रिङरोड नजिकै ५ वटा विकसित घडेरी बिक्रीमा, मूल्य प्रतिवर्गमिटर १.१३ लाख रुपैयाँ

AI Photo

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत जिल्ला आयुक्तको कार्यालय ललितपुरले ललितपुर महानगरपालिका-१५ स्थित भेल्पा-हात्तीवन जग्गा एकीकरण आयोजनाका पाँचवटा विकसित घडेरी प्लट बिक्री गर्ने भएको छ । प्राधिकरणले घडेरी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

रिङरोड तथा सातदोबाटोबाट करिब एक किलोमिटर दूरीमा रहेको उक्त आयोजनाका घडेरी बिक्री गर्न लागिएको हो । सहरी पूर्वाधार तथा व्यवस्थित बस्ती विकासका दृष्टिले महत्त्वपूर्ण मानिएको यस क्षेत्रमा सडकसहितका विकसित घडेरी खरिद गर्ने अवसर उपलब्ध भएको छ ।

आयोजनाले सार्वजनिक गरेको विवरणअनुसार बिक्रीका लागि राखिएका पाँचवटा प्लट फरक-फरक ब्लकमा रहेका छन् । ती प्लटमा ६ मिटर र ८ मिटर चौडाइका सडकको पहुँच छ । बिक्रीमा राखिएका घडेरीको क्षेत्रफल ९६.४९ देखि १३२.२४ वर्गमिटरसम्म रहेको छ ।

आयोजनाले प्लटको न्यूनतम मूल्य प्रतिआना ३५ लाख ९३ हजार ७ सय रुपैयाँदेखि ३९ लाख ९३ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । त्यस्तै, प्रतिवर्गमिटर न्यूनतम मूल्य १ लाख १३ हजार ४४ रुपैयाँदेखि १ लाख २५ हजार ६०५ रुपैयाँसम्म तोकिएको छ ।

घडेरी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले बोलपत्र फारामबापत ३ हजार रुपैयाँ बुझाउनुपर्नेछ । बोलपत्रदाताले आफूले कबोल गरेको कुल रकमको कम्तीमा १० प्रतिशत बराबर धरौटीसमेत जम्मा गर्नुपर्नेछ ।

null

Share News