ।

सिँचाइ सुविधासँगै सरकारले आयोजनाबाट बिजुली उत्पादन गर्ने योजना सरकारले बनाएको हो । ४८ मेगावाट विद्युतसमेत उत्पादन गर्ने योजना सहित २०६८/६९ मा शुरु गरिएको आयोजना निर्माणपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर खेति योग्य जमिनमा सिँचाइ सेवा पुग्ने छ । उत्पादित बिजुलीले सुर्खेत, बाँके, बर्दिया लगायत जिल्ला पूर्ण लाभान्वितहुने अपेक्षा छ । आयोजना निर्माण पछि बिजुलीबाट वार्षिक २ अर्ब र कृषिबाट साढे २ अर्ब रुपैयाँ फाइदा पुग्ने अनुमान गरिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए ।

आयोजना तीन चरणमा निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । पहिलो चरणमा १२ किलोमिटर सुरुङ खन्ने, दोस्रो चरणमा ४८ मेगावाटको बिजुलीनिकाली राष्ट्रिय प्रसारण लाइनमाजडान गर्ने र तेस्रो चरणमा सिँचाइको लागि काम गर्ने बताएको छ । सुर्खेतको रामघाटको चिप्लेमाबाँधबाँधेर भेरी नदीको पानीलाई बबई नदीमामिसाएर सिँचाइ र विद्युत् उत्पादन गरिने छ ।

आधुनिक टनेल बोरिङ मेसिन (टीबीएम) ल्याएर ‘फिटिङ’ गरेपछि सुरुङ गर्ने काम शुरु गर्ने आयोजनाको योजना छ । उहाँकाअनुसार यो मेशिन नेपालमै पहिलो पटक भित्र्याउन लागिएको हो । टीबीएमका पार्टपूर्जाचीनतथा अमेरिकामा तयार पारिएको हो । उक्त पार्टपूर्जा सम्बन्धित आयोजनामा लगेर जडान गरिएको छ । मेशिन नेपाल ल्याएपछि फिटिङ गर्न दुई महिना लाग्ने भएकोले सुरुङ निर्माण शुरु गर्न समय लाग्ने देखिएको हो ।

आयोजनाले विद्युत् गृह निर्माणका लागि अध्ययन गरिरहेको छ । आर्थिक वर्ष २०७४/७५ माअध्ययन सकेर ठेक्काप्रक्रिया सुरू गर्ने बस्नेतले जानकारी दिए । ६ किलोमिटर सुरूङ खनेपछि बल्लविद्युत् गृह तथा हेडवर्कसनिर्माण कार्य सुरू हुनेछ । यी सबै कार्य गर्न थप ५ अर्ब रुपैयाँलाग्ने अनुमान गरिएको छ ।

आयोजनाबाट प्रभावित सुर्खेत र बर्दियाका ८ गाविसमाअहिलेसम्म सिँचाइ पोखरी र पाइप ओछ्याउने काम पूरा भइसकेको छ । सुर्खेतका दहचौर, गुमी, लेकफर्सा, मेहलकुना, मैनतडा, छिन्चु, रामघाट र बर्दियाको बेलवागाविस आयोजनाबाट प्रभावितहुने अध्ययनले देखाएको छ । यी गाविसमा सिँचाइ पोखरी, सोलार लिफ्ट सिँचाइ प्रणालीको काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।

सुर्खेत र सल्यानका प्रभावित २६ गाविसमा सिँचाइ पुर्याउने लक्ष्यले भेरी-बबई डाइभर्सनले सहायक आयोजनाका रुपमा ‘भेरी करिडोर आयोजना’ सञ्चालन गरेको छ । ती क्षेत्रका खेती योग्य जमिनमा सिँचाइ पुर्याउन सोलार लिफ्ट, इलेक्ट्रिकल लिफ्ट र सहत सिँचाइ कार्यक्रम सञ्चालन भएको छ ।आयोजनले स्थानीय बासिन्दाको कृषि उत्पादन बढाउन ‘रेन वाटर हार्र्भेिस्टङ’को योजनासमेत अघि बढाइएको छ । पानी संकलन गर्न हजार लिटरको ट्यांकी निर्माण गरी नयाँ प्रविधिबाट सिँचाइ पुर्याउने योजना छ । पूर्वप्रधानमन्त्री सुशील कोइरालाले अयोजनाको शिलान्यास गरेका थिए । आयोजना २०७७/७८ मा सम्पन्न गरिसक्ने सरकारको योजना छ ।

Share News