मुक्तिनाथ बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा २० प्रतिशतसम्म छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्झौता भएको छ ।

२०८३ मंसिर ९ गते भएको समझदारीअनुसार अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई न्यूनतम ब्याजदरमा विभिन्न बैंकिङ सुविधा उपलब्ध गराउनेछ । बैंकले प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जा तथा अन्य सहुलियतपूर्ण सुविधा प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार यस सहकार्यबाट दुवै संस्थाबीचको सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतमा स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीले सहज तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त गर्नेछन् ।

स्वास्थ्य सेवा र वित्तीय सेवाबीच सहकार्य विस्तार गर्दै ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध तथा पारस्परिक लाभ अभिवृद्धि गर्न सम्झौताले महत्वपूर्ण योगदान पुर्याउने बैंकले विश्वास लिएको छ ।

Share News